Showing posts with label Resham filili. Show all posts
Showing posts with label Resham filili. Show all posts

Wednesday, April 22, 2015

टोकियोमा "रेशम फिलिली" प्रदर्शन हुने मिति अप्रिल २६ तारिक आईतबार

आउँदो आईतबार अप्रिल २६ तारिक मेगुरो कुमिन सेन्टर हलमा बहुप्रतिक्षित नेपाली चलचित्र "रेशम फिलिली" प्रदर्शन  हुदैछ I नेपाल जापान युथ क्लब द्वारा प्रदर्शन  गर्न लागिएको उक्त चलचित्र साँझ ५ बजे बाट मेगुरो कुमिन सेन्टर हलमा प्रदशन हुन लागेको हो I 

 चलचित्रको "जालमा" बोलको गीत युट्युब मार्फत एका एक हिट र भाइरल बने पछि चलचित्रको चर्चा झन् आकाशियो जसको फलस्वरूप चलचित्रले प्रदर्शन अगावै लगानी सुरक्षित गर्न पनि 
सफल रहयो I 
 मादव वाग्ले द्वारा निर्मित र प्रणब जोशी द्वारा निर्देशित चलचित्रको मुख्य भूमिकामा बिनय श्रेष्ठ, कर्मा, कामेश्वर चौरासिया र मेनुका प्रधान रहेको छ I नेपालमा शुक्रबार बाट प्रदर्शनमा आउन लागेको चलचित्र टोकियोमा दुइ दिन पछि आईतबार प्रदर्शन हुन लागेको हो I उक्त चलचित्र टोकियोको प्रदर्शन पश्चात फुकुओका,नागोया,ओसाका लगायत जापानका अन्य शहरहरुमा पनि प्रदर्शनमा आउने कुरा सम्बन्धित पक्षले जानकारी गराए I 
चलचित्र कस्तो छ भन्ने कौतुहल मेटाउन र जालमा बोलको गीतको आधिकारिक भिडियो हेर्न टोकियोबासी नेपालीहरुलाइ २६ तारिक सम्म कुर्नु पर्ने नै हुन्छ I 


नोट :- टोकियोको प्रदर्शन पश्चात रेशम फिलिली मे ३ तारिक फुकुओका पनि प्रदशन हुदैछ 

लोकप्रिय समाचार