Showing posts with label The Interview. Show all posts
Showing posts with label The Interview. Show all posts

Thursday, December 18, 2014

अन्तत निक्कैनै विवादास्पद चलचित्र "द इंटरव्यू " डिसेम्बर २५ को रिलीज रद्द ......

अहिलेको निक्कैनै विवादास्पद चलचित्र "द इंटरव्यू "  हैकर्सले चलचित्र प्रदर्शन भएमा आतंकवादी हमला हुनसक्ने धम्की आएपछि ठूलो मल्टीप्लेक्सले चलचित्र प्रदर्शन नगर्ने भएको छ |बुधबार सोनी कंपनीले  एक बिज्ञप्ति जारी गारी " प्रदर्शकहरुले चलचित्र प्रदर्शन नगर्ने भएको ले "द इंटरव्यू " डिसेम्बर २५ को  रिलीज रद्द गरिएको " कारण देखाइएको छ |
सोनी कंपनी  द्वारा निर्माण गरिएको  चलचित्र "द इंटरव्यू " उत्तर कोरियाको  नेता किम जोंग अन को  हत्या योजना बारे एक विवादास्पद कमेडी धारमा बनाईएको चलचित्र  हो । "द इंटरव्यू "चलचित्र को ट्रेलर प्रकाशन लगतै सोनी कंपनी निक्कैनै विवादास्पद फसेको हो |
"द इंटरव्यू " को यो ट्रेलर तपाई पनी हेर्नुहोस्।

Thursday, December 11, 2014

निक्कैनै विवादास्पद चलचित्र "द इंटरव्यू " जापानमा प्रदर्शन नहुने.......

अहिले को निक्कैनै विवादास्पद चलचित्र "द इंटरव्यू " जापानमा प्रदर्शन नहुने । सोनी कंपनी  द्वारा निर्माण गरिएको   सो चलचित्र  उत्तर कोरियाको  नेता किम जोंग अन को  हत्या योजना बारे एक विवादास्पद कमेडी धारमा बनाईएको चलचित्र  हो ।

"द इंटरव्यू "चलचित्र को ट्रेलर प्रकाशन लगतै सोनी कंपनी को सर्भर हैक भएको थियो ।
"द इंटरव्यू " को यो ट्रेलर तपाई पनी हेर्नुहोस्।

लोकप्रिय समाचार