Showing posts with label Sport. Show all posts
Showing posts with label Sport. Show all posts

Tuesday, February 17, 2015

अर्जेन्टिनी स्ट्राइकर डि मारियाको सम्पति सुरक्षाको लागि गोर्खा सैनिक

 अर्जेन्टिनी स्ट्राइकर एन्जेल डि मारिया रियल मड्रिड छाडेर म्यान्चेष्टर युनाइटेड पुगेका छन् । तर, बेलायतको बसाईको सुरुवातमै उनलाई अफाप भएको छ ।

दुई साताअघि मात्रै बन्दुकधारीहरुको एउटा समूहले डि मारिया बसिरहेको घरमा आक्रामण गरेको थियो । साँझ करिव साढे ७ बजे पत्नी र छोरीसँग खाना खाइरहेका बेला मारियाको घरमा बन्दुकधारी प्रवेश गरेका थिए ।

सो घटनापछि डि मारिया परिवारसहित घर छाडेर होटलमा बस्न थालेका छन् । सुरक्षाको प्रत्याभूति नभएसम्म घर नर्फकने मुडमा रहेका डि मारियालाई हालै उनका साथीहरुले समाधान सुझाएका छन् ।

बेलायती अनलाइन दि सन अनुसार म्यान्चेष्टरकै खेलाडी वायन रुनीले सम्पत्तिको सुरक्षाको जिम्मा भूपू गोर्खालाई दिन सुझाव दिएका छन् ।

भूपू गोर्खाका अगाडी कुनै पनि आक्रामणकारी घरमा प्रवेश गर्न नसक्ने भन्दै उनले उनीहरुको साथ लिन सुझाव दिएको बताइएको छ ।

आफुले पनि सन् २०१० देखि नै भूपू गोर्खालाई सुरक्षाको जिम्मा दिएको भन्दै उनले त्यसो भएमा फेरि आक्रामणको चिन्ता लिन नपर्ने बताएका छन् ।

बेलायती सेनामा काम गरिसकेका र बहादुर गोर्खालीलाई सुरक्षाको जिम्मा दिएपछि आफु र आफ्ना साथी वेष्ट ब्रोम ढुक्क भएको उनले बताएका छन् ।


Thursday, January 22, 2015

आज नेपाली क्रिकेट टिमले महत्वपूर्ण खेल्ने,आज केन्यालाई हराउन सके डिभिजन एकमा उक्लने

 
नेपाली राष्ट्रिय क्रिकेट टोली यतिबेला ऐतिहासिक सफलताको सँघारमा छ। नामिबियामा जारी आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन दुईमा शुक्रबार केन्यालाई पराजित गरे नेपाल डिभिजन एकमा पुग्ने छ। केन्यासँग हारे पनि नेपाल अगाडि बढ्ने सम्भावना छ, तर त्यसमा ढुक्क हुने अवस्था भने छैन। 
 
शुक्रबार हुने अन्य खेलमा युगान्डाले नेदरल्यान्ड्सलाई र नामिबियाले क्यानडालाई पराजित गर्न सके केन्यासँग हारे पनि नेपाल अगाडि बढ्ने छ। 
 
तर नेपाल केन्यासँग पराजित भए तथा नेदरल्यान्ड्स र क्यानडाले आ-आफ्ना खेल जिते शीर्ष चार टोलीको समान अंक हुनेछ। यस्तो स्थितिमा डिभिजन एकमा उक्लने टोलीको टुंगो नेट रनरेटका आधारमा लगाइने छ। 
 
एक खेल खेल्न बाँकी रहँदा नेट रनरेटमा नामिबिया पहिलो, नेपाल दोस्रो, क्यानडा तेस्रो र नेदरल्यान्ड्स चौथो स्थानमा छन्। राउन्ड रोबिन लिग चरणको समाप्तिपछि शीर्ष दुई स्थानमा आउने टोली डिभिजन एकमा उक्लने प्रावधान छ। 
 
डिभिजन एकमा उक्लने टोलीले आइसिसी वल्र्ड क्रिकेट लिग डिभिजन च्याम्पियनसिप र चार दिवसीय स्वरूपको इन्टर कन्टिनेन्टल कप खेल्न पाउने छन्। एकदिवसीय विश्वकप र एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताको बाटो पनि यही हो। 
 
नेपाल हालसम्म डिभिजन एकमा पुग्न सकेको छैन। नेपाली टोलीका प्रशिक्षक पुबुदु दासानायकेले केन्यासँगको खेल महत्त्वपूर्ण रहेको बताए। 'अन्तिम खेलको नतिजापछि मात्र अगाडि बढ्ने/नबढ्ने निश्चित हुने भएकाले केन्यासँग पनि हामी जितका लागि प्रयास गर्नेछौं', अनलाइन सम्पर्कमा दासानायकेले अन्नपूर्णसँग भने। 
 
 
नेपाल पहिलो खेलमा युगान्डासँग पराजित भए पनि त्यसपछि लगातार तीन खेलमा बलिया प्रतिद्वन्द्वीलाई हराउँदै अगाडि बढ्ने दौडमा फर्किएको हो। नेपाली टोलीले विश्वकप खेलिसकेका नेदरल्यान्ड्स, क्यानडा र नामिबियामाथि ऐतिहासिक जित हात पारेको थियो। 
 
नेपालले जारी प्रतियोगितामा खेलेका सबै चार खेलमा उत्कृष्ट बलिङ प्रदर्शन गरेको थियो। त्यसैले राउन्ड रोबिन लिगको अन्तिम खेलमा केन्याविरुद्ध पनि नेपालको बलियो हतियार बलिङ नै बन्ने सम्भावना छ। 
 
बलिङमा नेपालका सोमपाल कामी र करन केसीको प्रारम्भिक जोडीले टोलीलाई उत्कृष्ट सुरुआत दिलाएका छन्। तीव्रगतिका बलरद्वय सोमपाल र करन दुवैले आठआठ विकेट लिइसकेका छन्।
 
स्पिनरद्वय वसन्त रेग्मी र शक्ति गौचनसहित मिडियम पेस बलर पारस खड्काले पनि कसिलो बलिङ गरिरहेका छन्। यी तीनैजना खेलाडीले जारी प्रतियोगितामा ६/६ विकेट लिएका छन्। 
 
नेपालको ब्याटिङ भने सन्तोषजनक देखिएको छैन। नेपालले सुरुआत राम्रो गर्न सकिरहेको छैन। कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ल भने लयमा देखिएका छन्। पारस जारी प्रतियोगितामा सर्वाधिक रन जोड्ने खेलाडीको सूचीमा तेस्रो स्थानमा छन्। 
 
नेपालभन्दा ठिक विपरीत केन्या भने रेलिगेसनबाट जोडिगन संघर्षरत देखिएको छ। केन्याले पछिल्ला तीन संस्करणसहित चारपटक विश्वकपमा सहभागिता जनाएको छ। केन्या हालसम्म डिभिजन तीनमा झरेको छैन।
 
जारी प्रतियोगितामा केन्याको बलिङ त्यति प्रभावी देखिएको छैन। हुनत केन्याका नेल्सन ओडियाम्बो १० विकेट लिएर सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा शीर्ष स्थानमा छन्। उनको बलिङ इकोनोमी ५.१७ रहेको छ। 
 
केन्याका अन्य बलर भने जम्न सकेका छैनन्। केन्याको ब्याटिङ पनि कमजोर देखिएको छ। सुरुका दुई खेलमा पराजित भएको केन्याले युगान्डालाई भने हराएको थियो। 
 
एकदिवसीय क्रिकेटमा केन्या र नेपालबीच प्रतिस्पर्धा नभए पनि यी दुई टोलीबीचको सम्बन्ध भने स्मरणीय छ। 
 
सन् २०१३ मा भएको टीट्वेन्टी विश्वकपको विश्वस्तरको छनोटमा केन्यालाई नै हराएर नेपालले विश्वकप खेल्ने सम्भावनाको आधार तयार गरेको थियो। त्यतिबेला अन्तिम ओभरका जितका लागि १६ रन आवश्यक हुँदा शरद भेषावकरले नेपाललाई सफलता दिलाएका थिए। 
 
शुक्रबार नै नेदरल्यान्ड्स र युगान्डा तथा नामिबिया र क्यानडाबीच पनि खेल हुनेछ। पहिलो खेलमा नेपाललाई पराजित गरे पनि त्यसपछि लगातार तीन खेलमा पराजित भएको युगान्डा रेलिगेसनमा पर्नबाट जोगिने प्रयासमा छ। 
 
नेदरल्यान्ड्स भने युगान्डामाथि सानदार जित हात पारेर डिभिजन एकमा उक्लने दाउमा हुनेछ। यसैगरी क्यानडाको प्रयास पनि नामिबियालाई हराउँदै अगाडि बढ्ने सम्भावना कायम राख्नु नै हुनेछ। 

Thursday, October 30, 2014

नेपालले जित्यो डिभिजन ३ क्रिकेटको उपाधि III युगान्डा ६२ रनले पराजित


    आइसीसी विश्व क्रिकेट लिग डिभिजन ‘थ्री’को उपाधि नेपालले जितेको छ । मलेसियामा भएको प्रतियोगिताको फाइनलमा अफ्रिकी प्रतिद्धन्द्धी युगान्डालाई ६२ रनले हराउँदै नेपालले दोस्रो पटक उपाधि जितेको हो ।

किन्रारा एकेडेमी ओभल मैदानमा विहीबार सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले अन्तिम ओभरमा अलआउट हुनुपूर्व  
२ सय २३ रन जोड्यो ।नेपालका तीन खेलाडिले अर्धशतक बनाए । सागर पुनले ६४, नरेश बुढाऐरले ५१ तथा ज्ञानेन्द्र मल्लले ५६ रन जोडेको इनिङमा पुछारका ब्याट्सम्यानहरुले भने खुलेर ब्याटिङ गर्न सकेनन् ।

पारस खड्काले १३ रन बनाए भने अन्य सबै खेलाडी दोहोरो अंक जोड्न नपाउँदै पभेलियन फर्किए । बलिङतर्फ युगान्डाका रोजर मुकासा एक्लैले ६ विकेट लिए ।

जवाफमा २ सय २४ रनको लक्ष्य पछ्याएको युगान्डा ४५औं ओभरमा १ सय ६१ रनमै समेटियो । नेपालका भुवन कार्कीले ४ विकेट लिए भने सोमपाल कामीले २ विकेट झारे ।


यो जितसँगै नेपालले डिभिजन ‘थ्री’को पहिलो खेलमा युगान्डासँग भोगेको हारको बदला समेत लिएको छ । नेपालले आइसीसी विश्व क्रिकेट लिग डिभिजन ‘थ्री’को उपाधि जितेको यो दोस्रो अवसर हो ।

यसअघि सन् २०१३ मा बर्मुडामा भएको फाइनलमा युगान्डालाई नै ५ विकेटले हराउँदै नेपाल पहिलो पटक डिभिजन ‘थ्री’ च्याम्पियन बन्दै डिभिजन ‘टु’मा उक्लिएको थियो ।

तर, डिभिजन ‘टु’को प्रतियोगिता हुन नपाउँदै सन् २०१५ मा हुने विश्वकपको लागि न्यूजिल्यान्डमा सम्पन्न छनोट प्रतियोगिता विश्व क्रिकेट लिग च्याम्पियनसिपमा पुछारको दुई स्थानमा रहेपछि नेपाल र युगान्डा डिभिजन ‘थ्री’मा झरेका थिए । यो पटक दुबै टोलीलाई डिभिजन ‘टु’मै रहने वा त्योभन्दा माथि उक्लने अवसर मिलेको छ ।

डिभिजन ‘टु’ प्रतियोगिता आगामी जनवरी १७ तारीखबाट नामिबियामा हुनेछ । उक्त प्रतियोगितामा नेपाल र युगान्डासहित केन्या, नामिबिया, नेदरल्यान्ड्स र क्यानडा सहभागी हुनेछन् । 

Wednesday, October 29, 2014

२१औं फिफा बिश्वकपको लोगो सार्बजनिक

आगामी सन २०१८ मा रूसमा आयोजना हुने २१औं फिफा बिश्वकपको लोगो सार्बजनिक भएको छ।

मंगलबार साँझ आयोजक राष्ट्र रुसले राजधानी मस्कोमा २०१८ को बिश्वकप फुटबलको आधिकारिक लोगो सार्बजनिक गरेको हो।

सार्वजनिक गरिएको लोगोमा रुसको कलात्मक परम्परा, समृद्ध इतिहास र नविनतम् उपलब्धिहरुलाई समेटिएको छ।

चार वर्षपछि हुने २१औ संस्करणमा रुसले, इङल्याण्ड, स्पेन पोर्चुगल, नेदरल्याण्डस् र बेल्जियमलाई पछि पार्दै पहिलो पटक बिश्वकप आयोजना गर्ने अवसर पाएको हो।२०१८ को बिश्वकप रुसको बिभिन्न ११ शहरमा आयोजना गर्नेछ।

Saturday, August 30, 2014

प्रशिशक पुबुदु दासानायकले फेरी नेपाली क्रिकेट समाल्ने

 
 नेपाली राष्ट्रिय क्रिकेट टोली सम्हाल्न श्रीलंकन मुलका क्यानेडियन प्रशिक्षक पुबुदु दासानायके आज काठमाडौं फर्किएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले आर्थिक कारण देखाउँदै करार अवधि थप्न अस्वीकार गरेपछि पुबुदु झन्डै तीन वर्षको नेपाल बसाइ सकेर क्यानाडा फर्किएका थिए ।

तर, नेपाल सरकारले पुबुदुलाई फर्काउन आवश्यक व्यवस्था मिलाएपछि उनि  फेरि नेपाली टोलीको बागडोर सम्हाल्न काठमाडौं आइपुगेका हुन् । युवा तथा खेलकुद मन्त्रालयबाट बोलावट आएपछि पुबुदु काठमाडौं फर्किएको बताइएको छ ।

पुबुदुलाई नेपाल फर्काउनेबारे क्रिकेट संघले भने औपचारिक निर्णय गर्न सकेको थिएन ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरुमाझ कुराकानी गर्दै पुबुदुले नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले बोलाएपछि आफू काठमाडौं आएको जानकारी दिए । नेपाल अहिले डिभिजन ‘थ्री’को तयारीमा रहेकोले यसैमा आफ्नो ध्यान केन्द्रित हुने पुबुदुको भनाइ छ ।

पुबुदु काठमाडौं आइपुगेपछि एसियाड र डिभिजन ‘थ्री’ क्रिकेटको तयारीमा रहेको नेपाली राष्ट्रिय टोलीमा आत्मविश्वाश बढेको छ । एसियाड र डिभिजन ‘थ्री’को तयारीको लागि यही शनिबारबाट बन्द प्रशिक्षण सुरु हुँदैछ ।

२०६८ साल आश्विनमा पहिलो पटक नेपाल आएका दासानायकेलाई क्यानले अन्तिम पटक तीन महिना मात्रै करार थपेको थियो । क्यानले दासानायकेलाई बिदा गर्ने निर्णय गरेलगत्तै युवा तथा खेलकुद मन्त्रालयले खर्च ब्यहोर्ने गरी दासानायकेको सम्झौता थप्ने बताएको थियो ।

दासानायकेको प्रशिक्षणमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले एक दिवसीय विश्वकपको छनोट प्रतियोगिता खेलेको थियो भने बंगलादेशमा भएको ट्वेन्टी–२० विश्वकप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेको थियो । 

Tuesday, August 19, 2014

सामाजिक संजाल मा वायरल बन्दै गरेको एउटा चैलेंज वीडियो .( Ice Bucket Challenge)...

के  तपाईले आजकल बरफले भरिएको बाल्टीन ख़ानएको वीडियो सामाजिक संजाल मा शेयर भएको देख्नु भएको छ | देख्नु भएको छ भने  , यो एउटा वीडियो मात्र नभएर , चैरिटी डोनेशन उठाउने एउटा नया खेल हो भन्ने भुज्नुहोस्|

बर्फ ले भरिएको बाल्टीन चैलेंज , यो एउटा येस्तो चैलेंज हो जसमा टाउको बाट बर्फले भरिएको बाल्टीन खनाइन्छ | यो अहिले सामजिक संजाल मा एकदमै वायरल चैलेंज बनेको छ |
यस चैलेंज मा सभागिता जनाउने मान्छेले आफ्नो शिर बाट बर्फ पानी हाल्दछ र साथै वीडियो  फ़लिम पनि बनाउद  छ |

वीडियो फ़लिम बनाईसके पछि सभागिता जनाएको मान्छे ले सोहि वीडियो सामाजिक संजालमा राखी आफ्नो ३ जाना साथी लाई चैलेंज गर्दछ | २४ घन्टा भित्र चैलेंजमा निमत्रण पाएका साथीहरु ले पनि सोहि अनुसारको वीडियो नारखेको खंड मा  ALS एसोसिएशन लाई  $१०० डोनेशन को रुपमा दिनु पर्ने र साथै चैलेंज पूरा गरे का सबहीकर्मी ले चाही जम्मा $१० डोनेशन को रूप मा दिनु पर्ने सामान्य नियम रहेको छ |

यो बर्ष थुप्रै सेलिब्रिटी र ठूलो हस्तीहरुले पनि चलेंगे सुईकार गारी आफ्नो वीडियो सामाजिक संजाल मा राखेका थियो |यो बर्ष चाही $१५.६ मिलियन डोनेशन को रूपमा संकलन भएको छ |

वीडियो हेर्ने को लगी तल को लिंक मा जनुहोस् |

Thursday, July 24, 2014

भर्खर समाप्त भएको बिश्वकपको आधारमा फिफा द्वारा ड्रिम टिमको घोषणा

 

  ब्राजिलमा सम्पन्न विश्वकप फुटवलको प्रदर्शनको आधारमा विश्व फुटवल महासंघ फिफाको वेवसाइट फिफा डटकमका क्लब सदस्यहरुले जुन महिनाको २७ देखि जुलाईको १३ तारिखसम्मको खेलको आधारमा छनोट गरिएको फिफा ड्रिम टिमको उत्कृष्ट ११ जना खेलाडीमा जर्मनी र ब्राजिलका ४/४ सहित अर्जेन्टिनाका २ र कोलम्बियाका १ जना खेलाडी परेका छन् ।

फिफाका सबै क्लब सदस्यहरुको रोजाईलाई एकीकृत गरी ड्रिम टिम सार्वजनिक गरिएको हो । ड्रिम टिममा जर्मन गोलकिपर म्यानुअल निउर, डिफेन्डर म्याट्स ह्युमेल्स, मिडफिल्डर टोनी क्रुस र स्ट्राइकर थोमस मुलर परेका छन् । ड्रिम टिममा ब्राजिलका कप्तान डिफेन्डर थिएगो सिल्भा, डेविड लुइज, मार्सेलो र चर्चित युवा स्ट्राइकर नेयमार परेका छन् ।

त्यस्तै, अर्जेन्टिनाका स्ट्राइकर लियोनेल मेसी र मिडफिल्डर एन्जेल डि मारिया पनि ड्रिम टिममा परेका छन् । गोल्डेन बुट विजेता कोलम्बियाका जेम्स रोड्रिगेज पनि ड्रिम टिममा छन् । ड्रिम टिममा पर्न सफल खेलाडीलाई बिभिन्न पुरस्कारको पनि ब्यवस्था गरिएको छ । यस्तै,प्रशिक्षक जर्मन प्रशिक्षक जोचिम लो छानिएका छन् ।

Saturday, July 19, 2014

अब जर्मनीको टिमलाई स्वेन्सटिगरले कप्तानी गर्ने सम्भावना

 

कप्तान फिलिप ल्ह्यामले संन्यास लिएसँगै विश्वकप विजेता जर्मनीलाई अब कसले नेतृत्व गर्छ भन्ने जिज्ञासा बढेको छ। वर्तमान उपकप्तान बास्टियन स्वेन्सटिगरको सम्भावना बलियो छ। प्रशिक्षक जोचिम लोयले नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गर्नेमा ध्यान दिए थोमस मुलर र मेट्स ह्युमेल्समध्ये एकको सम्भावना बढी रहने जनाइएको छ।

एक साता अघिमात्र जर्मनीलाई विश्वविजेता बनाएर कप्तान र खेलाडी दुवै रूपमा चर्चा पाएका ३० वर्षीय ल्ह्यामले शुक्रबार अन्तर्राष्ट्रिय फुटबलबाटै संन्यासको घोषणा गरेर धेरैलाई आश्चर्यमा पारेका थिए। जर्मनीले फाइनलमा अर्जेन्टिनालाई १-० गोलले हराएर २४ वर्षपछि र समग्रमा चौथोपटक विश्व विजेता भएको थियो।


मिडफिल्डर स्वेन्सटिगर यस यात्रामा अभिन्न अंग बनेका थिए। उनको प्रदर्शन उच्च रहेको थियो। ल्ह्याम र स्वेन्सटिगर उमेरले पनि समान खेलाडी थिए। ल्ह्यामपछि टोलीको नेतृत्व गर्ने जिम्मा यिनै मिडफिल्डरले पाउने गरेकाले स्वेन्सटिगर कप्तानको निर्विकल्प दाबेदार रहेको पूर्वकप्तान लोथार म्याथुस बताउँछन्। 'धेरै लामो समयका लागि सोचिरहन पर्दैन। स्वेन्सटिगर टोलीको दोस्रो रोजाइका कप्तान थिए। अब ल्ह्यामले छाडेपछि उनी निर्विकल्प भएका छन्', सन् १९९० को विश्वकप जर्मनीले जित्दा कप्तान रहेका म्याथुस भन्छन्।

आगामी अगस्त १ देखि उमेरले ३० वर्ष टेक्न लागेको स्वेन्सटिगरले जर्मनीका लागि एक सय आठवटा अन्तर्राष्ट्रिय खेलमा प्रतिनिधित्व गरेका थिए। पछिल्ला केही वर्ष उनी चोटग्रस्त भएकाले स्वाभाविक लयमा नदेखिए पनि उनको मेहनत भने कम थिएन। जर्मनीका चर्चित खेलाडी कार्ल हैन्ज रुम्मेनिज ल्ह्यामका उत्तराधिकारी हुन सजिलो नभएको बताउँछन्। 'खेलाडी र कप्तान दुवै जिम्मेवारीमा ल्ह्यामले जसरी आफूलाई प्रस्तुत गरे, ठिक त्यस्तै चरित्र निर्वाह गर्न अन्य खेलाडीलाई सजिलो हुनेछैन। ल्ह्याम एक सामान्य व्यक्तिका रूपमा राम्रा थिए', रुम्मेनिजले भने।

'टोलीमा तिमीलाई सधैं सम्झिरहनेछौं, साथी। तिमीसँग बिताएको समय कहिल्यैं बिर्सने छैन', फिलिपले संन्यास घोषणा गरेपछि स्वेन्सटिगरले ट्विटरमार्फत उनलाई आगामी जीवनको सफलताका लागि शुभकामना दिए। स्वेन्सटिगर र ल्ह्यामले राष्ट्रिय टोलीमा एकै वर्ष डेब्यु गरेका थिए। स्वेन्सटिगरले राष्ट्रिय टिमका लागि एक सय आठ खेलमा २३ गोल गरेका छन्।

प्रशिक्षक लोयले आगामी सेप्टेम्बरमा सुरु हुने युरोकप छनोटअघि नै कप्तानको घोषणा गर्नेछन्। युवा खेलाडीद्वय मुलर र ह्युमेल्सको प्रदर्शन पनि उच्चस्तरको भएकाले लामो समयका लागि नेतृत्व तयार गर्न लोयले कम उमेरका खेलाडीलाई पनि छान्न सक्ने सम्भावना रहेको बताइन्छ। मुलर, स्वेन्सटिगर र ल्ह्याम व्यावसायिक फुटबलमा एउटै क्लब बायर्न म्युनिखबाट खेल्ने गर्छन्।


२० वर्षपछि फिफा वरीयताक्रममा शीर्षस्थानमा पुगेको जर्मनीसामु यसलाई जोगाई राख्नुपर्ने चुनौती छ, तर नेतृत्व परिवर्तनसँगै यो चुनौतीपूर्ण बनेको छ। सन् २०१० को विश्वकप पूर्वसन्ध्यामा प्रशिक्षक लोयले ल्ह्यामलाई कप्तानको जिम्मेवारी दिएका थिए। ल्ह्यामले संन्यासका लागि उपयुक्त समय आएको भन्दै अन्तर्राष्ट्रिय फुटबल नखेल्ने निर्णय गरेका हुन्। सन् २००४ मा उनलाई राष्ट्रिय टिममा डेब्यु गराएका प्रशिक्षक रुडी भोलरले ल्ह्यामले कम्तीमा सन् २०१८ को विश्वकपसम्म टोलीको कप्तानी गर्नुपर्ने बताउनुले पनि ल्ह्याम जर्मनीका लागि कत्ति महत्त्वपूर्ण छन् भन्ने प्रस्ट हुन्छ। -एजेन्सी


    Wednesday, July 16, 2014

    बिश्वकप फाईनलका हिरो मारिओ गोट्ज़ेको नेपालमा सहयोग

     हालै सम्पन्न विश्वकप फुटबलमा जर्मनीलाई जिताउने खेलाडी मारियो गोएट्ज अहिले संसारभर चर्चित छन्। विश्वकप फाइनलको अतिरिक्त समयमा उनले निर्णायक गोल गरेका थिए। यो गोलले उनलाई एकाएक 'हिरो' बनायो। यिनै मारियोले नेपालमा पढ्न नपाएका बालिकाका लागि गरिरहेको लगानीबारे भने धेरैलाई थाहा छैन।

    मारियोले तीन महिनायता पश्चिम नेपालका मुक्त कमलरी बालिकालाई पढ्न सहयोग गरिरहेका छन्। दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका मुक्त कमलरीलाई पढाउने र सीप सिकाउने प्लान नेपालको परियोजनामा उनले सघाइरहेका छन्।

    कमलरीका बारेमा सुनेपछि मारियोले आफू सहयोगका लागि उत्साहित भएको प्रतिक्रिया दिएका थिए। 'कमलरीको समस्या सुनेपछि उहाँ प्लानमार्फत नेपालमा बालबालिकाका लागि सहयोग गर्न तयार हुनुभएको हो', प्लान नेपालका सञ्चार संयोजक श्रीराम केसीले भने।

    प्लान नेपालले सञ्चालन गर्ने परियोजनालाई धेरै जर्मन नागरिकले सहयोग गरिरहेका छन्। जर्मनीमा आयोजित छलफलमा प्लानका अधिकारीले मारियोसहित धेरै सहयोगीसमक्ष कमलरीका समस्या सुनाएका थिए। त्यसैबेला मारियोले सहयोग गर्न इच्छा देखाएका हुन्।

    मारियोसहित अन्य जर्मन दाताको सहयोगमा मुक्त कमलरी बालिकालाई स्कुल पठाउने, बढी उमेरकालाई सीप सिकाउने तथा टुहुराका लागि होस्टेलमै राखेर पढाउने कार्यक्रम सञ्चालन गरिएको छ। पाँचवर्षे यो परियोजनामा कमलरीलाई शिक्षा र सीप सिकाउँदै आत्मनिर्भर बनाउने लक्ष्य राखिएको छ।

    मारियोले भियतनाम, कम्बोडिया र सेनेगलका तीन बालिकालाई आफ्नै खर्चमा पढाउँदै आएका छन्। प्लान इन्टरनेसनल जर्मनीका अनुसार फिलिपिन्स, ब्राजिल र बुक्रिनाफासोका बालिकालाई उनको सहयोग छ। ब्राजिलमा भने बालिकाको फुटबल सीपमा उनले सहयोग पुर्याइरहेका छन्। नेपालबाट सुरु भएको 'चिल्ड्रेन निड फ्रेन्ड' (बालबालिका साथी चाहन्छन्) अभियान संसारका ८२ देशमा छ।

    केसीका अनुसार प्लान इन्टरनेसनल जर्मनीका प्रतिनिधि नेपाल भ्रमणमा आउँदा बालिकामाथि विभेद देखेपछि यस्तो अभियान संसारभर थालिएको हो। प्लानले त्यही नारालाई आफ्नो आधिकारिक नाराका रूपमा प्रयोग गर्दै आएको छ।

    प्लान नेपालका अधिकारीले मारियोले आफ्नो सहयोगका कार्यक्रम हेर्ने इच्छा देखाए तत्काल नेपाल आउने व्यवस्था मिलाउन सकिने बताए। पहिलोपटक विश्वकपमा खेलेका २२ वर्षीय मारियो बायर्न म्युनिख क्लबबाट फुटबल खेल्छन्।

    मेस्सीलाई गोल्डेन बल दिनु अनुचित : म्याराडोना

     अर्जेन्टिनाका पूर्व फुटबल स्टार डिएगो म्याराडोनाले लियोनेल मेसीलाई विश्वकप फूटबलमा उत्कृष्ट खेलाडीका रुपमा गोल्डेन बल दिनु अनुचित भएको टिप्पणी गरेका छन् ।

    मेसी निकै राम्रा खेलाडी भएपनि चालु विश्वकपमा मेसीको प्रदर्शनपछि गोल्डेन बल दिनु अनुचित रहेको भन्दै उनले फिफाको आलोचना गरेका हुन् । विश्वकपको फाइनलमा जर्मनीसंग १–० ले पराजित भएको अर्जेन्टिनी टिमका कप्तान तथा फरवार्ड मेसीलाई उत्कृष्ट खेलाडी घोषित गर्दै फिफाले गोल्डेन बल प्रदान गरेको थियो । विश्वकपमा गोल्डेन बल र गोल्डेन ग्लोभ्स पाउने खेलाडीको अवार्ड छनोटको जिम्मा फिफाको प्राविधिक अध्ययन समूहले गर्छ ।

    म्याराडोनाले सात खेलमा चार गोल गरेका मेसीले नकआउट चरणमा राम्रो प्रदर्शन नगरेको भन्दै उनलाई गोल्डेन बल दिने निर्णय फिफाको बजारीकरण योजना मात्रै भएको टिप्पणी गरेका छन् । गोल्डेन बुट प्राप्त गरेका कोलम्बियाका जेम्स रोड्रिगेज नै गोल्डेन बलका पनि हकदार रहेको उनको भनाई छ ।

    यस्तै फिफाका अध्यक्ष सेप ब्लाटरले पनि उत्कृष्ट खेलाडीको अवार्ड मेसीले पाउँछन् भन्ने आफूले अपेक्षा नगरेको भन्दै उनले पुरस्कार पाउँदा आफू आश्चर्यचकित भएको प्रतिक्रिया दिएका छन् । ‘मेसी उत्कृष्ट खेलाडीको पुरस्कार लिन आएको देखेर म अचम्ममा परेँ’ उनले भनेका छन् । मेसीले समूह चरणमा ४ गोल गरेका कारण उनलाई गोल्डेन बल दिइएको हुन सक्ने ब्लाटरले बताए ।

    बार्सिलोनाका २७ वर्षिय स्टार मेसी आफैले पनि विश्वकप फुटबलको फाइनलमा जर्मनीसँग हारेपछि गोल्डेन बलको कुनै अर्थ नरहेको प्रतिक्रिया दिएका छन् । विश्वकपको उपाधी जित्ने मौकाका रुपमा पेनाल्टीको एकदम नजिक पुगेर पनि हारेकोमा आफू निकै चिन्तित रहेको भन्दै उनले गोल्डेन बलका बारेमा आफूलाई कुनै वास्ता नरहेको बरु मौका खेर फालेकोमा निकै दुखी रहेको बताए ।


    Tuesday, July 15, 2014

    बिश्वकप फाईनलका हिरो गोट्जे र उनले प्राप्त गरेको कठिन अवस्थाको सफलता


              जर्मनीका मारियो गोट्जेले विश्वकप   फाइनलमा विजयी गोल गर्नुलाई बायर्न म्युनिख सरुवापछिको कठिन पहिलो सिजन बिर्साउने मीठो स्मरणमा बयान गरेका छन्। कलिलो अनुहारका २२ वर्षे फरवार्डले १ सय १३औं मिनेटमा आन्द्रे सुरलको क्रस छातीले नियन्त्रणमा लिएर बायाँ खुट्टाले भलीमार्फत उत्कृष्ट पारामा गोल गरेका थिए। 

    'अहिले आफैलाई अपत्यारिलो अनुभव भइरहेको छ,' माराकाना रंगशालामा विजयी गोल ठोकेका गोट्जेले भने, 'के भन्ने मलाई नै थाहा छैन। गोल गरेँ, त्यसपछि के भयो, के भयो। विश्वकप जित्ने पूरा देशको सपना थियो। अझ ब्राजिलमा जित्नुको खास अर्थ रहन्छ।'


    अतिरिक्त समय सुरु हुन दुई मिनेट बाँकीमा कीर्तिमानी भेट्रान स्ट्राइकर मिरोक्लाभ क्लोजलाई स्थानान्तरण गर्दै गोट्जे मैदान छिरेका थिए। जर्मनीका लागि ३५औं खेलमा उनको त्यो ११औं गोल हो। अमेरिकी भूमिमा आठौं पटकको प्रयासमा जर्मनीलाई उपाधि जित्ने पहिलो युरोपेली टोली बनाउँदाका नायक फाइनलको म्यान अफ द म्याच भए। 
    बायर्नका खेलाडीमा देशलाई उपाधि जिताउनेमा उनी ग्रेड मुलरको समकक्षमा पुगेका छन्। मुलरले १९७४ को विश्वकप फाइनलमा पश्चिम जर्मनीका लागि विजयी गोल गरेका थिए। तर गोट्जे भने पेप ग्वार्डिओलाको स्टार खेलाडीले भरिपूर्ण बायर्नको टोलीमा पहिलो रोजाइका लागि पूरा सिजन संघर्ष गरेर ब्राजिल आएका हुन्।
    आठ वर्षको उमेरदेखि आबद्ध बोरुसिया डर्टमन्डबाट दुईपटक जर्मन बुन्डेसलिगा जितेका गोट्जे २०१३ को अप्रिलमा ३ करोड ७० लाख युरोमा बायर्नतिर लागेपछि बोरुसिया समर्थकमाझ निकै अलोकप्रिय छन्। 
    बायर्नमा पनि पहिलो सिजनमा नियमित पहिलो रोजाइ नपाएका कारण उनको करिअरले गति लिन सकेको छैन। तथापि उनले टोलीका लागि बितेको सिजनमा १५ गोल गर्नुका साथै १४ गोललाई अवसर मिलाएका थिए। 'बितेको सिजन र यो प्रतियोगिता मेरा लागि सहज थिएन। तर म अहिले आफ्नो परिवार र प्रेमिका (मोडल एन क्याथरिन ब्रोमेल) लाई सफलताको जस दिन चाहन्छु। उनीहरूले ममाथि सधैं विश्वास गरे,' गोट्जेले भने, 'कठिन अवस्थामा आएको सफलताको स्वाद झन विशेष हुँदोरहेछ। अहिले हामी विश्व च्याम्पियन बनेका छौं। अब अझै मिहिनेत गर्न यसले प्रेरणा पनि दिएको छ।'


    जर्मनीको जर्सीमा उनी पहिलोपल्ट २०११ अगस्टमा ब्राजिलविरुद्धको मैत्रीपूर्ण खेलमार्फत चम्किएका थिए। जर्मनीले ३–२ को विजय पाएको खेलमा ब्राजिली स्टार नेइमारलाई छायाँमा पार्दै गोट्जेले ६७औं मिनेटमा गोल गरेका थिए। सोमबार फाइनलमा गोल गरेपछि ब्राजिलमा उनको औसत प्रदर्शन छायाँमा पर्योम। सेमिफाइनलमा ब्राजिललाई ७–१ ले हराउँदा उनी बेन्चमा थिए। पोर्चुगलमाथि ४–० को जित पाउँदा उनको प्रदर्शन सामान्य थियो। घानासँग २–२ को बराबरी नतिजा निकाल्दाको अर्को समूह चरण खेलमा जर्मनीलाई पहिलो गोल गरेर अग्रता दिलाएका उनी ६९औं मिनेटमा चोटका कारण मैदान बाहिर निकालिए। अमेरिकालाई १–० ले हराएको समूह चरणको अन्तिम खेलमा पनि प्रशिक्षक जोचिम लोउले अन्तिम १४ मिनेटमात्र उनलाई वैकल्पिक खेलाडीको जर्सीमा मैदान छिराए। अन्तिम १६ मा अतिरिक्त समयसम्म मिहिनेत गर्दै अल्जेरियामाथि २–१ को विजय पाउँदा पहिलो हाफमात्र खेलेका उनी क्वार्टरफाइनलमा फ्रान्सलाई हराउँदा पनि अन्तिम ७ मिनेटमात्र मैदानमा थिए।


    Monday, July 14, 2014

    भर्खरै सम्पन्न भएको बिश्वकप २०१४ मा चम्केका फुटबलका हस्तीहरु

    विश्वकपमा सर्वोत्कृष्ट प्रदर्शन गरेका अर्जेन्टिनी कप्तान लियोनल मेसीले गोल्डेन बल जितेका छन् । टीमले जितेका चार खेलमा लगातार म्यान अफ दी म्याच भएका मेसीले ४ गोल गरेका थिए । उनको नाममा एक एसिष्ट पनि छ ।
    मेसीले बोस्निया हर्जगोभिना र इरानविरुद्ध १/१ नाइजेरियाविरुद्ध २ गोल गरेका थिए । हरेक खेलमा उनले गरेको प्रदर्शनले टीमको बनोबल बढाएको थियो ।उत्कृष्ट गोलकिपरलाई दिइने गोल्डेन ग्लोबको पुरस्कार जर्मनीका म्यानुयल नेयुरले जिते । बायर्न म्युनिखका गोलकिपर नेयुरले ७ खेलमा ४ गोल मात्र खाए । बेलाबखत डिफेण्डरले गर्ने भुमिका पनि निभाएका २८ वर्षीय नेयुरले धेरैको मन जिते ।
    विश्वकपमा उत्कृष्ट युवा खेलाडीको अवार्ड भने फ्रान्सका २१ बर्षीय मिडफिल्डर पाउल पोग्वाले पाएका छन् । टीमलाई क्वाटरफाइनलसम्म पुर्याउन महत्वपूर्ण भुमिका खेलेका पोग्वाले रिक्वाटरफाइनलमा नाजेरियाविरुद्ध गोलको खडेरी तोड्दै फ्रान्सलाई जीततर्फ धकेलेका थिए । फ्रान्सले खेलेका सबै खेलमा प्रभाव जमाएका पोग्वाले स्वीट्जरल्याण्डविरुद्ध एसिष्ट गरेका थिए ।

    सर्वाधिक गोल गरेका २२ बर्षीय कोलम्बियन स्टार जेम्स रेड्रिग्वेजले गोल्डेन बुट हात पारेका छन् । उनले हरेक खेलमा गोल गर्ने क्रममा ६ गोल गरेका थिए भने २ गोलमा सहयोगीको भुमिका निभाए । उनले जापान, आइभरी कोष्ट, ग्रीस, उरुग्वे र ब्राजिलविरुद्ध गोल गरेका थिए ।
    जेम्स रेड्रिग्वेजको टीम कोलम्बियाले ‘फेयर प्ले’को अवार्ड हात पारेको छ । ५ खेल खेल्ने क्रममा कोलम्बियाले ५ वटा मात्र पहेलो कार्ड बेहोेरेको थियो ।
    जर्मनीमा थोमस मुलरले सिल्भर र नेदरल्याण्ड्सका आर्जेन रोबेनले ब्रोन्ज बल प्राप्त गरे । त्यस्तै, ५ गोल र ३ असिष्ट गरेका मुलरले नै सिल्भर बुट प्राप्त गर्दा आयोजक टोली ब्राजिलका नेयमारले ४ गोल र १ एसिष्ट गर्दै ब्रोन्ज बुट हात पारे ।

    Sunday, July 13, 2014

    जारी बिश्वकपमा उपाधि जित्नेले पाउने पुरुस्कार कति र अन्य राष्ट्रहरुले पाउने रकमको विवरण

     अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले यो विश्वकपमा ५७ करोड ६० लाख अमेरिकी डलर नगद पुरस्कार बाड्दै छ ।

    विश्वकप विजेता टिमले ३ करोड ५० लाख अमेरिकी डलर पाउने छ ।

    दोश्रो हुने टिमले २ करोड ५० लाख अमेरिकी डलर पाउने छ भने चौथो भएको आयोजक ब्राजिलले २ करोड अमेरिकी डलर तथा तेश्रो भएको नेदरल्याण्ड्सले २ करोड २० लाख अमेरिकी डलर पाउने छन् । विश्वकपको पुरस्कार रकम सम्बन्धित देशका फुटबल संघले आफू खुसी खर्च गर्न पाउने छन् ।

    यस्तै विश्वकप खेलेर समूह चरणबाटै बाहिरिएका १६ टिमले समान ८० लाख अमेरिकी डलर पाउने छन् । प्रिक्वाटर फाइनलबाट बाहिरिएका ८ टिमले भने ९०–९० लाख अमेरिकी डलर पाउने छन् । यस्तै क्वाटर फाइनलबाट बाहिरिएका ४ टिमले समान १ करोड ४० लाख पाएका छन् । यस्तै विश्वकपमा सहभागी ३२ वटै टिमले सुरुमा तयारी खर्च वापत १५–१५ लाख अमेरिकी डलर पाएका थिए । यो रकम सन् २०१० को तुलनामा तीन गुणा बढी हो ।

    ५७ करोड ६० लाख अमेरिकी डलर मध्येबाट फिफाले विश्वकपमा सहभागी भएका सबै ७ सय ३६ जना खेलाडी आवद्ध क्लवलाई पनि रकम दिएको छ । ४ वर्षअघिको विश्वकपमा क्लवका लागि ४ करोड अमेरिकी डलर छुटएको फिफाले यो विश्वकपमा भने क्लवका लागि ७ करोड अमेरिकी डलर छुट्याएको छ ।

    कुन क्लवका कतिजना खेलाडी कति दिन विश्वकपमा व्यस्त भए त्यो अनुपातमा फिफाले क्लवहरुलाई रकम दिएको छ (एउटा क्लवले आफ्ना १ जना खेलाडीले विश्वकपमा व्यस्त भएको एक दिनको २८ सय अमेरिकी डलर पाउँछ । यो रकम क्लव र खेलाडीबीच बाँडिन्छ ।)

         क्लवहरुले पाएको रकमलाई पनि पुरस्कार रकममा जोड्दा फिफाले विश्वकपमा वितरण गर्ने रकम भने ५७ करोड ६० लाख हुन आएको हो । र यो सन् २०१० को विश्वकपको तुलनामा ३७ प्रतिशत बढी हो I 

    ब्राजिलले फाईनलमा २५ हजार सुरक्षाकर्मी परिचालन गरिने

        विश्वकपको फाइनलका लागि ब्राजिलमा २५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने भएको छ। ब्राजिलको इतिहासमा कुनै पनि गतिविधि हुँदा परिचालन गरिएको यो सबैभन्दा बढी सुरक्षाकर्मीको संख्या हो। विश्वकपको फाइनल खेल हुने रियो दे जेनेरियोका सुरक्षा सचिव जोसे मारियानो बेल्ट्रान्सले फाइनल खेलका क्रममा कम्तीमा १० हजार सेना पनि परिचालन गरिने भएको छ।

    'हामीले फाइनललाई ध्यानमा राखी ब्राजिलको इतिहासमै सबैभन्दा बढी सुरक्षाकर्मी परिचालन गर्न लागेका छौं', उनले भने। अर्जेन्टिना र जर्मनीबीच हुने विश्वकपको फाइनल खेल हेर्न करिब ७५ हजार दर्शक रंगशालामा उपस्थित हुने अनुमान गरिएको छ। विश्वकपको समापन समारोह पनि हुने भएकाले रंगशालामा विभिन्न राष्ट्रका विशिष्ट पाहुनाको पनि उपस्थिति रहनेछ। -एजेन्सी

    - See more at: http://annapurnapost.com/en/news/WorldCup2014/10330/%E0%A4%AC%E0%A5%8D%E0%A4%B0%E0%A4%BE%E0%A4%9C%E0%A4%BF%E0%A4%B2%E0%A4%95%E0%A5%8B-%E0%A4%87%E0%A4%A4%E0%A4%BF%E0%A4%B9%E0%A4%BE%E0%A4%B8%E0%A4%AE%E0%A5%88-%E0%A4%B8%E0%A4%B0%E0%A5%8D%E0%A4%B5%E0%A4%BE%E0%A4%A7%E0%A4%BF%E0%A4%95-%E0%A4%B8%E0%A5%81%E0%A4%B0%E0%A4%95%E0%A5%8D%E0%A4%B7%E0%A4%BE%E0%A4%95%E0%A4%B0%E0%A5%8D%E0%A4%AE%E0%A5%80.htm#sthash.afZs50C7.dpuf

    Friday, July 11, 2014

    बिश्वकपमा नियम तोडे बापत फिफा द्वारा अर्जेन्टिना कारबाहीमा


    प्रतियोगिताका क्रममा देखाएको व्यवहारको भ्रत्सना गर्दै फिफाले अर्जेन्टिनालाई ३ लाख स्वीस फ्र्याँक अर्थात झण्डै ३ करोड २५ लाख नेपाली रुपैयाँ बराबरको आर्थिक जरिवाना गरेको छ ।

    विश्वकप फुटबलका नीति नियम तोडेको भन्दै फिफाको अनुशासन समितिले अर्जेन्टिनाको फुटबल संघलाई ३ लाख स्वीस फ्र्याँक जरिवाना गर्ने निर्णय गरेको हो । खेलपछिको पत्रकार सम्मेलनमा टिमका मुख्य प्रशिक्षक र एक जना खेलाडी उपस्थित हुनु पर्नेमा मुख्य प्रशिक्षक मात्र उपस्थित भएर अर्जेन्टिनाले नियम तोडेको फिफाको दावी छ ।

    समूह चरणमा अर्जेन्टिनाले नाइजेरिया, स्वीट्जरल्याण्ड र बेल्जियमसँगको खेलपछिको पत्रकार सम्मेलनमा अर्जेन्टिनाका प्रशिक्षक अलेजेन्द्रो साबेला मात्र उपस्थित थिए  । यस्तै सेमिफाइनलमा नेदरल्याण्डलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराएपछि पनि कुनै खेलाडी पत्रकार सम्मेलनमा उपस्थित भएका थिएनन् । खेलको पूर्वसन्ध्यामा र खेल लगत्तै हुने पत्रकार सम्मेलनमा प्रशिक्षकका साथमा टिमका एक जना खेलाडी पनि उपस्थित हुने पनि व्यवस्था छ । अर्जेन्टिनाले विश्वकपको फाइनलमा आइतबार राती जर्मनीसँग खेल्दै छ  ।

    क्रिकेटर नभएको भए आर्किटेक इन्जिनियर बन्थें हुँला : पारस खड्का

     'म क्रिकेटर नभएको भए आर्किटेक इन्जिनियर बन्थें हुँला', आफूसँग सोधिएको एक प्रश्नको जबाफमा नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले यस्तो जबाफ फर्काए। भारतीय राजदूतावास र बीपी कोइराला इन्डो-नेपाल फाउन्डेसनद्वारा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा एक सहभागीले 'तपाईं क्रिकेटर नभएको भए के बन्नुहुन्थ्यो होला?'' भनी सोधेको प्रश्नमा पारसले यस्तो जबाफ फर्काएका हुन्।

    नेपाल-भारत लाइब्रेरीमा आयोजित उक्त कार्यक्रममा कप्तान पारसले आफू सानो हुँदा एक दिन राष्ट्रिय क्रिकेटर बन्छु भनेर कल्पनासम्म नगरेको बताए। 'मसँग ठूलो सपना थियो तर सानो हुँदा मैले एक दिन राष्ट्रको जर्सी लगाएर क्रिकेट खेल्छु र राष्ट्रिय टोलीको कप्तान बन्छु भनेर कल्पनासम्म गरेको थिइनँ', उनले भने। उनले आफूलाई अहिलेको स्थितिसम्म पुग्न शुभेक्षा दिने सबै नेपालीप्रति अभार पनि प्रकट गरे।

    नेपालमा क्रिकेट खेल निकै लोकप्रिय बन्दै गएको बताउँदै उनले भर्खरै बंगलादेशमा नेपालले टीट्वेन्टी विश्वकप खेल्नु यसको उदाहरण भएको धारणा राखे। नेपालले क्रिकेटमा राम्रो प्रगति गरिरहे पनि ठूला अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि तयारी गर्न आफूहरूले अझ धेरै कुरा सिक्न बाँकी रहेको उनले बताए। 'हामीले भर्खरै टीट्वेन्टी विश्वकप खेल्यौं। यो प्रतियोगिताले नेपाली क्रिकेटमा चुनौती पनि थपेको छ', उनले भने।

    पारसले नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेटमा महत्त्वपूर्ण उपलब्धि दिलाउने प्रशिक्षक पुबुदु दासानायकेको पदावधि थप्ने निर्णयको स्वागत गर्दै यसका लागि सरकारलाई धन्यवाद पनि दिए। उनले नेपाल क्रिकेट संघ (क्यान) को कार्यशैलीप्रति भने असन्तुष्टि व्यक्त गरे। क्रिकेटको विकास गर्न सरकारसँगै अन्य क्षेत्रको सहयोग पनि आवश्यक रहेको धारणा उनले व्यक्त गरे।


    बिश्वकप फुटबल २०१४को फाईनल खेल्ने दुई राष्ट्रहरुको इतिहास यस्तो छ

     विश्वकप फुटबलको अर्को एउटा संस्करणको फाइनल खेल युरोपियन र लेटिन अमेरिकी राष्ट्रबीच हुने भएको छ । ब्राजिलमा जारी विश्वकप फुटबको २०औं संस्करणको फाइनलमा जर्मनी र अर्जेन्टिना पुगेपछि विश्व फुटबलमा महादेशीय टक्कर फेरि बढेको हो ।

    जर्मनी र अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा एक–आपसमा भिड्न लागेको यो तेस्रो पटक हो । यी
     दुई टोली यसअघि विश्वकपको फाइनलमा दुई पटक भिडिसकेका छन् । जसमध्ये एउटामा अर्जेन्टिना र अर्कोमा जर्मनी विजयी हुँदै उपाधि उचालेका थिए ।

    सन् १९८६ मा मेक्सिकोमा भएको फाइनलमा जर्मनीलाई ३–२ ले हराउँदै अर्जेन्टिनाले उपाधि जितेको थियो भने यसको ४ वर्षपछि सन् १९९० मा इटालीको रोममा भएको फाइनल खेलमा अर्जेन्टिनालाई १–० ले हराउँदै जर्मनीले उपाधि उचालेको थियो ।

    विश्वकपका हालसम्मका १९ संस्करणमध्ये युरोपले १० उपाधि जितेको छ भने दक्षिण अमेरिकाले ९ पटक उपाधि जितेको छ । यसपटक आफ्नै महादेशमा उपाधि जित्दै लेटिन अमेरिका युरोपसँग बराबरी गर्न चाहन्छ भने युरोप विश्व फुटबलमा आफू सबैभन्दा शक्तिशाली भएको अझै प्रष्ट्याउन चाहन्छ ।


    यस्तोमा आइतबार राती रियो दि जेनेरियोमा हुने फाइनल खेललाई दुई देशको भन्दापनि दुई महादेशको भिडन्तको रुपमा हेरिनेछ । फाइनल खेलले विश्व फुटबलका दुई परम्परागत प्रतिद्धन्द्धी अर्जेन्टिना र जर्मनीबीचको सदावहार दुश्मनीलाई नवीकरण गर्नेछ । ब्राजिलमा हुने फाइनल खेलमा अर्जेन्टिनालाई क्षेत्रीय समर्थन र मौसमको साथ मिल्नेछ ।

    उता, जर्मनी भने दक्षिण अमेरिकी माटोमा विश्वकप जित्ने पहिलो युरोपियन राष्ट्र बन्ने अभियानमा छ । आठौं पटक विश्वकपको फाइनलमा प्रवेश गरेको जर्मनी चौथो पटक उपाधि जित्ने लक्ष्यमा छ भने पाँचौ पटक फाइनलमा पुगेको अर्जेन्टिना तेस्रो उपाधिको खोजीमा छ ।


    फाइनल खेलमा जर्मनीका थोमस मुलर र अर्जेन्टिनाका लियोनल मेसी प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडी बन्ने प्रयासमा समेत हुनेछन् । मुलरले ५ गोल गरेका छन् भने मेसीको नाममा ४ गोल रहेको छ । प्रतियोगितामा सर्वाधिक ६ गोल गरेका कोलम्बियाका जेम्स रोड्रिग्वेज गोल्डेन बुटमा मुख्य दावेदार हुन् । 

    'टाइब्रेकरमा हार्नु न्यायोचित थिएन'

    साओ पाउलो– नेदरल्यान्ड्सका प्लेमेकर वेस्ली स्नाइडरले आफ्नो टोली विश्वकपको सेमिफाइनलमा टाइब्रेकरसम्म पुगेर हार्नु न्यायोचित नभएको बताएका छन्।
    'फाइनलका लागि हामी बढी हकदार थियौं,' टाइब्रेकरमा खेर गएका दुईमध्ये एक पेनाल्टीमा गोल गर्न चुकेका स्नाइडरले भने, 'अर्जेन्टिना सुरुदेखि खेल पेनाल्टी सुटआउटमा लैजान चाहन्थ्यो। त्यो उनीहरूको समस्या हो। हामीचाहिँ सुरुमै खेलमा नतिजा निकाल्न चाहन्थ्यौं। म आफैले पेनाल्टी खेर फालेँ, जुन अत्यन्तै लज्जाजनक हो। तर १ सय २० मिनेटबीचमा हामीले सिर्जना गरेका केही अवसर उपयोग गर्न सकेनौं।'
    अर्जेन्टिनाले साओ पाउलोको कोरिन्थियन्स एरिना रंगशालामा निर्धारित तथा अतिरिक्त समयसम्म गोलरहित बराबरीमा टुंगिएको खेलको टाइब्रेकरमा ४–२ को जित पाउँदै आइतबार जर्मनीविरुद्ध हुने फाइनल भिडन्त पक्का गरेको थियो। 
    'यो खेल हो, खेल कठिन हुन्छ भन्ने मलाई थाहा थियो। तर म यसमै अल्भि्कएर बस्ने पक्षमा छैन,' उनले भने, 'मैले पक्कै पनि राम्रो खेलेको थिएँ। तर मैले पेनाल्टी गुमाएँ, हामी खाली हात घर फर्कदैछौं। हामीसँग अझै तेस्रो स्थानको प्लेअफ बाँकी छ। त्यहाँ हामी सान्त्वना हासिल गर्न सक्छौं। हामीले चाहेको खेल त्यो पक्कै थिएन।'

    Thursday, July 10, 2014

    बिश्वो कप फुटबॉल २०१४ को फाइनल गेम को टिके सेकेंडरी मार्किट मा $५,००० देखि $२०,००० सम्म निर्धारित...

    जर्मन र अर्जेंटीना बिश्वो कप फुटबॉल २०१४ को उपाधि को लगी सोमबार बिहना ४ बजे (जापानी समय ) बिड़ंने भएको छ | बिगत १ महीना देखि  बिश्वो को ध्यान आकर्षण  गर्न  सफल यस खेल ले टी.वी  मा मात्र होईना , अहिले  लाखौ फुटबॉल प्रेम र दर्सक हरु  ब्राज़ील को मरकना स्टेडियम तीर  आकर्षित गरिरहेको छ  |
    तर होस गर्नुस ! अहिले सम्म टिकट नलिएका  दर्शक हरुले भने टिकट को दाम परेको मुळ्ये भन्दा २० गुंडा बढ़ी तिर्नु पर्ला |  फाइनल गेम को टिकट अहिले सेकेंडरी मार्किट मा पुर्ण बिक्री को लगी खुलिएको छ जसको मूल्य $५,००० - $२०,००० को हार्हारीमा  आउदछ|
    बिश्वो को केहि ऑनलाइन वेबिस्ते (इ-बे ) ले फाइनल टिकट को मूल्य १२,००० हजार तोकेकोछ|

    इस्मरण रहोस की   यी टिकट का मूल्य फीफा ले $४४०-$९९० को हार्हारीमा राखेको थियो|
    बिरस्तित जानकारी वीडियो मा हेर्नुहोस |


    बिश्वकपमा सर्बाधिक गोलकर्ता बने जर्मनीका मिरोस्लाभ क्लोज

     विश्वकपको मंगलबार राति भएको सेमिफाइनलमा जर्मनीले धेरै पायो, ब्राजिलले भने धेरै गुमायो। जर्मनी ठूलो अन्तरको जितसँगै फाइनलमा त पुग्यो नै, सँगसँगै जर्मनीका भेट्रान स्ट्राइकर मिरोस्लाभ क्लोसले पनि छुट्टै कीर्तिमान बनाए। उनी विश्वकप फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी बने। ३६ वर्षीय क्लोसले ब्राजिलकै पूर्वखेलाडी रोनाल्डोका नाममा रहेको कीर्तिमानलाई आफ्नो नाममा पारेका हुन्।

    ब्राजिलविरुद्ध मंगलबार भएको सेमिफाइनलमा एक गोल गर्दै क्लोसले विश्वकपमा आफ्नो गोलसंख्या १६ पु:याए। ब्राजिल विश्वकप सुरु हुनुअघि क्लोसले विश्वकपमा १४ गोल गरेका थिए। समूहगत चरणको घानाविरुद्धको खेलमा गोल गर्दै उनले रोनाल्डोको कीर्तिमानसँग बराबरी गरेका थिए। आफ्नो कीर्तिमानको बराबरी गर्नासाथ रोनाल्डोले क्लोसलाई बधाई दिएका थिए।

    अन्तर्राष्ट्रिय खेलजीवनको अन्त्यतिर रहेका क्लोसलाई रोनाल्डोको कीर्तिमान तोड्ने यो विश्वकप अन्तिम अवसरका रूपमा थियो। क्वार्टरफाइनलमा फ्रान्ससँग सुरुआती टोलीमा परे पनि उनले गोल गर्न सकेनन्। तर ब्राजिलविरुद्ध उनले २३ औं मिनेटमा गोल गरेपछि रोनाल्डोको कीर्तिमान भंग भयो। टोनी क्रुजको कर्नर पासमा उनले गोल गरेका थिए। क्लोसले आफ्नो उपलब्धि जर्मन टोलीकै सफलताको एक अंश भएको बताए।

    संयोग नै मान्नुपर्छ, रोनाल्डोकै कीर्तिमान भंग भएको उक्त खेलमा ब्राजिल ७-१ गोलको लज्जास्पद हार बेहोर्न बाध्य बन्यो। क्लोसले चारवटा विश्वकप संस्करण खेलेका छन्। उनले हरेक विश्वकपमा गोल गर्दै यो सफलता हातपारेका हुन्। यसअघि ब्राजिलका पेले र तत्कालीन पश्चिमजर्मनीका उवे सिलरले मात्र चारवटा विश्वकप खेल्दै हरेकमा गोल गरेका थिए। क्लोसले सन् २००२ र सन् २००६ को विश्वकपमा पाँच/पाँच तथा सन् २०१० को विश्वकपमा चार गोल गरेका थिए। सर्वाधिक गोलकर्ताका रूपमा उनले सन् २००६ को विश्वकपमा गोल्डेन बुट प्राप्त गरेका थिए। क्लोसले विश्वकपमा २३ खेल खेलेका छन्।

    विश्वकपमा क्लोजले गोल गरेको खेलमा जर्मनीले पराजय बेहोरेको छैन। क्लोज जर्मनीका सर्वाधिक गोलकर्तासमेत हुन्। उनले राष्ट्रिय टोलीका लागि एक सय ३६ खेलमा ७१ गोल गरेका छन्। जारी विश्वकपअघि खेलिएको अभ्यास खेलमा गोल गर्दै क्लोसले जर्मनीबाट सर्वाधिक गोल गर्ने गर्ड मुलरको कीर्तिमान तोडेका थिए। क्लोस अहिले इटालीको सिरि ए क्लब लाजियोमा आबद्ध छन्।

    विश्वकपमा क्लोसले बनाएको कीर्तिमान तोड्नसक्ने खेलाडीको सूचीमा सबैभन्दा नजिक जर्मनीकै थोमस मुलर छन्। २४ वर्षीय मुलरले दुईवटा विश्वकपमा ११ गोल गरिसकेका छन्। 'क्लोस अद्भुत खेलाडी हुन्। ब्राजिलसँगै खेलेर कीर्तिमान बनाउनु ठूलो सफलता हो', जर्मनीका प्रशिक्षक जोचिम लोयले भने। -एजेन्सी

    लोकप्रिय समाचार