"नेपाल र नेपालीको लागि" भन्ने आवाज सहित जापानको तोचिगिमा बस्नुहुने सम्पूर्ण नेपाली दाजु-भाई तथा दिदि- बहिनिहरुलाई उक्त दिन चलचित्र हेर्न आई सहयोग गरिदिनु हुन तोचिगी नेपाली समाजको अध्यक्ष बिजय श्रेष्ठले यसै सूचना मार्फत अनुरोध गर्नु भएको छ | उक्त चलचित्र साँझ ६ बजे बाट प्रदर्शन गरिने र दर्शकहरुलाई हल सम्म पुग्न सजिलोको निम्ति रेल स्टेशन देखि हल सम्म ठाउँ-ठाउँमा स्वयंसेवकहरु परिचालन गरिने पनि सचिब सरद गिरिले जानकारी दिनु भएको छ I तोचिगी केन हाल आएर नेपालीहरुको उल्लेखीय बसोबास भएको ठाउँ हो I तोचिगी नेपाली समाजले उक्त फिल्मबाट भएको मुनाफा नेपालमा असहायहरुलाई सहयोग गर्ने पनि जनाएको छ I समाजले आउदो दिनहरुमा विभिन्न कार्यक्रम गर्ने पनि अध्यक्ष बिजय श्रेष्ठले बताउनु भएको छ |
"जेरी" बिश्वका उत्कृष्ट गन्तब्य मध्य एक मुस्तांङ् जिल्लामा छायांकन गरिएको चलचित्र हो I छायाँकारले मुस्तांङ्का प्राकृतिक सम्पदाहरुलाई उत्कृष्ट तवरले पर्दामा उतारेका छन् साथै मुस्तांगका सस्कृति लाई पनि केहि हद सम्म समेटेका छन् I
निर्देशक हेमराज बिसी,निर्माता मनोज शेरचन र सहनिर्माता सम्राट प्रसाद गौचन रहेको जेरिको छायांकन शैलेन्द्र डी कार्कीले गरेका हुन् चलचित्रको मुख्य भूमिकामा अनमोल केसी र आना शर्मा तथा सहनायक नायिकामा क्रमश अभिषेक मान शेरचन र अमालिया शर्माले अभिनय गरेका छन् I
Note:-बृस्तृत जानकारीका तलका नम्बरहरुमा सम्पर्क गर्नुहोला :-
Bijay Shrestha >08043828925
Sarad>08064970740
No comments:
Post a Comment