जापानको टोक्योमा बहुचर्चित नेपाली चलचित्र " टलकजंग भर्सेज टुल्के" को भब्य प्रदर्शन भयो ....
टोकियो: हिजो नोवेम्बर २३ तारिक टोकियोको मेगुरो कुमिन सेन्टर हलमा अहिलेको बहुचर्चित नेपाली कथानक चलचित्र " टलकजंग भर्सेज टुल्के" को भब्य प्रदशन भयो | टोकियोमा बसोबास गर्ने युवाहरु अनिल थापा ,बिक्रम खत्री ,मधु सूडान भंडारी र मदन भंडारी को आयोजनामा प्रदशन गरिएको चलचित्र हेर्न दर्शकहरु को राम्रै उपस्थिति देखिन्थ्यो I चलचित्र हेर्न टोकियो बाहिर कानागावा, तोचिगी,ईबरागी बाट पनि नेपाली चलचित्र प्रेमी दर्शकहरु आएका थिए I चलचित्र साँझ करिब ६:३०मा शुरुवात भएर ९:००बजे सकिएको थियो चलचित्र हेर्दा दर्शकहरु खुब मनोरंजन लिईरहेको प्रस्टै देखिन्थ्यो Iचलचित्र हेरिसकेर हलबाट निस्किदा सबै प्रफुल्ल देखिन्थे नेपाली चलचित्र यतिको उत्कृट बनिसके रैछ भनेर कति त दङ्ग पर्दै थिए I अन्तमा आयोजक टिमले चलचित्र हेर्न आइदिनु भएका सम्पूर्ण महानुभावलाई धन्यबाद टकक्र्याएका थिए |
चलचित्र प्रदर्शनमा खिचिएका केहि फोटोहरु | CLICK PHOTO TO ENLARGE.
No comments:
Post a Comment