Sunday, March 16, 2014

सुटिङ हुँदाहुँदै बिक्यो नम्रता र लाउरेको ‘ताण्डव’

हिजोआज नेपाली सिनेमाको विदेशी बजारमा उछाल छ । फिल्म रिलिज नहुँदै त बिक्न थालेकै थिए, झनै त्यसमाथि सुटिङ हुँदै गरेका फिल्ममाथि पनि ओभरसिजले आँखा लगाउन थालेको छ । गैरआवसिय नेपालीले अब लोकेसनबाटै फिल्म किन्न थालेका छन् । छायांकन भैरहेको सिनेमा ‘ताण्डव’को जापान राइट ४ लाखमा खरिद भएको छ । त्यहाँस्थित गैरआवसिय नेपाली निमा शेर्पाले यो ग्याङस्टर सिनेमाको प्रदर्शन र वितरण अधिकार खरिद गरेका हुन् । निर्माता कम्पनी स्म्यासिङ एप्पल प्रमुख मोहन डोटेलले सुटिङ हुँदै गरेको फिल्म किनिएको बताए । बेलायती निर्देशक मुर्रे केरले निर्देशन गरिरहेको यो सिनेमा यतिबेला भारत सीमावर्ती तराईका जिल्लाहरुमा छायांकन भैरहेको छ । अनुप बराल, नम्रता श्रेष्ठ र र्‍यापर लाउरे अभिनित फिल्म वर्ष २०१४ मा रिलिज हुने प्रतिक्षित नेपाली सिनेमा हो । फिल्मको जापान बिक्रीबारे डोटेलले अनलाइनखबरलाई भने, ‘अब लोकेसनबाटै फिल्म खरिद हुन थालेको छ जुन नेपाली सिनेमाकै लागि खुशिको कुरा हो । निर्माताको रुपमा यसले मलाई हौसला बढाएको छ ।’ लाउरे र नम्रताको केमेस्ट्रीको चर्चाबीच ताण्डवले चर्चा बटुलिरहेको छ ।

No comments:

Post a Comment

लोकप्रिय समाचार