Showing posts with label Spots. Show all posts
Showing posts with label Spots. Show all posts

Saturday, May 30, 2015

मेस्सिको दुई गोलको सहायताले बार्सालाई सिजनको दोस्रो उपाधि

 
लियोनेल मेस्सीले जादुयी खेल देखाउँदै दुई गोल गरेपछि स्पेनिस क्लब बार्सिलोनाले सिजनको दोस्रो उपाधि जितेको छ ।

गएराति घरेलु मैदान क्याम्प नोउमा भएको कोपा डेल रेको फाइनल खेलमा बार्साले एट्लेटिको बिल्बाओलाई ३–१ ले पराजित गर्दै सिजनको दोस्रो उपाधि जितेको हो ।

उपाधिको ह्याट्रिक गर्ने दाउमा रहेको बार्साले यसअघि स्पेनिस ला लिगाको उपाधि उचालिसकेको छ । अब उसले जुन ५ मा च्याम्पियन्स लिगको उपाधिका लागि इटालियन क्बल युभेन्ट्ससँग बर्लिनमा भीडन्त गर्नेछ ।
बार्सालाई कोपा डेल रेको उपाधि दिलाउने क्रममा मेस्सीले खेलको २० औं मिनेटमा ड्यानी अल्भेसको पासमा खाता खोले ।

त्यसपछि घाइते भएर २ खेलपछि  मैदान छिरेका लुइस स्वारेजको पासमा ब्राजिलियन स्टार नेइमारले खेलको ३६ औं मिनेटमा अर्को गोल गरे ।

पहिलो हाफ २–० मा सकिएको अवस्थामा दोस्रो हाफको ७६ औं मिनेटमा पुनः अल्भेसकै पासमा मेस्सीले अर्को गोल थप्दै बार्सालाई उपाधिनजिक पुर्याए । बिल्बाओका लागि खेलको ७९ औं मिनेटमा विलियम्सले गोल गरेपनि उसले बार्सालाई उपाधिबाट रोक्न ढिला भइसकेको थियो ।

लुइस इन्रिकेको प्रशिक्षणमा रहेको बार्सा यो सिजन उत्कृष्ट फर्ममा छ । बार्सालाई तेहेरो उपाधि नजिक पुर्याउन मेस्सी एक्लैले निर्णायक भूमिका खेलिरहेका छन् । उनलाई साथ दिइरहेका स्ट्राईकरहरु स्वारेज र नेइमार पनि उत्कृष्ट फर्ममा रहेकाले बार्साले कलात्मक खेल पस्किरहेको छ ।

लोकप्रिय समाचार