Showing posts with label thakali. Show all posts
Showing posts with label thakali. Show all posts

Monday, August 4, 2014

थसेस जापानको मैत्रीपुर्ण भलिबल प्रतियोगिता स्थगित...

थकाली सेवा समिति जापानले बिगतमा जापानबासि नेपाली माझ आयोजना गर्दै आईरहेको मैत्रीपुर्ण भलिबल प्रतियोगिता यस बर्ष स्थगित गरिएको कुरा अध्यक्ष बुद्धि गौचनद्धारा हस्ताक्षरित बिज्ञप्तीमा जनाईएको छ ।
बिज्ञप्तिमा अगाडि भनिएको छ - जापानमा एउटै प्रकृतिको बढ्दो कार्यक्रमको होडबाजी तथा थुप्रै संघसंस्थाको कार्यक्रम एकै दिनमा जुधनुले गर्दा पनि उत्त मैत्रीपुर्ण भलिबल प्रतियोगिता स्थगित गर्नु परेको जनाईएको छ । संस्थाहरु बिचको हातेमालो, आपसि भाईचारा तथा सहकार्य गरि विकास गर्नुपर्नेमा प्रतिस्प्रधात्मक तरिकाले एकै खालका कार्यक्रम एकै दिनमा आयोजना गर्नाले भविष्यमा अझ अस्वस्थ प्रतिस्प्रधा एवं विकराल स्थिति नआओस भन्दै संयम अपनाईएको पनि जनाइएको छ । जापानबासी नेपालीहरुको चाहना, आवश्यकता, अबस्था र समय अनुकुल हेरि पुन नयाँ तथा नौलो कार्यक्रम लिएर थसेस जापान यहाहरु समक्ष उपस्थिति हुने अबगत गराउदछौं ।
यस मैत्रीपुर्ण भलिबल प्रतियोगिता स्थगित गर्नु परेकोमा दु:ख ब्यक्त गर्दै यसबाट पर्न गएको असुबिधाको लागि आम नेपाली, जापानी, शुभचिन्तक, विशेष गरेर खेलाडिहरु र खेल प्रेमी संम्बन्धित सबैप्रति थसेस जापान हार्दिक क्षमा याचना ब्यक्त गर्दछ ।
साथै बिगमा झै जापान स्थित नेपाली दुतावास लगायत यहाका संघसंस्था र जापानका निकायहरु संग पनि सहकार्य गर्दै जापानबासी नेपालीहरुको सर्वाङ्गिन हितको लागि सधैब सजग, सर्तक तथा सहयोग गर्दै नेपाल र नेपालीको बिकासको लागि सक्दो भुमिका निर्वाह गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्दछौं - बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

Sunday, March 30, 2014

जापनमा थकालीहरुको परम्परागत खेल ताराखेल सम्पन्न

आज मार्च ३० तारिकका दिन टोक्योमा थकाली सेवा समिति समाज जापान द्वारा आयोजना गरिएको अन्तरचन ताराखेल(आर्चरी ) प्रतियोगिता भव्यताका साथ संम्पन भयो थसेस जापान २४औ बर्षमा प्रवेश गरेको   शुभ अबसर तथा थसेस जापानको १२ औ अधिवेसनको निमित्त नेपालबाट पाल्नु  भएका थसेस केन्द्र नेपालका अध्यक्ष तथा सम्मानिय बरिष्ठ व्यक्तित्व श्री खगेन्द्र भट्टचन ज्युको आतिथ्यमा सम्पन्न गरियको थियो I उक्त प्रतियोगितामा शेरचन टोलि प्रथम भट्टचन,गौचन र तुलाचन क्रमश दोस्रो तेस्रो र अन्तिम भए I 


Saturday, March 22, 2014

जापानमा मार्फाली थकालीले आफ्नो महान चाड तेरेमी भव्यताका साथ मनाए

अघिल्लो बर्षहरु झै यो बर्ष पनि मार्फाली थकालीहरुको महान चाड तेरेमी(फागु पुर्णिमा)ले सबैको घरमा पाईला टेक्यो I पुर्खेउली गाउँ मार्फा भए पनि अहिले नेपालको विभिन्न स्थानमा बसोबास गर्ने मार्फाली थकालीहरुले आ आफ्नो ठाउँमा भव्यताका साथ तेरेमी मनाए I  नेपालमा घर परिवार भव्यताका साथ मनाउदै गरेको खबर सुनेर मन तेसै नरमाइलो (बिदेशमा सब भन्दा नरमाइलो लाग्ने नै यस्तो चाड पर्ब आउदा हो सायद)मानिरहेको जापानमा बसोबास गर्ने मार्फालीहरुले गएको साता मार्च १६ तारिकका दिन तेरेमी चाड भेटघाट गरि मनाय I 
   प्रविन हिराचन(A) तथा सर्बिना लालचन(हिराचन) को संयोजकत्वमा टोक्योमा मार्फाली थकाली समाजको सानो भेटघाट अर्थात् तेरेमी मनाउने कार्यक्रमको आयोजना गरिएको थियो I तेरेमी मनाउन करिब ४० को हाराहारीमा मर्फालिहरु कार्यक्रम स्थल पुगेका थिए Iकामको शिलशिलामा र अध्धयनको शिलशिलामा जापानमा भएका बिशेष गरि टोक्यो र टोक्यो आस  पास भएका मार्फाली थकालीहरु कार्यक्रम
स्थलमा साँझ ७ बजे तिर जम्मा भए सबैजना धेरै पछि आफ्नो साथीभाई आफन्त भेट्न पाउदा निकै खुशी देखिन्थे 
भने कतिपय चै नया मित्र र नया आफन्त भेटेकोमा दङ्ग पर्दै थिए किन भने जापानमा धेरै बर्षको अन्तरालमा मार्फाली थकालीहरु यसरि जमघट भएका थिए I 
चाडबाडको बेलामा यसरि भेटघाट हुन पायकोमा एकदम खुशी लाग्यो भन्दै सबैजना तेरेमिको शुभकामना आदान प्रदान गर्दै कार्यकम शुभारम्भ गरियको थियो कार्यक्रममा आ-आफ्नो सुख दुखका गफ देखि आफ्नो पुर्खेउली गाउँ मार्फाको बिकाशका कुराहरु आफ्नो मार्फाली थकाली समाजलाई अझै कसरि बलियो र समाजलाई कसरि माथि उठाउने कसरि आफ्नो सस्कृति को जगेर्ना भन्ने कुराको छलफल गरियको थियो साथ साथै सबैजनाले नाच गान गरि भरपुर मनोरंजन पनि लिएका थिए कार्यक्रमको बिचमा प्रविन हिराचन(B)ले आफ्नो वेबसाईट(नेपाली जापानिज डिसनरि ) को बारेमा जानकारी गराए जुन डिसनरिले जापानिज भाषामा कमजोर अर्थात् भर्खर जापान आएका र जापानिज सिक्न चाहने हरुको लागि एकदम उपयोगी हुने जानकारी गराए कार्यक्रममा बिङ्गो पनि खेलाईएको थियो कामको व्यस्तताले बिङ्गोको आवस्यक बस्तुहरु समिर ज्वारचनले ल्याउनमा अलि ढिलो गरे पनि सबै जना बिङ्गो खेल्नमा खुब रमाई रहेका थिए I कार्यक्रममा एक आपसमा माया साटासाट गरि तस्बिर लिनमा पनि ब्यस्त देखिन्थे यसरि करिब ३ घण्टा दिल खोलेर सबै जना रमाएका थिए अन्तमा यसरि बेला बेलामा भेटघाट गर्ने बाचाका साथ बिदाईको हात हल्लाउदै बिदा भए I 


लोकप्रिय समाचार