Showing posts with label balewa samaj Japan. Show all posts
Showing posts with label balewa samaj Japan. Show all posts

Sunday, December 14, 2014

महायज्ञलाई बलेवा सेवा समाज जापानको आर्थिक सहयोग

बाग्लुङ्ग जिल्लाको बलेवा क्षेत्र अन्तर्गत पर्ने पैयुँपाटा गाउँ बिकास समितिमा रहेका बलेवा पैयुँपाटा बहुमुखी क्याम्पस र त्रिभुवन उच्च माध्यामिक विद्यालयको संयुक्त आयोजनामा संचालित श्री बिश्वशान्ति धनधान्याचल श्रीमद् भागवत बिराट ज्ञान महायज्ञमा जापानलाई कर्मथलो बनाई बसिरहेका जापानबासी बलेवालीहरुको सामाजिक परोपकारी संस्था बलेवा सेवा समाज जापानले एकाउन्न हजार एक सय एघार रुपयाँ कार्यक्रम स्थलमा संस्थाका महासचिब शर्मेन्द्र पौडेल स्वयं उपस्थित भएर हस्तान्तरण गर्नु भएको थियो ! उक्त महायज्ञका प्रमुख बाचक दिनबन्धु पोख्रेलले बिदेसमा रहेर पनि समाज सेवाका लागि तत्परता देखाई सहयोगी भावनालाई उजागार गर्ने जापानबासी बलेवालीहरुलाई सुख-शान्ति र उत्तोरोत्तर प्रगतिको कामना सहित धन्यबाद ज्ञापन गर्नु भएको थियो ।

Friday, December 5, 2014

बलेवा सेवा समाज जापान र अन्तराष्टिय नेपाली समाज जपानको संयुक्त आयोजनामा टोकियोमा शुभकामना साँझ २०१५ हुने.....

दृष्टिबिहिनलाई दया मात्र नगरौं  सक्दो आर्थिक सहयोग पनि गरौं  भन्ने मुलनाराको साथ बलेवा सेवा समाज जापान र अन्तराष्टिय नेपाली समाज जपानको संयुक्त आयोजनामा पश्चिमाञ्चल दृष्टिबिहिन बिधार्थीको सहयोग स्वरूप गर्न लागिएको साँस्कृतिक कार्यक्रम यहि आऊँदो नयाँ बर्ष २०१५ -०१-०१ अर्थात जनवरी १ तारिक हुनगैरहेको क़ुरा आयोजक पक्ष एक बिज्ञप्ति मार्फ़त हामीलाई जानकारी दिईएको छा 
उक्त सांगीतिक कार्यक्रम टोकियोको ईकेगामी खाईगानमा नेपालका चर्चित पप गाएक  सुगम पोख्रेल तथा चर्चित लोक गायीका ज्योती मगरको  प्रस्तुती रहनेछ| 
उक्त साँस्कृतिक कार्यक्रम हुन गैरहेकोले  सम्पूर्ण जापान बासी बुवा आमा ,दाजुभाई तथा दिदी बैनीहरूलाई  बलेवा सेवा समाज जापान र अन्तराष्टिय नेपाली समाज जपान बिशेष अनुरोधको  साथ आमन्त्रित गर्दछ ।

लोकप्रिय समाचार