विश्वकप क्रिकेटको उपाधिसँगै अष्ट्रेलियाका कप्तान माईकल क्लार्कले एक दिवसीय क्रिकेटबाट सन्यास लिएका छन् ।
कप्तानको रुपमा पहिलो पटक विश्वकप क्रिकेटमा सहभागि क्लार्कले टोलीलाई उपाधि दिलाँउदै सफल सन्याल लिएका हुन् ।
सन् २००३ मा इंग्लण्ड विरुद्धको खेलबाट एक दिवसिय खेलमा डेब्यु गरेका क्लार्कले त्यसपछि आजको समेत कुल २ सय ४५ एक दिवसीय खेल खेलेका छन् ।
एक दिवसीयबाट सन्यास लिएपनि क्लार्कले टेष्ट क्रिकेटलाई भने निरन्तरता दिने जनाएका छन् ।
क्लार्क यो विश्वकपबाट सन्याल लिने अन्तिम खेलाडी बनेका छन् । यसअघि श्रीलंकाका किर्तीमानी खेलाडीहरु कुमार सांगाकार र माहेला जयवर्दने, पाकिस्तानका मिसवाह उल हक र साहिद अफ्रिदी तथा जिम्बाबेका ब्रेण्डन टेलरले एक दिवसिय क्रिकेटबाट सन्यास घोषणा गरीसकेका छन् ।
No comments:
Post a Comment