कसैको बढी बोल्ने र कसैको कम बोल्ने सबैको आ-आफ्नो छुट्टा छुट्टै बानि हुन्छ तर आफुलाई चाहिने बेलामा जो कोहि बढी बोल्ने त गर्छन नै I बिशेष गरि चुनाबी माहौलमा सत प्रतिशत नेता हरु बोल्न,भाषण गर्न एकसा एक अगाडी बढ्ने गर्छन I स्टेजमा माइक देख्यो कि जनताको ध्यान आफूतिर आकर्षित गर्न ठुल ठुला गफ र भाषण गर्न तम्सिहाल्छन भलै सामाजिक कार्यमा हात एकचोटी पनि नहालेको किन नहोस I तर जापानमा एक नेपाली व्यक्ति यस्तो हुनुहुन्छ जो बोल्नमा भन्दा बढी कर्ममा बिश्वाश गर्छन I दशकौं देखि दिन रात नभनी लगातार समाजका लागि खटि रहेका छन् ! उहाँ हुनुहुन्छ आगामी एनआरएनए जापानका नया कार्यकाल(२०१५-२०१७सम्म)का लागि उपाध्यक्ष पदका लागि उमेदवारी दिएका टाशी वाङ्दी लामा I
टाशी वाङ्दी लामा एक यस्ता व्यक्ति हुनुहुन्छ जो एनआरएन जापानको आइसीसी २०१३ देखि २०१५सम्मका युवा प्रतिनिधी भएर धेरै अनुभब संगाली सक्नु भएका छन्, तेस्तै जापानको टोकियोमा सामाजिक कार्यमा सधै सक्रिय रहने युवाहरुको संस्था नेपाल जापान युथ क्लबको अधयक्ष पदमा रहेर पनि धेरै सामाजिक कार्य गरिरहनु भएको छ I उदाहरणको लागि भगवान गौतम बुद्ध नेपालमा जन्मिएका हुन् भनेर जापानी र विश्व समुदायमा चिनाउने हेतुले गरिने र्याली होस् वा रक्तदान कार्यक्रम होस् वा भुकम्प पिडित हरुको निम्ति राहत संकलन होस् या जापानमा भएका नेपालीहरु बीच आपसमा भाइचारा र सदभाव बढाउनको निम्ति खेलकुद आयोजना गरेर होस् या सांगेतिक कार्यक्रम गरेर होस् मेलमिलापको उपयुक्त बातावरण सृजना गर्ने गर्छन I साथै व्यक्तिगत रुपमा पनि जापानमा समस्यामा परेका नेपालीहरुको लागि आफै दौड धुप गर्ने गर्दछन एक अर्थमा भन्नु पर्दा उहाँले मन बचन र कर्म सधै दुखमा परेकाहरुको निम्ति खर्चिने गर्नु हुन्छ फलस्वरूप जापानमा नेपाली समुदायमा अत्याधिक चर्चामा पनि हुनुहुन्छ I
हँसिला र मिजासिला स्वभावका टाशी लामा स्पष्टबक्ता पनि हुन् 'सहयात्री जापान' संगको कुराकानीमा उहाँले भन्नु भयो " म बचनमा भन्दा कर्ममा बिश्वाश गर्ने मान्छे ! एक घण्टा भाषण गरेर समय बर्बाद गर्नु भन्दा दुइजनाको समस्या समाधान गर्न सके त्यो उपलब्धि हुन्छ र समयको सदुपयोग पनि I तेसैले अबको यो एनआरएनए जापानको चुनाबमा म तपाई सम्पुर्ण नेपालीहरुको आवाज लिएर उपाध्यक्ष पदको लागि प्रतिस्पर्धा गर्दैछु I तपाईहरु सम्पूर्णको सहयोगको आवस्यकता छ र
आशा गर्दछु सम्पूर्ण नेपालीहरुले सहयोग गर्नु हुनेछ I भोट जस्लाई दिए पनि फरक पर्दैन जे होस् तपाईहरुले दिएको भोट खेर नजावोस I हालसम्मको कामको मुल्यांकन पनि गर्नुहोस् र तपाईले चुनेका व्यक्तिले एनआरएन जापानलाई अझ सबल र सुदृढ बनाउन एक चित्त भएर सधैं लागि रहोस र जापानमा समस्यामा पर्ने नेपालीहरुको आवाज सुनिदिओस, सम्बधित ठाउमा आवाज उठाईदिवोस र समस्याको समाधान गरिदिओस I र अन्तमा
उपयुक्त प्रतिनिधि चयन गरौँ I
साझा सबल र सुदृढ एनआरएनको निर्माण गरौँ I"
भन्दै उहाँले सेप्टेम्बर ६ तारिक आईतबार समयमै भोट हाल्न आइदिनु हुन सम्पूर्ण जापानबासी नेपालीलाई अपिल गर्नु भयो I
अब चिनेको बोलेको भरमा भोट दिने कि ?सामाजिक कार्यमा अग्रसर हुने ,एनआरएनए जापानलाई अझ सबल र सुदृढ बनाउने खुबी भएको अनि राष्ट्र निर्माणमा सहयोग पुराउन सक्नेलाइ दिने?यी दुइ मध्ये कस्तो खालको उमेदवारीलाई भोट दिएर उपयुक्त प्रतिनिधि छान्ने कर्तब्य हजुरको I
मतपत्र
No comments:
Post a Comment