नेपाली नया बर्षको उपलक्ष्यमा आयोजना गर्न लागिएको "गोर्खाली रनिङ्ग कप २०१५" फुटसल टुर्नामेन्टको खेल तालिका सार्बजनिक गरिएको छ I टुर्नामेन्टमा कुल २४ टिमले सहभागिता जनाएको र खेलहरु तिन ओटा कोर्टमा खेलाईने कुरा सम्बन्धित पक्षले सहयात्री जापानलाई जानकारी गराए I सहभागि २४ टिमलाई A,B,C,D,E र F गरि ६ पोलमा बिभाजन गरिएको छ I प्रतेक पोलमा चार टिम रहनेछ पहिलो चरण अन्तर्गत प्रतेक टिमले आफ्नो पोलमा भएको बाकी तिन टिम संग लिग गेम खेल्नेछ,यसरि पहिलो चरण लिगको आधारमा खेलिसकेर अंकको आधारमा बिजेता टिम दोस्रो चरण(क्वाटर फाईनल)मा प्रवेश गर्नेछ I यसरि ६ पोलबाट बिजेता एक एक टिम गरि ६ टिम र बाकी रहेको १८ टिम मध्ये लिगमा उत्कृष्ठ प्रदसन पश्चात अंकको आधारमा पहिलो र दोस्रो टिम गरि कुल ८ टिम दोस्रो चरण अर्थात् क्वाटर फाईनल प्रवेश गर्नेछ I
क्वाटर फाईनलमा आठ टिम बीच प्रतिस्पर्धा हुनेछ I यी आठ टिमबाट बिजेता चार टिम सेमी फाईनल प्रवेश गर्नेछ सेमिफाईनलबाट बिजेता दुइ टिम फाइनल पर्बेश गरि उपाधिको लागि भिड्नेछ I समग्रमा भन्दा पहिलो चरणको खेल लिगमा खेलाइने छ भने दोस्रो चरणबाट नकआउट आधारमा खेलाइने छ I
फाईनल खेल हुनु भन्दा अगाडी नेपाल जापान युथ क्लब र टोक्यो ब्रदर्स (सिनियर)बीच मैत्रीपूर्ण खेल पनि हुने कुरा सचिन श्रेष्ठ ज्युले हामीलाई जानकारी गराउनु भयो I साथै उहाँले सो दिन सहभागी खेलाडी साथीहरुलाई बिहान १० बजे नै खेल मैदानमा उपस्थित भै दिनु हुन र जापानबासी नेपालीहरुलाई र खेलप्रेमी मित्रहरुलाई समयमै उपस्थित जनाई कार्यक्रम सफल बनाइदिनु यसै सुचना मार्फत हार्दिक अनुरोध गर्नु भयो I
No comments:
Post a Comment