स्वीट्जरल्यान्ड विश्वकै सबैभन्दा खुसी मुलुक बनेको छ ।संयुक्त राष्ट्रसंघअन्तर्गतको ‘सस्टेनेवल डेभेलपमेन्ट सोलुसन नेटवर्क’ले निकालेको प्रतिवेदनअनुसार घडी र चक्लेटका लागि प्रसिद्धी कमाएको उक्त मुलुकका नागरिक सबैभन्दा खुशी मानिएको हो ।
१० पूर्णाङ्क दिएर १५८ मुलुकमा गरिएको सर्वेक्षणमा ७ दशमलव ५८ नम्बरका साथ स्वीट्जरल्यान्डले लगातार तेस्रो वर्षपनि पहिलो स्थान कायमै राखेको हो । त्यसपछिका अरु मुलुकमा क्रमशः आइसल्यान्ड, डेनमार्क, नर्वे र क्यानडा रहेका छन् । यसैगरी, सबैभन्दा कम खुसी पाँच मुलकमा टोगो, बुरुन्डी, सिरिया, बेनिन र रुवान्डा छन् ।दक्षिण एसियामा भने भुटानले सबैलाई उछिनेको छ । सबैभन्दा खुुसी दक्षिण एसियाली मुलुक बन्नेक्रममा भुटान ५ दशमलव २५ नम्बरसहित ७९औं स्थानमा छ भने नेपाल ४ दशमलव ५१ नम्बरसहित १२१औं स्थानमा छ ।
पाकिस्तान ८१, बंगलादेश १०९, भारत ११७, श्रीलंका १३२ स्थानमा रहँदा अफगानिस्तान भने १५३ नम्बरमा रहेर कम खुसी देशको छैठौं स्थानमा छ । विश्वकै शक्तिशाली मुलुकहरु भने विश्वकै खुसी मुलुकको सूचीमा निकै तल छन् ।
विश्वकै पहिलो अर्थतन्त्रको अमेरिका १५, दोस्रो चीन ८४, तेस्रो जापान ४६ औं खुसी मुलुकमा छन् भने बेलायत २१औं स्थानमा रहेको छ ।
सदस्य राष्ट्रहरुको प्रतिव्यक्ति आय, स्वस्थ जीवनस्तर, भ्रष्टाचारको अवस्था र सामाजिक स्वतन्त्रता जस्ता विषयमा आधारित रहेर अध्ययन गरिएको उक्त संस्थाले जनाएको छ । (एजेन्सी)
Friday, April 24, 2015
बिश्वको सबै भन्दा खुसी मुलुक स्विटजरल्याण्ड , नेपाल १२१औं स्थानमा
Subscribe to:
Post Comments (Atom)
लोकप्रिय समाचार
-
नेपाली फ्लिमहरु बिदेश्मा शूटिंग हुँनु आजकल नौलो रहेन तर नेपाली पप संगीतको म्युजिक भिडियोमा बिदेशको दृश्य चाँही बिरलै हेर्न पाईन्छ | येसै द...
-
टोकियो: हिजो नोवेम्बर २३ तारिक टोकियोको मेगुरो कुमिन सेन्टर हलमा अहिलेको बहुचर्चित नेपाली कथानक चलचित्र " टलकजंग भर्सेज टुल्के" को...
-
गायक राजु लामा "मायाको साँघु" भन्ने मूल नाराका साथ सांगेतिक यात्रामा निस्किएका छन् l संगीत मार्फत भुकम्प पिडितहरुको सहयोग गर्ने हे...
-
उई फर अल जापानको आयोजनामा यही अगस्त २४ तारिक आईतबारका दिन शिंजुकू स्थित बुंका सेन्टर हल मा तीज महोत्सब २०१४ को भब्य रूपमा सम्पन्न भएको ...
-
टोकियो: हिजो सेप्टेम्बर १४ तारिक आइतबारको दिन टोकियोको आनामोरी इनारी अवस्थीत् 'टोक्यो बेय फुतसल क्लब'को फुतसल कोर्टमा जापानमा सामाज...
-
जापानको सेरोफेरोमा छायान्कांन गरी जापान मै सम्पादन गरिएको म्युजिक भिडियो “फुजी त हिमाल हेर्नलाई” जापानमा एक कार्यक्रम बिच बिमोचन गरिएको ...
-
टोकियोमा आगामी महिना अक्टोवर १२ तारिक आईतवारका दिन "पोखरा नाइट-२०१४" हुने भएको छ| शान्तिका लागि संगीत भन्ने मूल नाराका सा...
-
टोकियो: हिजो जुन २९ तारिक टोकियोको मेगुरो कुमिन सेन्टर हलमा अहिलेको बहुचर्चित नेपाली कथानक चलचित्र "कबड्डी"को भब्य प्रदशन भयो टोकि...
-
राती अबेरसम्म कार्यालय काम जारी गर्दा र त्यसपछि को घर फर्कदाको अनुभूति बेग्लै हुन्छ तर घर अधिक दुरी मा रह्यो भने के हुन्छ ? यो वीडियो ...
-
आउँदो डिसेम्बर १४ तारिकका दिन टोचिगि केन, ओयामा सी ,ओयामा मा नेवारी किचन द्वारा आयोजित एक ठुलो फुटसल टुर्नामेन्ट हुन गैरहेको तपाईहरु समक...
No comments:
Post a Comment