अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीले आफ्नो लोभलाग्दो फुटबल करियरमा अर्को एउटा सफलता थपेका छन् ।
स्पेनिस क्लब बार्सिलोनाबाट व्यावसायिक फुटबल खेल्दै आएका मेस्सी यो वर्ष पनि युरोपका उत्कृष्ट फुटबलर घोषित भए । यसअघि सन् २०११ मा पनि उनलाई यो अवार्ड दिइएको थियो ।
बार्सिलोनालाई च्याम्पियन्स लिग, ला लिगा र स्पेनिस किङ्स कपको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका मेस्सीले गत सिजनको उत्कृष्ट फुटबलरको अवार्ड जितेका हुन् ।
गएराती फ्रान्सको मोनाकोमा भएको एक समारोहका बीच मेस्सीलाई उक्त अवार्ड दिइएको हो । मेस्सीले रियल मड्रिडका क्रिष्टियानो रोनाल्डो र आफ्नै क्लव बार्सिलोनाका लुइस स्वारेजलाई पछि पारे ।
चार पटकका फिफा वर्ष खेलाडी मेस्सीले गएको सिजनमा कुल ५८ गोल गरेका थिए । रोनाल्डोले गएको सिजन सबै प्रतियोगितामा ६१ गोल गरे पनि रियल मड्रिडलाई उपाधि जिताउन भने सकेका थिएनन् ।
(एजेन्सी)
No comments:
Post a Comment