Showing posts with label raju lama. Show all posts
Showing posts with label raju lama. Show all posts

Friday, February 5, 2016

राजु लामाको सांगेतिक यात्रा "मायाको साँघु" अब जापानमा

गायक राजु लामा "मायाको साँघु" भन्ने मूल नाराका साथ सांगेतिक यात्रामा निस्किएका छन् l संगीत मार्फत भुकम्प पिडितहरुको सहयोग गर्ने हेतुले सुरुवात गरेका 
उक्त सांगेतिक यात्रा देश भित्र मात्रै नभई अन्तराष्ट्रिय स्तरमा गर्दै आइरहेका गायक लामाको सांगेतिक यात्रा विभिन्न देश हुदै अब जापानमा पनि यहि  फेब्रुवरी महिनाको २८ तारिक जापानको टोकियोमा  "मायाको साँघु राजु लामा लाईभ विथ नमस्ते ब्याण्ड" सांगेतिक कार्यक्रम हुने भएको छ l
बैशाख १२ गते आएको बिनाशकारी भुकम्पले देशका अन्य भेगमा जस्तै सिन्धुपाल्चोकको बरुवा सुनचौरमा भएका ग्रामिण बस्तीहरु जोड्ने साँघु(झोलुङ्गे पुल) पूर्ण रुपमा क्षति भएका कारण उक्त बस्तिहरुमा साँघुको पुन निर्माणको निमित्त "मायाको साँघु" नामक परोपकारी उदेश्यका साथ आउँदो फेब्रुवरी २८ तारिक आईतबार साँझ ५ बजे बाट जापानको मुटु टोकियो स्थित सिन्जुकुको युनिभर्सल हलमा राजु लामा(मंगोलियन हार्ट)को सांगेतिक प्रस्तुति हुन गैरहेको कुरा आयोजक पक्षले जानकारी गराए l

कार्यक्रमको आयोजना किरण मगर र सुदिन गुरुङले गरेका हुन् भने कार्यक्रमको संयोजन ईश्वर गुरुङ (नमस्ते ब्याण्ड)ले गरेका छन् l उक्त सांगेतिक कार्यक्रममा राजु लामाको साथमा गायक ईश्वर गुरुङ,अमर गुरुङ,सुदिन गुरुङ,शितल योञ्जन,रामकृष्ण बम मल्ल ,इलुजन ब्याण्ड, हिमाली कार्की र साथमा अन्य स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने कुरा किरण मगर ज्युले हामीलाई जानकारी गराए l साथै उहाँले उक्त दिन कार्यक्रम हेर्न आइ परोपकारी कामको निमित्त सहयोग गरिदिनु हुन् सम्पूर्ण जापानबासीहरुलाई यसै सूचना मार्फत बिनम्र अनुरोध गर्नुभयो l

Tuesday, April 29, 2014

जापानमा गायक राजु लामा(मंगोलियन हर्ट)को गोल्डेन विक कन्सर्ट भव्यताका साथ सम्पन्न भयो I

अप्रिल २७ तारिक आईतबार को दिन टोकियोको इकिबुकुरो स्टेसन नजिक रहेको तोशिमा कोउखाईदोउ हलमा गायक राजु लामा(मंगोलियन हर्ट)को गोल्डेन विक कन्सर्ट भव्यताका साथ सम्पन्न भयो I सुदिन गुरुङ्को संयोजकत्वमा "नेपाल जापान युथ क्लब"र "वि फर अल"दुई संस्था मिलेर आयोजना गरिएको उक्त साङ्गेतिक कार्यक्रममा दर्सकले खचा खच भरिएको थियो I कार्यक्रम हेर्न करिब ५०० को हाराहारीमा टोकियो र टोकियो बाहिर टाढा टाढा शहर बाट पनि दर्शक आएका थिए I रास्ट्रिय गान बाट सुरुवात् गरिएको उक्त कार्यक्रम करिब सवा दुइ घण्टा सम्म चलेको थियो I साढे पाँच बाट सुरु हुने भनिए पनि करीब सात बजे मात्र सुरु गरिएको कार्यक्रममा जब गायक राजु लामा नेपालको रास्ट्रिय झन्डा बोकी"मेरो नेपाल" गाउदै स्टेजमा निस्किए तब दर्सकहरु सब उभिएर ताली बजाउदै लामा संग सगै गीत गाउदै उनलाई साथ दिदाको क्षण मनोमहोक थियो I कार्यक्रम महिला संचालिका माया गुरुङ द्वारा संचालन गरिएको थियो I यसरि गायक राजुलामाले दुई चरणमा आफ्नो चर्चित गीतहरु गाउदा दर्सकहरु उनका गीतमा खुब झुम्मिए बेला बेलामा संगीत प्रेमी दर्सकका भिड स्टेजमै उक्लेला झैँ गर्थे तर जापान युथ क्लब र वि फर अलका स्वयम सेवकहरुले भिड नियत्रण गरे पनि निकै नै मेहनत गर्नु पर्यो I नियन्त्रण गर्न I कार्यक्रमको मध्य तिर गायक लामालाई नेपाल जापान युथ क्लब र वि फर अलका अदक्षद्वय टाशी लामा र सरोज खत्रीले सम्मानार्थ खादर्पण पनि गरिएको थियो I गायक लामाका साथ साथै जापानमै बसोबास गर्ने नेपाली स्थानिय कलाकारहरुले पनि राम्रो प्रस्तुति दिए Iसरिता लालचन,अमर गुरुङ, बिमला गुरुङ ,सितल योञ्जन ,सुदिन गुरुङ ,इलुजन ब्याण्ड हरुले पनि दर्सकलाई खुब मनोरंजन प्रदान गरे राजु लामाको "सायद तिम्रो बाटोमा " गित सके लगत्तै कार्यक्रम सकिएको घोसणा गरिए पनि संगीतमा झुमिरहेको दर्सकहरु भने वान्स मोर

 

लोकप्रिय समाचार