Thursday, November 5, 2015
डेबिट बेकह्याम काठमाडौंमा
Thursday, October 1, 2015
पारस खड्कालाई कारबाही
Friday, August 28, 2015
क्रिष्टियानो रोनाल्डोलाई पछारेर मेस्सी बने बर्षको उत्कृष्ठ खेलाडी
अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीले आफ्नो लोभलाग्दो फुटबल करियरमा अर्को एउटा सफलता थपेका छन् ।
स्पेनिस क्लब बार्सिलोनाबाट व्यावसायिक फुटबल खेल्दै आएका मेस्सी यो वर्ष पनि युरोपका उत्कृष्ट फुटबलर घोषित भए । यसअघि सन् २०११ मा पनि उनलाई यो अवार्ड दिइएको थियो ।
गएराती फ्रान्सको मोनाकोमा भएको एक समारोहका बीच मेस्सीलाई उक्त अवार्ड दिइएको हो । मेस्सीले रियल मड्रिडका क्रिष्टियानो रोनाल्डो र आफ्नै क्लव बार्सिलोनाका लुइस स्वारेजलाई पछि पारे ।
चार पटकका फिफा वर्ष खेलाडी मेस्सीले गएको सिजनमा कुल ५८ गोल गरेका थिए । रोनाल्डोले गएको सिजन सबै प्रतियोगितामा ६१ गोल गरे पनि रियल मड्रिडलाई उपाधि जिताउन भने सकेका थिएनन् ।
(एजेन्सी)
Thursday, August 27, 2015
अफगानिस्तानलाई ३-२ को अन्तरले हराएर नेपाल अन्डर १९ च्याम्पियनशिप फुटबलको फाइनलमा
नेपाल पहिलो साफ अण्डर १९ च्याम्पियनसिप फुटवलको फाईनलमा प्रवेश गरेको छ । बलियो प्रतिद्वन्दी अफ्गानिस्तानलाई ३–२ गोल अन्तरले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको हो । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको पहिलो सेमिफाईनलमा नेपालले उत्कृष्ट खेल पस्किएको थियो । खेलको ३४ औं मिनेटमा सुनिल बलको कर्नर प्रहारमा हेडर मार्फत गोल गर्दै अन्जन बिष्टले नेपाललाई अग्रता दिलाएको थियो । तगत्तै नेपालले पेनाल्टी पायो र अन्जनले नै पोष्टको दिशा दिएपछि नेपाल पहिलो हाफमा २–० को अग्रता लिन सफल भएको थियो ।
दोस्रो हाफमा केही आक्रामक रुपमा मैदान उत्रिएको अफ्गानिस्तानले अनन्त तामाङ्गको आत्मघाती गोलबाट ५० औं मिनेटमा खाता खोलेको थियो । तर त्यसको तीन मिनेटपछि डिबक्स नजिक पाएको फ्रिकिकलाई सिधै पोष्टको दिशा दिदै सुनिल बलले नेपाललाई ३–१ को अग्रता दिलाए । ७३ औं मिनेटमा मेहदी रेजाईले नेपाली डिफेन्सको गल्तीको फाईदा उठाउदै गोल गर्न सफल भए । त्यसपछि थप आक्रामक बनेको अफ्गानिस्तानका एकपछि अर्को प्रहार नेपाली गोलकिपर सोजित गुरुङ्ग र डिफेन्स अनन्त तामाङ्गले बिफल बनाएपछि अफ्गानिस्तान सेमिफाईनल चरणबाटै बाहिरियो ।
नेपालले उपाधिका लागि आजै हुने भारत र बंगलादेशबीचको दोस्रो सेमिफाईनलको विजेतासँग आगामी शनिवार प्रतिस्पर्धा गर्नेछ । भारत र बंगलादेश अपरान्ह साढे ३ बजे एन्फा कम्प्लेक्सको मैदानमा आमने सामने हुनेछन् ।
Wednesday, August 19, 2015
प्रथम यू १९ साफ च्याम्पियनशिप फुटबल अन्तर्गत आज नेपाल र भुटान भिड्दै
यू १९ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुने भएको छ । केही वर्ष यतादेखि ओरोलो लागीरहेको नेपाली फुटबल फेरी सुधारउन्मुख मार्गमा आइरहेको भनीरहेका बेला आज नेपालले भुटानको सामना गर्दैछ ।
दिउसो साडे ३ बजेबाट एन्फा टेक्नीकल सेन्टरमा हुने प्रतियोगीतामा नेपालले विमल घर्ती मगरको कप्तानीमा खेलाडीलाई मैदानमा उतार्दै छ । प्रतियोगीतामा नेपाल सहित भारत, बंगलादेश, अफगानिस्तान, भुटान र माल्दिभ्स सहभागी छन् ।
प्रतियोगितामा सहभागी टोलीलाई दुई समुहमा विभाजन गरिएको छ । यो प्रतियोगितामा नेपाल, भुटान र बंगलादेश रहेको समूह ए मा छ । समूह बीमा भने भारत, अफगानिस्तान र माल्दिभ्स छन् । प्रतियोगिता भदौ १२ गतेसम्म हुनेछ ।
Wednesday, August 12, 2015
यस वर्षको युरोपियन सुपर कप फुटबल प्रतियोगिताको उपाधि बार्सिलोनाले जितेको छ
गत सिजनको युएफा च्याम्पियन्स लिग विजेता बार्सिलोना र युरोपा लिग विजेता सेभियाबीचको यो भिडन्तमा बार्सिलोना ५–४ ले विजयी भयो ।
खेलको निर्धारित ९० मिनेटसम्म दुबैतर्फबाट ४–४ गोल भएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त
यसअघि, निर्धारित समयमा बार्सिलोनाका लागि लियोनल मेसीले दुई गोल गरेका थिए भने राफिन्हा र लुइस सुवारेजले एक–एक गोल गरेका थिए । तर, सेभियाका बानेगा, रेयेज, गामेरियो र कोनाप्लिङ्काले एक–एक गोल गर्दै खेललाई अतिरिक्त समयमा पुर्याएका हुन् । अतिरिक्त समयमा बार्सिलोनाले बाजी मारेको हो ।
जितसँगै बार्सिलोनाले सर्वाधिक ५ पटक युएफा सुपर कप जित्ने इटालियन क्लब एसी मिलानको कीर्तिमानसँग बराबरी गरेको छ । -
Saturday, August 8, 2015
भूकम्पपीडितको सहयोगार्थ ‘ब्याट फर नेपाल’ हुँदै
Thursday, August 6, 2015
अन्डर सिक्सटिन नेपाली फुटबल टिमलाई बिदाई
बङ्गलादेशमा सञ्चालन हुने सोह्र वर्षमुनि (यु–१६) उमेर समूहको तेस्रो साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा भाग लिन जाने नेपाली टोलीको आज बिदाइ भयो।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजना गरेको बिदाइ कार्यक्रममा सङ्घका अध्यक्ष एवम सभासद् गणेश थापाले टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो ।
यही साउन २४ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगितामा विभिन्न छ राष्ट्रले भाग लिने भएका छन् । उक्त प्रतियोगितामा सहभागी राष्ट्रलाई दुई समूहमा विभाजन गरेकोमा नेपाल समूह ‘बी’मा परेको छ ।
समूह ‘बी’मा नेपालसहित अफगानिस्तान र माल्दिभ्स छन् । त्यस्तै, समूह ‘ए’ मा भारत, श्रीलङ्का र बङ्गलादेश छन् । प्रतियोगितामा पाकिस्तान र भुटानले भने सहभागिता जनाएका छैनन् । प्रत्येक समूहको शीर्ष दुई÷दुई स्थान हासिल गर्ने टोली सेमिफाइनलमा पुग्नेछन् ।
सन् २०११ मा काठमाडौँमा नै भएको पहिलो साफ च्याम्पियनसिपमा नेपाल तेस्रो भएको थियो । त्यस्तै, सन् २०१३ मा भएको दोस्रो साफ च्याम्पियनसिपमा नेपालले भारतसँग पराजित हुँदै दोस्रो स्थान हासिल गरेको थियो । नेपालले आफ्नो पहिलो खेलमा यही साउन २५ गते माल्दिभ्सको सामना गर्नेछ ।
नेपाली टोलीमा गोलरक्षक अर्पण कार्की, आकाश रानाभाट, सन्देश गुरुङ छन् । त्यस्तै, डिफेन्डरमा रोमन लिम्बू, लक्ष्मण परियार, राजन गुरुङ, पवन कार्की, अनोस मगर, सुमन अर्याल र आशिष केसी छन् ।
मिडफिल्डरमा अभिषेक रिजाल, दिवस उरउ, कप्तान मनिस कार्की, सेसेहाङ आङ्दम्वे, अनिल महर्जन, विकास आले छन् भने फरवार्डमा राजिव लोप्चन, रेजिन सुब्बा, दिनेश हेनजन, प्रिजन तामाङ, राजेश परियार र क्षितिजराज जिटी छन् ।
त्यस्तै, मुख्य प्रशिक्षकमा उपेन्द्रमान सिंह हुनुहुन्छ भने सहायक प्रशिक्षक राजेश मानन्धर हुनुहुन्छ । टोली आज नै त्यसतर्फ प्रस्थान गर्दैछ ।
Wednesday, August 5, 2015
क्रिस्टीयानो रोनाल्डोको फरक रुप
Saturday, July 18, 2015
शनिबार जर्सीसँग पनि पराजीत भएपछि क्याप्टेन पारस खड्काको प्रतिक्रिया
Friday, July 17, 2015
नेपालले अब समूहमा चौथो हुने प्रयास गर्नेछ र आफ्नो क्षमता अनुसार खेल्नेछौं : पारस खडका
नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले आगामी वर्ष भारतमा हुने टी-२० विश्वकपमा छनोट हुने नेपालको सम्भावना कायमै रहेको बताएका छन् ।बुधबार राति भएको खेलमा हङकङसँग ५ विकेटले पराजित भएपछि नेपालको विश्वकप यात्रा कठिन भएको छ ।तर, कप्तान खड्काले भने नेपालले अब समूहमा चौथो हुन प्रयास गर्ने बताएका छन् ।
पछिल्लो खेलहरुमा नेपालको ब्याटिङ चल्न नसकेका भन्दै खड्काले भने-आश छ, बाकीँ खेलहरुमा हामीले आफ्नो क्षमता अनुसार खेल्न सक्छौं ।’पुनरागमन गरेर आफ्नो क्षमता अनुसार खेल्नुको विकल्प नभएको उनले बताए । नेपालले त्यहाँको कण्डिसनमा भिजेर दबावमा पनि खेल्न सक्नु पर्ने उनले बताए ।
चार खेलबाट ३ अंक जोडेको नेपाल समूह एको पाँचौ स्थानमा छ । नेपालले शुक्रबार बलियो टीम पपुवा न्यूगिनीको सामना गर्नेछ भने समूह चररणको अन्तिम खेल शनिबार जर्सीसँग खेल्नेछ ।
समूहको चौथोमा रहन पनि नेपालले बाँकी दुबै खेल जितेर मात्र पुग्दैन, अन्य टोलीको खेलमा भर पर्नु पर्नेहुन्छ |
(From Nepali sports news)Thursday, July 16, 2015
ट्वान्टी ट्वान्टी विश्वकप छनोटको लागि नेपाली क्रिकेट टिमले शुक्रबार पपुवान्युगिनी संग भिड्ने नेपाललाई उक्त खेल जित्नै पर्ने दबाब
Friday, July 10, 2015
विश्वकप क्रिकेट प्रतियोगिताको छनोटअन्र्तगतको दोस्रो खेलमा नेपालले आज नामिबियाको सामना गर्दै
Thursday, July 9, 2015
नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का अन्तरास्ट्रिय ब्याटिङ वरीयतामा ६४ औं स्थानमा
Wednesday, July 8, 2015
अमेरिकी मुक्केबाज फ्लोयड मेवेदर जुनियरले जितेको वेल्टरवेट उपाधि खोसियो
Saturday, July 4, 2015
नेपाली क्रिकेट टिमले ब्याटिङ्मा सुधार गर्नुपर्ने : दासनायाके
आगामी साता सुरु हुने टीट्वेन्टी विश्वकप छनोट क्रिकेटका लागि नेपालको तयारी अन्तिम चरणमा पुगेको छ। उक्त प्रतियोगिता जुलाई ९ देखि आयरल्यान्ड र स्कटल्यान्डमा सुरु हुँदैछ।
प्रतियोगितामा सहभागी हुने १४ टोलीमध्ये ६ टोली आगामी मार्च÷अप्रिलमा भारतमा हुने टीट्वेन्टी विश्वकपमा सहभागी हुनेछन्। नेपालले पनि यो प्रतियोगिता खेल्ने लक्ष्य राखेको छ।
तर छनोट प्रतियोगिताअघि यसमा सहभागी हुनेमध्येको एक नेदरल्यान्ड्ससँग खेलेको चार खेलको टीट्वेन्टी अन्तर्राष्ट्रिय शृंखला नेपालले गुमाएको छ। लगातार तीन खेलमा पराजित भएपछि नेपाली टोलीले एक खेल खेल्न बाँकी रहँदै शृंखला गुमाउने पक्का भएको थियो।
नेपालको हारमा धेरै कमजोर ब्याटिङमै देखियो। कुनै खेलमा टोली सहज स्थितिमा हुँदा पनि ब्याट्सम्यानले आवश्यक प्रहार गर्न सकेनन्। कुनै खेलमा लगातार विकेट गुमाएर टोली दबाबमा आयो। छनोट प्रतियोगिता अघि भएको यो ‘अफिसियल शृंखला’मा भएको प्रदर्शनपछि नेपाली टोलीबाट के आशा राख्ने?
नेपाली टोलीका प्रशिक्षक पुबुदु दासानायके यस विषयमा सकारात्मक छन्। उनी टोलीले सुधार गरिरहेको बताउँछन्। ‘टिमले सुधार गर्दै लगेको छ, यो मुख्य कुरा हो’ अन्नपूर्णसँग भएको कुराकानीमा दासानायकेले भने। तर उनी ढुक्क भने छैनन्।
नेदरल्यान्ड्ससँगको शृंखला हार र यसमा भएको प्रदर्शनले उनले ब्याटिङमा धेरै सुधार गर्नुपर्ने महसुस गरेका छन्। उनी नेपाली ब्याट्सम्यानले आवश्यकता अनुसार खेल्न नसकेको बताए । ब्याट्सम्यानले सम्हालिएर आवश्यकता अनुसार ब्याटिङ गर्नुपर्ने उनले महसुस गरेका छन्। ‘ब्याट्सम्यानले स्थितिअनुसार खेल्न सक्नुपर्छ।
ब्याट्सम्यानमा यही आवश्यकता छ अहिले’, दासानायकेले भने प्रारम्भिक ब्याट््सम्यानले नै राम्रो प्रदर्शन गर्न नसकेको उनको भनाइ छ । ‘प्रारम्भिक जोडीले राम्रो सुरुवात गर्नु आवश्यक छ।
यसमा सुधार गर्नु जरुरी छ’, उनले भने। छनोट प्रतियोगिताअन्तर्गत नेपालले समूहगत चरणमा आयरल्यान्ड, हङकङ, पपुआन्युगिनी, नामिबिया, अमेरिका र जर्सीसँग प्रतिस्पर्धा गर्नेछ। त्यसअघि हुने ‘वार्मअप’ खेलमा नेपालले ओमान र यूएईसँग प्रतिस्पर्धा गर्नेछ ।
नेपाल क्रिकेट संघ (क्यान) ले टिम व्यवस्थापकका रूपमा सिफारिस गरेका नरेश श्रेष्ठले अझैसम्म प्रवेशाज्ञा पाएका छैनन्। सुरुमा कर्मचारी छुम्मी लामालाई म्यानेजरका रूपमा सिफारिस गरिए पनि अन्तिम समयमा आएर क्यानको साधारणसभाले उनको स्थानमा नरेश श्रेष्ठलाई पठाउने निर्णय गरेको थियो।
छुम्मीको प्रवेशाज्ञा प्रक्रिया अन्तिम अवस्थामा पुगेको बेला एकाएक श्रेष्ठलाई सिफारिस गरिएको थियो। यसपछि इङ्ल्यान्डमा भएको अभ्यास खेल र नेदरल्यान्ड्समा भएको टीट्वेन्टी शृंखलामा नेपाली टोली व्यवस्थापकविहीन रह्यो।
क्यानका कार्यवाहक महासचिव उत्तम कर्माचार्यले श्रेष्ठको प्रवेशाज्ञा कुरेर बसेको बताए। ‘टीट्वेन्टी विश्वकप छनोट सुरु हुन अझै केही दिन बाँकी छ। हामी श्रेष्ठको प्रवेशाज्ञा कुरेर बसेका छौं।
स्रोतका अनुसार उनी टीट्वेन्टी विश्वकप छनोटमा सहभागी हुन जानेबारे अन्योल नै छ। यही प्रतियोगितामा जानका लागि उनी महत्वपूर्ण मानिने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को वार्षिक साधारणसभामा समेत सहभागी हुन गएका थिएनन्।
Wednesday, June 24, 2015
कप्तान पारस खड्का र प्रशिक्षक पुबुदु दसानायकेको लक्ष्य उपाधि जितेर आउने
नेपाल लगातार दोस्रोपटक ट्वान्टी–२० विश्वकपमा छनोट हुने तयारी गरिरहेको अवस्थामा कप्तान पारस खड्का र प्रशिक्षक पुबुदु दसानायकेको लक्ष्य उपाधि जितेर आउनेछ ।
नेपाली टिम अभ्यासका लागि मंगलबार राति इंग्ल्यान्ड उडेको छ । एक साता इंग्ल्यान्ड भ्रमणका क्रममा नेपालले चार अभ्यास खेल खेल्नेछ । नेपाली टिम त्यसपछि चार ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल्न नेदरल्यान्ड्स जानेछ । जुलाई ९ बाट सुरु हुने विश्व ट्वान्टी–२० छनोटका लागि नेपालले यो सबै तयारी गरेको हो ।
गत वर्ष यही प्रतियोगितामा नेपाल तेस्रो हुँदै पहिलोपटक ट्वान्टी–२० विश्वकपका लागि छानिएको थियो । यसपटक पनि शीर्ष ६ मा परेमा नेपाल अर्को वर्ष भारतमा हुने विश्वकपमा छानिनेछ । ‘सबैले विश्वकपमा छनोट हुनुपर्छ भनेर भनिरहेका छन्, तर हामी छनोट प्रतियोगिता नै जित्ने लक्ष्यका साथ गइरहेका छौं,’ मंगलबार बिदाइ कार्यक्रममा पारसले भने । ट्वान्टी–२० विश्वकप छनोटमा नेपालको यो तेस्रो सहभागिता हो । ‘पहिलो पटक यो प्रतियोगितामा खेल्दा हामी सातौं भएका थियौं, अघिल्लो पटक तेस्रो भयौं, अब हाम्रो लक्ष्य उपाधि जित्नु हो । हाम्रो टिममा त्यो क्षमता पनि छ,’ पारसले भने ।
भारतीय क्रिकेट बोर्डको हिमाचल प्रदेशमा नेपालले राम्रो तयारी गरेकाले दसानायके पनि विश्व ट्वान्टी–२० छनोटको लक्ष्यमा आफ्ना कप्तानसँग सहमत थिए । ‘भारतमा हाम्रो तयारी राम्रो भयो, हामी बिस्तारै लयमा आइरहेका छौं,’ दसानायकेले भने, ‘हामी निश्चय पनि यो प्रतियोगिता जित्ने आशामा बसिरहेका छौं । केही राम्रा प्रतिद्वन्द्वीहरू पनि छन् तर हामी जुन स्तरमा खेलिरहेका छौं, त्यो अनुसार हामी समूहमा शीर्ष स्थान रहँदै फाइनलतर्फ बढ्ने छौं ।’ यस्ता प्रतियोगिता खेल्दा दबाब सधैं हुने उनले बताए । दसानायकेले अगाडि भने, ‘एउटा सकारात्मक पक्ष के हो भने यो सफलताका लागि भोकाएको छ र त्यसका लागि अगाडि बढ्न चाहन्छ । पछिल्ला ६ देखि ८ महिनामा युवा खेलाडीले आफ्नो खेलमा निकै राम्रो सुधार गरिरहेकाले म खुसी छु । यो टिमले आफ्नो स्तर उचाइमा पुर्याएको छ । हामी एउटा अन्तर्राष्ट्रिय टोलीजस्तै देखिएका छौं, त्यसैले हामीबाट धेरै आशा गरिएको छ ।’
जुलाई ६ र ७ मा ओमान र यूएईसँग अभ्यास खेल खेलेपछि नेपालले विश्व ट्वान्टी–२० छनोट प्रतियोगिताको समूह चरणमा अमेरिका, नामिबिया, आयोजक आयरल्यान्ड, हङकङ, जर्सी र पपुवा न्यु गिनीसँग खेल्नेछ । अर्को समूहमा सहआयोजक स्कटल्यान्ड, अफगानिस्तान, नेदरल्यान्ड्स, यूएई, ओमान, केन्या र क्यानडा छन् । प्रतियोगिता जुलाई २६ सम्म चल्नेछ ।
Saturday, June 6, 2015
बार्सिलोना पाँचौ पटक च्याम्पियन्स लिगको उपाधी जित्न सफल
Friday, May 29, 2015
आफ्ना विरोधीहरुको मुख थुन्दै विश्व फुटबल महासंघ (फिफा) को अध्यक्षमा पुन: सेप ब्लाटर निर्वाचित
Monday, May 18, 2015
भ्यालेन्सियाका खेलाडीहरुले नेपाली अक्षरमा नाम लेखिएको जर्सी लगाए
स्पेनी क्लब भ्यालेन्सियाका खेलाडीले नेपाली भूकम्प पीडितको लागि आर्थिक सहयोग संकलन गर्ने उद्देश्यले आइतबार सेल्टा भिगोविरुद्धको खेलमा नेपाली अक्षरमा नाम लेखिएको जर्सी लगाएर खेले ।
भ्यालेन्सियाको आधिकारीक वेवसाइटमा उल्लेख गरिए अनुसार ती जर्सी लिलामीमा राखिनेछ । लिलामीबाट उठेको रकम अन्तर्राष्ट्रिय रेडक्रसमार्फत नेपालमा पठाइने क्लबले जनाएको छ ।
ला लिगाको चौथो स्थानमा रहेको क्लब भ्यालेन्सियाले सेल्टा भिगोसँग बराबरी खेल्यो । खेलमा भ्यालेन्सियाको लागि निकोलास ओतामेन्दी र सेल्टा भिगोको लागि पाब्लो हर्नान्डेजले गोल गरे ।
यसअघि, इबरसँग भएको खेलको टिकट बिक्रीबाट प्राप्त रकमको २ प्रतिशत रकम यूनिसेफमार्फत नेपाली भूकम्प पीडितको लागि खर्च गर्न उपलब्ध गराउने भ्यालेन्सियाले बताएको थियो ।
लोकप्रिय समाचार
-
नेपाली फ्लिमहरु बिदेश्मा शूटिंग हुँनु आजकल नौलो रहेन तर नेपाली पप संगीतको म्युजिक भिडियोमा बिदेशको दृश्य चाँही बिरलै हेर्न पाईन्छ | येसै द...
-
टोकियो: हिजो नोवेम्बर २३ तारिक टोकियोको मेगुरो कुमिन सेन्टर हलमा अहिलेको बहुचर्चित नेपाली कथानक चलचित्र " टलकजंग भर्सेज टुल्के" को...
-
गायक राजु लामा "मायाको साँघु" भन्ने मूल नाराका साथ सांगेतिक यात्रामा निस्किएका छन् l संगीत मार्फत भुकम्प पिडितहरुको सहयोग गर्ने हे...
-
उई फर अल जापानको आयोजनामा यही अगस्त २४ तारिक आईतबारका दिन शिंजुकू स्थित बुंका सेन्टर हल मा तीज महोत्सब २०१४ को भब्य रूपमा सम्पन्न भएको ...
-
टोकियो: हिजो सेप्टेम्बर १४ तारिक आइतबारको दिन टोकियोको आनामोरी इनारी अवस्थीत् 'टोक्यो बेय फुतसल क्लब'को फुतसल कोर्टमा जापानमा सामाज...
-
जापानको सेरोफेरोमा छायान्कांन गरी जापान मै सम्पादन गरिएको म्युजिक भिडियो “फुजी त हिमाल हेर्नलाई” जापानमा एक कार्यक्रम बिच बिमोचन गरिएको ...
-
टोकियोमा आगामी महिना अक्टोवर १२ तारिक आईतवारका दिन "पोखरा नाइट-२०१४" हुने भएको छ| शान्तिका लागि संगीत भन्ने मूल नाराका सा...
-
टोकियो: हिजो जुन २९ तारिक टोकियोको मेगुरो कुमिन सेन्टर हलमा अहिलेको बहुचर्चित नेपाली कथानक चलचित्र "कबड्डी"को भब्य प्रदशन भयो टोकि...
-
राती अबेरसम्म कार्यालय काम जारी गर्दा र त्यसपछि को घर फर्कदाको अनुभूति बेग्लै हुन्छ तर घर अधिक दुरी मा रह्यो भने के हुन्छ ? यो वीडियो ...
-
आउँदो डिसेम्बर १४ तारिकका दिन टोचिगि केन, ओयामा सी ,ओयामा मा नेवारी किचन द्वारा आयोजित एक ठुलो फुटसल टुर्नामेन्ट हुन गैरहेको तपाईहरु समक...




























