Showing posts with label nepali singer. Show all posts
Showing posts with label nepali singer. Show all posts

Tuesday, April 29, 2014

जापानमा गायक राजु लामा(मंगोलियन हर्ट)को गोल्डेन विक कन्सर्ट भव्यताका साथ सम्पन्न भयो I

अप्रिल २७ तारिक आईतबार को दिन टोकियोको इकिबुकुरो स्टेसन नजिक रहेको तोशिमा कोउखाईदोउ हलमा गायक राजु लामा(मंगोलियन हर्ट)को गोल्डेन विक कन्सर्ट भव्यताका साथ सम्पन्न भयो I सुदिन गुरुङ्को संयोजकत्वमा "नेपाल जापान युथ क्लब"र "वि फर अल"दुई संस्था मिलेर आयोजना गरिएको उक्त साङ्गेतिक कार्यक्रममा दर्सकले खचा खच भरिएको थियो I कार्यक्रम हेर्न करिब ५०० को हाराहारीमा टोकियो र टोकियो बाहिर टाढा टाढा शहर बाट पनि दर्शक आएका थिए I रास्ट्रिय गान बाट सुरुवात् गरिएको उक्त कार्यक्रम करिब सवा दुइ घण्टा सम्म चलेको थियो I साढे पाँच बाट सुरु हुने भनिए पनि करीब सात बजे मात्र सुरु गरिएको कार्यक्रममा जब गायक राजु लामा नेपालको रास्ट्रिय झन्डा बोकी"मेरो नेपाल" गाउदै स्टेजमा निस्किए तब दर्सकहरु सब उभिएर ताली बजाउदै लामा संग सगै गीत गाउदै उनलाई साथ दिदाको क्षण मनोमहोक थियो I कार्यक्रम महिला संचालिका माया गुरुङ द्वारा संचालन गरिएको थियो I यसरि गायक राजुलामाले दुई चरणमा आफ्नो चर्चित गीतहरु गाउदा दर्सकहरु उनका गीतमा खुब झुम्मिए बेला बेलामा संगीत प्रेमी दर्सकका भिड स्टेजमै उक्लेला झैँ गर्थे तर जापान युथ क्लब र वि फर अलका स्वयम सेवकहरुले भिड नियत्रण गरे पनि निकै नै मेहनत गर्नु पर्यो I नियन्त्रण गर्न I कार्यक्रमको मध्य तिर गायक लामालाई नेपाल जापान युथ क्लब र वि फर अलका अदक्षद्वय टाशी लामा र सरोज खत्रीले सम्मानार्थ खादर्पण पनि गरिएको थियो I गायक लामाका साथ साथै जापानमै बसोबास गर्ने नेपाली स्थानिय कलाकारहरुले पनि राम्रो प्रस्तुति दिए Iसरिता लालचन,अमर गुरुङ, बिमला गुरुङ ,सितल योञ्जन ,सुदिन गुरुङ ,इलुजन ब्याण्ड हरुले पनि दर्सकलाई खुब मनोरंजन प्रदान गरे राजु लामाको "सायद तिम्रो बाटोमा " गित सके लगत्तै कार्यक्रम सकिएको घोसणा गरिए पनि संगीतमा झुमिरहेको दर्सकहरु भने वान्स मोर

 

लोकप्रिय समाचार