‘होस्टेल रिटर्न्स’ले लगभग सुख्खाजस्तो देखिएको नेपाली बक्सअफिसमा आक्रामक सुरुआत गरेको छ । यो फिल्मले शुक्रबार र शनिबार १ करोड १ लाख रुपैयाँ ग्रस कमायो । निर्माण कम्पनी दुर्गिश रावलका अनुसार मुलुकका ४० पर्दाबाट सिनेमाले यति कमाइ गरेको हो । यो कूल कलेक्सनमा राजधानी र पोखरासहितका मल्टिप्लेक्सको उच्च योगदान छ । शुक्रबार ३१ लाख र शनिबार ७० लाख २५ हजार रुपैयाँ ग्रस कमाइ भएको निर्माता सुनिल रावलले जनाए । मल्टिप्लेक्स संचालकका अनुसार होस्टेल रिटन्र्सले हलिउडको फ्यान्टास्टिक फोर र बलिउडको अल इज वेलको सोज संख्या पनि कटौती गरेको छ । आइतबारको बन्दले फिल्मको बक्सअफिस प्रदर्शनमा आंशिक प्रभाव पारेको छ । ‘होस्टेल रिटर्न्स’को पहिलो साता प्रदर्शनले आउँदो साता रिलिज हुने तयारीमा रहेको ‘रेशम फिलिली’लाई प्रभाव पार्ने अनुमान गरिएको छ ।
समाचार मेरो सिनेमा डट कम बाट
No comments:
Post a Comment