"वी फर अल" जापानमा रहेका सामाजिक संस्थाहरुमध्ये एउटा परिचित नाम हो । यस संस्थाले विभिन्न सामाजिक कार्यहरु गर्दै आएको कुरा सर्वविदितै छ । यस संस्थाको वार्षिक कार्यक्रमहरुमध्ये नेपाली नारीहरुको महान् चाड 'हरितालिका तीज' एउटा महत्वपूर्ण कार्यक्रम हो । यो कार्यक्रम गएको तीन वर्षबाट लगातार आयोजना गर्दै आएको र हरेक वर्षझैँ यो वर्ष पनि सेप्टेम्बर १३ तारिख आईतबारका दिन टोकियोको ईकेबुकुरोमा रहेको तोसीमा कोक्काईदो हलमा भब्यताकासाथ गर्ने कुरा सम्बन्धित पक्षले सहयात्री जापानलाई बताए I
उक्त कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायक रामजी खाँड साथै गायिकाद्वय देवी घर्ती र भूमिका गिरीको उपस्थिति रहने कुरा पनि जानकारी गराए। साथमा स्थानीय कलाकार लोक तथा दोहोरी गायकहरु सूर्य खड्का र बिनोद भण्डारीको पनि बेजोड प्रस्तुति रहने छ ।
यस महोत्सवबाट उठेको रकम नेपालका भूकम्पपिडित बालबालिकाहरूका लागि र भूकम्पले क्षति पुगेका बिद्दालय पुनर्निमाणको लागि सम्बन्धित ठाउँमै पुर्याउने कुरा क्लबका अधक्ष्य सरोज कुमार खत्रीले बताउनु भयो I साथै उहाँले वर्षकै सबैभन्दा ठूलो, सभ्य र भब्य तीज महोत्सवमा जापानमा रहनुभएका सम्पूर्ण नेपाली महिला दिदीबहिनीहरु, पुरुष दाजुभाईहरु साथै जापानका सबै संघ-संस्थाहरु र त्यसमा आबद्ध सम्पूर्णलाई आफु व्यक्तिगत तर्फ र "वि फर अल क्लब"का तर्फ बाट पनि सादर आमन्त्रण गर्नु भयो ।
"नेपाली नारीहरुको महान् चाड हरितालिका तीज रमाईलो नाचगान गरी हाँसीखुशी सँगै मनाऔँ ।"
मिति- २०१५/०९/१३ (आईतबार)
समय-अपरान्ह ३ बजेबाट ८ बजेसम्म स्थान- ईकेबुकुरो तोसीमा कोक्काईदो हल, ईकेबुकुरो स्टेशन East Exit बाट हिँडेर ५ मिनेट ।
No comments:
Post a Comment