Showing posts with label travel. Show all posts
Showing posts with label travel. Show all posts

Sunday, July 26, 2015

जोमसोमबाट ठिनी हुदै विश्वको सबैभन्दा उच्च स्थानमा अवस्थित तिलिचो ताल जाने मोटरबाटो निर्माण सुरु

 
मुस्ताङ सदरमुकाम जोमसोमबाट विश्वको सबैभन्दा उच्च स्थानमा अवस्थित मनाङको तिलिचो ताललाई जोड्न मोटरबाटो निर्माण सुरु भएको छ।

मुस्ताङबाट तिलिचो ताल जान चाहने आन्तरिक तथा बाह्य पर्यटकको सुविधाका लागि जिविस र सडक विभागको संयुक्त लगानीमा क्रमागत रुपमा सडक निर्माण सुरु गरिएको जिविसका कार्यक्रम अधिकृत केदारसिंह थापाले जानकारी दिए।

सदरमुकाम जोमसोमदेखि ठिनी हुँदै घनाजङ्गल छिचोलेर मनाङ जिल्लामा सडक सञ्जाल पुर्याउने योजना छ। 'हामीले योजना बनाएका हौँ, अहिलेसम्म तीन किलोमिटर सडकको ट्र्याक खोल्ने  काम भएको छ,' कार्यक्रम अधिकृत थापाले भने, 'यसका लागि सडक विभागले धेरै लगानी गर्नुपर्ने देखिएको छ।'

अहिलेसम्म सडक विभागको सीमित बजेट र जिविसको आन्तरिक स्रोतबाट उक्त सडकको निर्माण सुरु गरिएको जिविसले जनाएको छ। पैदल हिँडेर दुइ दिन लाग्ने घोरेटो  बाटो भए पनि घनाजङ्गल र बीचमा बस्ती नभएका कारण जोमसोमबाट तिलिचो ताल जाने पर्यटकको सङ्ख्यामा वृद्धि हुन सकेको छैन।

जिविसले चालु आवमा मोटरबाटोको विस्तृत अध्ययन र सडक विस्तारका लागि बजेट विनियोजन गर्ने जनाएको छ। 'कागबेनी हुँदै मनाङ जोड्ने बाटो पनि बन्दैछ तर यो बाटो पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण छ' कार्यक्रम अधिकृत थापाले भन्नुभयो। 

(नागरिक निउजबाट)

Tuesday, March 31, 2015

तिन साताको अन्नपुर्ण ट्रेकिंग रुट अहिले तिन दिनमा I मोटर बाटोले पदयात्रा मार्ग छोट्यायो

कुनै बेला अन्नपूर्ण फेरोको पदयात्रा अवधि करिब तीन साताको थियो। पर्यटकहरू लमजुङ सदरमुकाम बेँसीसहरबाट हिँडेको तीन सातापछि मनाङ, मुस्ताङ र म्याग्दीका विभिन्न ठाउँ पार गर्दै कास्कीको बिरेठाँटी निस्कन्थे। 

मुस्ताङ र मनाङ दुवै जिल्लाबाट मोटरबाटो विस्तारहुँदै गएपछि भने तीन साताको ट्रेकिङ रुट तीन दिनमा झरेको छ। मोटरबाटोले पदयात्रा मार्ग छोट्याएपछि साहसिक पर्यटनका लागि चिनिँदै आएको अन्नपूर्ण फेरोको पहिचान गुम्ने खतरा बढेको सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।


‘मुस्ताङतिरबाट आउँदा मुक्तिनाथसम्म गाडी उक्लेको छ। मनाङमा पनि खाङसारसम्म मोटर पुग्ने भयो,' मनाङका पर्यटन व्यवसायी विनोद गुरुङले भने, ‘खाङसारबाट थोराङ्ला भन्ज्याङ (५४१६ मि) पार गरेर मुक्तिनाथ झर्दा बढीमा ३ दिन हिँडे पुग्छ।' गुरुङका अनुसार मनाङ पुगेको पर्यटक अब एक दिनमा याकखर्क, दोस्रो दिन थोराङलाफेदी वा हाइक्याम्प र तेस्रो दिन मुक्तिनाथ निस्कन सक्छ। 
दुई वर्षअघि मनाङ सदरमुकाम चामेसम्म बेसीसहर हुँदै मोटर पुगेको थियो। अहिले चामेबाट माथिल्लो मनाङसम्म जाने मोटरबाटो पनि खुलेको छ। चामे र  भ्राताङमा मर्स्याङ्दी नदीमाथि पुल बनेपछि चामे अब उपल्लो मनाङसँग मोटरबाटोले जोडिएको छ। यसले पदयात्रा अवधि निकै घटाएको गुरुङले बताए।

 
मोटर चल्न थालेपछि चामे–मनाङ ३१ किलोमिटर खण्डको पैदलयात्रा पूरै घट्नेछ। ‘मनाङमा मोटर गुड्न थालेसँगै पदयात्रा अवधि घट्न थालेको थियो। तर, अब त्यो पनि छोटिने भयो,' गुरुङले भने। यसले छोटो अवधि लिएर आउने पर्यटकलाई सहज भए पनि साहसिक पर्यटनका लागि आउनेहरू भने निकै घट्ने उनको गुरुङको भनाइ छ। 
उनका अनुसार चिनियाँ, जापानी, कोरियन पर्यटक छोटो पदयात्रा चाहन्छन्। छोटो बाटो आन्तरिक पर्यटक प्रवर्द्धनमा पनि सहयोगी बन्न सक्छ। ‘पोखराबाट हिँडेको एक सातामा थोराङ्ला भन्ज्याङ पार गरेर पोखरै पुग्न सकिने भयो। कतिपयका लागि सहज भए पनि साहसिक गतिविधि रुचाउने पर्यटक यो रुटमा हिचकिचाउँछन्,' उनले भने। मोटरबाटो विस्तारसँगै तिलिचो तालको पदयात्रा पनि खुम्चिएको उनले बताए। ‘अब ५ दिनको पदयात्रामै तिचिलो र थोराङला भन्ज्याङ पार गर्न पाइने भो,' उनले भने, ‘पदयात्राका भरमा चलेको हिमालपारिको पर्यटन व्यापारका लागि अब वैकल्पिक पदयात्रा रुट चाहिएको छ।'
टे्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल संघका अध्यक्ष रामचन्द्र शर्मा बढ्दो मोटरबाटोले अन्नपूर्ण फेरोेको पदयात्रा पहिचान हराउने जोखिम बढेको बताउँछन्। ‘सबैतिरबाट सडक विस्तार हुँदै जाँदा तीन साताको पदयात्रा तीन दिनमा झरेको छ। मोटरबाटोले पदयात्रा रुचाउने पर्यटकलाई हतोत्साही बनाउँछ,' उनले भने, ‘अन्नपूर्ण फेरोको पहिचान हराउने खतरा बढ्दै गएको छ।'
पोखरा पर्यटन परिषद् अध्यक्ष सोम थापा पनि वैकल्पिक पदमार्ग विस्तार नगरे अन्नपूर्ण फेरोको पदयात्रा व्यापार खस्कने बताए। ‘विकास हुनु नराम्रो होइन तर मोटरबाटोले हिमाली पर्यटनलाई नोक्सान पुर्यारउँछ,' उनले भने, ‘त्यसैले वैकल्पिक मार्ग खोज्नैपर्छ।' 
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का पर्यटन अधिकृत नरेन्द्र लामा तीन साताको पदयात्रा अवधिले नै अन्नपूर्ण फेरोलाई विशिष्ट पहिचान दिएको बताउँछन्। ‘साहसिक पदमार्गका रूपमा चिनिएको थियो। अब तीन दिन हिँडे पुग्छ। यसले अन्नपूर्ण फेरोको पहिचान मेटाउँदै छ,' उनले भने, ‘त्यसैले वैकल्पिक पदमार्ग खोज्ने काम भइरहेको छ।' 
उपल्लो मनाङसम्मै गाडी मर्स्याङ्दी नदीमा दुई पुल बनेपछि अब गाडीमै उपल्लो मनाङ पुग्न सकिने भएको छ। पुल उद्घाटनसँगै सोमबार पहिलोचोटि मनाङ गाउँ (३५३० मिटर) मा गाडी पुगेका छन्। 
सोमबारदेखि मोटरबाटो खुला गरिएको मनाङ प्राविधिक कार्यालयका इन्जिनियर दयाराम अधिकारीले जानकारी दिए। उनका अनुसार सदरमुकाम चामेनजिकै र भ्राताङमा पुल हालिएको हो। ग्रामीण पुनर्निर्माण तथा पुनःस्थापना कार्यक्रम (टि्रपलआर एसडिपी) अन्तर्गत यी दुई पुल बनेका हुन्। ‘अब मनाङको माथिल्लो क्षेत्र सदरमुकाम चामेसँग सडक सञ्जालले जोडिएको छ। यसले उपल्लो क्षेत्रका बासिन्दालाई राहत मिल्नेछ।'
अधिकारीका अनुसार भ्राताङको पुल बनाउन करिब २ करोड ७० लाख र चामेको पुल बनाउन ३ करोड ११ लाख रुपैयाँ खर्च भएको छ। दुवै पुल ३५ मिटर लम्बाइका छन्। ‘अहिलेसम्म बेसीसहरदेखि चामेसम्म (६५ किलोमिटर) मोटर पुगेको थियो। आजै २५ किलोमिटर बाटो थपिएको छ,' उनले भने, ‘मनाङमा अब मोटरबाटो ९० किलोमिटर पुगेको छ।' 
सडक खुलेपछि सोमबार करिब २ दर्जन सवारी सामानसहित माथिल्लो क्षेत्र गएका छन्। उपल्लो क्षेत्रमा मोटर पुगेसँगै साहसिक पदयात्रा रुचाउनेको संख्यामा कमी आउने जोखिम रहे पनि आन्तरिक पर्यटक भने बढ्ने व्यवसायीले आशा गरेका छन्। ‘मनाङमा पछिल्लो समय आन्तरिक पाहुना बढ््न थालेका थिए। माथिसम्म मोटरबाटो पुग्दा अझै बढ्ने आशा छ,' एक व्यवसायीले भने, ‘साहसिक पदयात्रा रुचाउने विदेशी पर्यटक भने मोटरबाटोका कारण हच्किन्छन्।' 

हिउँ हटाएर बाटो खुलाइयो केही दिनअघिको हिमपातले उपल्लो मनाङको सडक अवरुद्ध गरेकामा स्थानीयले सोमबार डोजर लगाएर हिउँ हटाएका थिए। पर्यटन व्यवसायी बिनोद गुरुङले भ्राताङदेखि हुम्देसम्मको खण्डमा परेको हिउँ र ठाउँठाउँमा झरेको हिमपहिरो हटाउन डोजर लगाउनुपरेको उनले बताए। ‘५/६ ठाउँमा हिमपहिरो झरेको थियो। उपल्लो मनाङ क्षेत्रका विभिन्न ७ वटा गाविसका बासिन्दा मिलेर हिउँ हटाएका हौं,' उनले भने, ‘यसका लागि मात्रै करिब १० लाख रुपैयाँ खर्च भयो।'
(नागरिक निउज बाट साभार)

Thursday, July 3, 2014

जापान को क्योटो सहर, ट्रेवल डेस्टिनेशन को लागि संसरकै नंबर १ मा ....

अमेरिका को एक प्रसिध ट्रेवल मैगज़ीन ले जापान को क्योटो लाइ " वर्ल्ड बेस्ट प्लेस तो विजिट " को लिस्ट मा रखे को छ |
ट्रेवल एंड लेइसुरे नामक यो माषिक पत्रिका भर्सनी संसरकै " टॉप १० सिटी तो विजिट " लिस्ट निकाल्दा छ जस अन्तर्गत यो बर्ष क्योटो लाइ नंबर १ मा राखिएको छ |
ट्रेवल एंड लेइसुरे नामक यो माषिक पत्रिका ले महीना मा लगबग १ मिलियन मैगज़ीन भेच्दछ|
यो सुन्दर सहर लिंक मा क्लिक गारी ,वीडियो मा हेर्नुहोस

Sunday, June 1, 2014

Tokyo rated as the world’s most satisfying tourist city for 2013..

Tokyo rated as  the world’s most satisfying tourist city for 2013, according to a poll by online travel site TripAdvisor.
According to a survey of over 54,000 travelers conducted by Internet travel site TripAdvisor, Tokyo beat out New York and Barcelona as the city with “the best overall experience.”
Tokyo ranked among the top 10 in 13 out of the 16 sections in the survey, and topped five of them, including the categories “helpful locals,” “best taxi services,” and “cleanest streets.”
Tokyo received positive reviews in a number of areas that put it ahead of New York City (second) and Barcelona (third) followed by Istanbul, Prague, Vienna, Berlin, Rome, Paris and Dubrovnik in Croatia.

लोकप्रिय समाचार