Showing posts with label world peace rally in japan. Show all posts
Showing posts with label world peace rally in japan. Show all posts

Sunday, April 13, 2014

जापानमा World Peace From Lumbini नामक शान्ति पदयात्रा

टोकियो:-आज अप्रिल १३ तारिकको दिन         टोकियोको सिबुयामा नेपालीहरुको " World Peace From Lumbini"नामक शान्ति पदयात्रा सफलताका साथ सम्पन्न भयो I 
 सिबुया स्टेसन नजिक रहेको मियाशिता पार्क बाट सुरुवात भयको उक्त शान्ति पदयात्रामा करिब २ सयको हाराहारीमा जापानबासी नेपालीहरुले उपस्थित जनायका थिए I पद यात्रामा सहभागी हुन साना साना नानी बाबु देखि जापानमा भएका विभिन्न सङ्ग संस्थामा समेत आबद्द भएका व्यक्तित्वहरु,नेपालका ख्याती प्राप्त कलाकार कोमल ओली र  मनोज गजुरेल तथा सर्बसाधारण ब्यतिहरु र अल्प संख्यामा जापानीहरु समेत उत्साह जनक रुपमा सहभागी भएका थिएI

नेपाल जापान युथ क्लब र वि फर अल नामक दुई संस्थाको संयुक्त आयोजनामा गरिएको शान्ति पदयात्राको मूल उदेश्य भनेको भगवान सिद्दार्थ गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिनु भएको हो अन्य देशमा होइन भनेर जापानी समाज र जापानमा भएका अन्य देशका व्यक्तिहरु माझ चिनाउनु हो I
 आजको पदयात्रामा विभिन्न जातजातिको आ आफ्नै सस्कृति झल्किने भेष भुषामा सजिएका व्यक्तिहरु नि प्रशस्तै देखियो Iपदयात्रामा "Buddha was born in Nepal "लेखिएका ब्यानर र प्ल्ये कार्ड बोकेर नारा लगाईएको थियो I नेपाली रास्ट्रिय झन्डा,शान्तिको प्रतिक झन्डा टोकियोको मुख्य सडकमा राम्रै संग फरफरायो I

  "Buddha was born in Nepal" र "Peace for Lumbini" भन्ने नाराको साथ साथै "हाम्रो बुद्ध,हाम्रो देश,प्राण भन्दा प्यारो छ" भन्नि नारा पनि पदयात्रामा गुञ्जियो I
पद यात्रामा जापानमा नेपालीहरु माथि पर्ने बिभिन दुखद समस्याहरुको लागि आपतकालीन कोषको निमित स्वोइच्छा बमोजिम रकम सहयोग पनि गरेका देखिन्थे I
यसरि सिबुयाको मुख्य सडकहरु पार गर्दै करिब डेढ घन्टाको यात्रा पश्चात उही मियाशिता पार्कमा आई शान्ति पदयात्रा स्थगित भएका थिए I

लोकप्रिय समाचार