महानायक राजेश हमालले शनिबार मधु भट्टराई सँग विवाह गरेपछि सुहागरात मनाउनका लागि धुलिखेलस्थित द्वारिका रिसोर्ट पुगेका छन् ।

सो रिसोर्टको एक कक्षको ओछ्यानलाई गुलाव फूलका पत्रले सजाएको फोटो समेत सार्वजनिक भइसकेको छ । सुहागरात मनाउन गएका राजेश र मधुको जोडीमा खुशी, उत्साह र थोरै लज्जाका साथ एकै कोठाको एकै ओछ्यानमा देखिएका हुन् ।

‘मिस्टर एण्ड मिसेस हमाल, कङ्ग्य्राचुलेसन’ लेखिएर प्रेमको संकतेसमेत ओछ्यानमा बनाएको छ । राजेश र मधुको अलि पर–पर बसेको र अलि नजिक–नजिक हुँदै गरेको फोटो पनि उनकै नामको फेसबुकबाट सार्वजनिक भएको छ ।



No comments:
Post a Comment