ओवेन सालाई पराजित गरेपछि डोमेनिक टोरेट्टो (भिन डाइसेल), ब्रायन ओकोनर -पल वाल्कर) र उनको टिम अमेरिकामा सामान्य जीवन बिताइरहेको छ । उनीहरू हिजोका कष्टकर दिन सम्झन चाहदैनन् तर ओवेनका भाइ डेकार्ड -जासोन स्ट्थाम) डोमेनिकको टिम खोज्दै आइपुग्छ, दाजुको हत्याको बदला लिन । डे कार्डको उद्देश्य बदला लिनुमा मात्र सीमित छैन । खुंखार आतंककारी जकान्दे -डिजीमोन हौनसु)सग पनि उसको साठगाठ छ । भिन आफ्नो टिमको साथ लिएर डेकार्ड र जकान्देलाई परास्त गर्न निस्कन्छन् । फिल्म भिन र डेकार्डको टिमको लडाइमै केन्द्रित छ ।
निर्देशक जेम्सले अघिल्ला ६ भाग नहेरेका दर्शकले पनि बुझ्ने गरी फिल्मको कथा बुनेका छन् । सगै फिल्मलाई अझ रोचक बनाउन निकै डरलाग्दा दृश्यहरू कैद गरिएका छन् । अरू फिल्ममा हवाईजहाज उडाइन्छ तर यसमा कार पनि उडाइएको छ । हवाईजहाजबाट कार झारेको, भिन र पलले ठूलठूला भवन छेडेर कार उडाएको, फाइटर विमानले गुडिरहेको कारमाथि आक्रमण गरेको लगायतका दृश्यले दर्शकको मथिंगल हल्लाउछ । फिल्म टोकियो, अबुधाबी, लन्डन र लस एन्जलसमा खिचिएको छ ।
पलको यो अन्तिम फिल्म हो । यसको सुटिङ नसकिदै कार दुर्घटनामा पलको मृत्यु भएको थियो । उनको दुःखान्तले फिल्मलाई अझ प्रतीक्षित बनायो । तर, बीचमा स्क्रिप्ट सम्पादनका लागि केही समय सुटिङ रोकिएको थियो । पलका बाकी दृश्य उनका भाइद्वय कालेव र कोडी वाल्करलाई प्रयोग गरी खिचिएको थियो । तैपनि, फिल्म कही अड्किएको महसुस हुदैन । पलसगै भिन, जासोन, मिकेलालगायतका कलाकारले पनि निकै डरलाग्दो स्टन्ट दिएका छन् । भलै कति दृश्य अपत्यारिला लाग्छन् ।
आकर्षक र डरलाग्दा एक्सन सिक्वेन्स मात्र होइन, फिल्ममा केही रोमान्टिक र इमोसनल दृश्य पनि छन् । खास गरी परिवारप्रतिको पलको प्रेम, भिन र मिकेला रोडि्रगेजबीचको सम्बन्ध निकै भावनात्मक ढंगबाट पोखिएको छ । हसाउने जिम्माचाहि टिरेसे गिब्सनले पाएका छन् ।
एक्सन र क्राइम थ्रिलर फिल्मका पारखीले छुटाउनै नहुने फिल्म हो यो । कम्तीमा क्षमतावान् अभिनेता पलको आखिरी फिल्म भएकाले पनि यसले धेरैको मन छुन सक्छ I
No comments:
Post a Comment