Showing posts with label nepali footbal cup in japan. Show all posts
Showing posts with label nepali footbal cup in japan. Show all posts

Monday, November 17, 2014

जापानमा नेपालीहरुको लगी सबै भन्दा ठूलो धन राशिको फूटबाल प्रतियोगिता हुने ....

आउँदो  डिसेम्बर १४ तारिकका दिन टोचिगि केन, ओयामा सी ,ओयामा मा नेवारी किचन  द्वारा आयोजित एक ठुलो फुटसल टुर्नामेन्ट हुन गैरहेको तपाईहरु समक्ष सहयात्री जापान जानकारी गराउदछौ|  " यु एफ येन रनिंग कप " नामांकरण गरिएको उक्त टुर्नामेन्ट  टोचिगि केन, ओयामा सी ,ओयामा  मा हुन गैरहेको छ |
जापानमा बेला बेलामा भैरहने फुटबल टुर्नामेन्टहरुमा नेपाली फुटबलर हरुको ठुलो जमात नै लाग्ने हुनाले , सोहि कुरालाई मध्यनज़र गर्दै , नेवारी किचन  द्वारा जापानमा   नेपालीहरु को लगी सबै भन्दा ठूलो धन राशिको फूटबाल प्रतियोगिता  गर्न लागेको आयोजकले बताएका छन |

सो प्रत्योगितामा सहभागी हुन्न चाहने टीम ले  दर्ता शुल्क  जापानी ३०,००० येन दिनु पर्नेछ | प्रत्योगितामा प्रथम हुँने टीम लाई नगद २० मान येन (दुइ  लाख येन ) पदक र प्रमाणपत्र दिइनेछ भने प्रत्योगितामा दोस्रो हुँने टीम ले ८ मान येन (असी हजार येन )पदक र प्रमाणपत्र दिइनेछ | त्यस्तै प्रत्योगितामा  बेस्ट प्लेयर ,बेस्ट गोल कीपर  र हाई स्कोरर लाई पनि पुरस्कार रहेको आयोजक पक्ष्यले जनाएका छन |


थप जानकारी को लगी  सम्पर्क नम्बर
०९०८५६९७७४५ सुरेन्द्र लाल श्रेष्ठ 
०९०१८१६४७६७ सचिन श्रेष्ठ 

Monday, September 15, 2014

नेपाल जापान युथ क्लब द्वारा आयोजना गरिएको चौथौ नेपाल फेडेरेसन रनिङ् फुटबल कप२०१४ को प्रतियोगिता सम्पन्न,,उपाधि दिप युनाईटेड लाई

टोकियो: हिजो सेप्टेम्बर १४ तारिक आइतबारको दिन टोकियोको आनामोरी इनारी अवस्थीत् 'टोक्यो बेय फुतसल क्लब'को फुतसल कोर्टमा जापानमा सामाजिक कार्यमा सक्रिय भैरहने "नेपाल जापान  युथ क्लब"द्वारा 'मित्रताको लागि फुटबल'भन्ने मूल नाराका साथ आयोजना गरिएको चौंथो नेपाल फेडेरेसन रनिङ्ग कप फुटबल टुर्नामेन्ट'सफलता पुर्बक सम्पन्न भयो I बिगत केहि बर्ष यता क्लबले फुटबल प्रतियोगिता गर्दै आइरहेका छन् I उक्त प्रतियोगिताको प्रमुख अथितीमा नेपाली राष्ट्रिय खेलाडी नरेश जोशी ,एनआरएन जापानका अध्यक्ष पारसमणि पोखरेल टिबिआइ ग्रुपका भुवन भट्ट ज्यु पाल्नु भएको थियो साथै विभिन्न संघ संस्थामा आबद्द व्यक्तिहरुले पनि उपस्थित जनाउनु भएको थियो 
चारौ संस्करणको यो फुटबल प्रतियोगितामा दीप युनाइटेड 'ए' ,दीप युनाइटेड 'बि' , नेपाल युनाइटेड 'ए' नेपाल युनाइटेड 'बि'
कावासाकी फुटबल क्लब,टोक्यो ब्रदर्श, गोर्खाली समाज जापान,वाईएमएम जापान, फुस्सा गाइज,स्याङ्जा समाज जापान,सुबरासी फुटबल क्लब,मनाङ्ग मर्स्याङ्दि फुटबल क्लब,जनसम्पर्क सिजुओका,विफर अल, दयाम साइड क्लब र रेड मेरसि फुटबल क्लब गरि कुल १६ टिमले सहभागिता जनाएको थियो I 
प्रतियोगितालाई कोर्ट 'ए' र कोर्ट 'बि' दुइ छुट्टा छुट्टै कोर्टमा सहभागी १६ टिमलाई चार पोलमा बिभाजन गरि लिगको आधारमा ३२ खेल खेलाईयो जसमा चार पोलबाट बिजेता र उपविजेता गरि आठ टिम क्वाटर फाईनल नकवाउट चरणमा प्रवेश गरे ति आठ टिमको चार खेलबाट दिप युनाइटेड 'ए',नेपाल युनाईटेड 'ए',टोक्यो ब्रदर्श र सुबरासी फुटबल क्लब बिजेता बनि सेमिफाइनल प्रबेस गरे सेमिफाइनल खेलमा नेपाल युनाइटेड'ए' र टोक्यो ब्रदर्स , दिप युनाइटेड 'ए' र सुबरासी फुटबल क्लब बिचमा प्रतिस्प्रधात्मक खेलहरु भए जसमा नेपाल युनाइटेड'ए' र दिप युनाईटेड'ए' बिजेता बनि फाईनल प्रवेश गरेका थिए I 
सेमी फाइनल खेल हुनुभन्दा अगाडी नेपाली रास्ट्रीय खेलाडी बसन्त गौचनद्वारा प्रशिक्षन लिइ रहेका एनजेवाइसीका साना साना बाबु नानी हरु र एनआरएनका सदस्यहरु बीच च्यारिटी खेल खेलाईएको थियो जसमा एनजेवाइसीका बिद्दार्थिहरुले जित हात पारेका थिएI 
नेपाल युनाइटेड र दिप युनाईटेड बिचको फाईनल खेलमा अजय गुरुङको पहिलो गोल संगै अग्रता लिएको दिप युनाईटेडको दोस्रो गोल बिशाल कार्कीले गरेका थिए यसरी हाफ टाइम भन्दा अगाडी दुइ गोलले अग्रता लिएको दिप युनाईटेड हाफ टाइम पछि सुर्य गुरुङको एक गोलको मद्दतले खेलमा तिन गोलले अग्रता लियो I खेल प्रतिस्पर्धात्मक नै भए पनि दिप युनाइटेडका खेलाडीहरु अलि बढी हाबी नै भए सो को परिणाम स्वरुप दिप युनाइटेडले सुन्य को बिरुद्द तिन गोलले जित हात पारेI 
प्रतियोगिताको सर्बोकृष्ठ खेलाडीको पदक दिप युनाइटेडका खेलाडी अजय गुरुङ सर्बोकृस्ट गोलकिपर दिप युनाइटेडका कुश कार्की र प्रतियोगिताको सर्बाधिक गोलकर्ताको पदक पनि दिप युनाइटेडकै क्याप्टेन प्रकाश गुरुङले हात पारे यसरि प्रथम पुरुस्कार स्वरुप दिप युनाईटेड ले नगद जापानी येन दस मान येन (नेरु एक लाख) ट्रफी,मेडल र प्रमाण पत्र प्राप्त गरे भने दोस्रो हुने नेपाल युनाईटेडले नगद पांच मान येन(पचास हजार) ट्रफी,मेडल र प्रमाण पत्र प्राप्त गरे I

CLICK PHOTO TO ENLARGE


<

लोकप्रिय समाचार