यो साल पनि विश्वकै सबैभन्दा धनी व्यक्तिको सूचीमा माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्स नै पहिलो नम्बरमा यथावत छन्। उनी वितेका २१ वर्षमा १६ वर्ष विश्वका एक नम्बर धनीका रुपमा दरिएका छन् ।
उनले यो साल पनि मेक्सिकोका ब्यापारी कार्लोस स्लिमलाई पछि पार्दै पहिलो धनी व्यक्ति भएका हुन् । उनी गत साल पनि विश्वकै पहिलो धनीका रुपमा दरिएका थिए I विल गेट्सको जम्मा सम्पत्ती पछिल्लो एक सालमा तीन अर्ब डलर बढेर १३ फेब्रुअरी सम्म ७९ अर्ब डलर पुगेको छ।
फोर्ब्सका अनुसार सन् २०१५ मा विश्वका १० धनीहरु :-
१. बिल गेट्स ७९.२ अर्ब बिलियन डलर (माइक्रोसफ्ट)
२. कार्लोस स्लिम हेलु ७७.१ बिलियन डलर (फोन र निर्माण कम्पनी मेक्सिको)
३. वारेन बफेट ७२.७ बिलियन डलर (विश्वव्यापी लगानीकर्ता)
४. एमानसिओ ओर्टेगा ६४.५ बिलियन डलर (जारा र अन्य फेसन कम्पनी)
५. ल्यारी एल्लिसन ५४.३ बिलियन डलर (ओराकल डाटा स्टोरेज प्रविधि)
६. चार्ल्ल कोच ४२.९ बिलियन डलर (उद्योगपति)
७. डेभिड कोच ४२.९ बिलियन डलर (उद्योगपति)
८. क्रिस्टी वाल्टन ४१ ४१.७ बिलियन डलर (वालमार्ट)
९. जिम वाल्टन ४०.६ बिलियन डलर (वालमार्ट)
११. लिलियने बेट्टेनकोर्ट ४०.१ बिलियन डलर (ओरियल कस्मेटिक फर्म)
नेपालका उद्योगपति विनोद चौधरीको सम्पत्ति गत वर्ष भन्दा यो वर्ष अझै बढेको फोर्ब्सले उल्लेख गरेको छ। उनी गत वर्ष १४६५ औं नम्बरमा थिए ।
फोर्ब्सको सूचीमा नेपालका उद्योगपति विनोद चौधरी यो वर्ष अर्बपतिहरुको सूचीमा यथावत रहेका हुन् । चौधरी ग्रुपका संस्थापक तथा मालिक उनी अर्बपतिहरुको सूचीमा १३३१औं नम्बरमा रहेका छन्।
फोर्ब्सका अनुसार उनीसँग हाल एक अर्ब ३० करोड अमेरिकन डलर सम्पत्ति रहेको छ।
No comments:
Post a Comment