नेपालमा सुपरहिट बनेको "जेरी" नेपाल बाहिर बिदेशमा पनि अत्याधिक माग भएको चलचित्र हो जापानमा पनि नेपालीहरुको चाहना र अत्याधिक मागको आधारमा मध्यनजर गरि 'सहयात्री जापान'समूह द्वारा "कला र प्रतिभाको सम्मान गरौं,नेपाली चलचित्रलाई माया गरौं" भन्ने मूल उदेश्यका साथ जनवरी ११ तारिक आइतबार मेगुरो कुमिन सेन्टर हलमा साँझ ६ बजे बाट "जेरी" पर्दशन हुन गैरहेको हजुरहरु समक्ष जानकारी गराउदछौ I
जापानबासी सम्पूर्ण नेपाली, बुवाआमा दाजुभाई तथा दिदीबहिनीहरु सम्पूर्ण मित्रजनहरु बहुचर्चित नेपाली चलचित्र "जेरी"हेर्न आइदिनु हुन् 'सहयात्री जापान' परिवार हार्दिक अनुरोध गर्दछौ I जेरिमा युवतीहरुको ढुकढुकी अनमोल केसी र आना शर्माको मुख्य भूमिका रहेको छ भने अन्य कलाकारहरुको पनि बेजोड अभिनय रहेको छ I "जेरी" नेपालको उत्कृष्ट गन्तब्य मध्ये एक हिमाल पारीको जिल्ला मुस्ताङ्मा छायांकन गरिएको चलचित्र हो I कलाकारहरुको प्रस्तुति,कला,अभिनय र कथाका बाबजुत मुस्तांङ्का प्राकृतिक सम्पदाहरुको मनोरम दृश्यहरुले चलचित्र झन् उत्कृस्ट बनेको छ I
Note:टोकियोको प्रदशन पश्चात जेरिको प्रदशन फुकउकामा पनि हुदैछ I
समय: २५ जनवरी साँझ ६:३० बजे
स्थान:च्युवो सिमिन सेन्टर (आकासाका स्टेशन बाट १० मिनेट )Fukuoka Shi Chyuo Ku Akasaka 2-5-8
No comments:
Post a Comment