Showing posts with label CAN. Show all posts
Showing posts with label CAN. Show all posts

Thursday, October 1, 2015

पारस खड्कालाई कारबाही

क्रिकेट:-
 नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालाई पदबाट हटाउने निर्णय गरेको छ। क्यानको बोर्ड बैठकले बिहीबार अनुशासनविपरीत गतिविधि गरेको आरोप लगाउँदै कारबाहीस्वरूप पारसलाई कप्तानबाट हटाएको बैठकमा सहभागी एक पदाधिकारीले बताए।स्रोतका अनुसार पारसले क्यानविरुद्ध राजनीति गरेको भन्दै बैठकमा चर्को आलोचना भएको थियो।

क्यानको अनुशासन समितिले समेत पारसले अनुशासनविपरीत काम गरेको निष्कर्ष निकालेको थियो। पारसले पटकपटक क्रिकेट व्यवस्थापनप्रति असन्तुष्टि व्यक्त गर्दै आएका छन् । क्रिकेटको विकासमा क्यान बोर्ड जिम्मेवार नभएको आरोप पनि पारसले लगाउँदै आएका छन्। पारस सन् २००९ देखि सिनियर टोलीका कप्तान थिए । 
 
क्यानका कार्यवाहक महासचिव उत्तम कर्माचार्यले पारसलाई कप्तानबाट हटाउने निर्णय गरिएको बारे केही बताउन चाहेनन्। उनले भने, 'पछिल्लो समयमा खेलाडीहरू क्यानविरुद्ध राजनीति गरिरहेका छन् । खेलाडीको अनुशासनविपरीत गतिविधिलाई लिएर क्यान गम्भीरचाहिँ भएको छ।'

 खेलाडीले आफ्नो कमजोरी ढाकछोप गर्न पनि क्यानलाई दोषी देखाउने गरेको कर्माचार्यले बताए।'नेपाली टोलीले टीट्वेन्टी विश्वकप छनोटमा राम्रो खेल्न सकेन तर त्यसको सम्पूर्ण दोष खेलाडीले क्यानलाई लगाए।

हामीले सक्नेजति सबै सुविधा दिएकै थियौं', कर्माचार्यले भने। उनले क्यानबाट तलब खाएर क्यानकै विरुद्ध बोल्नु अशोभनीय भएको बताए।
 
खेलाडी सधैं क्यानप्रति 'बायस' भएको आरोप पनि उनले लगाए। 'खेलाडीहरू सधैं क्यानविरुद्ध खनिने गरेका छन्। खेलाडीले वर्तमान क्यान बोर्डबाट पाउनुपर्ने सबै पाइसकेका छन्। त्यसैले उनीहरू अर्को क्यान नेतृत्वको कुरा गरिरहेका छन्। भोलि आउने क्यानको कार्यसमितिलाई पनि उनीहरूले टिक्न दिने छैनन्', कर्माचार्यले भने।
 
क्रिकेट खेलाडीले प्रशिक्षक पुबुदु दासानायकेलाई नेपालमा नराखे आफूहरूले नखेल्ने चेतावनी पनि दिएका थिए। कप्तान पारससहित खेलाडीहरूको उक्त रबैयाबाट क्यान बोर्ड निकै असन्तुष्ट बनेको थियो। 

 
पारसकै कप्तानीमा नेपालले केही वर्षयता अन्तर्राष्ट्रिय क्रिकेटमा महत्वपूर्ण उपलब्धि हासिल गर्दै आएको छ। नयाँ कप्तानका विषयमा विनोद भण्डारी र शरद भेषावकरको चर्चा रहेको स्रोतले जनाएको छ। नेपालले आगामी नोभेम्बरमा वल्र्ड क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत पपुआन्युगिनीसँग यूएईमा खेल्दैछ।

(अन्नपुर्ण पोष्ट बाट)

Tuesday, April 7, 2015

नेपाल टेलिकम र नेपाल क्रिकेट संघ (क्यान) बीच वार्षिक १ करोड ५५ लाख रुपैयाँको प्रायोजन सम्झौता

नेपाल टेलिकम र नेपाल क्रिकेट संघ (क्यान) बीच वार्षिक १ करोड ५५ लाख रुपैयाँको प्रायोजन सम्झौता भएको छ। टेलिकमले सिनियर राष्ट्रिय पुरुष र महिला क्रिकेटका लागि कर कटाएर वार्षिक ८५ लाख तथा पुरुष ट्वान्टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि ७० लाख रुपैयाँ प्रायोजन गर्ने ३ वर्षे सम्झौता सोमबार भएको हो। 
दुवै पक्षको सहमतीमा हरेक वर्ष सम्झौता नवीकरण गरिने बताइएको छ। नेपाल टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्य र क्यानका कार्यवाहक अध्यक्ष दीपक कोइरालाले सम्झौता पत्रमा हस्ताक्षर गरे। 

सम्झौता पछि पुरुष र महिला राष्ट्रिय टोली नेपाल टेलिकमको ब्रान्ड एम्बेसडर भएका छन्। सिनियर टोलीलाई प्रायोजन गरिएको रकममध्ये क्यानले २५ प्रतिसत राष्ट्रिय खेलाडीलाई भत्ताको रुपमा उपलब्ध गराउनु पर्ने सर्त छ। 
यसैगरी क्यानले गर्ने ट्वान्टी–२० क्रिकेट नेपाल टेलिकम च्याम्पियनसिप ट्रफीका नाममा तीन वर्ष सम्म हुने छ। ट्रफी जित्ने टोलीले १० लाख र उपविजेताले ७ लाख रुपैयाँ पुरस्कार पाउनेछन। जुन घरेलु क्रिकेटमा अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशी हो। 
टेलिकमका प्रवन्ध निर्देशक आचार्यले छोटो समयमा अन्तर्राष्ट्रिय स्तरमा नेपालको ख्याती बढाएकोले क्रिकेटलाई प्रायोजन गरेको बताए। उनले भने, ‘नेपालले गर्व गर्न सक्ने विषय खेलकुदमा क्रिकेट बनेको छ। क्रिकेट खेलाडीको जोस र सफलताको सम्मानस्वरुप हामीले सम्झौता गरेका हौं। सम्झौता पछि क्रिकेटले थप प्रगति गर्ने विश्वास लिएका छौं।'
उनले तीन वर्षपछि सम्झौता लम्बाउने टेलिकमको चाहना रहेको बताए। ‘हामी तीन वर्षपछि पनि यो सहकार्य निरन्तर होस भन्ने चाहन्छौं। क्रिकेट परिवारलाई अहिलेसम्म हासिल गरेको उपलब्धीका लागी धन्यवाद,' उनले भने, ‘अब क्रिकेटले समग्र रुपमा देशभरीनै यो खेलको विकास तर्फ ध्यान दिनु पर्छ।'

क्यानले नेपाली क्रिकेटको विकासका लागी थप योजना अगाडी ल्याए टेलिकमले थप सहयोग समेत गर्ने प्रबन्ध निर्देशक आचार्यले बताए। सम्झौताको तेस्रो वर्ष सम्झौता रकममा वृद्धि गरिने नेपाल टेलिकमले बताएको छ।  
सम्झौतापश्चात निर्देशक आचार्यले नेपाल टेलिकम लेखिएको नेपालको जर्सी राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालाई हस्तान्तरण गरे। सम्झौता कार्यक्रममा पुरुष र महिला राष्ट्रिय टोलीका केही खेलाडी उपस्थित थिए। राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ल, सुवास खकुरेल, शरद भेषावकर, राष्ट्रिय टोलीका पूर्व कप्तान विनोद दास, महिला टोलीकी पूर्व कप्तान निरा राजोपाध्याय, राष्ट्रिय खेलाडी सिता रानामगर लगायतका खेलाडी कार्यक्रममा सहभागी थिए। 
क्यानका कार्यवाहक अध्यक्ष कोइरालाले सम्झौतापछि नेपाली क्रिकेट नयाँ ढंगले अगाडी बढने बताए। उनले भने, ‘नेपाली खेलकुदमा महत्वपूर्ण सम्झौता भएको छ। टेलिकमसँगको सहकार्यले नेपाली क्रिकेटको विकासमा थप सहयोग गर्नेछ। क्रिकेटलाई प्रायोजन गरेकोमा टेलिकमलाई धन्यवाद।' सम्झौताले अन्तर्राष्ट्रिय स्तरमा नेपाली क्रिकेटलाई थप उपलब्धी हासिल गर्न हौसला थप्ने कोइरालाले बताए। 
क्यानकी प्रमूख कार्यकारी अधिकृत (सिइओ) भावना घिमिरेले टेलिकमको प्रायोजनबाट क्रिकेटमा भविष्य खोजिरहेका युवा खेलाडीलाई प्रोत्साहन मिल्ने बताइन। ‘राष्ट्रिय टोलीलाई टेलिकमले प्रायोजन गर्दा हामी खुशी छौं। यो भन्दा पनि ट्वान्टी–२० क्रिकेटको लागी भएको सम्झौताले हामीलाई अझ धेरै खुशी बनाएको छ,' उनले भनिन्, ‘सम्झौताले क्यानको आर्थिक अवस्था सुधार गर्न पनि सहयोग मिल्नेछ।' 

लोकप्रिय समाचार