Showing posts with label Manoj gajurel in Japan. Show all posts
Showing posts with label Manoj gajurel in Japan. Show all posts

Tuesday, April 8, 2014

नमस्ते खाली कुर्चीहरु :मनोज गजुरेल

टोकियो : गत अप्रिल ५ तारिक शनिबार एनबी प्रतिष्ठान को आयोजनामा मेगुरो कुमिन सेन्टर(मेगुरो)मा मनोरंजन साँझ सम्पन्न भयो I नेपालका दुर्गम क्षेत्रका बिद्दालयहरुमा शौचालय निर्माणार्थ आयोजित उक्त कार्यक्रममा नेपालबाट आयातित नेपालका ख्यातिप्राप्त कलाकारहरु मनोज गजुरेल,कोमल ओली,लोक दोहोरि गायक पशुपति शर्मा र लोक गायिका रिता थापा मगरले दर्शकहरुलाई मनोरंजन प्रदान गरेका थिए I रिता थापा मगरको प्रस्तुति बाट सुरु भयको उक्त कार्यक्रममा दर्शकको उपस्थिति अलि कम देखिएको थियो दर्शकको कमि भयतापनि कलाकारहरुले भरपुर मनोरंजन प्रदान गरेका थिए I 

कार्यक्रममा कोमल ओलीले स्वामी प्रचण्ड संग लिएको अन्तरबार्ताले दर्शकहरु पेट मिची मिची हासेका थिए I तेस्तै मनोज गजुरेलको प्रस्तुति गजुरियल कुराले पनि दर्शकको ध्यान खुब खिचेको थियो प्रस्तुतिमा मनोज गजुरेलले खाली कुर्चीहरुलाई सम्बोधन गरि ब्यङ्ग गर्न नि भ्याएका थिए I गजुरियल कुरामा दर्शकहरुले बेला बेलामा तालीले खुब साथ दिईरहेका थिए I 

पशुपति शर्माको मलाई अमेरिका यैई मलाई जापान पनि यैई मलाई कोरियानि यैई भन्ने चर्चित गीतको प्रस्तुति संगै कार्यक्रम स्थगित भएको घोषणा गराईयो उक्त घोषणा पश्चात कतिपय दर्शकले कार्यक्रम अवधि छोटो भयको र आफुले मन पराको कलाकारको प्रस्तुति हेर्न पाएन भनेर एक आपसमा गुनासो गरिरहेको सुनिन्थ्यो I 



लोकप्रिय समाचार