Showing posts with label Nepathya. Show all posts
Showing posts with label Nepathya. Show all posts

Wednesday, March 25, 2015

आउँदो मे ५ तारिक टोकियोमा "नेपथ्य लाईभ" हुदै

नेपालका चर्चित ब्याण्ड "नेपथ्य"ले जापानको टोकियो कामता स्थित ओता कुमिन सेन्टर हलमा लाइब कन्सर्ट गर्ने भएको छ I आउँदो मे ५ तारिक मंगलबार साँझ ५ बजे बाट सुरु गरिने उक्त सांगेतिक कार्यक्रम तमु धिं जापान द्वारा आयोजना गर्न लागिएको हो I 
तमु धिं जापानको बार्षिक कार्यक्रम अन्तर्गत पर्ने रोधीं साँझ (२० औं बार्षिक उत्सब)र नेपाली नया बर्षको शुभ अवसर पारेर उक्त कार्यक्रम गर्न लागिएको हो भन्ने कुरा सहयात्री जापानलाई सम्बन्धित पक्षले जानकारी गराए I 
साथै सो समय जापानमा "गोल्डेन विक" को अवसर पनि पर्ने भएकोले "नेपथ्य"को लागि र संगीत प्रेमी जापानबासी नेपाली हरुको लागि तमु धिं जापानले उपयुक्त अवसर जुटाईदिएको छ I 
लोक रक ब्याण्ड "नेपथ्य" नेपालका एक मात्र यस्तो समूह हो जसको चर्चा अन्तराष्ट्रिय स्तरमा पनि हुने गर्दछ I २०१३ अगस्टमा युकेको वेम्ब्ली अरिना स्टेजमा आफ्नो कार्यक्रम प्रस्तुत गरेबाट नेपथ्यको चर्चा झन् विश्व स्तरमै आकाशिएको छ I साथै सन् २००२ देखि "शान्तिको लागि शिक्षा " भन्ने मूल अभियान बोकेर आफ्नो सांगेतिक कार्यक्रम मार्फत नेपाल भर संदेश छर्ने गरेको छ I 

लोकप्रिय समाचार