जापान सहर आफैमा ब्यस्त सहर, त्यो ब्यस्त सहरमा रहर पुरा गर्ने आशा बोग्दै भौतारिरहेको एउटा कलाकार "बिनोद भण्डारी" | केहि समय अगाडी जापानमै छायांकन अनि जापानमै सम्पादन गरेको भिडिओ आज रिलीज भएको छ |
लोक संगीत क्षेत्रको होनहार सर्जक शिव हमालको लय सब्दमा तयार पारिएको गायक दीपक भण्डारीको दोश्रो एल्बम (किन मलाई भाग्यले खाली यस्तो गर्छ...) बजारमा आएको छ |
निक्कै आशा बोकेको गीतमा दीपक भण्डारी र देवी घर्तिको आवाज रहेको छ | गीतलाई जापनामै सिँगारिएको छ | मार्फा इन्टरटेनमेन्टको सम्पादन रहेको गीतमा इन्द्र भण्डारी (प्रकाश) को छायांकन रहेको छ भने निर्देशन बिनोद भण्डारीको रहेको छ | "येस्तै छ कहानी परदेशी" को भिडिओ बाट निर्देश क्षेत्रमा पसेका बिनोद भण्डारी भने स्वयेम आफैमा गायक पनि हुन् | तिर्सना म्युजिक प्रा.लि बाट बजार मा आएको गीत तलको लिंक गाएर हेर्नसक्नु हुनेछ....
Showing posts with label event. Show all posts
Showing posts with label event. Show all posts
Friday, November 6, 2015
Tuesday, October 27, 2015
जापानमै छायान्कांन र सम्पादन गरिएको म्युजिक भिडियो जापानमा एक कार्यक्रम बिच बिमोचन
सो म्युजिक भिडियोका क्यामेरा म्यान र निर्देशक , गुरुङ चलचित्रका बरिस्ठ निर्देशक श्री ओम प्रकाश गुरुङ ज्युले गर्नु भएको थियो भने मोडेलमा टेक गुरुङ र रिना लामाले अभिनय गरेका छन् |गीतको बोल "फुजी त हिमाल हेर्नलाई" रहेको छ भने सो गीतमा स्वर गायक टाशी लामाको रहेको छ | सो गीतका नृत्य निर्देशक नेपाली चलचित्रका कोरियोग्राफर अर्मन गुरुङ ज्युले दिनुभएको छ |म्युजिक भिडियोका सम्पादक प्रबिन हिराचन हुन्|
Monday, October 26, 2015
ब्रेज मेश्रों साँझ -२०१५ बिबिध सांस्कृतिक कार्यक्रम भब्य रूपमा सम्पन्न...
ब्रेज मेश्रों घान्द्रुक समाज जापानको आयोजनामा यही अक्टुबर -२५ तारिक आईतबारको दिन ईकीगामी खाइकन हलमा "ब्रेज मेश्रों साँझ -२०१५ बिबिध सांस्कृतिक कार्यक्रम भब्य रूपमा सम्पन्न भएको छ । कार्यक्रमका सभापति बुद्धी बहादुर गुरुङ, बिशेष अथिति नेपल अधिवासी जनजाती महासंघ जापानका अध्यक्ष पासाङ शेर्पा,थकाली सेवा समिति जापानका अधक्ष्य बुद्धि बहादुर गौचन र तमु धिं जापान का बरिस्ठ उपादक्ष्य श्री भक्त गुरुङ ज्युहरु बाट संयुक्त रुपमा कार्यक्रम उद्घाटन भएको थियो ।
औपचारिक कार्यक्रम सोहि समाजका सचिव उक्तामन गुरुङले संचालन गरेका थिए भने कार्यक्रमका उद्घोषक ओमप्रकाश गुरुङ र पूनम गुरुङ रहेका थिए | कार्यक्रमका प्रमुख आकर्षणका रूपमा नेपालबाट आमन्त्रित कलाकार अनिल सिंह र बिमल परियार थिए भने अर्को कार्यक्रमकै सिलसिलामा जापान आएकी गायिका भिमु गुरुङले पनि दर्शकहरु लाई निक्कै मनोरञ्जन दिएका थिए र साथमा स्थानीय कलाकारहरुले (अमर गुरुङ,बिनोद भण्डारी,टाशी लामा,अम्बिका गुरुङ,सुमा,अनिशा,सर्मिला,मन गुरुङ,बबिता र रिना लिम्बु) पनि दर्शकहरु लाई निक्कै नचाएका थिए |
समाजको बार्षिकउत्सब सँगै दसैं तिहारको शुभ अब्सरमा बाढी पहिरो सहयोगार्थत "ब्रेज मेश्रों साँझ" नामकरण गरेको उक्त कार्यक्रमबाट उठेको सबै रकम खर्च कटाएर बाढी पहिरोले क्षेतीग्रस्त भएको कोल्टेभाटी पुल र मत्क्यु पुल निर्माणको लागी सहयोग गर्ने कुरा आयोजक कमिटिका प्रचार बिभागका संयोजक युक्तमान गुरुङले बताउनुभयो थियो।
औपचारिक कार्यक्रम सोहि समाजका सचिव उक्तामन गुरुङले संचालन गरेका थिए भने कार्यक्रमका उद्घोषक ओमप्रकाश गुरुङ र पूनम गुरुङ रहेका थिए | कार्यक्रमका प्रमुख आकर्षणका रूपमा नेपालबाट आमन्त्रित कलाकार अनिल सिंह र बिमल परियार थिए भने अर्को कार्यक्रमकै सिलसिलामा जापान आएकी गायिका भिमु गुरुङले पनि दर्शकहरु लाई निक्कै मनोरञ्जन दिएका थिए र साथमा स्थानीय कलाकारहरुले (अमर गुरुङ,बिनोद भण्डारी,टाशी लामा,अम्बिका गुरुङ,सुमा,अनिशा,सर्मिला,मन गुरुङ,बबिता र रिना लिम्बु) पनि दर्शकहरु लाई निक्कै नचाएका थिए |
समाजको बार्षिकउत्सब सँगै दसैं तिहारको शुभ अब्सरमा बाढी पहिरो सहयोगार्थत "ब्रेज मेश्रों साँझ" नामकरण गरेको उक्त कार्यक्रमबाट उठेको सबै रकम खर्च कटाएर बाढी पहिरोले क्षेतीग्रस्त भएको कोल्टेभाटी पुल र मत्क्यु पुल निर्माणको लागी सहयोग गर्ने कुरा आयोजक कमिटिका प्रचार बिभागका संयोजक युक्तमान गुरुङले बताउनुभयो थियो।
Monday, October 5, 2015
तामाङ समाज जापानको ५ औ अधिबेशन सम्पन्न ,कर्म लामा वाङगेलको अध्यक्षतामा २२ सदसिय कार्यसमिती गठन...
जापानको राजाधनी टोक्योमा आइतवार नेपाल तामाङ समाज जापानको ५ औ अधिबेशन टोक्योको आसागयमा सम्पन्न भएको थियो । कार्यक्रममा सामाजका अध्यक्ष सुकुमान थिङ तामाङको सभापतित्वमा र सामाजको सस्थापक अध्यक्ष रेख तामाङको उपस्थितिमा सम्पन्न भएको थियो ।
उक्त अधिबेशनबाट कर्म लामा वाङगेलको अध्यक्षतामा २२ सदसिय कार्यसमिती गठन गरिएको छ । जस अनुसार अध्यक्षमा कर्म सहित उपाध्याक्ष सन्जिब (स्यङ्तान्) तामाङ ,मेख ब लामा , आधी मोक्तन , मर्म थोकर ,महसचिब : कुमार मोक्तन , सचिब्: अनिता तामाङ (थोकर्) , कोषाध्यक्ष : तारा तामाङ (गोले) , सह- कोषाध्यक्ष: सोनी तामाङ रुबीना दोङ र सदस्य हरु हरिचन्द्र लामा ,सुश्मा लामा ,धर्म लामा ,पासाङ लामा ,तेन्जिङ योन्जन ,राजेन्द्र तामाङ ,बलराम थिङ तामाङ ,तेज बहादुर थिङ ,अश्मिता वाइबा ‘निर बहादुर तामाङ ,कुमार गाङ्बो ,समिर तामाङ ,टासी लामा ,पूर्ण पाख्रिन रहेको छ ।
Thursday, October 1, 2015
जापानवासी नेपालीहरुले भारतीय दूतावासमा विरोध प्रर्दशन गर्दै ज्ञापनपत्र बुझाए
भारत सरकारले नेपालमा गरेको अघोषित नाकाबन्दिको बिरोधमा जापानवासी नेपालीहरुले विहिवार विहान टोकियो स्थित भारतीय दूतावासमा विरोध प्रर्दशन गर्दै ज्ञापनपत्र बुझाएका छन ।
गैरआवासीय नेपाली संघ जापानको आयोजनामा गैरआवासीय नेपाली संघ एनआरएनए आइसिसी उपाध्यक्ष भवन भट्टको संयोजनमा जापानवासी नेपालीहरुको टोलीले दूतावासमा विरोध पत्र बुझाएको हो ।
कार्यक्रमको संयोजकत्व एनआरएनए आइसिसी उपाध्यक्ष भवन भट्टले गर्नु भएको थियो ।
Wednesday, September 30, 2015
जापानमा घान्द्रुक साँझ हुने ..
ब्रेज मेश्रों घान्द्रुक समाज जापानको आयोजनामा यही आउदो अक्टुबर -२५ तारिक आईतबारको दिन ईकीगामी खाइकन हलमा "ब्रेज मेश्रों साँझ -२०१५ बिबिध सांस्कृतिक कार्यक्रम हुने भएको छ ।
समाजको बार्षिकउत्सब सँगै दसैं तिहारको शुभ अब्सरमा बाढी पहिरो सहयोगार्थत "ब्रेज मेश्रों साँझ नामकरण गरेको उक्त कार्यक्रममा नेपालबाट अमन्त्रित चर्चित पप गायक अनिल सिंह र नव चर्चित लोक दोहोरी गायक बिमल परीयार आउने भएको छ भने नेपालबाटै अर्को कार्यक्रमको लागी आउनु भएको चर्चित लोक दोहोरी गायिका भिमु गुरुङ पनि सो कार्यक्रममा सहभागी हुनेछ साथमा स्थानिया कलाकारहरुको बेजोड प्रस्तुती रहनेछ ।
जापानको ब्यस्त समयको बाबजुत पनि नेपालबाट कलाकारहरु झिकाएर गरिएको समाजको जापानमा यो पहिलो कार्यक्रम हो | कार्यक्रमबाट उठेको सबै रकम खर्च कटाएर बाढी पहिरोले क्षेतीग्रस्त भएको कोल्टेभाटी पुल र मत्क्यु पुल निर्माणको लागी सहयोग गर्ने कुरा आयोजक कमिटिका प्रचार बिभागका संयोजक युक्तमान गुरुङले बताउनुभयो । उक्त कार्यक्रमलाई सफल बनाइदिनुहुन जापान स्थित बिभिन्न संघ सस्था, समाज ब्यबासायी नेपाली दाजुभाइ दिदी बहिनीहरुलाई अनुरोध गर्दै कार्यक्रममा उपस्थिति जनाइदिनुहुन ब्रेज मेश्रों घान्द्रुक समाज जापान परिवार तथा आयोजक कमिटिको तर्फबाट हार्दिक निमन्त्रणा गर्दछौं बिज्ञप्तीमा भनिएको छ ।
मिती - २०१५ -अक्टुबर - २५ तारिक आईतबार समय - दिउसो ठीक ४ बजे स्थान- ईकिगामी खाईकन हल ईकिगामी स्टेशनबाट ७ मिनट
समाजको बार्षिकउत्सब सँगै दसैं तिहारको शुभ अब्सरमा बाढी पहिरो सहयोगार्थत "ब्रेज मेश्रों साँझ नामकरण गरेको उक्त कार्यक्रममा नेपालबाट अमन्त्रित चर्चित पप गायक अनिल सिंह र नव चर्चित लोक दोहोरी गायक बिमल परीयार आउने भएको छ भने नेपालबाटै अर्को कार्यक्रमको लागी आउनु भएको चर्चित लोक दोहोरी गायिका भिमु गुरुङ पनि सो कार्यक्रममा सहभागी हुनेछ साथमा स्थानिया कलाकारहरुको बेजोड प्रस्तुती रहनेछ ।
जापानको ब्यस्त समयको बाबजुत पनि नेपालबाट कलाकारहरु झिकाएर गरिएको समाजको जापानमा यो पहिलो कार्यक्रम हो | कार्यक्रमबाट उठेको सबै रकम खर्च कटाएर बाढी पहिरोले क्षेतीग्रस्त भएको कोल्टेभाटी पुल र मत्क्यु पुल निर्माणको लागी सहयोग गर्ने कुरा आयोजक कमिटिका प्रचार बिभागका संयोजक युक्तमान गुरुङले बताउनुभयो । उक्त कार्यक्रमलाई सफल बनाइदिनुहुन जापान स्थित बिभिन्न संघ सस्था, समाज ब्यबासायी नेपाली दाजुभाइ दिदी बहिनीहरुलाई अनुरोध गर्दै कार्यक्रममा उपस्थिति जनाइदिनुहुन ब्रेज मेश्रों घान्द्रुक समाज जापान परिवार तथा आयोजक कमिटिको तर्फबाट हार्दिक निमन्त्रणा गर्दछौं बिज्ञप्तीमा भनिएको छ ।
मिती - २०१५ -अक्टुबर - २५ तारिक आईतबार समय - दिउसो ठीक ४ बजे स्थान- ईकिगामी खाईकन हल ईकिगामी स्टेशनबाट ७ मिनट
Sunday, August 2, 2015
जापानको शिनोकोबू फ्लिम फेस्टिवलमा नेपलको वृत्तचित्र फिलिम सुन्काली प्रदर्शन हुने
अगस्ट १७ र १८
तारिक जापानको शिनोकोबू फ्लिम फेस्टिवलमा नेपलको वृत्तचित्र फिलिम सुन्कालीप्रदर्शन हुने भएको छ | नेपलको
दुर्गम क्षेत्र मानिने मुगु जिल्लामा रहेका महिला फूटबल टिममा केन्द्रित रही बनायिएको सो वृत्तचित्र
पत्रकार भोजराज भाट द्वारा निर्देशित वृत्तचित्र फिलिम हो |
सो वृत्तचित्रले
१२औ के.आइ.एम.एफ मा दुइ पुरस्कार र छैटौं टोरोन्टो फ्लिम फेस्टिवल मा औडीइन्स
अवार्ड प्राप्त गर्न सफल भएको थियो |जापानमा भने सो वृत्तचित्र
अगस्ट १७ र १८ तारिक शिनोकोबू फ्लिम फेस्टिवलमा प्रदर्शन हुने भएको छ |
कास्ट
निर्देशक: भोजराज
भाट
पटकथा: बिमल सिंह
संगीत: कुटुम्ब
शूटिंग: प्रकाश के.सी., मनोज महर्जन, जीवन श्रेष्ठ,
सम्पादन: भरत मणि
रेग्मी,
सब टाइटल: भोजराज
भाट
सब टाइटल अनुवाद: बिश्नुमान भट्टराई
कास्ट: सुनकलि
बुद्ध
उत्पादन साल: २०१३
देश: नेपाल,
चलचित्र अवदी: ५१
मिनेट
Wednesday, March 18, 2015
आगामी अप्रिल १२ तारिक टोकियोमा शान्ति पद यात्रा हुने
आगामी अप्रिल १२ तारिक जापानको राजधानी टोकियोमा शान्ति पद यात्रा हुने भएको छ I जापानमा क्रियाशील युवाहरुको दुइ संस्था 'नेपाल जापान युथ क्लब' र 'वि फर अल'को संयुक्त आयोजनामा "Buddha was born in Nepal"भन्ने मूल नाराका साथ हुन लागेको उक्त शान्ति पद यात्रा अप्रिल १२ तारिक आईतबार टोकियो को शिबुया स्टेसन नजिक रहेको मियाशिता पार्क(गत बर्षकै स्थान)बाट दिउसो १ बजे सुरुवात गरिनेछ I
शान्ति पद यात्राको मूल उदेश्य जापानी समुदाय र जापानमा रहेका अन्य राष्ट्रका नागरिकहरुलाई "भगवान गौतम बुद्ध अन्य देशमा नभई नेपालमा जन्मिनु भएको हो" भन्नि कुराको जानकारी गराउनु रहेको हो भन्नि कुरा सम्बन्धित पक्षले जानकारी गराए I
साथै उक्त दिन जापानमा रहेका नेपालीहरुलाइ पद यात्रामा सहभागी भई कार्यक्रम सफल बनाइदिनु हुन यसै सूचना मार्फत आयोजक समितिले अनुरोध गर्नु भएको छ I
Wednesday, November 5, 2014
जापानको टोक्यो शहरमा बहुप्रतिक्षित चलचित्र टलकजंग भर्सेज टुल्के प्रदशन गरिने...
यही नोवेम्बर २३ तारिक आईतबारका दिन जापानको टोकियोमा सुपरहिट चलचित्र "लुट" का निर्देशक "निश्चल बस्नेत" द्वारा निर्देशित दोस्रो चलचित्र "टलकजंग भर्सेज टुल्के" प्रदर्शन गरिने भएको छ ।
हालै नेपालको विभिन्न भागमा आएको बाढि पहिरोबाट पीडितहरुको सहयोगार्थ रकम जुटाउने उक्त चलचित्र प्रदर्शनको मूल उदेश्य रहनेछ |
चलचित्र प्रदर्शनको लागि हल र चलचित्रको प्रदर्शन अधिकार लिइसकेको आयोजक पक्ष ले जनाएक छ्न्|नोभेम्वर २३ तारिख आइतबार साँझ ६ बजे प्रदर्शन गरिने भएको टलकजंग भर्सेज टुल्केको प्रवेश शुल्क २,५०० जापानी येन राखिएको छ भने विद्यार्थीहरुले विद्यार्थी सहुलियत स्वरुप २,००० जापानी येनमा प्रवेश पाउनेछन्| टोकियोमा एक शो मात्र भएकोले हेर्ने मौका नछुटाउनु होला।
मिति :- २३ नोवेम्बर आईतबार
समय :- साँझ ६ बजे
स्थान :- मेगुरो कुमनी सेन्टर
समय :- साँझ ६ बजे
स्थान :- मेगुरो कुमनी सेन्टर
सम्पर्क नम्बरहरु:-----
अनिल :- 08012080800
बिक्रम :- 080 3575 4061
मदन :- 080 4075 6237
मधु :- 080 6635 4760
बिक्रम :- 080 3575 4061
मदन :- 080 4075 6237
मधु :- 080 6635 4760
Labels:
event,
nepali event in japan,
nepali movie in japan,
nepali page 3,
page3,
tulke nepali movie,
tulle in japan
Wednesday, October 22, 2014
जापानको टोक्यो शहरमा बहुप्रतिक्षित चलचित्र टलकजंग भर्सेज टुल्के प्रदशन गरिने...
हालै नेपालको विभिन्न भागमा आएको बाढिपहिरोबाट पीडितहरुको सहयोगार्थ रकम जुटाउने उक्त चलचित्र प्रदर्शनको मूल उदेश्य रहनेछ |
चलचित्र प्रदर्शनको लागि हल र चलचित्रको प्रदर्शन अधिकार लिइसकेको आयोजक पक्ष ले जनाएक छ्न्|नोभेम्वर २३ तारिख आइतबार साँझ ६ बजे प्रदर्शन गरिने भएको टलकजंग भर्सेज टुल्केको प्रवेश शुल्क २,५०० जापानी येन राखिएको छ भने विद्यार्थीहरुले विद्यार्थी सहुलियत स्वरुप २,००० जापानी येनमा प्रवेश पाउनेछन्|
चलचित्र प्रदर्शनबाट उठेको रकमबाट बचेको रकम नेपालका बाढी पिडितलाई सहयोग गरिने र यसको सबै खर्च विवरण सार्वजनिक समेत गरिने आयोजकहरुले बताएका छन् ।
सम्पर्क नम्वरहरु
मदन ०८०४०७५६२३७
अनिल ०८०१२०८०८००
विक्रम ०८०३५७५४०६१
मधु ०८०६६३५५४७६०
Labels:
event,
nepali event in japan,
nepali movie in japan,
nepali page 3,
page3,
tulke nepali movie,
tulle in japan
Tuesday, September 30, 2014
टोकियोमा पोखरा गाईज समूहको आयोजनामा पोखरा नाइट-२०१४" हुने....
हालै नेपालको विभिन्न भागमा आएको बाढिपहिरोबाट पीडितहरुको सहयोगार्थ रकम जुटाउने उक्त सांगीतिक कार्यक्रम मूल उदेश्य रहनेछ |आगामी महिना अक्टोवर १२ तारिक आईतवार अपरान्ह ४ बजेदेखि ,सेतागाया कुमिन सेन्टरमा हुन गईरहेको आयोजक पक्ष्यले जानकारी दिएका छन |"द एज व्याण्ड " को प्रस्तुती रहने उक्त कार्यक्रममा व्याण्डका जीवन गुरुङ (भोकल तथा व्याण्डका म्यानेजर), अच्युत जंग थापा (ड्रमर), विष्णु गुरुङ (लिड गितार) रहनेछ भने साथमा डिमोर्चा व्याण्डका भाष्कर ध्वज श्रेष्ठ (भोकल)को पनि प्रस्तुती रहनेछ|
सांगीतिक कार्यक्रममा प्रवेश शुल्क ३५०० जापानी येन राखिएको छ भने विद्यार्थीहरुले विद्यार्थी सहुलियत स्वरुप ३००० जापानी येनमा प्रवेश पाउनेछन्|
चारवर्ष अगाडि यही समूहले पोखरा गोल्डन नाईट आयोजना गरेको थियो भने अहिले दोस्रो पटक पोखरा नाईट नमक यस कार्यक्रम
आयोजना यही समूहले नै गर्न गहिरहेको छ |
आयोजकले आगामी दिनमा पनि सांगीतिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता समेत जनाएको छ|
सम्पर्क फ़ोन नंबर
अमर गुरुंग - ०९०-८५०२-४०७२
प्रकाश थापा-०९०-९३८१-४०१४
सौगात गुरुङ्ग ०८०-३३९९-४३५६
आशीष गुरुङ्ग (भांजा ) ०८०-४८७६-९१८०
Monday, September 15, 2014
नेपाल जापान युथ क्लब द्वारा आयोजना गरिएको चौथौ नेपाल फेडेरेसन रनिङ् फुटबल कप२०१४ को प्रतियोगिता सम्पन्न,,उपाधि दिप युनाईटेड लाई
टोकियो: हिजो सेप्टेम्बर १४ तारिक आइतबारको दिन टोकियोको आनामोरी इनारी अवस्थीत् 'टोक्यो बेय फुतसल क्लब'को फुतसल कोर्टमा जापानमा सामाजिक कार्यमा सक्रिय भैरहने "नेपाल जापान युथ क्लब"द्वारा 'मित्रताको लागि फुटबल'भन्ने मूल नाराका साथ आयोजना गरिएको चौंथो नेपाल फेडेरेसन रनिङ्ग कप फुटबल टुर्नामेन्ट'सफलता पुर्बक सम्पन्न भयो I बिगत केहि बर्ष यता क्लबले फुटबल प्रतियोगिता गर्दै आइरहेका छन् I उक्त प्रतियोगिताको प्रमुख अथितीमा नेपाली राष्ट्रिय खेलाडी नरेश जोशी ,एनआरएन जापानका अध्यक्ष पारसमणि पोखरेल टिबिआइ ग्रुपका भुवन भट्ट ज्यु पाल्नु भएको थियो साथै विभिन्न संघ संस्थामा आबद्द व्यक्तिहरुले पनि उपस्थित जनाउनु भएको थियो
चारौ संस्करणको यो फुटबल प्रतियोगितामा दीप युनाइटेड 'ए' ,दीप युनाइटेड 'बि' , नेपाल युनाइटेड 'ए' नेपाल युनाइटेड 'बि'
कावासाकी फुटबल क्लब,टोक्यो ब्रदर्श, गोर्खाली समाज जापान,वाईएमएम जापान, फुस्सा गाइज,स्याङ्जा समाज जापान,सुबरासी फुटबल क्लब,मनाङ्ग मर्स्याङ्दि फुटबल क्लब,जनसम्पर्क सिजुओका,विफर अल, दयाम साइड क्लब र रेड मेरसि फुटबल क्लब गरि कुल १६ टिमले सहभागिता जनाएको थियो I
प्रतियोगितालाई कोर्ट 'ए' र कोर्ट 'बि' दुइ छुट्टा छुट्टै कोर्टमा सहभागी १६ टिमलाई चार पोलमा बिभाजन गरि लिगको आधारमा ३२ खेल खेलाईयो जसमा चार पोलबाट बिजेता र उपविजेता गरि आठ टिम क्वाटर फाईनल नकवाउट चरणमा प्रवेश गरे ति आठ टिमको चार खेलबाट दिप युनाइटेड 'ए',नेपाल युनाईटेड 'ए',टोक्यो ब्रदर्श र सुबरासी फुटबल क्लब बिजेता बनि सेमिफाइनल प्रबेस गरे सेमिफाइनल खेलमा नेपाल युनाइटेड'ए' र टोक्यो ब्रदर्स , दिप युनाइटेड 'ए' र सुबरासी फुटबल क्लब बिचमा प्रतिस्प्रधात्मक खेलहरु भए जसमा नेपाल युनाइटेड'ए' र दिप युनाईटेड'ए' बिजेता बनि फाईनल प्रवेश गरेका थिए I
सेमी फाइनल खेल हुनुभन्दा अगाडी नेपाली रास्ट्रीय खेलाडी बसन्त गौचनद्वारा प्रशिक्षन लिइ रहेका एनजेवाइसीका साना साना बाबु नानी हरु र एनआरएनका सदस्यहरु बीच च्यारिटी खेल खेलाईएको थियो जसमा एनजेवाइसीका बिद्दार्थिहरुले जित हात पारेका थिएI
नेपाल युनाइटेड र दिप युनाईटेड बिचको फाईनल खेलमा अजय गुरुङको पहिलो गोल संगै अग्रता लिएको दिप युनाईटेडको दोस्रो गोल बिशाल कार्कीले गरेका थिए यसरी हाफ टाइम भन्दा अगाडी दुइ गोलले अग्रता लिएको दिप युनाईटेड हाफ टाइम पछि सुर्य गुरुङको एक गोलको मद्दतले खेलमा तिन गोलले अग्रता लियो I खेल प्रतिस्पर्धात्मक नै भए पनि दिप युनाइटेडका खेलाडीहरु अलि बढी हाबी नै भए सो को परिणाम स्वरुप दिप युनाइटेडले सुन्य को बिरुद्द तिन गोलले जित हात पारेI
प्रतियोगिताको सर्बोकृष्ठ खेलाडीको पदक दिप युनाइटेडका खेलाडी अजय गुरुङ सर्बोकृस्ट गोलकिपर दिप युनाइटेडका कुश कार्की र प्रतियोगिताको सर्बाधिक गोलकर्ताको पदक पनि दिप युनाइटेडकै क्याप्टेन प्रकाश गुरुङले हात पारे यसरि प्रथम पुरुस्कार स्वरुप दिप युनाईटेड ले नगद जापानी येन दस मान येन (नेरु एक लाख) ट्रफी,मेडल र प्रमाण पत्र प्राप्त गरे भने दोस्रो हुने नेपाल युनाईटेडले नगद पांच मान येन(पचास हजार) ट्रफी,मेडल र प्रमाण पत्र प्राप्त गरे I
<

CLICK PHOTO TO ENLARGE
Subscribe to:
Posts (Atom)
लोकप्रिय समाचार
-
नेपाली फ्लिमहरु बिदेश्मा शूटिंग हुँनु आजकल नौलो रहेन तर नेपाली पप संगीतको म्युजिक भिडियोमा बिदेशको दृश्य चाँही बिरलै हेर्न पाईन्छ | येसै द...
-
टोकियो: हिजो नोवेम्बर २३ तारिक टोकियोको मेगुरो कुमिन सेन्टर हलमा अहिलेको बहुचर्चित नेपाली कथानक चलचित्र " टलकजंग भर्सेज टुल्के" को...
-
गायक राजु लामा "मायाको साँघु" भन्ने मूल नाराका साथ सांगेतिक यात्रामा निस्किएका छन् l संगीत मार्फत भुकम्प पिडितहरुको सहयोग गर्ने हे...
-
उई फर अल जापानको आयोजनामा यही अगस्त २४ तारिक आईतबारका दिन शिंजुकू स्थित बुंका सेन्टर हल मा तीज महोत्सब २०१४ को भब्य रूपमा सम्पन्न भएको ...
-
टोकियो: हिजो सेप्टेम्बर १४ तारिक आइतबारको दिन टोकियोको आनामोरी इनारी अवस्थीत् 'टोक्यो बेय फुतसल क्लब'को फुतसल कोर्टमा जापानमा सामाज...
-
जापानको सेरोफेरोमा छायान्कांन गरी जापान मै सम्पादन गरिएको म्युजिक भिडियो “फुजी त हिमाल हेर्नलाई” जापानमा एक कार्यक्रम बिच बिमोचन गरिएको ...
-
टोकियोमा आगामी महिना अक्टोवर १२ तारिक आईतवारका दिन "पोखरा नाइट-२०१४" हुने भएको छ| शान्तिका लागि संगीत भन्ने मूल नाराका सा...
-
टोकियो: हिजो जुन २९ तारिक टोकियोको मेगुरो कुमिन सेन्टर हलमा अहिलेको बहुचर्चित नेपाली कथानक चलचित्र "कबड्डी"को भब्य प्रदशन भयो टोकि...
-
राती अबेरसम्म कार्यालय काम जारी गर्दा र त्यसपछि को घर फर्कदाको अनुभूति बेग्लै हुन्छ तर घर अधिक दुरी मा रह्यो भने के हुन्छ ? यो वीडियो ...
-
आउँदो डिसेम्बर १४ तारिकका दिन टोचिगि केन, ओयामा सी ,ओयामा मा नेवारी किचन द्वारा आयोजित एक ठुलो फुटसल टुर्नामेन्ट हुन गैरहेको तपाईहरु समक...

















