गायक राजु लामा "मायाको साँघु" भन्ने मूल नाराका साथ सांगेतिक यात्रामा निस्किएका छन् l संगीत मार्फत भुकम्प पिडितहरुको सहयोग गर्ने हेतुले सुरुवात गरेका उक्त सांगेतिक यात्रा देश भित्र मात्रै नभई अन्तराष्ट्रिय स्तरमा गर्दै आइरहेका गायक लामाको सांगेतिक यात्रा विभिन्न देश हुदै अब जापानमा पनि यहि फेब्रुवरी महिनाको २८ तारिक जापानको टोकियोमा "मायाको साँघु राजु लामा लाईभ विथ नमस्ते ब्याण्ड" सांगेतिक कार्यक्रम हुने भएको छ l
बैशाख १२ गते आएको बिनाशकारी भुकम्पले देशका अन्य भेगमा जस्तै सिन्धुपाल्चोकको बरुवा सुनचौरमा भएका ग्रामिण बस्तीहरु जोड्ने साँघु(झोलुङ्गे पुल) पूर्ण रुपमा क्षति भएका कारण उक्त बस्तिहरुमा साँघुको पुन निर्माणको निमित्त "मायाको साँघु" नामक परोपकारी उदेश्यका साथ आउँदो फेब्रुवरी २८ तारिक आईतबार साँझ ५ बजे बाट जापानको मुटु टोकियो स्थित सिन्जुकुको युनिभर्सल हलमा राजु लामा(मंगोलियन हार्ट)को सांगेतिक प्रस्तुति हुन गैरहेको कुरा आयोजक पक्षले जानकारी गराए l
कार्यक्रमको आयोजना किरण मगर र सुदिन गुरुङले गरेका हुन् भने कार्यक्रमको संयोजन ईश्वर गुरुङ (नमस्ते ब्याण्ड)ले गरेका छन् l उक्त सांगेतिक कार्यक्रममा राजु लामाको साथमा गायक ईश्वर गुरुङ,अमर गुरुङ,सुदिन गुरुङ,शितल योञ्जन,रामकृष्ण बम मल्ल ,इलुजन ब्याण्ड, हिमाली कार्की र साथमा अन्य स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने कुरा किरण मगर ज्युले हामीलाई जानकारी गराए l साथै उहाँले उक्त दिन कार्यक्रम हेर्न आइ परोपकारी कामको निमित्त सहयोग गरिदिनु हुन् सम्पूर्ण जापानबासीहरुलाई यसै सूचना मार्फत बिनम्र अनुरोध गर्नुभयो l