
चारौ संस्करणको यो फुटबल प्रतियोगितामा दीप युनाइटेड 'ए' ,दीप युनाइटेड 'बि' , नेपाल युनाइटेड 'ए' नेपाल युनाइटेड 'बि'
कावासाकी फुटबल क्लब,टोक्यो ब्रदर्श, गोर्खाली समाज जापान,वाईएमएम जापान, फुस्सा गाइज,स्याङ्जा समाज जापान,सुबरासी फुटबल क्लब,मनाङ्ग मर्स्याङ्दि फुटबल क्लब,जनसम्पर्क सिजुओका,विफर अल, दयाम साइड क्लब र रेड मेरसि फुटबल क्लब गरि कुल १६ टिमले सहभागिता जनाएको थियो I
प्रतियोगितालाई कोर्ट 'ए' र कोर्ट 'बि' दुइ छुट्टा छुट्टै कोर्टमा सहभागी १६ टिमलाई चार पोलमा बिभाजन गरि लिगको आधारमा ३२ खेल खेलाईयो जसमा चार पोलबाट बिजेता र उपविजेता गरि आठ टिम क्वाटर फाईनल नकवाउट चरणमा प्रवेश गरे ति आठ टिमको चार खेलबाट दिप युनाइटेड 'ए',नेपाल युनाईटेड 'ए',टोक्यो ब्रदर्श र सुबरासी फुटबल क्लब बिजेता बनि सेमिफाइनल प्रबेस गरे सेमिफाइनल खेलमा नेपाल युनाइटेड'ए' र टोक्यो ब्रदर्स , दिप युनाइटेड 'ए' र सुबरासी फुटबल क्लब बिचमा प्रतिस्प्रधात्मक खेलहरु भए जसमा नेपाल युनाइटेड'ए' र दिप युनाईटेड'ए' बिजेता बनि फाईनल प्रवेश गरेका थिए I
सेमी फाइनल खेल हुनुभन्दा अगाडी नेपाली रास्ट्रीय खेलाडी बसन्त गौचनद्वारा प्रशिक्षन लिइ रहेका एनजेवाइसीका साना साना बाबु नानी हरु र एनआरएनका सदस्यहरु बीच च्यारिटी खेल खेलाईएको थियो जसमा एनजेवाइसीका बिद्दार्थिहरुले जित हात पारेका थिएI
नेपाल युनाइटेड र दिप युनाईटेड बिचको फाईनल खेलमा अजय गुरुङको पहिलो गोल संगै अग्रता लिएको दिप युनाईटेडको दोस्रो गोल बिशाल कार्कीले गरेका थिए यसरी हाफ टाइम भन्दा अगाडी दुइ गोलले अग्रता लिएको दिप युनाईटेड हाफ टाइम पछि सुर्य गुरुङको एक गोलको मद्दतले खेलमा तिन गोलले अग्रता लियो I खेल प्रतिस्पर्धात्मक नै भए पनि दिप युनाइटेडका खेलाडीहरु अलि बढी हाबी नै भए सो को परिणाम स्वरुप दिप युनाइटेडले सुन्य को बिरुद्द तिन गोलले जित हात पारेI
प्रतियोगिताको सर्बोकृष्ठ खेलाडीको पदक दिप युनाइटेडका खेलाडी अजय गुरुङ सर्बोकृस्ट गोलकिपर दिप युनाइटेडका कुश कार्की र प्रतियोगिताको सर्बाधिक गोलकर्ताको पदक पनि दिप युनाइटेडकै क्याप्टेन प्रकाश गुरुङले हात पारे यसरि प्रथम पुरुस्कार स्वरुप दिप युनाईटेड ले नगद जापानी येन दस मान येन (नेरु एक लाख) ट्रफी,मेडल र प्रमाण पत्र प्राप्त गरे भने दोस्रो हुने नेपाल युनाईटेडले नगद पांच मान येन(पचास हजार) ट्रफी,मेडल र प्रमाण पत्र प्राप्त गरे I
<

CLICK PHOTO TO ENLARGE
































No comments:
Post a Comment