Showing posts with label Miss Nepal 2015. Show all posts
Showing posts with label Miss Nepal 2015. Show all posts

Saturday, April 18, 2015

मिस नेपाल २०१५ को उपाधि इभाना मानन्धरले हात पारिन


यस वर्षको मिस नेपाल २०१५ को उपाधि इभाना मानन्धरले हात पारेकी छन्। शनिबार राजधानीको होटल अन्नपूर्णमा भएको अन्तिम प्रतिश्पर्धामा १८ युवतीलाई पछि पार्दै २३ वर्षेमानन्धरले उपाधि हात पारेकी हुन्।

उनले जजले सोधेको अबको १५ वर्षमा तपाई आफूलाई कस्तो अवस्थामा देख्नुहुनेछ? भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिँदै उपाधि हात पारेकी हुन्। उनलाई अघिल्लो वर्षकी मिस नेपाल सुविन लिम्मुले ताज पहिर्याइदिएकी हुन्।

२० औं मिस नेपाल बन्नको लागि १९ जना प्रतिष्पर्धी सहभागी थिए।

हिडन ट्रेजरले आयोजना गरेको प्रतियोगिताकी विजेता मानन्धरले मिस वल्र्ड नेपाल २०१५ को उपाधीसहित एकलाख रुपैंया पुरस्कार पाएकी छन्।

यस्तै फस्ट रनर्सअपको उपाधि दिब्यता वैद्यले हात पारिन उनले मिस नेपाल अर्थको उपाधि सहित ६० हजार रुपैंया र सेकेण्ड रनर्सअप भएकी मेधा कोइरालाले मिस नेपाल इन्टरनेसनलको उपाधि सहित ४० रुपैयाँ पाउएकी छन्।

मिस नेपालःइभाना मानन्धर ,फस्ट रनरअपःदिब्यता वैद्य,सेकेन्ड रनरअपः मेधा कोइराला,मिस ट्यालेन्टः पूजा श्रेष्ठ,मिस गस गर्लः इभाना मानन्धर,मिस बब्लीः निश्मा चौधरी,मिस फोटोजेनिकः दिव्यता वैद्य,मिस पपुलरः नुनिङ लिम्बु,स्कलर अफ द इयरःसुदीपा पाठक,बेस्ट कम्प्लेक्सनः निश्मा चौधरी,मिस इन्टेलेक्चुअलः इभाना मानन्धर,मिस फोटोजेनिकः दिव्यता वैद्य,मिस फ्रेन्डसिपः सोनु थापा मगर,मिस पर्सनालिटीः इभाना मानन्धर,ब्युटी विद् पर्पजः रेबिका क्षेत्री

लोकप्रिय समाचार