विश्वकप फुटबलको क्वाटरफाईनलको तयारीमा रहेको ब्राजिलका प्रशिक्षक लुईज फिलिप स्कोलारीले ट्रेनिङ मैदानमा टिमका मनोचिकित्सकलाई बोलाएका छन् । राउण्ड अफ सिक्सटिनमा चिली विरुद्ध संघर्षपुर्ण जीत हात पारेको ब्राजिलले क्वाटरफाईनलमा कोलम्बियाको सामना गर्दैछ ।
कोलम्बिया विरुद्धको खेलपुर्व खेलाडीहरुको मनोबल बढाउन स्कोलारीले टिमका मनोचिकित्सकलाई ट्रेनिङ मैदानमै बोलाएका हुन् । घरेलु टीम ब्राजिलका खेलाडीहरुमा मनोवैज्ञानिक दबाब बढ्नसक्ने अनुमान भईरहेको बेला खेलचडीहरुलाई परामर्श दिईएको हो ।
उता भेट्रान जर्मन प्रशिक्षक ओट्मार हेज्फील्डले फुटबलबाट सन्यास लिएका छन् । जारी विश्वकपमा स्विट्जरल्याण्डलाई राउण्ड अफ सिक्सटिनसम्म पु¥याएका हेज्फील्डले स्विस टोलीको बहीर्गमनसँगै व्यवसायीक प्रशिक्षण करीयरबाट सन्यास लिएका हुन् । ६५ वर्षीय प्रशिक्षक हेज्फील्डले क्लव करीयरमा भने बायर्न म्युनिख र बोरुसीया डर्टमुण्डलाई च्याम्पियन्स लिगको उपाधि जिताएका थिए ।
No comments:
Post a Comment