आज मार्च ३० तारिकका दिन टोक्योमा थकाली सेवा समिति समाज जापान द्वारा आयोजना गरिएको अन्तरचन ताराखेल(आर्चरी ) प्रतियोगिता भव्यताका साथ संम्पन भयो थसेस जापान २४औ बर्षमा प्रवेश गरेको शुभ अबसर तथा थसेस जापानको १२ औ अधिवेसनको निमित्त नेपालबाट पाल्नु भएका थसेस केन्द्र नेपालका अध्यक्ष तथा सम्मानिय बरिष्ठ व्यक्तित्व श्री खगेन्द्र भट्टचन ज्युको आतिथ्यमा सम्पन्न गरियको थियो I उक्त प्रतियोगितामा शेरचन टोलि प्रथम भट्टचन,गौचन र तुलाचन क्रमश दोस्रो तेस्रो र अन्तिम भए I
Showing posts with label marphali. Show all posts
Showing posts with label marphali. Show all posts
Sunday, March 30, 2014
जापनमा थकालीहरुको परम्परागत खेल ताराखेल सम्पन्न
Saturday, March 22, 2014
जापानमा मार्फाली थकालीले आफ्नो महान चाड तेरेमी भव्यताका साथ मनाए
अघिल्लो बर्षहरु झै यो बर्ष पनि मार्फाली थकालीहरुको महान चाड तेरेमी(फागु पुर्णिमा)ले सबैको घरमा पाईला टेक्यो I पुर्खेउली गाउँ मार्फा भए पनि अहिले नेपालको विभिन्न स्थानमा बसोबास गर्ने मार्फाली थकालीहरुले आ आफ्नो ठाउँमा भव्यताका साथ तेरेमी मनाए I नेपालमा घर परिवार भव्यताका साथ मनाउदै गरेको खबर सुनेर मन तेसै नरमाइलो (बिदेशमा सब भन्दा नरमाइलो लाग्ने नै यस्तो चाड पर्ब आउदा हो सायद)मानिरहेको जापानमा बसोबास गर्ने मार्फालीहरुले गएको साता मार्च १६ तारिकका दिन तेरेमी चाड भेटघाट गरि मनाय I
प्रविन हिराचन(A) तथा सर्बिना लालचन(हिराचन) को संयोजकत्वमा टोक्योमा मार्फाली थकाली समाजको सानो भेटघाट अर्थात् तेरेमी मनाउने कार्यक्रमको आयोजना गरिएको थियो I तेरेमी मनाउन करिब ४० को हाराहारीमा मर्फालिहरु कार्यक्रम स्थल पुगेका थिए Iकामको शिलशिलामा र अध्धयनको शिलशिलामा जापानमा भएका बिशेष गरि टोक्यो र टोक्यो आस पास भएका मार्फाली थकालीहरु कार्यक्रम
स्थलमा साँझ ७ बजे तिर जम्मा भए सबैजना धेरै पछि आफ्नो साथीभाई आफन्त भेट्न पाउदा निकै खुशी देखिन्थे
भने कतिपय चै नया मित्र र नया आफन्त भेटेकोमा दङ्ग पर्दै थिए किन भने जापानमा धेरै बर्षको अन्तरालमा मार्फाली थकालीहरु यसरि जमघट भएका थिए I
चाडबाडको बेलामा यसरि भेटघाट हुन पायकोमा एकदम खुशी लाग्यो भन्दै सबैजना तेरेमिको शुभकामना आदान प्रदान गर्दै कार्यकम शुभारम्भ गरियको थियो कार्यक्रममा आ-आफ्नो सुख दुखका गफ देखि आफ्नो पुर्खेउली गाउँ मार्फाको बिकाशका कुराहरु आफ्नो मार्फाली थकाली समाजलाई अझै कसरि बलियो र समाजलाई कसरि माथि उठाउने कसरि आफ्नो सस्कृति को जगेर्ना भन्ने कुराको छलफल गरियको थियो साथ साथै सबैजनाले नाच गान गरि भरपुर मनोरंजन पनि लिएका थिए कार्यक्रमको बिचमा प्रविन हिराचन(B)ले आफ्नो वेबसाईट(नेपाली जापानिज डिसनरि ) को बारेमा जानकारी गराए जुन डिसनरिले जापानिज भाषामा कमजोर अर्थात् भर्खर जापान आएका र जापानिज सिक्न चाहने हरुको लागि एकदम उपयोगी हुने जानकारी गराए कार्यक्रममा बिङ्गो पनि खेलाईएको थियो कामको व्यस्तताले बिङ्गोको आवस्यक बस्तुहरु समिर ज्वारचनले ल्याउनमा अलि ढिलो गरे पनि सबै जना बिङ्गो खेल्नमा खुब रमाई रहेका थिए I कार्यक्रममा एक आपसमा माया साटासाट गरि तस्बिर लिनमा पनि ब्यस्त देखिन्थे यसरि करिब ३ घण्टा दिल खोलेर सबै जना रमाएका थिए अन्तमा यसरि बेला बेलामा भेटघाट गर्ने बाचाका साथ बिदाईको हात हल्लाउदै बिदा भए I
Subscribe to:
Posts (Atom)
लोकप्रिय समाचार
-
नेपाली फ्लिमहरु बिदेश्मा शूटिंग हुँनु आजकल नौलो रहेन तर नेपाली पप संगीतको म्युजिक भिडियोमा बिदेशको दृश्य चाँही बिरलै हेर्न पाईन्छ | येसै द...
-
टोकियो: हिजो नोवेम्बर २३ तारिक टोकियोको मेगुरो कुमिन सेन्टर हलमा अहिलेको बहुचर्चित नेपाली कथानक चलचित्र " टलकजंग भर्सेज टुल्के" को...
-
गायक राजु लामा "मायाको साँघु" भन्ने मूल नाराका साथ सांगेतिक यात्रामा निस्किएका छन् l संगीत मार्फत भुकम्प पिडितहरुको सहयोग गर्ने हे...
-
उई फर अल जापानको आयोजनामा यही अगस्त २४ तारिक आईतबारका दिन शिंजुकू स्थित बुंका सेन्टर हल मा तीज महोत्सब २०१४ को भब्य रूपमा सम्पन्न भएको ...
-
टोकियो: हिजो सेप्टेम्बर १४ तारिक आइतबारको दिन टोकियोको आनामोरी इनारी अवस्थीत् 'टोक्यो बेय फुतसल क्लब'को फुतसल कोर्टमा जापानमा सामाज...
-
जापानको सेरोफेरोमा छायान्कांन गरी जापान मै सम्पादन गरिएको म्युजिक भिडियो “फुजी त हिमाल हेर्नलाई” जापानमा एक कार्यक्रम बिच बिमोचन गरिएको ...
-
टोकियोमा आगामी महिना अक्टोवर १२ तारिक आईतवारका दिन "पोखरा नाइट-२०१४" हुने भएको छ| शान्तिका लागि संगीत भन्ने मूल नाराका सा...
-
टोकियो: हिजो जुन २९ तारिक टोकियोको मेगुरो कुमिन सेन्टर हलमा अहिलेको बहुचर्चित नेपाली कथानक चलचित्र "कबड्डी"को भब्य प्रदशन भयो टोकि...
-
राती अबेरसम्म कार्यालय काम जारी गर्दा र त्यसपछि को घर फर्कदाको अनुभूति बेग्लै हुन्छ तर घर अधिक दुरी मा रह्यो भने के हुन्छ ? यो वीडियो ...
-
आउँदो डिसेम्बर १४ तारिकका दिन टोचिगि केन, ओयामा सी ,ओयामा मा नेवारी किचन द्वारा आयोजित एक ठुलो फुटसल टुर्नामेन्ट हुन गैरहेको तपाईहरु समक...









