Showing posts with label health. Show all posts
Showing posts with label health. Show all posts

Thursday, September 3, 2015

के तपाईलाई थाहा छ ? लामखुट्टेले ओ ब्लड ग्रुप भएको मानिसलाई बढी मन पराउछ अर्थात् बढी टोक्ने गर्छ

कोही कोही मानिसले लामखुट्टेले आफुलाई अरुलाई भन्दा बढि टोक्ने गरेको गुनासो गर्छन् । अरु मानिसहरु सँगै हुँदापनि लामखुट्टेहरु आफ्नै जिउमा बढि झुम्मिने गरेको दाबी हुन्छ कसैकसैको । यस्तो दाबी गर्नेलाई हामीले जिस्काउने गर्छौँ प्रायः ।
अनि भन्ने गर्छौँ की तिमीलाई बढि मन पराएको होला नी लामखुट्टेले । साँच्ची उक्त साथीले नखरा पारेको हो, आखिर लामखुट्टेले टोक्ने त सबैलाई उस्तै त हो भन्ने हाम्रो बुझाइ रहँदै आएको छ । लामखुट्टेले धनी, गरीब, दुब्लो मोटो, कालो तथा गोरो भनेर विभेद गर्ने कुरा भएन । कोही मानिसको रगत बढि मीठो र कसैको नमीठो हुने कुरा पनि भएन ।
त्यसैले लामखुट्टेले जसलाई मौका पायो उसैको जिउबाट रगत चुस्ने हो नी भन्ने ठम्याइ हुन्छ हाम्रो । तर वास्तवमा हाम्रो यो ठम्याइ गलत रहेछ । हालैको एक अध्ययनले मानिसको रगतको प्रकारले उसलाई लामखुट्टेले कति सताउँछ भन्ने कुराको निधो हुने तथ्य पत्ता लगाएको छ ।

शोधकर्ताका अनुसार लामखुट्टेले मानिसको जिउबाट रगत चुस्न रुचाउने दर मानिसको रक्त समूह अर्थात् ब्लड ग्रुपमा निर्भर गर्दछ ।
अमेरिकाको पब्लिक लाइब्रेरी अफ साइन्सका शोधकर्ताहरुका अनुसार ओ ब्लड ग्रुप भएका मानिसहरुलाई लामखुट्टेले बढि मन पराउँछ । ओ ब्लड ग्रुप भएका मानिसको शरीरको रगत चुस्न लामखुट्टेले बढि रुचाउँछ ।
शोधकर्ताहरुका अनुसार हाम्रो रगतमा प्रोटिन हुन्छ र उक्त रक्तप्रोटिन ओ ग्रुपको रगतमा बढि हुन्छ । त्यसैले बी ब्लड ग्रुप भएका मानिसको तुलनामा ओ ब्लड ग्रुप भएका मानिसहरुलाई लामखुट्टेले टोक्ने दर दोब्बर हुन्छ । त्यस्तै ए ब्लड ग्रुपका मानिसलाई बी ब्लड ग्रुपका मानिसलाई भन्दा पनि लामखुट्टेले कम टोक्छ ।
शोधका अनुसार लामखुट्टे मानिसको पसिनाको गन्धबाट पनि आकषिर्त हुन्छ । बढि पसिना आउने मानिसप्रति लामखुट्टे बढि आकषिर्त हुने शोधकर्ताको ठम्याइ छ । पसिनामा ल्याक्टिक एसिड, युरिक एसिड तथा एमोनिया जस्ता तत्व हुन्छन् जसले लामखुट्टेलाई आकषिर्त गर्दछ ।
त्यस्तै एक शोधका अनुसार लामखुट्टेले हेर्ने तथा रंग छुट्टाउने क्षमता पनि हुन्छ । लामखुट्टेले रातो, निलो तथा कालो लगायतका रंग सजिलै सँग पहिचान गर्न सक्छ । त्यसैले यदि तपाइँले यस्ता रंगका कपडा पहिरिनुभयो भने लामखुट्टेले बढि सताउनेछ ।
शोधले अर्को रोचक कुराको खुलासा पनि गरेको छ । जस अनुसार बियर पिउने मानिसलाई नपिउने मानिसको तुलनामा लामखुट्टेले बढि सताउने गर्छ । बियर पिउने मानिसको शरीरमा इथानोलको मात्रा बढि हुन्छ । इथानोलले मानिसलाई बढि आकषिर्त गर्दछ ।

From Health magazine 

Tuesday, July 21, 2015

"यार्सा अर्थात् हिमालयन भियाग्रा": यार्साको इतिबृत

यति बेला पूर्वको ताप्लेजुङदेखि पश्चिम दार्चुलासम्म उच्च हिमाली भेगका घाँसे मैदान (पाटन)हरूमा मानिसहरूको भीड लागिरहेको छ । देशका विभिन्न भागबाट त्यहाँ ओइरिएका मानिसहरूको एउटै उद्देश्य छ, बहुमूल्य हिमाली जडीबुटी यार्साको खोजी गर्नु । १०–१२ वर्षअघिसम्म पनि लुकीछिपी, सानो परिमाणमा संकलन गरिने र कम मूल्यमा किनबेच हुने यार्साको कारोबार अहिले अर्बौंको भइसकेको छ । अध्येताद्वय अंकलाल चलाउने र योगेश राजले गरेको अध्ययन अनुसार गत वर्ष मात्रै नेपालका आठ जिल्लामा नौ अर्ब रुपियाँ बराबरको यार्साको कारोबार भएको थियो ।

के हो यार्सा ?

बोलीचालीको भाषामा भनिने यार्सा, यार्सागुम्बा वा यार्सागुन्बू तिब्बती भाषाको ‘यार्ट स्वा गुन् बू’ बाट अपभ्रंश भएर बनेको शब्द हो । जसको अर्थ, गर्मीयाममा झार, हिउँदमा कीरा हो । यद्यपि, यार्सा कुनै झार भने होइन । यो एक किसिमको झुसिलकीरा र त्यसमा उम्रने परजीवी ढुसीको संयुक्त रूप हो । 


वैज्ञानिक रूपमा कीरा समूहको लेपिडेप्टेरा वर्गमा पर्ने विभिन्न जातका राती उड्ने पुतली (मथ)को फुलबाट बनेका लार्भा अर्थात् झुसिलकीरालाई जमिनमुनि बसेको अवस्थामा ओफिकोर्डेसिप्स साइनेन्सिस जातका ढुसीका बीजाणुहरूले संक्रमण गर्छन् । लार्भाको शरीरभित्र बीजाणु प्रवेश गरिसकेपछि त्यो ढुसीको बीजाणु त्यान्द्रारूपी माइसेलियम (रेशारूपी कोष)मा परिणत भएर लार्भाको शरीरभरि फैलन थाल्छ । उक्त माइसेलियमले लार्भाको शरीरबाट खाना सोसेर त्यसलाई खोक्रो बनाउँदै लान्छ र आफ्नो शरीर लार्भाको शरीरभित्र फैलाउँदै जान्छ । अन्त्यमा, लार्भाको टाउकोमा आक्रमण गरेपछि लार्भा मर्छ । र, मरेको लार्भाको टाउकोबाट ढुसीको डाँठजस्तो भाग (स्टक) पलाउँछ, जुन औषतमा दुईदेखि चार इन्चसम्म लामो, खैरो रंगको हुन्छ । वसन्त ऋतुमा हिउँ पग्लन थालेपछि पलाउने यस्ता डाँठहरू मानिसले संकलन गर्छन् । संकलन गर्दा कुटोले खनेर वा औँलाले कीरासहितको भाग जमिनबाट निकालिन्छ । अनि, सरसफाइपश्चात् केही समय शीतलमा सुकाएर यसलाई बजारमा बेचिन्छ । संकलन नभई प्रकृतिमा छोडिएका यस्ता ढुसीका डाँठहरू छिप्पिएपछि बीजाणु लाग्छ (तस्बिर १ मा देखिएको खैरो थोप्लाहरू) । लाखौँको संख्यामा रहेका बीजाणुहरू माटोमा झरेपछि सुषुप्त अवस्थामा वसिरहन्छ र स्वस्थ लार्भा भेट्टाएमा आक्रमण गरी नयाँ यार्सा बनाउँछ । बीजाणुको आक्रमणमा नपरेका झुसिलकीराहरू प्यूपा हुँदै वयस्क पुतली बन्छन् । त्यसरी बनेको पुतलीले फेरि फुल पार्छ र आफ्नो जीवनचक्र सञ्चालन गर्छ । त्यस कारण यार्सा बन्नका लागि एकातिर ढुसीको बीजाणु चाहिन्छ भने वयस्क पुतलीको जीवनचक्र पनि सुचारु हुन आवश्यक हुन्छ । वैज्ञानिकहरूका अनुसार पूर्ण रूपमा यार्सा बन्न दुईदेखि ६ वर्षसम्म समय लाग्छ । 

यार्सा हिमालय पर्वत शृंखलाको दक्षिणतिरको नेपाल, भारत, भुटान र हिमालपारि तिब्बतमा मात्रै पाइने रैथाने जडीबुटी हो । नेपालका चाहिँ उत्तरी २७ जिल्लामा यार्सा पाइन्छ । तर, संखुवासभा, सोलुखुम्बु, गोरखा, म्याग्दी, मनाङ, मुस्ताङ, डोल्पा, जुम्ला, मुगु, बझाङ र दार्चुला जिल्लामा धेरै मात्रामा संकलन हुन्छ । नेपालमा संकलन गरिने कुल परिमाणको करिब ४० प्रतिशत यार्सा डोल्पा जिल्लाबाट मात्रै आउँछ । ठाउँ हेरीकन तीनदेखि पाँच हजार मिटरसम्मको उचाइमा रहेका औसत वर्षा चार सय मिलिमिटर हुने पारिलो हिमाली घाँसे मैदानहरू वा बुट्यान क्षेत्रमा यार्सा पाइन्छ ।

सुनभन्दा महँगो:

हाल उच्च गुणस्तरको यार्साको अन्तर्राष्ट्रिय बजार मूल्य सुनभन्दा पनि महँगो छ । त्यस कारण यसलाई जैविक सुन पनि भनिन्छ । चीनमा उच्च गुणस्तरको यार्साको सरदर मूल्य ७० लाख रुपियाँ प्रतिकिलोसम्म पर्छ । सर–सामानहरू किनबेच गरिने वेबसाइट इबेमा यसको मूल्य ५० हजार अमेरिकी डलर अर्थात् ५० लाख रुपियाँ प्रतिकिलो राखिएको छ । गत वर्ष काठमाडौँमा यसको २० देखि ३० लाख रुपियाँ प्रतिकिलोसम्ममा किनबेच भएको थियो । विश्वभरमा बर्सेनि करिब ५ देखि ११ अर्ब अमेरिकी डलर बराबरको यार्साको व्यापार हुने अनुमान छ । 

चीनले विश्वमा उत्पादन हुने यार्साको ९५ प्रतिशतभन्दा बढी बजार ओगटेको छ भने नेपालले दुईदेखि तीन प्रतिशतसम्म । त्यस कारण चीन यसको प्रमुख उत्पादक र बजार दुवै हो । विकिपिडियाका अनुसार सन् २००४ देखि २०१३ सम्ममा चीनमा यसको बजार मूल्य एक हजार प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने नेपालमा विगत १३ वर्षमा यसको बजार मूल्य २ हजार ८ सय प्रतिशतसम्म बढेको छ । 

चीनको आर्थिक उन्नतिसँगै बढिरहेका नवधनाढ्यहरूबीच यार्सा महँगो फ्रेन्च स्याम्पेनजस्तै लोकप्रिय छ । उनीहरूले आफूसँग यार्सा हुनुलाई ‘स्टाटस सिम्बोल’ (प्रतिष्ठाको प्रतीक)का रूपमा लिने हुनाले महँगो मूल्य तिर्न पनि हिचकिचाउँदैनन् । यार्सालाई ठूला सरकारी अधिकारीहरूसँग काम पट्याउन घूसको रूपमा प्रयोग गर्ने गरेका समाचारहरू चिनियाँ अखबारहरूमा आइरहेका हुन्छन् । नेपालबाट विदेश निकास हुने यार्सा चीनलगायत हङकङ, सिंगापुर, जापान र अमेरिकासम्म पुग्छ । चिनियाँ मूलका नागरिक बसोवास गर्ने संसारका सबै जसो सहरमा यार्सा विक्री–वितरण हुन्छ । हिजोआज इन्टरनेटमार्फत पनि ठूलो परिमाणमा यसको खरिद–विक्री हुन्छ ।



जीवनमरणको लडाइँ:-

बहुमूल्य यार्साको बजार र उपयोगिता जति आकर्षक छ, त्यसभन्दा कठिन छ, यसको संकलन कार्य । घाँसे मैदानहरूमा फाट्टफुट्ट देखिने यार्सा खोज्नु भनेको फोहरको थुप्रोमा सियो खोज्नुजत्तिकै कष्टकर हुन्छ । संकलकहरूले पाटनमा एक इन्च ठाउँ पनि खाली नराखी भुइँमा घर्स्रंदै यार्सा खोज्छन् । दिनभरि खोज्दा कहिलेकाहीँ त एउटा पनि पाइँदैन । विकट र अत्यधिक चिसो ठाउँमा पाइने भएकाले यसको खोजी गर्न जाँदा ज्यानको बाजी लगाउनुपर्छ । त्यसकारण यार्सा संकलनका क्रममा कतिपय मान्छेहरू लेक लागेर, बिरामी भएर, हिउँमा चिप्लिएर, पहिरोमा पुरिएर वा नदीमा खसेर ज्यान गुमाउँछन् । यार्सासँग सम्बन्धित घटनाहरूमा गत वर्ष मात्र १७ जनाले ज्यान गुमाएका थिए । यसपालिचाहिँ दार्चुलामा नौ, बझाङमा पाँच, डोल्पामा तीन, संखुवासभामा दुई, मुगुमा दुई गरी २१ जना यार्सा संकलकहरूको ज्यान गइसकेको छ ।

सामाजिक कलह र विकृति:-

यतिखेर यार्सासँग सम्बन्धित द्वन्द्व पनि बढ्दो छ । यार्साकै कारण गाउँ–गाउँबीच प्राकृतिक स्रोतमाथिको अधिकारलाई लिएर द्वन्द्व चलिरहेको छ । २२ असार ०६६ मा मनाङको नार गाउँमा यार्सा संकलन गर्न आएका गोरखाका सात जनाको हत्या सिंगो नारवासी मिलेर गरेका थिए । यार्साकै विषयलाई लिएर गत वर्ष डोल्पाको द्यो गाविसमा प्रहरीको गोलीबाट एक स्थानीय मारिएका थिए । यार्सा संकलनका क्रममा ससाना झडपहरू दिनहँु भइरहेका हुन्छन् । अपराधका घटना निकै कम सुनिने दुर्गम वस्तीहरूमा यार्सासँग सम्बन्धित चोरी, लुटपाट, हत्याजस्ता घटना बढ्न थालेका छन् । जस्तो : गत वर्ष डोल्पाको साल्दाङमा यार्सा व्यापारीको ६ करोड रुपियाँ बराबरको लुटपाट भएको थियो भने यसपालि ८ र १० असारमा डोल्पामा मात्रै यार्साका व्यापारी र संकलकहरूबाट एक करोडबराबरको यार्सा र पैसा लुटिएको छ । 

यार्साकै कारण अपराध मात्रै होइन, सामाजिक विकृति पनि बढेको स्थानीयहरूको ठम्याइ छ । जुवातास, लंगुरबुर्जाको खाल र मदिरा व्यापार यार्सा संकलन समयमा अधिक हुने गर्छ । डोल्पामा ०६८ सालमा अनुसन्धानका क्रममा जाँदा ५० रुपियाँ प्वाइन्ट म्यारिज र लंगुरबुर्जामा आठ हजारसम्म बाजी राखेर खेलेको यो पंक्तिकार स्वयंले देखेको थियो । स्कुले केटाकेटीहरू पनि यार्सा संकलनमा जाने भएकाले सामान्य अवस्थामा समेत कम पढाइ हुने दुर्गम गाउँमा यार्साका कारण दुई महिनासम्म विद्यालय बन्द हुँदा पढाइमा नकारात्मक असर परिरहेको छ । विद्यार्थीहरूसँग सानै उमेरमा धेरै पैसा हुने भएकाले यार्सा सिजनपछि उनीहरूमा पढाइप्रतिको रुचि कम हुने शिक्षकहरूले अन्तरक्रियाका क्रममा बताएका थिए । त्यसै गरी बझाङ, दार्चुलालगायतका ठाउँहरूमा यार्सा संकलन गर्न जाँदा अन्य वन्यजन्तुको चोरी सिकारी गर्ने घटना पनि बढिरहेका छन् । 



यार्सा घट्दै छ :-

एकातिर यार्साको मूल्य र संकलकहरू बढिरहेका छन् भने अर्कातिर प्राकृतिक रूपमा यो कम पाइन थालेको छ । संकलकहरूलाई स्रोत नै मासिने र जीविका नै धरापमा पर्ने पिरले सताएको छ । हाम्रो सर्वेक्षण अनुसार सन् २००६ मा प्रतिव्यक्ति प्रतिसिजन सरदर २ सय ६७ गोटा यार्सा संकलन हुन्थ्यो भने सन् २०१० मा उक्त संख्या घटेर १ सय २५ गोटामा सीमित हुन पुगेको छ । यो पाँच वर्षको प्रतिव्यक्ति संकलनको अवस्था हेर्दा प्रतिसंकलक प्रतिवर्ष ३२ गोटाले कम यार्सागुम्बा संकलन भइरहेको छ । त्यसिपछिका वर्षमा यार्सा टिप्न जाँदा नपाएर रित्तै फर्कने संकलकहरू बढ्न थालेका छन् । यसै पालि पनि दार्चुलाका विभिन्न भेगमा गएका संकलनकर्ताहरूले विगतका वर्षहरूमा भन्दा कम यार्सा पाएको बताएका थिए । त्यस्तै जाजरकोटबाट डोल्पा गएका संकलनकर्ताहरूले पनि विगतमा जस्तो यार्सा भेट्न नसकेपछि यार्सा संकलनका लागि जाँदा लागेको ऋण तिर्न भारतमा मजदुरी गर्न जान परेको बताइरहेका छन् ।

संकलनकर्ता धेरै भएर प्रतिव्यक्ति संकलनमा ह्रास आएको पनि हुन सक्छ । तर, पहिले भन्दा धेरै ठाउँमा संकलन गर्दा पनि समग्र संकलन परिमाण नै कम हुन थालेको छ । व्यापारीहरू पनि माग बढी भएको तर आपूर्ति कम भएको बताउँछन् । अत्यधिक र अव्यवस्थित संकलन, समयअगावै गरिने संकलन, अधिक चरिचरन, यार्सागुम्बाका लागि चाहिने पुतली–झुसिलकीराको कमी, मानिसहरूको बढ्दो हिँडडुलका कारण स्थानीय परिस्थितीय प्रणालीमा हेरफेर र जलवायु एवं भू–उपयोगमा आएको परिवर्तनको असरका कारण यार्साको संकलन घटेको हुन सक्छ । तर, यकिन कारण पत्ता लगाउन विस्तृत वैज्ञानिक अनुसन्धानको जरुरी छ । नेपालमा मात्रै होइन, चीन र भुटानमा पनि यार्साको संकलन घट्न थालेको छ ।

गरिबी निवारणको साधन ?:-

यार्सा उत्पादनमा कमी आउनु भनेको हिमाली भेगका बासिन्दाको जीविकामा प्रत्यक्ष नकारात्मक असर पर्नु हो । किनभने, तुलनात्मक रूपमा आर्थिक उत्पादनका अवसरहरू कम भएका यस क्षेत्रका बासिन्दाका लागि यार्सा यतिखेर वरदान साबित भएको छ । यो पंक्तिकारसमेतले डोल्पामा गरेको अध्ययनले त्यहाँका मानिसहरूको ७० प्रतिशतसम्म आम्दानीको स्रोत नै यार्सा भएको देखिएको थियो । ११ प्रतिशत मानिसले आफ्नो नगद आम्दानीको एक मात्रै स्रोत यार्सा संकलन भएको बताएका थिए । यार्साले स्थानीय रूपमा आर्थिक क्रियाकलाप पनि बढाएको छ । यार्सा संकलकबाट गत वर्ष राज्यले पनि १ करोड २८ लाख रुपियाँ राजस्व संकलन गरेको थियो । 

नेपालमा गरिबीको भौगोलिक वितरण र यार्सा पाइने ठाउँ हेर्ने हो भने हिमाली जिल्लाहरू, जो गरिबीको विभिन्न सूचकांकमा अन्य जिल्लाको तुलनामा तल देखिन्छ, मा बहुमूल्य जडीबुटी यार्सा पाइन्छ । त्यसैले यार्साको दिगो व्यवस्थापन गरेमा हिमाली क्षेत्रको गरिबी निवारण र आर्थिक उत्थानमा ठूलो अवसर बन्न सक्छ । केही वर्षयता यार्साको आम्दानीले स्थानीय जनजीवन केही सहज भएको पनि छ तर त्यस क्षेत्रको समग्र गरिबी घटेको छैन । 

खासमा यार्सा संकलनकर्तामा वित्तीय व्यवस्थापनको सामान्य ज्ञान पनि छैन र समस्य यहीँबाट सुरु भएको छ । यार्सा संकलनबाट आएको पैसा सहज रूपमा प्राप्त हुने तर बचत गर्नुपर्छ भन्ने चेतनाको कमी र वित्तीय संस्थासँगको पहुँच नभएकाले पनि धेरैले यार्साको आम्दानी संकलनको समयमा नै सकाउने गरेका छन् । नगन्य मानिसले मात्र यार्साको आम्दानीबाट घर–घडेरी जोड्न, छोराछोरीलाई महँगो स्कुलमा पढाउन सफल भएका छन् । अधिकांशको कमाइ महँगो जुवातास र मदिरा सेवन आदिमै सकिएको स्थानीयको गुनासो रहिआएको छ । 

त्यसो त यार्साको व्यापार गोप्य साँठगाँठमा हुने भएकाले स्थानीय संकलकहरूले वास्तविक बजार मूल्यभन्दा निकै कम हिस्सा प्राप्त गरिरहेका छन् । कतिपय अवस्थामा बाहिर जिल्लाबाट आएका संकलकहरूलाई स्थानीयले सस्तोमा बेच्न वाध्य बनाएका उदाहरण पनि छन् । वास्तविक संकलकहरूले लाभको कम हिस्सा प्राप्त गर्छन्, जसले गर्दा उनीहरूको आर्थिक अवस्थामा सुधार हुने वातावरण बन्न सकेको छैन ।



प्राकृतिक दोहनको मूल्य :-

यार्साले आर्थिक अवसर मात्रै ल्याएको छैन, प्राकृतिक सम्पदाको दोहन पनि जारी छ । लाखौँ संख्याका संकलकहरूले बर्सेनि पर्यावरणीय हिसाबले अत्यन्त संवेदनशील उच्च हिमाली पाटनहरूमा आउजाउ गर्दा त्यहाँको रैथाने वनस्पतिहरू र परिस्थिकीय प्रणालीमा कस्तो असर परेको होला ? घाँसे मैदानमा पाइने वनस्पतिहरू मान्छेको पदचापले थिचिँदै गएका छन् । संकलकले पकाउन र क्याम्प तताउनका लागि गर्ने दाउराको मनपर्दी प्रयोग र छाप्रा बनाउनका लागि गरिने रूख कटानले त्यहाँका जंगल मासिँदै गएका छन् । संकलकहरूले खुला दिसा–पिसाब गर्नाले र उनीहरूले छाडेका प्लास्टिकको खोल, सिसी बोतल, लत्ताकपडाले सुन्दर पाटनहरू कुरूप बन्दै गएका छन् । त्यहाँ फोहर थुप्रिँदै जान थालेको छ । समग्रमा मानिसहरूको अत्यधिक चापले गर्दा जलवायु परिवर्तनको कारण पहिले नै उच्च जोखिममा परेका हिमाली भेगका वनस्पति र परिस्थिकीय प्रणालीमा नकारात्मक असर परिरहेको सजिलै अनुमान गर्न सकिन्छ । र, यसको मूल्य दीर्घकालीन रूपमा चर्को हुन सक्छ । 

दिगो व्यवस्थापनका चुनौती :-

ठूलो पर्यावरणीय मूल्य चुकाएर संकलन गरिने यार्साको दिगो व्यवस्थापन अत्यावश्यक भइसकेको छ । यार्साको दिगो व्यवस्थापन भन्नाले प्राकृतिक रूपमा दिगो उपलब्धता, आर्थिक रूपमा गरिव संकलकहरूलाई धेरै मुनाफा र सामाजिक रूपमा विकृतिरहित अवस्थालाई मान्न सकिन्छ । यार्साको जीवनचक्र र यसको पुन:उत्थान विधिका बारेमा रहेको वैज्ञानिक जटिलता (दुई जीवको संयुक्त रूप भएकाले अन्य जीवजस्तो सार्ने, उमार्ने, पाल्नेजस्ता संरक्षण विधि यसमा मिल्दैन)ले गर्दा यसको संरक्षण चुनौतीपूर्ण बनेको छ । यार्सा नेपालमा सम्भवत: सबैभन्दा बढी मानिसले संकलन गर्ने जैविक स्रोत हो । लाखाँैको संख्यामा संकलकहरू भएकाले संरक्षण झनै जटिल बनेको छ । यसको आकार पनि निकै सानो भएको र वासस्थान कठिन ठाउँमा भएकाले संरक्षण असहज हुने नै भयो । तुलनात्मक रूपमा सहज ठाउँमा पाइने ठूला आकारका जनावरहरूसमेत संरक्षण गर्न हम्मे परेको अवस्थामा यस्ता विशिष्ट गुणहरू भएको यार्सालाई संरक्षण वा दिगो व्यवस्थापन गर्नु भनेको निकै कठिन कार्य हो । त्यसमाथि यसबारे स्पष्ट विधिको अभाव छ । अहिलेसम्म यार्साको दिगो व्यवस्थापनमा भुटानको उदाहरण अग्रणी मानिन्छ । यद्यपि, त्यो पूर्ण भने होइन (हेर्नूस्, बक्स : भुटानमा यार्साको दिगो व्यवस्थापन) ।

यार्सालाई प्राकृतिक रूपमा जोगाउन र आर्थिक हिसाबले नाफामूलक उपाय यसको कृत्रिम उत्पादन पनि हुन सक्छ । कृत्रिम उत्पादनका लागि वैज्ञानिक अनुसन्धान र प्रयासहरू जारी भए तापनि प्रकृतिमा पाइने जस्तो यार्सा (लार्भा र ढुसीको संयुक्त रूप)को कृत्रिम उत्पादनमा भने अझै सफलता पाउन सकिएको छैन । नेपालमा च्याउ खेती गरे जस्तै चीन, जापान र अमेरिकामा यसको ढुसी अंशको कृत्रिम उत्पादन हुन थालेको छ । यसरी उत्पादित यार्साका ढुसी भागहरू बजारमा किन्न पाइन्छ । विभिन्न सप्लिमेन्ट र भिटामिनहरूमा यसलाई मिसाइएको हुन्छ । 

यार्साको कृत्रिम उत्पादनमा सबैभन्दा चुनौती यसका लागि चाहिने लार्भाको ठूलो संख्यामा उत्पादन गर्नु हो । केही महिना पहिले मात्रै जापानको एक कम्पनीले रेशम कीराको लार्भामा यार्साको च्याउ अंश उमारेर यसको व्यावसायिक उत्पादन सुरु गरेको खबर आएको थियो । चीनमा पनि पुतलीलाई पालेर लार्भा उत्पादन सुरु गरिएको छ । तर, ठूलो मात्रामा यसको कृत्रिम उत्पादन बजारमा आउन थालेपछि यार्साको अहिलेको बजार माग र मूल्य घट्न सक्छ, जसले गर्दा हिमाली भेगका बासिन्दाको यार्सा आश्रित जीविका धरापमा पर्न सक्छ । त्यसकारण ठूलो पर्यावरणीय मूल्य चुकाएर संकलन गरिएको यार्साले ल्याएको आर्थिक अवसरको सदुपयोग गर्न हामी चुक्न हुँदैन । यार्साले स्थानीय क्षेत्रको गरिबी निवारण र जीवनस्तरमा परिवर्तन पनि गर्न सकेन भने वातावरणीय क्षतिसँगै आर्थिक अवसरसमेत गुम्ने खतरा छ । 

के गर्दै छ सरकार ?:-

नेपालको विकासमा जडीबुटीको सम्भावना धेरै उठाइने विषय हो । आर्थिक, सामाजिक र वातावरणीय हिसाबले यार्सालाई सबैभन्दा धेरै सम्भावनाको जडीबुटी मान्न सकिन्छ । तर, धेरै सम्भावना बोकेको यार्साको दिगो व्यवस्थापनमा सरकारी तवरबाट खासै काम भएको छैन । स्थानीय जनताको चेतना अभिवृद्धि गर्ने, अध्ययन–अनुसन्धानलाई सहयोग गर्ने, यार्सासँग सम्बन्धित आवश्यक नीति–नियम र कार्यक्रम बनाएर कार्यान्वयन गर्ने कुरामा सरकारले खासै काम गर्न सकेको छैन । गत जेठमा बेलायतको रूफोर्ड फाउन्डेसनको सहयोगमा अनुसन्धानका लागि छलफल र तालिममा बझाङ र दार्चुला पुग्दा त्यहाँका स्थानीय सरोकारवालाहरूले यार्सासम्बन्धी यस्तो तालिम जिल्लामा पहिलोपटक भएको बताएका थिए । बझाङ र दार्चुला मात्रै होइन, अनुसन्धानका सिलसिलामा डोल्पा, मनाङ, मुस्ताङ, गोरखा, दोलखा पुग्दा पनि सरकारले यार्साबाट राजस्व संकलन गर्ने बाहेक अन्य काम गरेको भेटिएको छैन । 

गत सालको द्यो, डोल्पा घटना राष्ट्रिय अन्तर्राष्ट्रिय चर्चाको विषय बनेपछि मात्रै सरकारले यार्सा संकलन, विक्री–वितरणलाई व्यवस्थित गर्न कार्यदल बनाएको थियो । उक्त कार्यदलले ३१ पृष्ठ लामो प्रतिवेदन पनि बुझाएको थियो, जसमा संकलन व्यवस्थापनदेखि ऐन नियममा सुधार गर्ने, राजस्वदरमा पुनरावलोकन गर्ने, अनुसन्धान कार्यक्रम सुरु गर्नुपर्ने सुझावहरू समेटिएका छन् । तर, उक्त कार्यदलले प्रतिवेदन बुझाएको एक वर्ष भइसक्दा पनि सरकारी तवरबाट यार्साको व्यवस्थापनमा खासै केही प्रगति भएको छैन । यो दुर्भाग्यपूर्ण छ ।

(अष्ट्रेलियाकाे युनिभर्सिटी अफ साउथर्न क्वीन्सल्याण्डको ईन्स्टीच्यूट फर एग्रीकल्चर एण्ड द ईन्भायरोन्मेन्टमा भाईस चान्सलर्स रिसर्च फेलो रहेका श्रेष्ठको यार्सासम्वन्धी एक दर्जन जति वैज्ञानिक लेख, थुप्रै समसामयीक लेख र ‘नेपालका प्रमुख गैह्रकाष्ठ वन पैदावार’ नामक पुस्तक प्रकाशित छन् ।)



यार्सा अर्थात् ‘हिमालयन भियग्रा’:-

प्राचीन चिनियाँ उपचार विधिमा यार्साको प्रयोग सयौँ वर्षअघिदेखि गरिँदै आएको छ । यार्साका बारेमा पहिलोपटक सचित्र वर्णन न्याम्नी दोर्जीले सन् १४७५ तिर लेखेको एन ओसन अफ एफ्रोडिजिएकल क्वालिटिज, अ स्पेसल वर्क अन यार्सागुन्बु भन्ने पुस्तकमा भेट्न सकिन्छ । तर, विश्वमा यसको अत्यधिक चर्चा भने सन् १९९३ मा जर्मनीमा भएको विश्व ट्रयाक एन्ड फिल्ड प्रतियोगितापछि मात्रै हुन थालेको हो । उक्त प्रतियोगितामा तीन चिनियाँ महिला खेलाडीले १ हजार ५ सय, ३ हजार र १० हजार मिटरको दौडमा पाँच विश्व रेकर्ड कायम राखे । खेलाडीहरूको उत्कृष्ट प्रदर्शनको रहस्य दैनिक अभ्यासका क्रममा यार्सा सेवन गर्नु हो भनेर प्रशिक्षकले खुलासा गरिदिएपछि यसको चर्चा र खोजी विश्वभरि विषेशत: पश्चिमा सञ्चार माध्यमहरूमा हुन थालेको हो । त्यसपछि यसको चर्चासँगै यसको मूल्य पनि आकाशिएको छ । 

परम्परागत चिनियाँ उपचार विधि अनुसार यसको प्रयोग दम, कलेजो, मुटु र मिर्गाैलाको रोगमा गरिन्छ । नेपालमा स्थानीय रूपमा झाडापखाला, टाउको दुख्ने, हातगोडा दुख्ने उपचारका निम्ति यसलाई प्रयोग गरिन्थ्यो । यद्यपि, अहिले यसको अत्यधिक उपयोग भने यौन शक्तिवर्धक टनिकका रूपमा गरिन्छ । त्यस कारण यसलाई ‘हिमालयन भियाग्रा’ भनेर बजारमा बेचबिखन गरिन्छ । 

यार्साले साँच्चै यौनशक्ति बढाउँछ त ? यो आमजिज्ञासा हो । अमेरिकाको स्टानफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले गरेको अनुसन्धानले यार्साको नियमित सेवन गर्ने पुरुषको पिसाबमा १७–केटास्टोरोइड भन्ने तत्त्व बढी हुने देखाएको थियो । उक्त तत्त्वले पुरुषमा एन्ड्रोजिनलगायतका सेक्स हर्मोनहरूको उत्पादन बढाउँछ । एउटा सर्वेक्षणमा यार्सा नियमित सेवन गर्ने ६४ प्रतिशत मानिसले आफ्नो यौन शक्ति बढेको बताएका थिए । पछिल्लोपटक सात जना ३० देखि ४० वर्ष उमेरका खेलाडीलाई यार्साबाट बनेका ‘सप्लिमेन्ट’ तीन महिनासम्म खुबाएर परीक्षण गर्दा उनीहरूमा सेक्स हर्मोन, टेस्टस्टेरोन बढेको देखिएको थियो । अर्को अनुसन्धानले यार्साले मानिसको शरीरमा भएको कोषको शक्तिवर्धक एटीपी उत्पादन बढाउने देखाएको छ । 

यार्सागुम्बामा कोर्डिसेपिनलगायत अन्य न्युक्लेओसाइड, कोर्डिसेपिक एसिड, एमिनो एसिड, असन्तृप्त फ्याट्टी एसिड, कार्बोहाइड्ेरट, पोलिसाक्काराइड, भिटामिन, सुगर, प्रोटिन, स्टेरोल, मेलानिनजस्ता रासायनिक पदार्थहरू पाइन्छ । यसमा पाइने केही रासायनिक तत्त्वहरू क्यान्सर र ट्युमर उपचारमा पनि उपयोगी देखिएको हालै भएका वैज्ञानिक अनुसन्धानहरूले पुष्टि गरेका छन् ।
(ई कान्तिपुर बाट साभार)

Thursday, July 16, 2015

ढाड दुख्ने कारणहरु र ढाड दुखाई बाट छुटकारा पाउने तरिका

जीवनमा कहिल्यै पनि ढाड नदुखेको मानिस प्रायः कमै हुन्छन् । केही नभएको व्यक्तिलाई पनि एक्कासि निहुरिँदा वा केही काम गर्दा चसक्क भए जस्तो हुने र त्यसपछि ढाडको दुखाइ सुरु हुन्छ । प्राय  ढाड दुख्ने व्यक्तिहरू सुरुको अनुभव यसरी नै सुनाउँछन् ।
हाम्रो जीवनशैली, उठाइ, बसाइको तरिका, कम्प्युटर चलाइ, शरीरको तौल आदि विभिन्न कारणले ढाड दुखाइमा असर पार्छ । एक्कासि ढाडको दुखाइबाट पीडित भइसकेपछि त्यो दुखाइ कहिल्यै पनि बिर्सिन सकिँदैन । ढाडको दुखाइ एक्कासिमात्रै हुँदैन, लामो समयसम्म बिस्तारै पनि हुन्छ । यसरी अलिअलि दुख्ने ढाड दुखाइले हामीलाई पछि हुनसक्ने कठोर दुखाइको संकेत दिइरहेको हुन्छ । तर प्रायः मानिस ढाड दुख्दादुख्दै पनि हिँडिरहेका हुन्छन् र पछि अचानक थला पर्छन् ।

ढाडको दुखाइको मतलब हो, मांसपेशीहरू थकित हुनु, मांसपेशीहरूलाई आराम नपुग्नु । ‘यस्तो बेलामा विशेष गरी एक्कासि हुने दुखाइमा सबैभन्दा ठूलो कुरा हो, आराम’, अमेरिकाका हाडजोर्नी विशेषज्ञ एडवार्ड अब्राहम भन्छन्, ‘धेरैजसो अवस्थामा त वास्तवमा आराममात्रै एउटा औषधी हुन सक्छ र दुखाइबाट मुक्त हुन सकिन्छ ।’ एकदुई दिन पूर्ण आराम गर्नु उत्तम हुन्छ । तर, सातआठ दिनसम्म हलचल नगरी ओछ्यानमा सुत्नुचाहिँ आवश्यक पर्दैन । विभिन्न अनुसन्धानले के देखाएका छन् भने दुईतीन दिन आराम गरेपछि दुखाइ केही कम हुन्छ र हिँडडुल र साधारण काम गर्नु उचित हुन्छ । दुईतीन दिनपछि दुखाइ पूर्णरूपमा हराउनचाहिँ हराउँदैन । पूर्णरूपमा दुखाइ ठिक हुन छ हप्ताजति लाग्न सक्छ ।

डाक्टरकहाँ जानैपर्ने आकस्मिक अवस्था:

ढाड दुख्दा अन्य लक्षण, जस्तो ज्वरो आउने, पेट दुख्ने, छाती दुख्ने र सास फेर्न गाह्रो हुने भयो भने ।
ढाड दुखेपछि दुई दिन आराम गर्दा पनि दुखाइ कम नभएमा ।
औषधि खाएर पनि ढाडको दुखाइ ठिक नभएमा ।
ढाडको दुखाइ खुट्टा र घुँडामा स¥यो भने पनि डाक्टरकहाँ जानुपर्छ । कहिलेकाहीँ मूत्रनलीको संक्रमण वा मृगौलाको समस्या हुँदा पनि ढाड दुख्छ ।

चिसो र तातो सेकाइ:
दुखाइको बारेमा अध्ययन गर्ने क्यानेडेली अनुसन्धानकर्ता रोनाल्ड मेजाल्क भन्छन्, ‘एक्कासि भएको ढाड दुखाइमा चिसो राख्दा केही सन्चो हुन्छ । बरफका टुक्रालाई सूती कपडामा पोको पारेर बिस्तारै दुखेको ठाउँमा सातआठ मिनेटसम्म मसाज गर्नुपर्छ । यसले मांसपेशीमा भएको तनाव केही हट्छ ।’ यो एकदुई दिन गर्न सकिन्छ । त्यसपछि तातो पानीको सेकाइ राम्रो हुन्छ । जर्जियाको एटलान्टामा फ्राइड मेडिकल क्लिनिकका अनुसन्धानकर्ता मिल्टन फ्राइडले तातो पानीको बोतलले पनि सेक्न सकिने बताएका छन् ।

कुनै बाक्लो सूतीको कपडालाई तातो पानीमा भिजाएर निचोरेर ढाडमा फैलाउन पनि सकिन्छ । यसो गर्दा घोप्टो परी सुत्नुपर्छ । अनि तातो रुमालको पट्टी राखेर कसैले केही बेर थिचेर राख्नाले तातोले गर्दा मांसपेशीको तनाव कम हुन्छ ।

व्यायाम:
दुखाइ केही कम भएपछि साधारण व्यायाम गर्नु उचित हुन्छ । जस्तो, कुनै ठाउँमा बसेर घुँडालाई आफूतिर खुम्च्याउने र पुनः तान्ने । यस्तो गर्दा मासंपेशीका तनाव कम हुन जाने
प्रक्रिया छिटो हुन्छ । तर यो व्यायाम दैनिक रूपमा गर्नुपर्छ । ढाड दुख्नबाट बच्न दैनिक जीवनमा गरिने केही साधारण व्यायामहरू उपयुक्त हुन्छन् ।

औषधि:
दुखाइ कम गर्ने औषधिहरू प्रयोग गर्दा दुखाइ कम हुनुको साथै सुन्निने प्रक्रिया पनि कम हुन्छ । यसले दुखाइ छिटो ठिक हुन्छ । तर, यस्ता औषधि प्रयोग गर्दा पेटमा घाउ भएका व्यक्तिहरूले डाक्टरको सल्लाहअनुसार औषधि लिनु राम्रो हुन्छ । दुखाइ कम गर्ने धेरै जसो औषधि प्रायः खाना खाएपछि खानुपर्ने हुन्छ ।
(स्वास्थ्य समाचार साइट बाट)

Wednesday, July 15, 2015

फिटनेश मोडल के डंगोल (कञ्चन डंगोल) ले नेपाललाई संसार सामु चिनाउदै

नेपालकी चेली अर्थात प्रथम नेपाली अन्तराष्ट्रिय फिटनेश मोडल के डंगोल (कञ्चन डंगोल) संसारभरी चर्चित बनेकी छिन् । पछिल्लो पटक गत साता बेलायतमा आयोजित मायामी प्रो युरोपियन च्याम्पियनशिप जितेपछि कञ्चनको चर्चा बढेको छ ।

गत जुलाइमा बेलायतमा आयोजित देशकै सबैभन्दा प्रतिष्ठित प्रतियोगिता मध्ये एक मायामी प्रो युरोपियन च्याम्पियनशिपमा अवार्ड जितेकी उनी नेपालकी प्रथम अन्तराष्ट्रिय फिटनेश मोडल हुन् ।
 नुवाकोटमा जन्मिएकी कन्चन विकिनी लगाएर संसारका विभिन्न प्रतियोगितामा सहभागी भैसकेकी छिन् ।
बेलायतको प्रतिष्ठित प्रतियोगितामा ओभरअल विकिनी च्याम्पियन बनेपछि उनले पछिल्लो प्रतियोगिता जितेपछि लेखेको फेसबुक स्ट्याटसमा आफूले भविष्यमा जुनसुकै प्रतियोगिता जित्न सक्ने हिम्मत बढेको लेखेकी छिन् ।

सानै उमेर देखि फिटनेशमा चासो राख्ने कन्चनले प्रतियोगितामा "Ms Bikini Short from Class A "   र Overall bikini champion अवार्ड हात पारेकी थिइन् ।

कञ्चन सन् २०१३ मा बेलायतकै पिटरव्रोगमा मिस विकिनी बनेकी थिइन् । उनले आफ्नो ट्वीटरमा आफूलाई पर्सन ट्रेनर, फिटनेश मोडल र विकिनी प्रतिस्पर्धीकोरुपमा चिनाएकी छिन ।

पिसाब पोल्नुको कारण र यसबाट बच्ने घरेलु उपायहरु जानिराखौं

पिसाब पोल्ने समस्या धेरैलाई हुन्छ र यसलाई मानिसहरुले सामान्य रुपमा लिएर नजरअन्दाज समेत गर्ने गरेको पाइन्छ । प्राय जसो गर्मी महिनामा बढी यो समस्या देखिने गरेको पाईन्छ । किनकी गर्मीमा शरीरलाई आवश्यक पानीको मात्रा पुगेन भने यो समस्याले सताउने गर्छ 

कहिलेकाहीँ यो समस्या केही समयका लागि मात्र रहन्छ भने कहिलेकाही महिनौँसम्म रहन्छ । यो समस्या महिला र पुरुष दुबैमा उत्तिकै मात्रामा पाइन्छ । पिसाब पोल्नुका कारण विभिन्न हुनसक्छन्, जस्तैः मुत्रनलीको संक्रमण, मृगौलामा पत्थरी, शरीरमा पानीको कमी आदि ।

पिसाब पोल्नुका विभिन्न कारण हुने भए पनि कतिपय मानिसलाई यस्ता कारणबारे पत्तो नै हुँदैन। कलेजोमा समस्या, अल्सर, प्रेग्नेन्सीको समयमा स्नायु तथा ढाडको हड्डी क्षतिग्रस्त हुनु, शुक्राणु तथा विर्यकोषको संक्रमण, यौनरोग, प्रोस्टेट ग्रन्थी बढ्नु, मधुमेह, कुपोषण तथा मूत्रनली खुम्चिनु लगायतका कारणले समेत पिसाब पोल्नसक्छ ।

पिसाब पोल्नुका कारणहरु सामान्य देखि निकै जटिल समेत हुने भएकाले यसको गाम्भीयर्ता हेरिकन समाधानका उपायतर्फ लाग्नुपर्छ ।

पिसाब पोल्ने समस्याको केही सामान्य घरेलु उपचार बिधिः

१. प्रसस्त मात्रामा पानी पिउनुहोस् । पानी कम भयो भने पिसाब पहेँलो रंगको बन्न थाल्छ । दिनमा कम्तीमा २/३ लिटर पानी पिउनु आवश्यक छ । शरीरमा पानीको मात्रा कम भयो भने पिसाबमा लवणको मात्रा बढी हुने, यसको गन्ध पनि उच्च हुने र रंग पनि पहेँलो हुने हुँदा यसले पिसाब नलीमा जलन पैदा गर्छ र मूत्रनलीको संक्रमणको खतरा पनि हुन्छ ।

२. अमिलो फलहरु, जस्तै कागती, मौसम, सुन्तला जस्ता फलफूल खानुहोस् । यी फलमा साइट्रस एडिस हुन्छ जसले मूत्र संक्रमण गराउने जिवाणु नष्ट गर्छ । अमलाको रस पिउँदा पनि पिसाब पोल्ने समस्या कम हुन्छ ।

३. नरिवलको पानी पिउँदा पनि शरीरमा पानीको कमी हुने तथा पिसाब पोल्ने समस्या कम हुन्छ ।

४. योनी सुख्खा हुने समस्या भएका महिलाहरुलाई सम्भोगका बेला हुने अधिक घश्रणका कारणले पनि पिसाब पोल्ने समस्या पैदा हुनसक्छ । त्यसैले यस्तो समस्या भएकाहरुले सम्भोगका बेला लुब्रिकेन्टको प्रयोग गर्नु लाभदायक हुन्छ ।

५.यौनांगको सरसफाइमा विशेष ध्यान दिनुपर्छ । यौनांगको संक्रमणलाई रोक्नको लागि महिनावारी हुँदा महिलाले विशेष ध्यान दिनुपर्छ ।

६.मृगौलाको पत्थरी हुँदा पनि पिसाबमा जलन हुने भएकाले पत्थरी कम गर्न प्रसस्त पानीका साथै नरिवलको पानी पिउनु समेत लाभदायी हुन्छ ।

Tuesday, July 7, 2015

अब पुरुषहरुको लागि पनि गर्भनिरोधक कंट्रासेप्टिब पिल

कहिले
काही सेक्सको समायवधिमा प्रायः हतार हतारमा उत्तेजित पुरुष कन्डमको प्रयोग गर्न पाउदैन जसको परिणाम यो हुन्छ कि उसको पार्टनरलाईअनचाहा गर्भ बस्न जान्छ । अब हुदैन अनचाही प्रेग्नेन्सी, पुरुषहरुको लागि पनि बन्यो गर्भनिरोधक औषधी कहिलेकहिले सेक्सको समायवधिमा प्रायः हतार हतारमा उत्तेजित पुरुष कन्डमको प्रयोग गर्न पाउदैन जसको परिणाम यो हुन्छ कि उसको पार्टनरलाई अनचाहा गर्भ बस्न जान्छ । जसबाट बच्नको लागि उनले गर्भ खसाल्ने अनेक प्रकारका उपायहरु गर्नुपर्ने हुन्छ, जसमध्ये केही उपायहरु जस्तो गर्भपतन आदि धेरै नै कष्टकारी हुन सक्छ ।
प्रायः सेक्सको समयमा गर्भबाट बच्नको लागि महिलाहरुले नै कंट्रासेप्टिब औषधी लिने गर्छन् । वा पुरुषहरुले कन्डम लगाउने गर्छन् । तर अब पुरुषहरु आफनो पार्टनको साथ सेक्सलाई पुरा मजा लिन सक्छ, किनकी अब गर्भधारणबाट बच्नको लागि कन्डको प्रयोग गर्नु नपर्ने भइसक्यो न त महिलाहरुले गर्भबाट बच्नको लागि कुनै औषधी नै लिनुपर्ने हुन्छ । किनकी अब पुरुषहरुको लागि पनि कंट्रासेप्टिव औषधी तयार गरिसकिएको छ जसले उसको पौरुषत्वलाई कत्ति पनि प्रभावित गर्दैन । 

सेक्सको समयमा अनचाहा गर्भबाट बच्नको लागि न अब महिलाहरुले कंट्रासेप्टिब औषधी लिनुपर्ने आवश्यकता रहयो न त पुरुषहरुको लागि कन्डम नै एकमात्र विकल्प रहयो । किनकी अब पुरुषहरुको लागि पनि कंट्रासेप्टिब पिल तयार भइसकेको छ जसले पुरुषहरुको सेक्स लाइफलाई कुनै प्रभावित पार्दैन् । अँस्टेलियाको मोनाश युनिभर्सिटीका शोधकर्ताहरुले परिवार नियोजनको लागि पुरुषहरुलाई कंट्रासेप्टिव पिल लाई तयार पारेका छन् ।

यसका प्रमुख शोधकर्ता डाक्टर सैबटीनो बेंचुराका अनुसार, यस पिलको सेवन गर्नाले स्खलनको प्रक्रियाको समयमा शरिरमा दुइ वटा प्राटिन गरिदिनछ जसले वीर्य अस्थायी रुपले रोकिदिन्छ । र यसले शरिरमा कुनै हार्मोनल परिवर्तन पनि हुदैन । साथै यसको कुनै साइड इफेक्ट पनि हुदैन। न्यूज २४ बाट

Monday, July 6, 2015

मृगौला जोगाउन के खाने ?

मृगौला हाम्रो शरीरको निक्कै संवेदनशील अंग हो । यो अंगमा खरावी आयो भने ज्यान नै जाने खतरा पनि हुन्छ । कैयौं मानिसले किड्नी फेल अर्थात मृगौलाले काम गर्न छोडेर ज्यान गुमाउँछन् । यहाँ मृगौला स्वस्थ राख्न खानै पर्ने ७ खानाको विषयमा चर्चा गरिएको छ ।

मृगौला जोगाउन के खाने ?

१ रातो खुर्सानी
रातो खुर्सानीमा पोटासियम, फस्फोरस, भिटामिन सी, फाइबर, फोलिक एसिड र भिटामिन बी 6 उच्च मात्रामा हुन्छ । यसले मृगौलालालाई फाइदा गर्छ ।

२ बन्दा गोभी
बन्दा गोभीमा उच्च मात्रामा सोडियम, पोटासियम, फस्पोरसको मात्रा हुन्छ । मृगौलाका लागि यी तत्वको निक्कै जरुरत हुन्छ । यसको सकारात्मक पक्ष भनेको बन्दा गोभीमा फाइवर र भिटामिन सी समेत उच्च मात्रामा हुन्छ ।

३ फूल गोभी 
फूल गोभीमा पनि सोडियम, पोटासियम, फस्पोरसको मात्रा प्रयाप्त हुन्छ । त्यसैगरी यसमा भिटामिन सी, फाइवर पनि हुन्छ यसले मृगौलामा हुने समस्याबाट बचाउँछ ।

४ लसुन 
एक केस्रा लसुनमा १ मिलिग्राम सोडियम, १२ मिलीग्राम पोटासियम र ४ मिलीग्राम फोस्फोरस हुन्छ । यसले मृगौलालाई मात्र फाइदा गर्दैन कोलेस्ट्रोल समेत नियन्त्रण गर्छ । त्यस्तै लसुन क्यान्सरबाट बँच्नका लागि पनि फाइदाजनक हुन्छ ।

५ स्याउ 
सामान्य आकारको स्याउमा पनि १५८ मिलिग्राम पोटासियम, १० मिलिग्राम फस्पोरस हुन्छ । मृगौलालाई त यसले फाइदा गर्छ नै अन्य विभिन्न रोगबाट समेत स्याउ सेवन फाइदाजनक मानिन्छ ।

६ स्ट्रबेरी 
आधा कप स्ट्रबेरीमा १ मिलिग्राम सोडियम, १२० मिलिग्राम पोटासियम र १३ मिलिग्राम फस्पोरस हुन्छ । यसमा उच्च मात्रामा एन्टीअक्सीडेन्ट पनि हुन्छ जसले मृगौलालाई कुनै समस्या हुनबाट बचाउँछ ।

७ अण्डाको सेतो भाग 
अण्डाको सेतो भाग पनि मृगौलाका लागि निक्कै फाइदाजनक मानिन्छ । अण्डाको सेतो भागमा २ ग्राम प्रोटिन, ११० मिलिग्राम पोटासियम र १० मिलिग्राम फस्पोरस हुन्छ । यसमा रहेको एमिनो एसिड मृगौलाको लागि राम्रो हुन्छ भने सामान्य स्वास्थ्यका लागि पनि राम्रो हुन्छ ।

Tuesday, June 30, 2015

बिहान उठ्नासाथ पानी पिउने बानीले शरीर लाई फाईदै फाईदा

ओछ्यानबाट उठ्नासाथ पानी पिउनाले हुने फाइदाहरु:-
बिहान उठ्नासाथ पानी पिउने हामी मध्य धेरैको बानी हुन सक्छ यसलाई धेरैजसोले आफ्नो स्वास्थ्यलाई तन्द्रुस्त बनाई राख्न आफ्नो नियमित रुटिनमा राख्ने गरेको पाइन्छ । बैज्ञानिकहरुले समेत बिहान उठनासाथ पानी पिउनाले स्वास्थका लागि लाभदायक छ भनेर सावित गरिसकेका छन् । अध्ययन तथा अनुसन्धानले साबित गरिसकेको छ बिहान उठ्नासाथ पानी पिउनाले शरीरका कतिपय रोगहरु जस्तै शरीर दुख्ने, मुटुजन्य समस्या, छारे रोग, टाउको दुख्ने समस्या, शरीर तथा जोर्नी सुनिने र दुख्ने समस्या, चिनी रोग, कब्जियत, अनावश्यक मोटो पना, टिबी, मेनिनजाईटिस, किडनी संबद्ध रोगहरु, वाकवाकी, पाठेघर संबन्धी रोगहरु, ग्यास्ट्रिक, कान दुखेको समस्या र घांटी संबन्धी समस्याहरु समाधान हुन्छ । पानी पिउने तरिका
 १. बिहान उठ्ने बितिक्कै (ओछ्यान छोड्नासाथ) एक ग्लास पानी पिउनुहोस् । सुरुसुरुमा बिहान उठ्नासाथ एक ग्लास पानी खालि पेटमा सेवन गर्न गाह्रो भएको खण्डमा जति सकिन्छ त्यति मात्र पिउनुहोस् । तर बिस्तारै बानी बस्छ ।
 २. दाँत ब्रस गरेपछि र ट्वालेट गैसकेपछि, ४५ मिनट सम्म केही पनि नखाइ र नपिइ बस्नुहोस् । ४५ मिनेट पछि, आफ्नो नियमित खाजा खानुहोस् र अर्को एकघन्टा सम्म केही पनि खाने र पिउने नगर्नुहोस्। यो बिधि नियमित पालन गर्नाले केही विशेष प्रकारका खतरनाक रोगहरुबाट सहजै छुटकारा पाउन सकिन्छ अनुसन्धानले के देखाएको छ भने, विभिन्न प्रकारका रोग निदानमा माथी उल्लेखित तरिका अपनाउँदा पानीको मात्रा रोगको प्रक्रिति अनुसार सेवन गर्नुपर्ने हुन्छ । र यसो गर्दा उक्त रोगबाट निश्चित समयमा आपसेआप छुटकारा प्राप्त हुन्छ ।
 कुन रोगका लागि कति दिन सम्म पानी पिउने:
 १. क्यान्सर रोगका लागि : १८० दिन सम्म
 २ चिनी रोगका लागि : ३० दिन सम्म
 ३. कब्जियतका लागि : १० दिन
 ४. ग्यास्ट्रिक रोगका लागि : १० दिन
 ५. उच्च रक्तचापका लागि : ३० दिन
 यो उपचार पद्धती अपनाउँदा सुरुका दिनमा पिसाप धेरै लाग्न सक्ने हुन सक्छ । तर यस बाहेक यसले कुनै पनि साइड इफेक्ट गर्दैन । पानी पिउनु र सक्रिय जिवन यापन गर्नु स्वस्थ जिवन यापनका लागि गोप्या मन्त्र हो । अर्को रोचक कुरा के छ भने जापानी र चाइनीज नागरीकहरु आफ्नो खाना सँग चिसो पानी पिउनुको सट्टा तातो चिया पिउँछन् । तपाईले खाएको चिल्लो खानालाई चिसो पानीले ठोस बनाइदिन्छ र पाचन प्रक्रियालाई ढिलो बनाई दिन्छ । जब यो कठोर तेल र पेटमा भएको एसिडबीच प्रतिक्रिया हुन थाल्छ, आन्द्राले यसलाई चाँडो चाँडो ग्रहण गर्न थाल्छ । र यसरी दैनिक रुपमा तेलको मात्रा सेवन गर्नाले शरीमा क्यान्सरले घर बनाउन सक्ने संभावना अत्यधिक मात्रामा बढेर जान्छ । तसर्थ हामी सबैले खाना पछि मनतातो पानी तथा चिया पिउने बानी बसालौं । यसले कुनै प्रकारको साइड इफेक्ट गर्दैन । बरु शरीरलाई फाइदै फाइदा मिल्छ ।

Saturday, June 27, 2015

थाइराइड के हो ? यो रोग लाग्नुको प्रमुख कारण र यस रोग बाट बच्ने उपाएहरु जानिराखौ

थाइराइड भनेको एउटा ग्रन्थी हो । यो हाम्रो घाँटीको अगाडीको भागमा हुन्छ । रुद्रघण्टीको ठिक तल रहेको यो ग्रन्थीले थाइरोक्सिन (टी–३) र ट्राइआयोडो थाइरोनीन (टी–४) हर्मोन उत्पादन गर्छ ।
सोही हर्मोनलेनै हाम्रो शरिरको अंगको क्रियाकलापलाई नियन्त्रण गर्छ ।  थाइराइडको खास काम भनेको शरीरको गति नियन्त्रण (मेटाबोलिजम) गर्ने हो । त्यसैले यसलाई शरीरको एक्सिलेटर पनि भन्ने गरिन्छ ।
तर जब थाइराईड ग्रन्थीको प्रणालीमा बाधा उत्पन्न हुँदा विभिन्न स्वास्थ्य समस्या आउने गर्दछन् । तथ्यांकले लाखौं मानिस थाइराईडले प्रभावित भएको देखाउँछ ।
'समस्या के छ भने धेरैलाई आफूलाई थाइराईड भएको पत्तै पाउँदैनन्।'
यदि थोरै खाना खाँने गर्दा पनि ताैल बढिरहेको छ, साना साना कुराले पनि तनाव दिईरहेको , सन्तान प्राप्तिको लागि समस्या छ र पटक पटक गर्भ तुहिने समस्या छ भने हामीलाई थाइराइड पनि भएको हुनसक्छ ।
थाइराइड ग्रन्थीको काममा गडबडी भएमा यसले अनावश्यक हर्मोन बढी र आवश्यक हर्मोन कम मात्रामा उत्पादन गर्छ । हर्मोन बढी उत्पादन हुनुलाई हाइपर थाइरोइडिज्म् भनिन्छ भने कम हर्मोन उत्पादन गर्ने कामलाई हाइपो थाइरोडिज्म् भनिन्छ ।
यो शरीरको आफ्नै कारण (अटो इम्युन) ले हुने रोग हो । यसमा शरीरले एन्टिबडी बनाएर थाइराइडलाई काम गर्न दिँदैन ।
अथवा बढी काम गर्न दिँदैन । कहिलेकाहिं रुघाखोकी वा घाँटी दुख्ने भएमा र कतिपय अवस्थामा सुत्केरी समयमा पनि थाइराइड हर्मोनको गडबडी देखिन्छ । तर, केही समयपछि यो समस्या आफै निको भएर जान्छ । कसैलाई मुटु र डिप्रेशनको औषधिका कारण पनि थाइराइडको समस्या हुनसक्छ ।
थाइराइड रोग जो सुकैलाई र जुनसुकै उमेरमा पनि हुनसक्छ । तर महिलामा बढी देखिन्छ । रोगको अनुपात हेर्दा १० जना महिलामा देखिएमा एक जना पुरुषमा देखिन्छ । महिलामा रोग प्रतिरोधात्मक क्षमतामा हुने गडबडीले यो रोग बढी भएको हो ।  बालबालिकामा वंशाणुगत कारणले हाइपो थाइरोडिज्म् रोग लाग्नसक्छ । यसले सबैभन्दा बढी प्रभाव बालबालिकामा पार्छ ।
यो रोग लागेमा बालबालिकाको दिमागको बृद्धिविकास रोकिन जान्छ र उनीहरु सुस्त मनस्थितिका हुन पुग्छन् ।
यदि महिलालाई गर्भावस्था वा सो भन्दा अघि थाइराइडको समस्या भएमा बच्चामा सर्ने जोखिम बढी हुन्छ । त्यसैले जन्मेको एक हप्ताभित्र बच्चाको थाइराइड परीक्षण गराउनु पर्छ । अर्को कुरा १३ देखि १४ बर्षका युवतीमा महिनावारी गडबड भएमा एकपटक थाइराइड परीक्षण गराउनु पर्छ । गर्भावस्थामा थाइराइडको समस्या देखिएमा औषधि सेवन गर्नुपर्छ ।
थाइराइडका लक्षण:-
-अस्वाभाविक रूपमा ताैल बढ्नु
-गलगाँड आउनु
-तनाव
-छिटो छिटो महिनावारी हुनु र अत्यधिक रक्तश्राव
-कपाल झर्नु
-छाला फुस्रो हुनु
-मुटुको गति सुस्त हुनु
-चाँडो थकाई लाग्नु
-मुड छिनछिनमा परिवर्तन भईरहनु र कमजोर --- -स्मरणक्षमता
-चिसो लाग्नु
-आवाजमा भारीपन बढ्नु
युवाहरुमा थाइराइडको समस्या भएमा केही समयका लागि खुट्टा नचल्ने लक्षण देखिन सक्छ । शरीरमा पोटासियम कम भएर यस्तो अवस्था देखिएको हो । तर यस्तो समस्या थाइराइडका कारण पनि हुन्छ भनेर बिचार पुर्याउनु पर्छ ।  रोगको समयमा पहिचान हुन नसक्दा धेरै समस्या भोग्नुपर्छ ।
थाइराइडका कारण बाँझोपनको समस्या पनि आउन सक्छ । थाइराइडले पुरुषमा यौनइच्छामा कमी र वीर्यमा कमी देखिन्छ भने महिलामा अण्डा उत्पादन गर्नमा कठिनाई र छिटो रजनोवृत्ति हुन सक्छ ।
   
 थाइराइड हुनबाट बच्न कस्तो भोजन लिने ?
हाइपोथाइरोडिजम भएकालाई भर्जिन नरिवलको तेल लाभदायक हुन्छ । यसमा चेन फ्याटी एसिड हुन्छ जसले मेटाबोलेटिज्मलाई बढाएर वजन घटाउन मद्दत गर्छ ।
१. कृत्रिम चीनीको प्रयोगबाट बच्ने
२. बदाम लगायतका चिल्ला ड्राइफुट नखाने, धुमपानबाट बच्ने र पोषणका औषधीहरु नखाने
३. आवश्यक मात्रामा आयोडिन र भिटामिन ए को सेवन गर्ने । एक वयस्क व्यक्तिका लागि १ सय ५० माइक्रोग्राम आयोडिन प्रतिदिन लिन आवश्यक छ ।
४. बन्दा, काउली, ब्रोकोली जस्ता तरकारीबाट बनेका काँचो सलाद नखाने । यी तरकारीमा पाइने गोट्रोजेन्स नामको तत्वले थाइराइडलाई प्रभाव पार्छ । बरु पकाएर खानाले खासै असर गर्दैन ।
५. सामुद्रिक माछा प्रशस्त खाने । त्यस्तै हरियो पत्तेदार तरकारी र दुग्धजन्य पदार्थमा पनि प्रशस्त आयोडिन पाउन सकिन्छ ।
६. अण्डा, पहेलो पाकेको फलफूल र हरिया सागसब्जीले भिटामिन ए को मात्र परिपूर्ति गर्छ ।
७. गर्भवती महिलालाई प्रतिदिन २ सय २० माइक्रोग्राम आयोडिन आवश्यक पर्ने हुनाले यसमा विशेष विचार पुर्याउने ।
 
नियमित अाैषधी सेवनबाट थाइराइड निको हुन्छ ।
(स्रोत:स्वास्थ्य सम्बन्धि  पत्रिका)

जानी राखौ उमेर नपुग्दै कपाल फुल्ने कारणहरु र रोकथाम गर्ने उपायहरु

हिजो आज मानिसहरु आफनो स्वास्थ्यमा, बाहिरी आवरणमा देखिएको रोग तथा बिभिन्न समस्याले तनावग्रस्त देखिन्छन् । त्यस्ता तनाव दिने मध्येको एक कारण उमेर नपुग्दै कपाल फुल्नु पनि हो । बूढेसकालमा फुल्ने कपाल अल्पायुमै पनि फुलेको देखिन्छ । कपाल मुख्य चार कारणले फुल्ने गर्दछ ।

पहिलो कारण वंशाणुगत हो अर्थात परिवारका सदस्यको कम उमेरमा नै कपाल फुल्दै आएको छ भने पनि अल्पायुमै कपाल फुल्ने गर्दछ । दोश्रो कारण भने बाल्यकालमा चाहिने पौष्टिक आहारको कमि हो । कपाललाई चाहिने पौष्टिक आहार पुगेन भने पनि उमेर भन्दा पहिले नै कपाल फुल्ने सम्भावना हुन्छ । तेस्रो कारणमा कपालमा प्रयोग गरिने केमिकल हो । केमिकलको  कारण पनि उमेर भन्दा पहिले नै कपाल फुल्ने हुन्छ ।  चौथो कारण हो, कपालमा लाग्ने रोग अथवा शरीरमा लाग्ने रोग । कपाललाई चाहिने भिटामिनहरु पुगेन भने वा खाना पचेन भने पनि कपाल फुल्न सक्छ ।

यदि कपाल फुल्ने कारण वंशाणुगत हो भने यसलाई रोक्न सकिदैन । पौष्टिक आहारको कारणले गर्दा हो भने बच्चालाई सन्तुलित भोजन गराउनु पर्छ । पौष्टिक आहारले मात्र हँुदैन, सन्तुलित भोजनको पनि त्यत्ति नै जरुरी हुन्छ । कुनैकुनै बच्चाले खाना खान रुचाउदैनन् जसको कारण आइरनको कमि हुन जान्छ । बच्चा मात्र होइन, युवाले पनि हरियो साग सब्जीहरु रुचाउदैनन् । त्यस्तो समयमा आइरनको अभाव हुन जान्छ र कपाल फुल्ने हुन्छ । तसर्थ सन्तुलित पौष्टिक आहारको व्यवस्था हुन सकेमा कम उमेरमा कपाल फुल्ने समस्याको रोकथाम गर्न सकिन्छ ।

त्यसैगरी केमिकल्सहरु अनावश्यक रुपमा कपालमा लगाउन रोकेमा पनि कपाललाई फुल्नबाट बचाउन सकिन्छ । जन्डीस, क्षयरोग अथवा अन्य दीर्घ रोगले गर्दा पनि शरीरमा भिटामिनको कमि हुन्छ र कपाल फुल्छ । त्यसैले कुनै पनि रोगको समयमै उपचार गर्न सकियो भने पनि अल्पायुमै कपाल फुल्ने समस्याबाट बच्न सकिन्छ ।

अहिलेसम्म कपाललाई फुल्नबाट रोक्ने ठोस उपचार एलोपेथिकमा छैन । तर पनि कपाल फुल्ने कारण पत्ता लगाई निवारण भने गर्न सकिन्छ । यसका लागि वायोटिन या भिटामिन ‘ई’ को प्रयोग अथवा क्याल्सीयम प्यान्थोनेट भन्ने पदार्थ९जुन ‘बी’ कम्प्लेक्समा पाइन्छ०को प्रयोग गर्न सकेमा केही न केही सुधार हुन्छ । सेतो दुबी भएको समयमा पनि कपाल फुल्ने सम्भावना धेरै हुन्छ । यदि सेतो दुबी टाउकोमा आयो वा शरीरमा आएको छ भने त्यस ठाँउमा भएका कपाल फुल्ने सम्भावना बढी हुन्छ ।

        (स्वास्थ्य खबर बाट साभार)

Wednesday, April 1, 2015

गर्मीमा छालालाई घाम बाट जोगाउने घरेलु उपाय

गर्मी बढेसँगै हामीलाई चर्को घामको कारण बाहिर निस्कन जाँगर लाग्दैन । कारण वास्तवमा के हो भने हामी घामले छाला डढ्ने हो कि भन्ने डराउँछौँ । तर यसो भन्दैमा बाहिरै नस्किएर समस्या समाधान हुँदैन ।


गर्मी समयमा घामबाट जोगिन तपाईहरुले जतिसुकै सनलोसन क्रिम लगाएपनि आफ्नो छालालाई बचाउन सक्नु भएको हुँदैन । तर, कतिपय यस्ता समान्य घरेलु उपाय छन्, जसले गर्दा गर्मी समयमा तपाई आफ्नो छालालाई सजिलै बचाउन सक्नु हुनेछ ।  

मेवा र मह एक कप मेवाको पेस्ट बनाउनुहोस् । त्यसमा दुई चम्चा जौँको धुलो र २ चम्चा मह मिसाउनुहोस । उक्त पेस्टलाई शरिरमा लगाएर ३० मिनेट पछि चिसो पानीले सफा गर्नुहोस् । यसले तपाईको छाला गोरो र नरम देखिनेछ । साथै घामको विकिरणबाट पनि बच्न सकिनेछ ।


कागती र मह:-

दुई दाना कागतीको रस निकाल्नुहोस् । त्यसमा तीन चम्चा मह मिलाएर २० मिनेटका लागि शरिरमा दल्नुहोस । त्यसपछि चिसो पानीले सफा गर्नुहोस् । जसले तपाईको छालामा कुनै पनि विविरा आउन दिदैन । साथै, छालामा रहेको बेकार बस्तु समेत सफा हुन्छ ।


टमाटर र दही:-

दुईदेखि तीन दना टमाटरको रस निकाल्नुहोस् । त्यसमा २ चम्मच दही मिलाउनुहोस् । यसलाई घामले पोलेको ठाउँमा लगाएर २० मिनेट पछि सफा चिसो पानीले पखाल्नुहोस् । दिनमा दुई पटक यसो गर्दा १ हप्तामा नै घामबाट डढेको तपाईको छाला पहिलेको जस्तै स्वच्छ र नरम हुनेछ ।

Tuesday, March 31, 2015

सरकारले पाठेघरको मुखमा हुने क्यान्सर रोकथामका लागि एचपिभी नामक खोप दिन सुरु गर्ने

Cervical_Cancerनेपाल सरकारले महिलाको पाठेघरको मुखमा हुने क्यान्सर रोकथामका लागि एचपिभी (ह्युमन पापिल्लोमा भाइरस) नामक खोप दिन सुरु गर्ने भएको छ ।

नौदेखि १३ वर्ष उमेर समूहका बालिकालाई ६/६ महिनाको अन्तरमा दुई पटक खोप लगाउँदा पाठेघरको मुखको क्यान्सर हुनबाट जोगाउन सकिने विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले जनाएको छ ।

दक्षिण एसियामा भारतबाहेक अन्य देशले यो खोपको सुरुवात गरिसकेका छन् भने जापान, अमेरिका, क्यानडा, दक्षिण अफ्रिकालगायत देशले प्रयोगमा ल्याइसकेका छन् । स्वास्थ्य तथा जनङ्ख्या मन्त्रालयले चितवन र कास्कीबाट यसैवर्ष सो खोपको सुरुवात गर्ने तयारी गरिरहेको छ ।

खोपका लागि गाभी नामक अन्तर्राष्ट्रिय संस्थाले मन्त्रालयलाई आर्थिक सहयोग गर्ने भएको छ । ती दुई जिल्लाका करिब १५ हजार बालिकामा खोप लगाइसकेपछि यसका आधारमा मन्त्रालयले अन्य जिल्लामा कार्यक्रम विस्तार गर्ने डब्लुएचओका खोपविज्ञ डा सन्तोष गुरुङले जानकारी दिनुभयो ।

स्वास्थ्य सेवा विभागका अनुसार नेपालमा करिब दुई हजार ५०० महिला पाठेघरको मुखको क्यान्सरबाट पीडित हुने गर्छन् । यो आँकडा सातवटा क्यान्सर अस्पतालमा आउने बिरामीका आधारमा प्रक्षेपण गरिएको हो ।

यसैबीच, यो खोपबारे जानकारी गराउन डब्लुएचओद्वारा आयोजित चारदिने बैठक काठमाडौँमा जारी छ । बैठकमा नेपालसहित बङ्गलादेश, म्यान्मार, भुटान, कम्बोडिया, श्रीलङ्कासहित विश्व स्वास्थ्य स¬ङ्गठनको मुख्यालय जेनेभा, राष्ट्र सङ्घीय जनसङ्ख्या कोष, राष्ट्र सङ्घीय बालकोषका प्रतिनिधिको सहभागिता रहेको छ ।

चारदिने सो बैठकमा डब्लुएचओका नेपाल प्रतिनिधि डा लिन वाङले पाठेघरको मुखमा हुने क्यान्सर रोकथामका लागि एचपिभी खोप सुरक्षित भएको डब्लुएचओले प्रमाणित गरिसकेकाले यसलाई समुदायमा लान आवश्यक छ भन्नुभयो ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा सेनेन्द्र उप्रेतीले महिलाको स्तनमा भन्दा पाठेघरको मुखमा बढी क्यान्सर हुने गरेको बताउनुभयो ।

(Hamrakura)

Wednesday, March 25, 2015

शरीरमा पानिको कमीले हुने पत्थरी रोग बाट जोगिने उपायहरु

मानिसहरुलाई पत्थरीको समस्या आम रुपमा नै हुन्छ । गर्मी मौषममा त पत्थरीका विरामी ४० प्रतिशतले वृद्धी हुने चिकित्सकहरु बताउँछन् । पत्थरी हुनुको मुख्यकारण शरीरमा पानीको कमी, तापक्रम, आद्रता लगायत हुन् । नेपालमा लाखौं मानिस पत्थरीबाट पीडित छन् ।

यहाँ पत्थरीबाट जोगिनका लागि गर्नु पर्ने ७ कामको चर्चा गरिएको छ ।

१ प्रयाप्त पानी पिउनुस्ः गर्मी मौषममा पत्थरी हुने मुख्य कारण पानीको कमी हो । गर्मीमा शरीरमा पानीको माग बढी हुन्छ । कम्तिमा २ घण्टामा बाथरुम जानु हुन्न भने बुझ्नुस् तपाइँले कम पानी खाँदै हुनुहुन्छ । गर्मीमा प्रयाप्त पानी पिउनु पत्थरीबाट मुक्ति पाउने एउटा सरल उपाय हो ।

२ कागतीको शरवतः गर्मी मौषममा कागती हालेर बनाएको शरवत राम्रो हुन्छ । यसले पत्थरीबाट जोगाउँछ । यसले पेटमा हुने समस्याबाट पनि जोगाउँछ ।

३ सोडाबाट टाढै रहनुस्ः आजकल खानामा सोडा मिसाउने चलन आमरुपमा नै छ । तर पत्थरीका लागि भने सोडा घातक मानिन्छ । पत्थरीबाट बँच्नका लागि सोडा हुने खानाबाट बँच्नुस् । गर्मीमा आइस टी, चकलेट, रुबाब र स्ट्रबेरी सेवन नगरेकै राम्रो ।

४ क्याफिन नखानुस्ः गर्मी मौषममा पत्थरीबाट बँच्नका लागि गर्मी महिनामा चिया कफी नखाएको राम्रो मानिन्छ । किन भने चिया कफीमा क्याफिनको मात्रा उच्च हुने हुँदा यो पत्थरीका लागि घातक मानिन्छ । क्याफिनले शरीरमा पानीको कमी हुने अवस्था उत्पनन्न गराइँदिन्छ । चिया कफीको साटो पानी प्रयाप्त मात्रामा पिउनु राम्रो मानिन्छ ।

५ नून कम खानुस्ः गर्मीमा पत्थरीबाट बँच्नका लागि नुनको सेवन कम गर्नु नै राम्रो मानिन्छ । सँधै खाने भन्दा पनि कम नून गर्मी महिनामा खानु स्वास्थ्यका लागि लाभदायक हुन्छ । नुनले पत्थरी हुने खतरा बढाउँछ ।

६ डाक्टरको सल्लाहः गर्मीमा पत्थरीबाट बँच्नका लागि चिकित्सकको सल्लाह लिनु राम्रो हुन्छ । निरन्तर चिकित्सकको परामर्श लिनुस् । पत्थरीबाट बँच्नका लागि सेवन गर्न सकिने औषधीबारे जानकारी लिन पनि चिकित्सकसँग सल्लाह लिनु राम्रो मानिन्छ । कतिपय औषधीले पत्थरीको सम्भावना कम गर्न मद्धत गर्छन् ।

६ प्रोटिन ठिक्क खानुस्ः पत्थरीबाट बँच्नका लागि प्रोटिनको मात्रा नियन्त्रित खानु पर्छ । खानमा माछा मासु र अण्डामा जोड गर्नु भन्दा शाकाहारी भोजनमा जोड दिनुस् । प्राकृतिक शाकाहारी भोजनबाट प्रोटिनको मात्रा पुरा गर्नुस् ।

Tuesday, March 24, 2015

तपाईको घाँटी खस खस गरिरहन्छ ? यस बाट जोगिने उपायहरु :-

के तपाईंको घाटिमा सधै खराश रहन्छ ? यो मौशम परिवर्तनको असर् हो भनेर वा खान पानमा आएको परिवर्तनको असर् भनेर नबस्नुहोस् । गलाको खराश टन्सिल वा गलाको गम्भिर समस्या पनि हुन सक्छ । कसरी बच्ने यसबाट ? यो पढ्नुहोस् |

मौसमको बदलाव संगै गलामा हल्का खसखस हुनु वा गलमा तिखो घोचाइ महसुश हुनु सामान्य कुरा हो । यो अवस्थामा गलामा खिच खिच हुनु र बोल्नमा समस्या हुनु सामान्य हो । भाईरस वा ब्यक्टेरिय को करणले यो समस्या देखिन्छ । 

 कहिले कही एलर्जी र धुमपानको करणले पनि घाटीमा खश खश हुन्छ । यस्ता धेरै समस्याहरु आँफै समाधान हुन्छन तर केही यस्ता जिद्दी समस्या हुन्छन जो सजिलै जादैनन । त्यस्ता समस्यालाई राम्रो उपचारको जरुरी हुन्छ । आमरुपमा मानिशहरू घाटीको खश खस लाई त्यती ध्यान दिदैनन र लापरबाही गर्छन् तर यो समस्या त्यती सजिलो छैन र राम्रो उपचार गरिएन भने गम्भिर समस्या निम्त्याउन सक्छ ।

घाटीमा आउने खश खस घाटीको इन्फेक्सन हो । जसमा गलामा कर्कश आवाज आउने, हल्का कासो लाग्ने र हल्का ज्वरो आउने, टाउको दुख्ने, गला दुख्ने जस्ता लक्षण देखिन्छन ।

हाम्रो गलामा दुबैतर्फ टन्सिल हुन्छ जसले धुलो, ब्यक्टेरिया र भाईरशलाई गलामा जानबाट रोक्ने काम गर्छ । तर कहिले कही यो आँफै इन्फेक्टेड हुन्छ र आफ्नो काम गर्न सक्दैन । जसलाई टॉन्सिलाइटिस भनिन्छ । जसमा घाटी भित्र दुबैतर्फ टॉन्सिल्स गुलाबी वा रातो हुन्छ । इन्फेक्सन हुँदा यिनिहरु अली ठुला र अली बढी राता हुन्छन । कहिले कही यसमा सेतो कत्ला जस्तो पनि देखिन सक्छ । सधरणतया यो समस्या उचित देखभाल र एन्टिबायोटिकले निको हुन्छ तर स्ट्रेप्टोकॉक्कस हिमोलिटीकस नामक भाईरसको करणले यो समस्या देखियो भने अलिक गम्भिर हुन्छ । तव यो संक्रमण ह्रीदय र गुदामा पनि फैलिन्छ र गम्भिर

 हुन्छ ।

यस्तो अवस्थामा नियमित रुपमा नुन हालेको मनतातो पानीले गार्गेलिङ गर्नुपर्छ । गलामा आराम मिल्छ ।
अदुवा, इलायची र मरिचको चियाले गलाको खश खसमा धेरै आराम मिल्छ । यसमा जीवाणुरोधक गुण पनि हुन्छ र यो चिया नियमित रुपमा सेवान गर्नाले गलामा आराम मिल्नुको साथै गलाको खश खस हराएर जान्छ ।

धुमपान र ज्यादा मसालेदार खानादेखी टाढै रहनुहोस्

खानामा बिशेष साबधानी आपनाउनुहोस् ।

फ्रिज को वा अन्य कुनैपनी चिसो चिजको सेवान नगर्नुहोस् ।

सधैं मनतातो पानी पिउने गर्नुहोस् ।

त्यसमा अदुवाको धुलो हल्का मिसाउने र ताजा कागतीको रस १,२ थोपा मिलाउनाले अधिक आरमा मिल्छ ।

सावधानि नै यो समस्याको मुल हल हो ।

सधैं धुलो, धुवा र चिसो बाट बच्नुहोस् , राम्रो मास्कको प्रयोग गर्नुहोस् ।

समस्या देखिनासाथ तुरन्त चिकित्कसको सल्लाह लिनुहोस् ।

 

Sunday, March 1, 2015

डण्डीफोर हटाउने घरेलु उपाय

   डण्डीफोर आम समस्या हो । यसले अनुहारको सुन्दरता बिग्रन्छ कि भनेर मानिसहरू चिन्तित हुन्छन् । यसलाइै निको बनाउने धुनमा कतिपयले आफ्नो अनुहार बिगारेका छन् । जे पायो त्यही सामग्री प्रयोग गरेर डण्डीफोर निको हुँदैन । डण्डीफोर निको भए पनि दागको रुपमा यो लामो समयसम्म रहिरहन्छ । डण्डीफोरलाई चाँडो निको बनाउने धुनमा त्यसलाई निचोर्नु नै समस्या निम्त्याउनु हो । फेरि त्यसको दागलाई हटाउने नाममा प्रयोग गरिने क्रिमले छालामा साइडइफेक्ट गर्न सक्छ । यहाँ डण्डीफोर हटाउने घरेलु उपायको चर्चा गरिएको छ ।

 

ओलिभ आयल : ओलिभ आयलको केही थोपा डण्डीफोरको दागमा लगाउनुस् । यसले अनुहारको रगतमा निखार ल्याउँछ र दाग फिका हुन थाल्छ । नियमित लगाउन थालेपछि बिस्तारै दाग हट्दै जान्छ ।
आलु स् आलुको टुक्रा काट्नुस् र अनुहारमा बिस्तारै रगडेर लगाउनुस् । एउटा टुक्रा सुक्यो भने अर्को लगाउनुस् । यो क्रमलाई १५ मिनेटसम्म निरन्तरता दिएपछि अनुहारलाई सुक्न दिनुस् । त्यसपछि धोएर मोस्चराइजर लगाउनुस् । यो प्रयोग हप्तामा ३–४ पटक गर्नुहोस् ।

 कागतीको रस: डण्डीफोरको दागमा कागतीको रस लगाउनुस् र सुक्न दिनुहोस् । त्यसपछि पानीले धुनुस् । यो प्रयोग साँझमात्र गर्न सक्नुहुन्छ । दिउँसो कागतीको रस लगाउने हो भने सनस्क्रीन लोसन अवश्य लगाउनुस् ।

 

खाने सोडा: फेसवासमा एक चिम्टी खाने सोडा मिसाएर लगाउनुस् र चिसो पानीले अनुहार धुनुस् । यसबाट छालामा थोरै झनझनाहट हुन्छ । छालाका क्लिनिकमा छालामा चमक ल्याउन यो उपाय अपनाइन्छ । तर यसलाई अनुहारमा २० सेकेण्डभन्दा बढी नराख्नुस् ।

 

मह : एउटा माटोको भाँडोमा मह र घिउकुमारी मिसाउनुस् । त्यसमा केही निमको पात क्रस गरेर राख्नुस् र त्यसलाई एक दिनभरका लागि चिसो स्थानमा राख्नुस् ।अर्को दिन त्यसमा गुलाब जल मिसाएर डण्डीफोरमा लगाउनुस् र सुकेपछि धुनुस् । यो प्रक्रिया दिनहुँ गरेपछि डण्डीफोरको दाग मेटिनेछ।

 

भिटामिन : खानामा भिटामिनको मात्रा बढाउनुस् । त्यसका लागि बिहानको सूर्यको किरण आफ्नो अनुहारमा पर्न दिनुस् ।

 

गोलभेंडा : गोलभेंडा काटेर डण्डीफोरमा लगाउनुस् र त्यसलाई १५–२० मिनेटसम्म रहन दिएर धुनुस् । यस प्रक्रियालाई हप्तामा एक वा दुइपटक गर्नुस् ।

 

चन्दन पाउडर : एक चम्चा चन्दन पाउडर लिएर त्यसमा केही थोपा रोज वाटर हाल्नुस् । यो पेस्टलाई डण्डीफोरको दागमा लगाउनुस् र १५–२० मिनेटपछि धुनुस् । केही दिनमै दाग हट्न थाल्छ ।

लोकप्रिय समाचार