Showing posts with label futsal turnament in japa. Show all posts
Showing posts with label futsal turnament in japa. Show all posts

Monday, April 20, 2015

"गोर्खाली रनिङ्ग कप २०१५"को बिजेता गोर्खाली फुटबल क्लब र उपविजेता नेपाल युनाईटेड

टोकियो:- हिजो १९ अप्रिल आईतबार टोकियोमा "गोर्खाली रनिङ्ग कप २०१५" नामक फुट्सल टुर्नामेन्ट सम्पन्न भयो I क्योदाई रेमिटेन्सको प्रायोजनमा गोर्खाली फुटबल क्लब र टोक्यो ब्रदर्सले संयुक्त रुपमा आयोजना गरेको उक्त रनिङ्ग कपको उपाधि आयोजक गोर्खाली फुटबल क्लबले जित्न सफल भएको छ I टोकियोको ओता कु स्थित अनामोरीईनारिमा रहेको टोक्यो बेय फुट्सल क्लबको खेल मैदानमा भएको उक्त टुर्नामेन्टमा २४ टिमले सहभागी जनाएको थियो I 
खेल पहिलो चरण लिगमा खेलाईएको थियो भने दोस्रो चरण बाट नक आउट आधारमा खेलाईएको थियो I
सेमीफाईनलका खेलहरु गोर्खाली फुटबल क्लब र सुबराशी फुटबल क्लब, नेपाल युनाईटेड र टोक्यो ब्रदर्स बीच प्रतिस्प्रधात्मक खेल भएको थियो I यी चार टिमबाट गोर्खाली फुटबल क्लब र नेपाल युनाईटेड फाइनलमा प्रवेश गरेका थिए I फाइनल खेलमा २ का बिरुद्ध ६ गोल गरि गोर्खाली फुटबल क्लबले नेपाल युनाईटेडलाई पराजित गरि उपाधि आफ्नो पोल्टामा पार्न सफल भएका थिए I फाईनल खेलमा गोर्खाली फुटबल क्लबका तर्फ बाट अजय गुरुङ र बिशाल कार्की
ले तिन तिन गोल गर्न सफल भएका थिए भने नेपाल युनाईटेडका संगीत शाक्यले दुई गोल गरेका थिए I 
यसरि गोर्खाली फुटबल क्लब बिजेता बनि नगद २२२२२२ जापानी येन,ट्रफी,मेडल र प्रमाण पत्र हात पार्न सफल भए भने उपविजेता बनेको नेपाल युनाईटेडले नगद ९९९९९ जापानी येन,ट्रफी,मेडल र प्रमाण पत्र प्राप्त गरे I 
यसै गरि सर्बोत्कृष्ठ खेलाडीको उपाधि गोर्खाली फुटबल क्लबका अजय गुरुङले प्राप्त गरे र सर्बोत्कृष्ठ गोलकिपरको उपाधि पनि गोर्खालीकै कुश कार्कीले प्राप्त गरे I तेसै गरि अत्यधिक गोल कर्ता नेपाल युनाईटेडका संगीत शाक्य ठहरि I
फाईनल खेल हुनु भन्दा अगाडी नेपाल जापान युथ क्लब र टोक्यो ब्रदर्स (सिनियर) बिचमा मैत्रीपुर्ण खेल पनि भएको थियो उक्त खेलमा टोक्यो ब्रदर्स (सिनियर) बिजयी भएको थियो I 
खेलको समापन कार्यक्रममा बिजयी खेलाडी हरुलाई जापानका लागि नेपाली राजदुत डा.मदन कुमार भट्टराईले पुरस्कार वितरण गर्नु भएको थियो I

लोकप्रिय समाचार