Showing posts with label Others. Show all posts

Friday, September 4, 2015

गिनिज बुक वर्ल्ड रेकर्डर चन्द्रबहादुर डाँगीको निधन

विश्वकै होचो मानिसका रुपमा गिनिज बुक वर्ल्ड रेकर्डमा नाम लेखाएका नेपाली नागरिक चन्द्रबहादुर डाँगीको निधन भएको छ ।

कार्यक्रमका क्रममा अमेरिकामा रहेका डाँगी अचानक अस्वस्थ भएपछि उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो ।

दाङ घर भएका उनको उपचारकै क्रममा अमेरिकाको ल्योन्डन बी जोहन्सन ट्रपिकल मेडिकल सेन्टरमा शुक्रबार मध्यान्ह निधन भएको हो ।

हालसम्मकै होचा जीवित मानिसका रुपमा गिनिज बुक वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल डाँगीको जन्म वि.सं. १९९६ साल मंसिर १५ गते भएको थियो ।

उनलार्इ २०६८ फागुन १४ गते गिनिज बुक अफ वर्ल्ड रेकर्डसले विश्वकै जीवित होचा व्यक्ति भएको पुष्टि गरेको थियो । लन्डनबाट आएका गिनिज बुक अफ वर्ल्ड रेकर्डसका प्रधान सम्पादक क्रेग ग्लिन्डेले डाँगीको उचाइ ५४.६ सेन्टीमिटर भएको प्रमाणित गरेका थिए ।

गिनिज बुकको आधिकारिक साइटमा उल्लेख भएअनुसार १२ किलोग्राम भएका उनी विश्वमा भेटिएकामध्ये सबैभन्दा होचा प्रमाणित भएका थिए ।

यो कीर्तिमान यसअघि भारतका गुल मोहम्मदको नाममा थियो । जसको उचाइ ५७ सेन्टिमिटर थियो। जीवित व्यक्तिमध्ये सबैभन्दा होचाको कीर्तिमान यसअघि फिलिपिन्सका जुन्रे वालाविङ को नाममा थियो। 

(अन्नपुर्ण पोष्ट बाट)

Wednesday, June 18, 2014

हिमाल पारिको जिल्ला मुस्ताङ्मा रहेका धार्मिक तथा ऐतिहासिक गुम्बाहरु जिर्ण अवस्थामा

  रहस्यै रहस्यले भरिएको उपल्लो मुस्ताङ विश्वको तेस्रो उत्कृष्ट गन्तव्यमा परेको छ । सन् २०१३ मा संसारका पर्यटकले भ्रमण गर्नुपर्ने उत्कृष्ट गन्तव्यको सूचीमा तेस्रो स्थानमा परेको सो जिल्लामा रहेका ऐतिहासिक गुम्बा अहिले संरक्षणको पर्खाइमा छन् ।

मुस्ताङमा गुम्बाका साथै रहस्यमय गुफाहरु पनि प्रशस्तै छन् । विश्वका अन्वेषकहरुका लागि अनेक रहयको खजाना रहेको ती गुफाभित्र कैयौं शताब्दी पुराना अवशेषहरु पनि भेटिएको दावी गरिन्छ । त्यस्तै बौद्धकालीन सम्पदाहरु त्यहाँ रहेका छन् ।

विश्व्प्रसिद्ध पर्यटकीय क्षेत्रका रुपमा ख्याति कमाएको उपल्लो मुस्ताङमा छुसाङ, चराङ, सुर्खाङ, घमी, लोमान्थाङ, छोन्हुप र छोसेर गाविसमा १५ औं शताब्दीमा निर्मित गुम्बा पर्यटकको मुख्य आकर्षण समेत हुन ।

विश्वमै पुरानो भनी दाबी गरिएको उपल्लो मुस्ताङको चराङ गाविस–१ स्थित मराङ भन्ने गाउँमा रहेको लो घ्याकर गुम्बा जीर्ण बन्दै गइरहेको छ । तिब्बतका राजा ढिक्सुङ थक्चेनले आठौँै शताब्दीमा बनाएको गुम्बा, मान्हे तथा आसपासमा रहेका चैते संरक्षणका लागि जिल्ला तथा केन्द्रबाट आवश्यक बजेटको व्यवस्था नहुँदा विभिन्न भाग चर्किएका छन् ।

बर्सेनि हजारौँ पर्यटक अवलोकन गर्न आउने गरेको भए पनि संरक्षणमा कुनै पहल हुन नसकेको चराङ आमा समूहकी अध्यक्ष माया विष्टले बताउनुभयो । ‘विश्वमै यसको महत्व छ’ उहाँले भन्नुभयो, “मर्मत सम्भारका लागि पटकपटक ध्यानाकर्षण गराउँदासमेत बेवास्ता भइरहेको छ ।” तिब्बतमा रहेको साम्बे गुम्बा निर्माणका क्रममा पटकपटक भत्किएपछि गुरु पद्मसम्बाको सल्लाहअनुसार पहिला लो घ्याकर गुम्बा बनाइएकाले पनि यो विश्वकै पुरानो गुम्बा भएको गुम्बामा राखिएका अभिलेखमा उल्लेख गरिएको छ ।

“विश्वकै पुरानो सम्पदा भएको पुष्टि हुदाँसमेत यसको महत्वका तथा संरक्षणमा कसैको चासो जान सकेको छैन” गुम्बाका लामा आङजु गुरूङले भन्नुभयोे, “गुम्बाका महत्वपूर्ण भाग चर्किएको छ ।” अधिकांश समय गुम्बा संरक्षणमै बिताउने गरेका गुरूङले संरक्षणमा सहयोगी सङ्घसंस्थाहरु सम्पर्कमा आउन थालेको बताउनुभयो ।

Gumba Mustang

उपल्लो मुस्ताङमा क्रियाशील विभिन्न सङ्घसंस्थाले पुराना दरबार, गुम्बालगायतका महत्वपूर्ण वस्तुको संरक्षणका लागि बजेट विनियोजनको माग गरिरहेको भए पनि सुनुवाइ नभएको स्थानीयको भनाइ छ ।

गुम्बामा प्राचीनकालमा ढुङ्गाबाट निर्मित २१ तारा बुद्ध, आठ आम्ची बुद्ध र ७५ वटा बुद्ध रहेका छन् । गुम्बाको पछिल्लो भाग भत्किन थालेकाले यसको सहयोग सङ्कलन गर्ने अभियान सुरु गरिएको छ । करिब पाँच रोपनी जग्गामा फैलिएको गुम्बामा २६ वटा कोठा र आसपासमा १०६ छोर्तेन रहेका छन् ।

गुम्बामा रहेका विद्यार्थी तथा लामा शिक्षकलाई भारतका सादु भाई लामाले नियमित सहयोग पठाउने गरेको गुम्बा संरक्षण समितिले जनाएको छ । चराङ गाविसको विकटमा रहेका गुम्बा संरक्षणमा चराङ गाविस, स्थानीयवासीका साथै विदेशमा रहेका बुद्ध धर्मावलम्बीले आर्थिक सहयोग गर्ने गरेका छन् ।

लोमान्थाङ गाविसको सीमा क्षेत्रमा पर्ने मराङलाई तिब्बतीमा रहेका बौद्ध धर्मावलम्बीले आस्थाको केन्द्रका रुपमा समेत लिने गरेका छन् । उपल्लो मुस्ताङकै लोमान्थाङ गाविसमा सन् १३८७ मा तत्कालीन प्रसिद्ध राजा एन्गुइन स्याङ्बोको शासनकालमा निर्माण गरिएको झाम्पा गुम्बा, १५आँै शताब्दीको सुरुवाततिर मुस्ताङका तेस्रा राजा तासीगोनका विष्टले बनाएको टुपचेन गुम्बा, चायोडे गुम्बा तत्कालीन अवस्थामा चोयाङ र ढाकर गुम्बालाई एकै ठाउँमा मिलाएर बनाइएको अर्को गुम्बा हो । जसलाई १७५७ सालमा स्थानीयवासीको सक्रियतमा निर्माण गरिएको गुम्बामा राखिएको अभिलेखमा उल्लेख गरिएको छ ।

त्यस्तै तिब्बतको झोङवासेन जिल्लासँग सीमा जोडिएको छोसेर, सुर्खाङ र छोन्हुप गाविसमा समेत पुराना तथा नयाँ गरी दजनौँ गुम्बा रहेका छन् । अर्ध निषेधित क्षेत्र भएकाले पनि उपल्लो मुस्ताङ विश्वमा प्रख्यात छ । १५आँै शताब्दीमा निर्मित गुम्बाको अवलोकन गर्न जाने पर्यटकको सङ्ख्या बढ्दै गइरहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जनाएको छ ।

गुम्बा संरक्षणका लागि पर्यटन रोयल्टीको माग

सन् १९९२ देखिमात्र विदेशी पर्यटकलाई उपल्लो मुस्ताङ खुल्ला गरिएको थियो । यस क्षेत्रको भ्रमण गरेबापत सरकारले पर्यटकबाट करिब रु ७० करोडभन्दा बढी सङ्कलन गरिसकेको छ । मराङ घर भई लोमान्थाङमा पर्यटन व्यवसाय गरेका राम गुरुङले भन्नुभयोे, “रोयल्टीको शुल्क केही प्रतिशत जिविस मुस्ताङबाट आउन थालेकाले यो रकम पर्यटन प्रवद्र्धन तथा संरक्षणमा लगानी गर्नु पर्दछ, रकम अभावमा महत्वपूर्ण सम्पदाको संरक्षण गर्न सकिएको छैन ।”

विश्वले उपल्लो मुस्ताङको महत्वका बारेमा चर्चा गरिरहेको अवस्थामा नेपाल सरकारले बेवास्ता गरिरहेको स्थानीयवासीको भनाइ छ । उपल्लो भेग भ्रमण गरेबापतको ६० प्रतिशत रकम राज्यले स्थानीयस्तरमै उपलब्ध गराउन सकेमा पर्यटन, विकास निर्माण, स्वास्थ्य, शिक्षालगायत विभिन्न क्षेत्रमा सहज रुपमा लगानी गर्न सकिने स्थानीयको भनाइ छ ।

लोकप्रिय समाचार