Showing posts with label Nepali community in japan. Show all posts
Showing posts with label Nepali community in japan. Show all posts
Sunday, December 14, 2014
महायज्ञलाई बलेवा सेवा समाज जापानको आर्थिक सहयोग
बाग्लुङ्ग जिल्लाको बलेवा क्षेत्र अन्तर्गत पर्ने पैयुँपाटा गाउँ बिकास समितिमा रहेका बलेवा पैयुँपाटा बहुमुखी क्याम्पस र त्रिभुवन उच्च माध्यामिक विद्यालयको संयुक्त आयोजनामा संचालित श्री बिश्वशान्ति धनधान्याचल श्रीमद् भागवत बिराट ज्ञान महायज्ञमा जापानलाई कर्मथलो बनाई बसिरहेका जापानबासी बलेवालीहरुको सामाजिक परोपकारी संस्था बलेवा सेवा समाज जापानले एकाउन्न हजार एक सय एघार रुपयाँ कार्यक्रम स्थलमा संस्थाका महासचिब शर्मेन्द्र पौडेल स्वयं उपस्थित भएर हस्तान्तरण गर्नु भएको थियो !
उक्त महायज्ञका प्रमुख बाचक दिनबन्धु पोख्रेलले बिदेसमा रहेर पनि समाज सेवाका लागि तत्परता देखाई सहयोगी भावनालाई उजागार गर्ने जापानबासी बलेवालीहरुलाई सुख-शान्ति र उत्तोरोत्तर प्रगतिको कामना सहित धन्यबाद ज्ञापन गर्नु भएको थियो ।
Thursday, October 30, 2014
बलेवा सेवा समाज जापान द्धारा बाढी पिडितलाई २ लाख ६४ हजार ८ सय १६ रुपयाँ सहयोग हस्तान्तरण.....
केही महिना अगाडि बलेवा सेवा समाज जापान द्धारानेपालको सिन्धुपाल्चोक जिल्लाको माङ्खा र राम्चेको जुरे भन्ने स्थानमा परेको प्राकृतिक विपत्तिबाट उत्पन्न समस्यालाई मध्यनजर गर्दै पिडित जुरेबासीको लागि सक्दो सहयोग गर्ने हेतुले "सिन्धुपाल्चोक बाढी पिडित राहत सहयोग अभियान" संचालन गरेको थियो |
सो अभियानबाट संकलित कुल रकम २ लाख ९४ हजार ७ सय १४ जापानी यन लाई नेपाली रुपयाँमा रुपान्तरण गर्दा २ लाख ६४ हजार ८ सय १६ रुपयाँ संकलित सम्पूर्ण रकम बलेवा सेवा समाज संस्थाका भूतपुर्ब अध्यक्ष रामचन्द्र केसी ज्यू ले , काठमान्डू स्थित बिएफबिएस गोर्खा रेडियो कार्यालयमा पुगी चेक हस्तान्तरण गर्नु भएको छ ।
साथै बलेवा सेवा समाज बाट एक बिज्ञप्ती जारी गरी सो अभियानलाई सहयोग गरि आफ्नो दानी मनको परिचय दिनु भएका जापानबासी आदरणीय नेपाली दाज्युभाई तथा दिदिबैनीहरुलाई हार्दिक धन्यबाद दिन चाहन्छौं भनी लेखिएको छ|
" बलेवा सेवा समाज जापान द्धारा पठाएको रकम बुझी बिएफबिएस गोर्खा रेडियो कार्यालयमा पुगी बलेवा सेवा समाज जापानको उद्देस्य बारेमा र आफ्ना तार्किक भनाईहरु सहित रकम बुझाउनु हुने भूतपुर्ब अध्यक्ष आदरणीय रामचन्द्र केसी ज्यू र सो रकम संकलन अभियानमा बिगत डेढ महिना निरन्तर खट्नु भएका संस्थाका अध्यक्ष महेन्द्र पिसी ज्यू, सम्पूर्ण पदाधिकारी तथा सदस्य ज्यूहरु र सल्लाहकार ज्यूहरुमा बलेवा सेवा समाज जापानको तर्फबाट हार्दिक धन्यबाद ज्ञापन गर्दछौं" भनी सो बिज्ञप्तीमा लेखिएको छ|
अध्यक्ष- महेन्द्र पिसी, महासचिब- शर्मेन्द्र पौडेल
बलेवा सेवा समाज जापान
टोकियो, जापान

Sunday, July 27, 2014
१८ औ रोंधी साँझ कार्यक्रम आउँदो अगस्त १० तारिखका गरिने.......
"संस्कृति हराए संस्कार हराउँछ , संस्कार हराए परंपरा हराउँछ ,परंपरा हराए मान्छे हराउँछ" भन्ने मूल नाराका साथ आउदो अगस्त १० तरिकका दिन १८ औ रोधी साज सम्पन्न गरिने जानकारी आयोजक तमु धी जापान ले जनाएका छन | साथै तमु जातिहरुको सांस्कृतिक धरोहरको रुपमा रहेको रोंधी प्रथालाइ बचाई राख्न हरेक बर्ष तमु धीं जापानले यो कार्यक्रम को आयोजन गर्दै आएका छन ।
१८ औ रोंधी साँझ कार्यक्रमका लागि अमेरिका देखि चर्चित आधुनिक गायक नरेंद्र प्याशी आउने भएका छन|कार्यक्रम मा लोकल ब्याण्ड "दुम्ब्स स्किल " र लोकल कलाकार "सुदिन गुरुंग " का साथै अन्य संस्कृति झलकने कार्यक्रम देखाउने हाम्रा श्रोत ले बताएका छन|
१८ औ रोधी साँझ हेर्ने नछुटाउनु होला !!!
मिति : २०१४ , अगस्त १० (आइतबार)
समय : ४ भजे देखि
स्थान : मेगुरो कुनमिन सेंटर हल, मेगुरो
आयोजक : तमु धिं जापान
Labels:
event,
Nepali community in japan,
nepali concert,
Nepali concert in japan,
nepali page 3,
nepali party in japan,
page 3
Subscribe to:
Posts (Atom)