सिबुया स्टेसन नजिक रहेको मियाशिता पार्क बाट सुरुवात भयको उक्त शान्ति पदयात्रामा करिब तिन सयको हाराहारीमा जापानबासी नेपालीहरुले उपस्थित जनायका थिए I पद यात्रामा सहभागी हुन साना साना नानी बाबु देखि जापानमा भएका विभिन्न सङ्ग संस्थामा समेत आबद्द व्यक्तित्वहरु तथा सर्बसाधारण व्यक्तिहरु र अल्प संख्यामा जापानीहरु समेत सहभागी भएका थिएI
नेपाल जापान युथ क्लब र वि फर अल दुई संस्थाको संयुक्त आयोजनामा गरिएको शान्ति पदयात्राको मूल उदेश्य भनेको जापानी समुदाय र जापानमा बसोबास गर्ने अन्य देशका नागरिकहरुलाई भगवान गौतम बुद्ध नेपालमा जन्मिनु भएको हो I अन्य देशमा होइन भन्नि सकारात्मक शन्देश दिनु थियो I
पदयात्रामा विभिन्न जातजातिको आ आफ्नै सस्कृति झल्किने भेष भुषामा सजिएका व्यक्तिहरु नि प्रशस्तै
देखियो I पदयात्रामा "Buddha was born in Nepal" लेखिएका ब्यानर र प्ल्ये कार्ड बोकेर नारा लगाईएको थियो I
No comments:
Post a Comment