विभागले सोमबार एक कार्यक्रमबीच स्मार्ट लाइसेन्सको नमुना सार्वजनिक गरेको छ। स्मार्ट लाइसेन्स सार्वजनिक कार्यक्रममा केही नुमना लाइसेन्सको प्रिन्ट गरेर समेत देखाइएको थियो। स्मार्ट लाइसेन्स सार्वजनिक गर्दै विभागका महानिर्देशक मधुसुदन बुर्लाकोटीले यो एटिम जस्तै हुने बताए। घामले नखुइलिने, पानीले नभिज्ने तथा नभाँचिने खालको हुने उनले जानकारी दिए।
'लाइसेन्सलाई व्यवस्थित र सुरक्षित बनाउन स्मार्ट कार्ड ल्याइएको हो,' उनले भने, 'यो नयाँ कार्ड वितरणपश्चात नक्कली लाइसेन्सको समस्या समेत समाधान हुनेछ।' उनका अनुसार उक्त स्मार्ट लाइसेन्सको चिप्समा चालकको सम्पूर्ण विवरहण रहनेछ ।
सरकारले एसियाली विकास बैंकको १५ करोड रुपैयाँ सहयोगमा उक्त स्मार्ट लाइसेन्स प्रयोगमा ल्याउन लागेको हो। विभागले कार्ड प्रिन्ट गर्ने ३ वटा प्रिन्टर, सफट्वेयर लगायत आवश्यक सबै प्राविधिक तथा पूर्वाधारहरु तयार पारिसकेको छ।
Tuesday, September 8, 2015
आईफोन ६ सक्कली र नक्कली छुट्टाउने सरल बिधि
Monday, July 27, 2015
विश्वका सबै भन्दा धनि व्यक्ति बिल गेट्सका अनौठो र रोचक तथ्यहरु
Friday, July 10, 2015
आइफोन ७ अब चाडैं आउने सम्भावना
Saturday, June 20, 2015
वाई फाईको राउटर कस्तो ठाउँमा राख्दा उचित हुन्छ जानी राखौ
Friday, May 29, 2015
थाइल्यान्डको हुलाकले नेपालका भूकम्पपीडितलाई सहयोग जुटाउन नेपालसम्बन्धि हुलाक टिकट सार्वजनिक
थाइल्यान्डको हुलाकले नेपालका भूकम्पपीडितलाई सहयोग जुटाउन नेपालसम्बन्धि टिकट सार्वजनिक गरेको छ । त्यहाँको हुलाकले बैंककस्थित फिलाटेलिक म्युजियममा भूकम्प जानुअघि नेपालमा भएका खेलकुद र दैनिक जीवनका तस्बिर समेटिएका २० थरी टिकट सार्बजनिक गरेको गैरआवासिय नेपाली संघ (एनआरएनए) थाइल्यान्डका अध्यक्ष खगेन्द्रराज ढकालले जानकारी दिए ।
ती टिकटमा समाबिस्ट तस्बिर राष्ट्रिय कलाकार चत्चवान्तिपाकोर्न, अवार्ड बिजेता लेखक जिरानान पित्प्रीचा र केही चर्चित स्वतन्त्र फोटोग्राफरले खिचेका हुन् । ती हुलाक टिकट प्रकाशन गर्न चर्चित क्यामेरा उत्पादक क्याननले सहयोग गरेको थियो ।
कार्यक्रमका विशिष्ट अतिथिका रुपमा बोलाइएका थाइल्यान्डका लागि नेपाली राजदूत खगनाथ अधिकारी, एनआरएनए अध्यक्ष खगेन्द्रराज ढकाल, क्याननका अध्यक्ष एलेन चाङलगायतले ती हुलाक टिकट सार्बजनिक गरेका थिए । कार्यक्रममा एनआरएनए थाइल्यान्डका पदाधिकारी, क्याननका पदाधिकारी, फोटोग्राफरहरु, कलाकारहरु, लेखक र पत्रकारहरु ठूलो संख्यामा उपस्थित रहेको एनआरएनए अध्यक्ष ढकालले टेलिफोनमा जानकारी दिए ।
फिलाटेलिक बजार विभागका कार्यबाहक उपाध्यक्ष विबून सेरेचाइपोर्नका अनुसार ‘थाइल्यान्ड पोस्ट फर नेपाल’ नाम दिइएको २० वटा टिकटको एक संग्रह १ सय २० थाइ भाट (करिव ३ सय ६३ रुपैयाँ) मा विक्री गरिने छ । त्यसबाट उठेको आधा रकम नेपालका भूकम्पपीडितलाई थाइ रेडक्रसमार्फत उपलब्ध गराइने छ ।
त्यही कार्यक्रममा ‘नेपालको सम्झना’ नामक फोटो प्रदर्शनीसमेत आयोजना गरिएको थियो । प्रदर्शनीमा महाभूकम्पले विनास गर्नु एक महिनाअघि चर्चित थाइ फोटोग्राफर चिरानाम पिट्प्रिचालगायतले खिचेका चस्बिर राखिएका थिए ।
एनआरएनए थाइल्यान्डका अध्यक्ष ढकालले नेपालीको पीडामा मलम लगाउन थाइल्यान्डमा यस प्रकारको ऐतिहासिक घटना भएकामा खुसी ब्यक्ति गरे । उनले कार्यक्रममा नेपाललाई चिनाउने र पीडितलाई सघाउने गरी हुलाक टिकट प्रकाशन गरेर गुन लगाएको भन्दै थाइल्यान्डको हुलाक सेवा र क्यानन मार्केटिङलाई नेपालीकातर्फबाट धन्यवाद दिए ।
Thursday, May 7, 2015
नेपाल टेलिकम र एनसेललाई नि:शुल्क रूपमा चारचार मेगाहर्ज फ्रिक्वेन्सी
Wednesday, May 6, 2015
नेपाली आकाशमा बिना अनुमति ड्रोन (मानवरहित विमान) उडान गर्नेलाई कारवाही गरिने
भूकम्पले विपत निम्तिएको मौका छोपेर नेपाली आकाशमा बिना अनुमति ड्रोन (मानवरहित विमान) उडान गर्नेलाई कारवाही गरिने भएको छ ।
मानवरहित विमानले नेपालको बहुमूल्य सम्पदाको तस्वीर लिने तथा गलत सन्देश प्रभावित गर्ने गर्ने काम भइरहेको सूचना प्राप्त भएको भन्दै नागरिक उड्डयन प्राधिकरणले ड्रोन उडानमा रोक लगाएको हो ।
भूकम्पले विपत निम्तिएको अवस्थामा केही दिनदेखि नेपाली आकाशमा अनधिकृत रुपमा ड्रोन उडान गराई निषेधित क्षेत्रको सूचना तथा तथ्याङ्क संकलन गर्ने काम गरेको भन्दै नागरिक उड्डयन प्राधिकरणले सार्वजनिक सूचनामार्फत ध्यानाकर्षण गराएको छ ।
अध्ययन अनुसन्धान प्रयोजनको लागि नेपाल सरकारको सम्बन्धित निकायको स्वीकृतिमा प्राधिकरणबाट उडान अनुमति लिई राज्य राज्यले निषेधित भने तोकेका क्षेत्रबाहेक प्राधिकरणले तोकेको हवाइ क्षेत्र र शर्तहरुका अधीनमा रहेर मात्रै ड्रोन उडान गर्न प्राधिकरणले आग्रह गरेको छ ।
बिनाअनुमति ड्रोन उडान गरे नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ को दफा २५ को उपदफा ३ बमोजिम कारबाही हुने प्राधिकरणले जनाएको छ ।
Monday, April 6, 2015
हाल प्रयोगमा आइरहेको सवारी चालक अनुमति पत्र(लाईसेन्स)लाई बिधुतिय प्रणाली अन्तर्गतको स्मार्ट लाईसेन्समा परिमार्जित गरिदै
Thursday, April 2, 2015
१० हजार मूल्य पर्ने "पेनड्राईभ कम्प्युटर"
अब कम्प्युटर किन्दा ठूलो र महंगो सिपियु किन्न आवश्यक पर्नेछैन, एउटा पेनड्राइभ किने पुग्छ । घरमा लगेर टिभी वा मोनिटरमा जोडेर त्यसलाई कम्प्युटर बनाउन सकिने छ ।
इन्टरनेट बादशाह गुगल र ताइवानी कम्पनी एसस मिलेर पेनड्राइभ जस्तो एउटा यस्तो उपकरण ल्याउँदैछन् जसले कुनै पनि डिस्प्लेलाई पर्सनल कम्प्युटर बनाइदिन्छ ।
‘कम्प्युटर अन स्टिक’ अर्थात् लठ्ठीमै कम्प्युटर भनिएको ‘एसस क्रोमबिट’ नामक उक्त उपकरण यो वर्षको मध्य अर्थात् जुन महिनासम्ममा सस्तो मूल्यमै बजारमा उपलब्ध हुनेछ ।
गुगलले आफ्नो ब्लग पोष्टमा भनेको छ, ‘क्यान्डी बारभन्दा सानो क्रोमबिट पूर्ण कम्प्युटर हो, जुन १ सय डलर (१० हजार रुपैयाँ) भन्दा कम मूल्यमा उपलब्ध हुनेछ ।’
गुगलले भनेको छ, ‘यो डिभाइसलाई कुनै डिस्प्लेमा जोडेर तपाइँले त्यसलाई कम्प्युटरमा बदल्न सक्नुहुन्छ । तपाइँसग भएको डेक्स्टप कम्प्युटरको यो पूर्ण स्तरोन्नती हो र यो स्कुल तथा व्यवसायका लागि साँच्चीकै उपयोगी हुनेछ ।’
क्रोम अपरेटिङ सिस्टमयुक्त यो फुच्चे कम्प्युटरमा दुई जिबी इन्टर्नल मेमोरी तथा १६ जिबी स्टोरेज क्षमता रहेको छ । यसमा एआरएम प्रोसेसर रहेको हुँदा चलाउँदा नतात्ने तथा कम उर्जा खपत हुन्छ ।
गुगलले सस्तो मूल्यका कम्प्युटरको बजार रहेको बिकाशील मुलुकहरुलाई लक्षित गरि यसको मूल्य निर्धारण गरेको छ । धेरै उर्जा खपत हुने, ओसारपसारका लागि समेत समस्या हुने परम्परागत ठूला कम्प्युटर सीपीयुभन्दा यो कम्प्युटर निकै उपयोगी हुने गुगलको बिश्वास छ । उसले अन्य उत्पादकसँग पनि मिलेर क्रोमबिटको उत्पादनलाई ब्यापक बनाउने योजना बनाइरहेको छ ।
Wednesday, April 1, 2015
त्रिभुवन बिमानस्थलमा चराबाट हुने जोखिम कम गर्न ‘बर्ड डिटेक्सन राडार’ जडान गरिने
‘बर्ड डिटेक्सन राडार’ भनिने यो प्रविधि विमानस्थलमा जडान गरेपछि चराहरुको गतिविधि पाइलटले सजिलै थाहा पाउँछन् र हवाइ उडान सुरक्षित हुनसक्छ ।
नेपाली आकाश विश्वमै असुरक्षितको सूचीमा परेकोबेला अत्याधुनिक यो प्रविधि खरिदका लागि टेन्डर खोल्ने प्रक्रिया अघि बढाइएको छ ।
‘अहिले डकुमेन्टहरु तयार पार्दैछौं सम्भवतः यही चैत महिना भित्र टेन्डर खुल्छ,’ नेपाल नागरिक उड्डयन प्राधिकरणका महाप्रवन्धक वीरेन्द्रप्रसाद श्रेष्ठले अनलाइनखबरसँग भने, ‘६-७ महिना भित्र नेपाल ल्याइसक्छौं ।’
के गर्छ यो प्रविधिले ?
यो एक प्रकारको राडार हो । यसमा भर्टिकल र होरिजेन्टल राडार हुन्छ । यसमा क्यामरा पनि जडान गर्न मिल्छ । यसले १० देखि ११ किलोमिटर टाढाका चरालाई ‘डिटेक्ट’ गर्छ र पाइलटलाई जानकारी हुन्छ ।
‘कुन चरा हो, कत्रो छ ? कतातिर फर्केको छ, कहाँ बसेको/उडेको छ भन्ने सबै कुरा यो मेसिनले डिटेक्ट गर्छ,’ श्रेष्ठले भने, ‘अनि पाइलटलाई विमान उडाउन सहज हुन्छ ।’
यस्तो प्रविधि विकसित भनिएका सबै मुलुकका सबै विमानस्थलमा समेत छैन । छिमेकी मुलुक भारतमा सेनाको एयरपोर्टमा प्रयोगमा आएको छ । यसैगरी जापानका तीनवटा विमानस्थलमा यो प्रविधि प्रयोग गरिएको छ ।
९६ पटक ठोक्कियो चरा
विश्वमै चरा ठोक्किनु विमान दुर्घटनाको मुख्य कारण मानिन्छ । २०४६ सालदेखि हालसम्म नेपालमा करिब ९६ पटक चरा ठोक्किएको तथ्यांक नागरिक उड्डयन प्राधिकरणसँग छ । तिमध्ये आधा भन्दा धेरै त्रिभुवन विमानस्थल नजिकै चरा ठोक्किएका छन् ।
पछिल्लोपटक चैत ८ गते थाई एयरको बोइङ ७७७ विमान अवतरणको क्रममा चरा ठोक्किएको थियो । सौभाग्य नै मान्नुपर्छ ठूलो दुर्घटना भने भएन । चरा ठोक्किएर ०६९ असोज १२ गते सबैभन्दा ठूलो दुर्घटना भयो । त्रिभुवन विमानस्थल नजिकै मनोहरा खोला किनारमा चरा ठोक्किएर सिता एयरको विमान दुर्घटना हुँदा १३ विदेशीसहित १९ जनाको मृत्यु भएको थियो ।
यस्ता छन् चरा भगाउने उपाय
त्रिभुवन विमानस्थल वरपर चरा धपाउन छुट्टै कर्मचारीको व्यवस्था गरिएको छ । त्यसबाहेक ५ जना शिकारी परिचालन गरिएको छ । कर्मचारीहरुले टावरबाट हेर्ने र चरा देख्नेबित्तिकै सो ठाउँमा पुगेर धपाउने गर्दछन् । साथै शिकारीले विमानस्थलमा आएका चरालाई बन्दुकले हानेर मार्छन् ।
यी मानवीय साधन बाहेक बिभिन्न प्रविधि पनि प्रयोगमा आएका छन् । वर्ड स्केयरिङ, ‘अल्ट्रासोनिक साउन्ड, एलपी ग्यास क्यानन्स, ‘स्केयर क्रो’, ‘वर्ड गार्ड’लगायतका प्रविधि विमानस्थलमा प्रयोग गरिन्छ ।
‘अल्ट्रासोनिक साउन्ड डिभाइस’ले विभिन्न थरिका आवाज निकाल्छ र ति आवाज सुनेर चरा भाग्छन् । यसले बन्दुक पड्केको जस्तो आवाजसमेत निकाल्छ । यसैगरी एलपी ग्यास क्यानन्समा टाईमिङ सेट गर्न मिल्छ र त्यही समयमा तोप पड्केको जस्तो आवाज निस्किन्छ ।
तर, यो परम्परागत तरिका प्रभावकारी हुन सकेको छैन । ‘यस्तो आवाज सुन्दा सुन्दा चरालाई पनि बानि पर्दोरैछ,’ श्रेष्ठले भने, ‘सर्टेन डेजपछि चराले पचाइसक्छ र भाग्दै भाग्दैन । यस्तो अवस्थामा शिकारी प्रयोग गर्नुको विकल्प हुँदैन ।’
फोहोरले समस्या
नागरिक उड्डयन नियमावली २०५८ मा विमानस्थलबाट ३ किलोमिटर वरपर मासुजन्य पदार्थ किनबेच गर्न, वधशाला खोल्न, मासुजन्य पदार्थ वा फोहोर फाल्न नपाउने स्पष्ट व्यवस्था छ ।
तर, काठमाडौं उपत्यकामा लामो समयसम्म फोहोर उठ्न सक्दैन । त्यतिमात्रै होइन काठमाडौंमा नाम चलेका मःमः र सेकुवा कर्नर बिमानस्थलको गेटै अगाडि खुलेआम चलिरहेका छन् । यसले नियमावलीको खिल्ली उडाएको छ र काठमाडौंको आकाशलाई थप असुरक्षित बनाएको छ ।
Monday, March 30, 2015
एप्पलले यो बर्ष एकसाथ तीनवटा नयाँ मोडलका आइफोन सार्वजनिक गर्दै
समाचारअनुसार एप्पलले यो बर्ष आइफोन ६ एस, आइफोन सिक्स एस प्लस र आइफोन सिक्स सी मोडल सार्वजनिक गर्दै छ ।
एप्पलले गत बर्ष आइफोन सिक्स र आइफोन सिक्स प्लस सार्वजनिक गरेको थियो । पहिलोपटक ठूलो साइज र नयाँ सुबिधासहित आएको आइफोनको बिक्रि यति धेरै बढ्यो कि एप्पलले अहिलेसम्मकै उच्च अर्थात १८ अर्ब अमेरिकी डलर नाफा कमायो ।
यो बर्ष एप्पलले पोहोर साल सार्वजनिक भएका फोनको अपग्रेडेड भर्सन सार्वजनिक गर्दै छ । त्यसबाहेक ४ इन्च स्क्रिनयुक्त आइफोन सिक्स सी पनि आउन लागेको स्रोतको हवाला दिँदै डिजिटाइम्सले जनाएको छ ।
एप्पलले दुई बर्ष प्लास्टिक कभरयुक्त सस्तो मूल्यको आइफोन फाइभ सी सार्वजनिक गरेको थियो । सोही मोडलको नयाँ भर्सनका रुपमा आइफोन सिक्स सी आउन लागेको छ जुन चार इन्च स्क्रिनयुक्त साइजको हुने छ । एप्पलले चीन र भारतजस्ता कम आय भएका ठूला बजारलाई लक्षित गर्दै आइफोन फाइभ सी बजारमा ल्याएको थियो ।
नयाँ आइफोनमा कस्ता सुबिधा थपिनेछन भन्ने अहिले नै स्पष्ट भएको छैन् । तर, समाचारमा जनाइएअनुसार दुईवटा लेन्सयुक्त क्यामेरा प्रयोग हुने अनुमान गरिएको छ । यसैगरि नयाँ आइफोनमा फोर्स टच प्रबिधि ल्याइने छ जसले हल्का टच र लामो समयको टचवीच अन्तर थाहा पाउने छ । अर्थात तपाईले कुनै आइकनमा हल्का टच गर्नुभयो भने एउटा नतिजा दिने छ भने सोही बटन लामो समयसम्म टच गर्नुभयो अर्कै काम गर्ने छ ।
Saturday, March 28, 2015
फेसबुक, गुगललाई चुनौती दिने "सगुन डटकम" बनाय नेपालीले
इन्टरनेट प्रयोगकर्ताहरुमाझ लोकप्रियता हासिल गरेका गुगल, फेसबुक, ट्यूटर, ह्वाट्सएप जस्ता साइट अर्थात सोसियल नेटवर्कलाई नै चुनौति दिन सक्ने सोसियल कम्यूनिकेशन साइट ‘सगुन डटकम’ले एसियाली देशहरुमा आफ्नो उपस्थिति देखाउन थालेको छ ।
इन्टरनेटमा लत बसेकाहरु वा सोसियल नेटवर्क साइटहरुमा अभ्यस्त बन्न चाहने प्रयोगकर्ताहरुले सगुनलाई सजिलो र धेरै सुविधायुक्त नेटवर्कका रुपमा स्विकारेका छन् ।
अमेरिकामा बसेर एप्लिकेसन निर्माणमा जुटेका गोबिन्द गिरीको नेतृत्वको इन्जिनियरहरुको समुहले यस्तो एप्लिकेसनको विकास गरेपछि चल्तीमा रहेका सोसियल साइटहरुलाई चुनौती बनेको छ ।
पैसा प्राप्त गर्ने सुविधा, यसमा खाता खोलेपछि सबै नेटवर्कहरुको प्रयोग गर्न सकिने एडभान्स साइटको विकास भएपछि विश्वभर वर्चस्व जमाएर बसेका अन्य एप्लिकेशन कम्पनीहरुलाई चुनौति थपिएको हो ।
सन् २००९ मा सर्च इन्जिनका रुपमा विकास भएको सुगुनलाई थप परिमार्जन गरी सार्वजनिक गरेपछि यसलाई रुचाउनेहरु नेपाल, भारत, अष्टेलिया, अमेरिकालगायतका देशहरुमा धेरै देखिएका छन् ।
सार्वजनिक भएको केही साताममै यसमा खाता खोल्नेहरुको संख्या दुईलाख हाराहारीमा पुगेको छ । लगइन वा एड गरेको आधारमा अन्य साइटहरु स्वयमले पैसा पाउने व्यवस्था हुने भएपनि सगुनले प्रयोगकर्तालाई पनि साझेदारका रुपमा अघि सारेको संस्थापक गोविन्द गिरी बताउँछन् ।
‘यसलाई ब्राण्डिङ्गका रुपमा विकास गरेर इन्टरनेट प्रयोगकर्ताहरुलाई नयाँ स्वाद दिन खोजेका हौ,’उनले भने–‘हामीले आफू मात्र कमाउन खोजेका होइनौं प्रयोगकर्तालाई पनि साझेदारका रुपमा अघि सारेका छौं ।’
के छ सुविधा
सगुनमा खाता खोलेपछि अन्य सोसियल नेटवर्कहरुको तुलनामा पृथकता पाउन सकिन्छ । फेसबुक, ट्वीटर, ह्वाटसएप, स्न्यापच्याट, इन्स्टागामसहितका मेसेजिङ्गको विशेषता यसमा पाउन सकिन्छ । यसमा रहेको ‘माई सेक्रेट’ नामक फिचरबाट आफनो गोप्य कुरा, फोटोहरु परिवारका सदस्य, साथी र आफ्नो समुदायका व्यक्तिहरुलाई बाँड्न सकिन्छ ।
आफ्नो दैनिकीलाई सेडयूलमा राखेर पोष्ट गर्न सकिन्छ । यसैगरी आफ्नो समुह व्यवस्थित गरेर टेक्स्ट, फोटो र स्टिकरहरु आदन प्रदान पनि गर्न सकिन्छ । सगुनबाट पठाएको फोटो तथा सूुचना सेयर हुनासाथ डिलिट हुन्छ । अर्को नौलो सुविधा भनेको तीनवटा फोटोहरु एउटै फोटो बनाई सेयर गर्न सकिने सुविधा हो ।
अर्को चाहीं अलइनवान पेज महत्वपूर्ण मानिन्छ । ग्रिटिङ, क्यालेन्डर जस्ता अत्यावश्यक फिचर पनि यसमै भएकाले एउटै पेजबाट भेराइटी फिचर बनाउन सकिन्छ । यी बाहेक सुगनडटकम प्रयोग गर्दै गएपछि अन्य धेरै सुविधाहरु उपयोग गर्न सकिन्छ ।
खाता खोल्ने तरिका
अन्य सोसियल साइटहरुजस्तै sagoon.com खोलेपछि यसभित्र गएर सगुनको आधिकारिक सदस्य बन्न सकिन्छ । अन्य सोसियल नेटवर्कमा साथी नबनेको भए ‘साइन अप’मा गएर नयाँ युजर नेम र पासवर्ड राखेर यसको सदस्य बन्न सकिन्छ ।
फेसबुक, टयूटरमा सदस्य बनिसकेको भए फेसबुक, टयूटरमा गएर ‘कनेन्ट विद फेसबुक वा टयूटर’मा गएर क्लिक गरी सदस्य बन्न सकिन्छ । खाता खोलेपछि अन्य नेटवर्कमा भएका साथीहरुलाई रिक्वेस्ट पठाएर साथी बनाउन सकिन्छ । सगुनमा साइनइन गरेर सदस्य बनेर नियमित प्रयोग गर्न थालेपछि धेरै सुविधाहरुको उपयोग गर्न सकिन्छ ।
यसरी प्राप्त हुन्छ पैसा
फेसबुक, ट्वीटर, ह्वाटसएप, स्न्यापच्याट, इन्स्टागामसहितका मेसेजिङ साइटको विशेषता भएको सोसियल कम्युनिकेशन साइट सगुन डटकममा पहिलो पटक खाताखोल्दा ५ डलर प्राप्त हुन्छ । रकम ५ डलरमा मात्र सिमित हुँदैन । क्रमशः यसको रकम बढदै जान्छ ।
त्यसकालागी साइटमा भएका फिचरहरुको प्रयोग गर्दै जाँदा निश्चित रकम पिग्गी बैंकमा जम्मा हुँदै जान्छ । बैकमा जम्मा भएको पैसा क्यास चाहीं लिन पाइदैन । जम्मा भएको रकमबाट निश्चित समय पछि सगुनका सुचिकृत बिक्रेता कहाँ गएर सामान खरिद गर्न सकिन्छ ।
यस साइटलाई सोसल स्मार्ट कार्डको रुपमा पनि प्रयोग गर्न सकिन्छ । विशेष प्रकारले डिजाइन भएको यस कार्डले ग्राहकलाई अनलाइन सपिङ गर्न साथै उपहार पठाउन सहयोग गर्छ ।
सगुनडटकम टीमले विश्वमा भइरहेको प्रविधिको चामत्कारिक फडकोमा आफूलाई दरिलो स्पर्धीको रुपमा उभ्याएर काम थालेको छ । संस्थापक गोबिन्द गिरीले ‘लङ ट्रम भिजन’ बनाएर तिब्र रुपमा कामहरु अघि बढाइरहेको बताएका छन् । उनले यस्तो अनौठो र ‘विग ड्रिम’ लामो समयको अध्ययन पश्चात तय गरेको जिकीर गरेका छन् ।
विश्वभरका इन्टरनेट प्रयोगकर्ताहरुले उपयोग गरिरहेका चल्तीका सोसियल साइटहरुमाझ केहीबर्षमै दरिलो प्रतिस्पर्धीका रुपमा आफूहरुलाई खडा गर्ने दावी उनको छ ।
सानो देशको नागरिक भएपनि नेपाली पहिचानका रुपमा यसलाई विश्वभर सर्वाधिक प्रयोगकर्ताको मन जित्ने टीमको योजना छ । अन्य साइटहरु प्रयोग गरेवापत प्रयोगकर्ताहरुले पैसा भुक्तान गरिरहेको छन् । तर सगुनले प्रयोगकर्ताहरुमार्फत कमाएको नाफालाई साझेदारी गर्ने काम गरिरहेको छ ।
सगुनको पहिलो भर्सन सार्वजनिक भएपछि प्रयोगकर्ताको मनसाय बुझेर एडभान्स योजनाहरुको काम सुरु भइसकेको टीमले बताएको छ ।
तीन–तीन महिनामा भर्सनहरु चेन्ज हुनेछन् । अबको भर्सनमा ‘कम्यूनिटी इभेन्ट’, ‘मुडवेस कन्भर्सेसन’, सिटी गाइट, मोबाइल एप्लीकेसन जस्ता सुविधाहरु थप गरिनेछ । अमेरिकी, स्पेनिस, अफ्रिकीहरुलाई लक्षित गरि सगुन थप विस्तार गर्ने तयारी गरिरहेको छ ।
(ईमेज खबरबाट साभार)Tuesday, March 24, 2015
विश्व प्रशिद्ध सामसुङ् कम्पनीका रोचक तथ्यहरु
सामसुङ विश्वको सबैभन्दा ठूलो स्मार्टफोन उत्पादक कम्पनी हो । यसले स्मार्टफोन मात्र होइन टेलिभिजन, क्यामेरा लगायतका ग्याजेट तथा कम्प्युटर चिप्स समेत उत्पादन गर्ने गर्छ । तर, यसको इतिहास निकै रोचक छ ।
सन् १९३८ मा एक व्यापार कम्पनीको रुपमा ली ब्यूंग चुलले ४० जना कर्मचारीको साथमा सामसुङ कम्पनी स्थापना गरेका हुन् । सुरुमा यो कम्पनीको मुख्य काम थियो ड्राइ फिस निर्यात गर्नु । साथै ग्रोसरी तथा आफ्नै चाउचाउ समेत यो कम्पनीले चीनमा बेच्न सुरु गर्यो ।
तपाइँलाई थाहा नहुनसक्छ सामसुङले अहिलेसम्म विभिन्न ४० प्रकारका व्यापारमा हात हालिसकेको छ, जसमा फुड प्रोसेसिङ, टेक्स्टाइल, विमा, खुद्रा व्यापार, सेक्युरिटिज लगायतका छन् । विस्तारै कम्पनीले विद्युतिय उपकरण निर्माण गर्न सुरु गर्यो सन् १९६० को दशकको उत्तरार्द्धतिर ।
त्यो सँगै सामसुङ विश्वव्यापिकृत समेत हुन थाल्यो । अहिले मोबाइल फोन सामसुङको आयआर्जनको मुख्य श्रोतको रुपमा स्थापित बनेको छ । सन् १९८६ मा सामसुङले सबैभन्दा पहिले कारफोन निर्माण गरेको थियो । तर यसको बिक्रि राम्रो हुन नसकेपछि उत्पादन बन्द गर्यो ।
त्यसपछि सन् १९९० सम्म सामसुङले अन्य केही मोडेलका मोबाइल बजारमा उतार्यो, यद्यपि अन्य मोबाइल फोनको दबदबा रहेको अवस्थामा सामसुङका मोबाइलप्रति ग्राहक आकषिर्त भएनन् र निकै कम मात्र बिके ।
सन् १९९२ मा सामसुङ विश्वको सबैभन्दा ठूलो मेमोरी चिप्स निर्माता कम्पनीको रुपमा स्थापित हुनपुग्यो । त्यस्तै सन् १९९५ मा सामसुङले विश्वमै पहिलोपटक एलइडी टेलिभिजन निर्माण गर्यो । सामसुङ ६ वर्षदेखि निरन्तर विश्वमा सबैभन्दा धेरै टेलिभिजन बिक्रि गर्ने कम्पनीको रुपमा रहेको छ । सन् २०१० मा यसले फुल एचडी एलइडी टेलिभिजन सार्वजनिक गरेको थियो ।
सन् १९९५ मा कोरियाली बजारमा आएको वित्तिय संकटपछि सामसुङले आफ्नो मुख्यालय सार्यो । त्यस समयमा सामसुङले आफ्नो लोगो समेत परिवर्तन गर्नुका साथै ग्यालेक्सी स्मार्टफोनको उत्पादन र व्यापार तर्फ कदम चाल्यो ।
मोबाइल डिभाइसको क्षेत्रमा एक अग्रणी कम्पनीको रुपमा स्थापित हुने लक्ष्य सामसुङको थियो । सो लक्ष्य पूरा गर्ने क्रममा सामसुङ फिचर बेस्ड नोकिया तथा एप्पलको आइफोनलाई पछि पार्दै सन् २०११ मा विश्वको नम्बर वान स्मार्टफोन फोन कम्पनी बन्न सफल भयो । इलेक्ट्रोनिक्स बजारमा लोकपि्रय ब्राण्ड सोनीलाई सन् २००४-२००५ मै सामसुङले पछाडि पारेको थियो ।
सामसुङ कोरियाली भाषाको शव्द हो । यसको अर्थ तिनतारा भन्ने हुन्छ । सामसुङले नाफा मात्र कमाउँदैन, लोककल्याणको काम पनि गर्छ । हरेक वर्ष सामसुङले आफ्नो मातहतको गैरनाफामूलक संस्था सामसुङ मेडिकल सेन्टरका लागि १० करोड अमेरिकी डलर दान गर्दछ । यो केन्द्रको मातहतमा दक्षिण कोरियामा विभिन्न सुविधा सम्पन्न अस्पतालहरु संचालनमा छन् । सामसुङ दक्षिण कोरियामा सबैभन्दा बढि राजश्व संकलन गर्ने कम्पनी पनि हो ।
धेरैलाई थाहा नहुन सक्छ- विश्वको सबैभन्दा अग्लो टावरको रुपमा रहेको बुर्ज खालिफा दुबइको निर्माण सामसुङले गरेको हो । सामसुङ ग्रुपको निर्माण विभागले बुर्ज खालिफा दुबइ निर्माणको काम जिम्मा लिएको थियो ।
सामसुङ विश्वमा आफ्नो विज्ञापनका लागि सबैभन्दा बढि खर्च गर्ने कम्पनी हो । गएको वर्ष सामसुङले विज्ञापनमा मात्रै ४ अर्ब डलर खर्च गर्यो भने थप ५ अर्ब डलर बजारीकरणका निम्ति खर्चियो ।
सामसुङले सन् १९९५ मा आफ्ना डेढ लाख फोन तथा फ्याक्स मेसिन नष्ट गरेको थियो । कम्पनीले उत्पादन गरेका सामानहरु गुणस्तरहीन रहेको र उपभोक्तालाई त्यस्ता सामान बेचिएमा उपभोक्ता ठगिने ठहर गर्दै सामसुङका अध्यक्ष ली कुन हीले कर्मचारीलाई गुणस्तरीहन सामान नष्ट गर्न आदेश दिएका थिए ।
सामसुङको मुख्यालय दक्षिण कोरियाको सुओनमा छ जसलाई सामसुङ डिजिटल सिटी भनिन्छ । हेलिकोप्टर पोर्टसहित अत्याधुनिक सुबिधा सम्पन्न मुख्यालयमा करिव ३५ हजार कर्मचारी कार्यरत छन् । ३९० एकड जमिनमा फैलिएको मुख्यालयमा ३८ तले चारवटा टावर छन् ।
-(अनलाईन खबर बाट साभार)
Sunday, March 22, 2015
जापानमा सुनामी बाट हुने क्षतिलाई कम गर्नको निम्ति अग्लो पर्खाल निर्माण गर्ने
Friday, March 13, 2015
गुगलले ल्यायो एभरेष्ट स्ट्रिट भ्यू, घरमै बसेर सगरमाथा भ्रमण
Thursday, March 12, 2015
फेशबुकले नेपाल लगायत अन्य गरिब मुलुकहरुमा सित्तैमा इन्टरनेट सेवा उपलब्ध गराउने
बिश्वको नम्बर एक सोसल मिडिया फेशबुकले झण्डै एक सय मुलुकका गरिव जनतालाई सित्तैमा इन्टरनेट सेवा दिने तयारी गरिरहेको छ ।
फेशबुकको अगुवाईमा सुरु भइरहेको इन्टरनेट डट ओआरजी अभियान अन्र्तगत यसै बर्षभित्र एक सय वटा मुलुकका जनतालाई सित्तैमा मोबाइल इन्टरनेट उपलब्ध गराउने तयारी भइरहेको फेसबुकले जनाएको छ ।
हालै संचारकर्मीसँग कुरा गर्दै इन्टरनेट डट ओआरजीका उपाध्यक्ष क्रिस ड्यानियल्सले अभियान निकै आक्रामक तरिकाले अगाडी बढ्न लागेको जानकारी दिए ।
‘यो महत्वकांक्षी योजना यो बर्ष तिब्र रुपमा विस्तार हुनेछ, बर्षको अन्त्यसम्म कम्तीमा एक सय मुलुकमा यस्तो सेवा सुरु गर्ने र्छौं’ ड्यानियलले भने ।
हाल फेशबुकले परिक्षणका रुपमा भारत, जाम्बिया, तान्जानिया, केन्या, घाना र कोलम्बियामा त्यहाँका मोबाइल सेवा प्रदायकहरुसँग मिलेर इन्टरनेटसँग नजोडिएका जनतालाई सित्तैमा इन्टरनेट बाँडिरहेको छ ।
यो परिक्षणबाट उत्साहित फेशबुकले सन् २०१५ को अन्तयसम्ममा करिव एक सय मुलुकमा यो सेवा बिस्तार गर्ने तयारी गरिरहेको ड्यानिलले जानकारी दिए ।
यी ६ वटा मुलुकमा फेसबुकले मोबाइल सेवा प्रदायसँग मिलेर करिव ७० लाख मानिसलाई सित्तैमा इन्टरनेट दिइरहेको छ । जसमार्फत् प्रयोगकर्ताहरुले फेसबुकसहित स्वास्थ्य, रोजगारी, स्थानीय सूचना लागयतका निश्चित एप बिना पैसा चलाउन सक्छन् ।
यसले फेशबुकका प्रयोगकर्ता त बढाएको छ नै ग्रामिण भेगका गरिव जनताले इन्टरनेटसँग जोडिएर धेरै सुबिधा पाएका छन् । यस्तो सुबिधाका कारण मोबाइल सेवा प्रदायकको समेत ब्यापार बढेको छ, डाटा प्रयोगकर्ताको संख्या ह्वात्तै बृद्धि भएको छ ।
सन् २०१३ मा फेसबुकको अगुवाईमा सुरु भएको यो अभियानले बिकाशोन्मुख मुलुकका इन्टरनेट पहुँचमा नभएका नयाँ प्रयोगकर्तालाई सित्तैमा इन्टरनेट दिन्छ । मोबाइल सेवा प्रदायकसँगको सहकार्यमा विकिपेडिया, फेसबुक, केही स्वास्थ्य र उपयोगी सूचना सम्बन्धी एप्स खोल्दा पैसा नलाग्ने बनाइएको छ ।
ड्यानियलका अनुसार बजारको आकार भन्दा पनि इन्टरनेटसँग नजोडिएका बहुसंख्यक जनतासम्म पुग्ने गरी देशहरुको छनौट गरिएको छ । यस्तो अभियान ती देशमा सुरु हुने र त्यसले सफलता पाउने कुरा ती देशका मोबाइल सेवा प्रदायकको अग्रसरतामा पनि भर गर्ने उनले बताए ।
यसै हप्ता बार्सिलोनामा आयोजित मोबाइल वर्ल्ड कंग्रेसमा सहभागी हुन पुगेका फेसबुकका कार्यकारी अधिकृत मार्क जुकरवर्गले इन्टरनेटसँग नजोडिएका बिश्वका दुईतिहाई जनसंख्यासम्म पुग्नका लागि अन्य अभियान पनि संचालन गर्न लागिएको बताएका थिए । यसका लागि ड्रोन र स्याटेलाइटमा समेत लगानी गर्न लागिएको उनले जानकारी दिए ।
फेसबुकका अनुसार बिश्वका अफलाइन जनतामध्ये करिव ९० प्रतिशत बिकाशोन्मुख मुलुकमा बसोबास गर्छन् । झण्डै ६ अर्ब जनसंख्यामध्ये करिव साढे ४ अर्बसँग अझै पनि इन्टरनेट पहुँच पुग्न नसकेको फेसबुकले जनाएको छ ।
बिकाशोन्मुख मुलुकका नयाँ ग्राहकलाई इन्टरनेटसम्म आर्कषिर्त गर्ने तयारीमा गुगल पनि लागिरहेको छ । उसले पनि यस्तै खाले अभियानमार्फत् ।बिकाशोन्मुख मुलुकका पहिलोपटक स्र्माटफोन प्रयोग गर्नेहरुलाई लक्षित गरिरहेको छ I गुगलले हालै उत्पादन गरेको एन्ड्रोइड वान स्मार्टफोनको बजार विस्तारका लागि गुगलले यस्तो अभियान सुरु गर्दै छ ।
नेपालमा निजी क्षेत्रको टेलिफोन सेवा प्रदायक एनसेलले विकिपेडिया, ट्वीटर लगायतका केही साइट सित्तैमा खोल्न सकिने सेवा सुरु गरेको छ । फेसबुकका लागि सस्तो मूल्यको प्याकेज उपलब्ध भए पनि अहिलेसम्म सित्तैमा प्रयोग गर्न पाउने सुबिधा भने छ्रैन् ।
इन्टरनेट डट ओरजीका उपाध्यक्ष ड्यानियलको भनाईलाई मान्ने हो सन् २०१५ को अन्त्यसम्ममा नेपालमा पनि सित्तैमा फेसबुक चलाउने सुबिधा सुरु हुन सक्छ । उनले भनेझैं यस्तो सुबिधा कहिले सुरु हुने भन्ने कुरा एनसेल लगायत यहाँका टेलिफोन सेवा प्रदायकको अग्रसरतामा निर्भर रहने छ ।
Saturday, March 7, 2015
नारी दिवशको उप्लक्ष्यमा राजधानीमा महिलाहरुको निम्ति पिंक सेवा संचालन
सुरुमा दुई वटा र छिट्टै दस वटा बस राजधानीको चक्रपथ तथा भित्री रुटमा सञ्चालन गरिने सञ्चालक संस्था सशक्त महिला सशक्त समाजकी अध्यक्ष सम्झना फुयाँलले बताइन् । प्रत्येक दस मिनेटभित्र कुनै पनि स्टेसनबाट छुटिसक्ने बसको छुट्टै विशेषता भएको अध्यक्ष फुयाँलले बताइन् ।
फुयाँलका अनुसार बस चालक र सहयोगी कर्मचारी दुवै महिला नै रहनेछन् ।
सेफ सिटी इन्डिया र सशक्त महिला समाजले गत सेप्टेम्बरमा नेपालमा गरेको अध्ययन सर्वेक्षणले सार्वजनिक यातायातमा चढ्ने महिलामध्ये ७१ प्रतिशत दुव्र्यवहारको सिकार हुने गरेको देखाएको थियो।
Tuesday, February 10, 2015
जापानको सिनियर हाई स्कूलका छात्राहरुले एक दिनमा लगभग सात घन्टा स्मार्टफोन प्रयोग गर्ने गर्दछ ....
सुचना तथा संचार सिक्योरिटी कम्पनी डिजिटल आर्ट कर्पोरेशनले जनाए अनुसार पछिल्लो वर्षको तुलनामा ४० मिनेटले वृद्धि भई प्रतिदिन सात घन्टा भएको छ |
थप जानकारी वीडियो मा हेर्नुहोस |
Thursday, January 15, 2015
होण्डा मोटर कम्पनी को अहिले सम्म को महंगो कार..
होण्डा मोटर कम्पनी ले जनाए अनुसार यसको बाहिरी संरचना कार्बन फाइबर, एल्यूमीनियम र स्टील ले बनेको छ | उक्त कार को न्यूनतम मूल्य १५० ,००० अमेरिकी डलर तोकिएको छ |
होण्डा मोटर कम्पनी को यो नया कार तपाईहरु पनी वीडियो मा हेर्नुहोस |
Thursday, January 8, 2015
Wondering about what Facebook phone is all about??
Many of us haven't realized the promotional video on Facebook home page before we log in. Either we are too connected or we have forgotten where the log out button is. Yap, Facebook now finally shows what the Facebook Phone is about!! The video that was posted by Facebook on the launch day shows how your next phone (i.e.. Facebook Phone )will look like.Replacing the old perspective from "connecting people" to "putting people first and then apps " seems to be the main theme of the Facebook Phone.
Facebook phone is not really a phone and Facebook user really don't have to buy a new phone.Instead, the Facebook phone is an application called Facebook home,which runs in android operating system in which the Facebook home becomes the main way to use a phone as shown in the video. But the Facebook user from apple iPhone have no any signal of getting this application in their apple store. Facebook home is available in the Google play mobile store.
Take a look at this video.
लोकप्रिय समाचार
-
नेपाली फ्लिमहरु बिदेश्मा शूटिंग हुँनु आजकल नौलो रहेन तर नेपाली पप संगीतको म्युजिक भिडियोमा बिदेशको दृश्य चाँही बिरलै हेर्न पाईन्छ | येसै द...
-
टोकियो: हिजो नोवेम्बर २३ तारिक टोकियोको मेगुरो कुमिन सेन्टर हलमा अहिलेको बहुचर्चित नेपाली कथानक चलचित्र " टलकजंग भर्सेज टुल्के" को...
-
गायक राजु लामा "मायाको साँघु" भन्ने मूल नाराका साथ सांगेतिक यात्रामा निस्किएका छन् l संगीत मार्फत भुकम्प पिडितहरुको सहयोग गर्ने हे...
-
उई फर अल जापानको आयोजनामा यही अगस्त २४ तारिक आईतबारका दिन शिंजुकू स्थित बुंका सेन्टर हल मा तीज महोत्सब २०१४ को भब्य रूपमा सम्पन्न भएको ...
-
टोकियो: हिजो सेप्टेम्बर १४ तारिक आइतबारको दिन टोकियोको आनामोरी इनारी अवस्थीत् 'टोक्यो बेय फुतसल क्लब'को फुतसल कोर्टमा जापानमा सामाज...
-
जापानको सेरोफेरोमा छायान्कांन गरी जापान मै सम्पादन गरिएको म्युजिक भिडियो “फुजी त हिमाल हेर्नलाई” जापानमा एक कार्यक्रम बिच बिमोचन गरिएको ...
-
टोकियोमा आगामी महिना अक्टोवर १२ तारिक आईतवारका दिन "पोखरा नाइट-२०१४" हुने भएको छ| शान्तिका लागि संगीत भन्ने मूल नाराका सा...
-
टोकियो: हिजो जुन २९ तारिक टोकियोको मेगुरो कुमिन सेन्टर हलमा अहिलेको बहुचर्चित नेपाली कथानक चलचित्र "कबड्डी"को भब्य प्रदशन भयो टोकि...
-
राती अबेरसम्म कार्यालय काम जारी गर्दा र त्यसपछि को घर फर्कदाको अनुभूति बेग्लै हुन्छ तर घर अधिक दुरी मा रह्यो भने के हुन्छ ? यो वीडियो ...
-
आउँदो डिसेम्बर १४ तारिकका दिन टोचिगि केन, ओयामा सी ,ओयामा मा नेवारी किचन द्वारा आयोजित एक ठुलो फुटसल टुर्नामेन्ट हुन गैरहेको तपाईहरु समक...


























