Showing posts with label nepali movie trailler. Show all posts
Showing posts with label nepali movie trailler. Show all posts

Monday, January 5, 2015

जापानको टोक्यो शहरमा प्रदशन गरिने चलचित्र जेरी (JERRY) को संपूर्ण तयारी पूरा ..

नया बर्ष २०१५ को अवसर पारेर जनवरी ११ तारिक आइतबार मेगुरो कुमिन सेन्टर हलमा साँझ ६ बजे बाट "जेरी" पर्दशन हुने चलचित्र जेरी (JERRY) को संपूर्ण तयारी पूरा  भएको कुरा  हजुरहरु समक्ष जानकारी गराउदछौ  I
जापानबासी युवा युवतीहरुको अत्यधिक रोजाई र मागलाई मध्य नजर गरि "कला र प्रतिभाको सम्मान गरौं,नेपाली चलचित्रलाई माया गरौं" भन्ने मूल उदेश्य लिएर यस 'सहयात्री जापान' समुह तपाईहरु समक्ष "जेरी" लिएर उपस्थित हुदैछौ I जापानबासी सम्पूर्ण नेपाली, बुवाआमा  दाजुभाई तथा दिदीबहिनीहरु सम्पूर्ण मित्रजनहरु बहुचर्चित नेपाली चलचित्र "जेरी"हेर्न आइदिनु हुन् 'सहयात्री जापान' परिवार हार्दिक अनुरोध गर्दछौ I

नेपालमा नोबेम्बर १४ बाट भब्य प्रदशन भैरहेको उक्त चलचित्र बिशेषगरि युवायुवतीहरुले अत्यधिक रुचाईएको पाईन्छ I जेरिमा युवतीहरुको ढुकढुकी अनमोल केसी र आना शर्माको मुख्य भूमिका रहेको छ भने अन्य कलाकारहरुको पनि बेजोड अभिनय रहेको छ I निर्देशक हेमराज बिसी र मनोज शेरचन निर्माता रहेको "जेरी" नेपालको उत्कृष्ट गन्तब्य मध्ये एक,हिमाल पारीको जिल्ला मुस्ताङ्मा छायांकन गरिएको चलचित्र हो  I

 मिति : २०१५ जनवरी ११ तारिक आइतबार

समय :  साँझ ६ बजे बाट 

स्थान :  मेगुरो कुमिन सेन्टर हल 

Monday, December 22, 2014

"JERRYY" Nepali movie screening in Japan.

Jerryy is a new nepali movie directed by Hemraj B.C. And Hemraj B.C who debuted as a director has  already given a superhit movie "Hostel" and  coincidentally the Director Hemraj has chosen the Hostel movie debut actor Anmol KC in the lead role for this movie as well. And gentle reminder for everyone that the lead actor Anmol KC is the son of our very own Bhuwan KC. Bhuwan KC's son, Anamol KC staring movie Jerry has been released in Kartik 28.The gross collection of the movie is 2.8 crore in 14 days.

want to Know more about the movie?

Cast: Anmol KC, Anna Sharma, Amalya Sharma, Abhishek Man Sherchan
Genre: Love Story
Story: Samrat Prasad Gauchan, Hem Raj BC
Cinematography: Shailendra D Karki
Music: Naren Limbu
Produced By: Manoj Sherchan
Directed By: Hem Raj BC
Production: Falcon Pictures

JERRYY screening in Japan.
Date : 11th January , 2015,Sunday
Time : 6 pm onwards
Venue : Meguro kumin center 

Monday, December 15, 2014

जापानको टोक्यो शहरमा बहुप्रतिक्षित चलचित्र जेरी (JERRY) प्रदशन गरिने...

रोमान्टिक लब स्टोरीमा आधारित नेपाली चलचित्र "JERRY"(जेरी)अन्तत जापानमा पनि पर्दशन हुने भएको छ I नया बर्ष २०१५ को अवसर पारेर जनवरी ११ तारिक आइतबार मेगुरो कुमिन सेन्टर हलमा साँझ ६ बजे बाट "जेरी" पर्दशन हुन गैरहेको हजुरहरु समक्ष जानकारी गराउदछौ I
जापानबासी युवा युवतीहरुको अत्यधिक रोजाई र मागलाई मध्य नजर गरि "कला र प्रतिभाको सम्मान गरौं,नेपाली चलचित्रलाई माया गरौं" भन्ने मूल उदेश्य लिएर यस 'सहयात्री जापान' समुह तपाईहरु समक्ष "जेरी" लिएर उपस्थित हुदैछौ I जापानबासी सम्पूर्ण नेपाली, बुवाआमा दाजुभाई तथा दिदीबहिनीहरु सम्पूर्ण मित्रजनहरु बहुचर्चित नेपाली चलचित्र "जेरी"हेर्न आइदिनु हुन् 'सहयात्री जापान' परिवार हार्दिक अनुरोध गर्दछौ I 
नेपालमा नोबेम्बर १४ बाट भब्य प्रदशन भैरहेको उक्त चलचित्र बिशेषगरि युवायुवतीहरुले अत्यधिक रुचाईएको पाईन्छ I जेरिमा युवतीहरुको ढुकढुकी अनमोल केसी र आना शर्माको मुख्य भूमिका रहेको छ भने अन्य कलाकारहरुको पनि बेजोड अभिनय रहेको छ I निर्देशक हेमराज बिसी र मनोज शेरचन निर्माता रहेको "जेरी" नेपालको उत्कृष्ट गन्तब्य मध्ये एक,हिमाल पारीको जिल्ला मुस्ताङ्मा छायांकन गरिएको चलचित्र हो I

मिति : २०१५ जनवरी ११ तारिक आइतबार
समय : साँझ ६ बजे बाट 
स्थान : मेगुरो कुमिन सेन्टर हल

Sunday, June 29, 2014

जापानको टोक्योमा बहुचर्चित नेपाली चलचित्र "कबड्डी" को भब्य प्रदर्शन भयो |

टोकियो: हिजो जुन २९ तारिक टोकियोको मेगुरो कुमिन सेन्टर हलमा अहिलेको बहुचर्चित नेपाली कथानक चलचित्र "कबड्डी"को भब्य प्रदशन भयो टोकियोमा बसोबास गर्ने युवाहरु अनिल थापा बिक्रम खत्री र अन्जु श्रेष्ठको आयोजनामा प्रदशन गरिएको चलचित्र हेर्न मौसम गडबडीको कारणले अपेक्षाकृत नआए पनि दर्शकको राम्रै उपस्थिति देखिन्थ्यो I चलचित्र हेर्न टोकियो बाहिर कानागावा, तोचिगी,ईबरागी बाट पनि नेपाली चलचित्र प्रेमी दर्शकहरु आएका थिए I चलचित्र साँझ करिब ६:३०मा शुरुवात भएर ९:००बजे सकिएको थियो चलचित्र हेर्दा दर्शकहरु खुब मनोरंजन लिईरहेको प्रस्टै देखिन्थ्यो I हास्य प्रधान चलचित्र भएकोले चलचित्र अवधि भर हलमा हाँसोको गुन्जायमान चलिरह्यो र चलचित्र हेरिसकेर हलबाट निस्किदा सबै प्रफुल्ल देखिन्थे नेपाली चलचित्र यतिको उत्कृट बनिसके रैछ भनेर कति त दङ्ग पर्दै थिए I अन्तमा आयोजक टिमले चलचित्र हेर्न आइदिनु भएका सम्पूर्ण महानुभावलाई धन्यबाद टक्राउनु भयोI

Sunday, May 11, 2014

रोधी क्लब सामुदायिक भवन निर्माण सहायोगार्थ तमु धी जापानको आयोजनामा यही मे २५ तारिख आईतबार गुरुङ चलचित्र "भ्रे" पाहुना प्रदर्शन हुने.......

तमु धी जापान को साधारण निमंन्त्रणा...

रोधी क्लब सामुदायिक भवन निर्माण सहायोगार्थ तमु धी जापानको आयोजनामा यही मे २५ तारिख आईतबार खबुकी च्यो युनिभर्शल हल सिन्जुकुमा दिनको ठीक १ बजे नेपालको सुन्दर रमणिय पर्यटकीय गाउ घान्द्रुकको सेरोफेरो छायानकन गरिएको गुरुङ चलचित्र (नेपालीमा अनुवाद) "भ्रे" ( पाहुना) प्रर्दशन गर्ने भएको हुँदा उक्त दिन यहाँ पनि उपस्थित भई सहायोग गरी मनोरन्जन लिईदिनु हुन तमु धी जापान हार्दिक अनुरोध गर्दै निमन्त्रण गर्दछौ । 
धन्यवाद (तधीजा)

लोकप्रिय समाचार