अगस्ट २ तारिक आईतबार टोकियोमा क्रिएटिभ फिल्मसको ब्यानरमा बनेको नेपाली चलचित्र "आभाष" प्रदशन हुने भएको छ I नेपालमा बैशाख १२ गते गएको महाभूकम्पले क्षतिग्रस्त बन्न पुगेको बिद्दालय भवनहरुको पुन निर्माणको लागि सहयोग गर्ने उद्देश्यले उक्त चलचित्र प्रदशन गर्न लागिएको भन्ने कुरा सम्बन्धित पक्षले "सहयात्री जापान"लाई जानकारी गराए I
आइतबार बेलुकी ९ बजे बाट सिन्जुकु स्थित युनिभर्सल सिटि हलमा चलचित्र "आभाष" प्रदशन गरिनेछ I चलचित्र प्रदशन बाट उठेको रकम क्षतिग्रस्त बिद्दालय भवन पुन निर्माणको लागि प्रयोग गरिने भएकोले आफुले सक्दो रकम हस्तान्तरण गरेर सहयोग गरिदिनु हुन भनि सम्पूर्ण जापानबासी नेपालीहरुलाई आयोजक पक्षले बिनम्र अनुरोध गर्नुभयो I तेसैले टिकट दर भने तोकिएको छैन I
टिनएजरस लभ स्टोरीमा आधारित उक्त चलचित्रमा निशा अधिकारी,संयम पुरी,आश्मा डिसी र सलोन बस्नेतको अभिनय रहेको छ भने चलचित्रको निर्माता मध्ये एक गोबिन्द शाही हाल जापानमै हुनुहुन्छ I
जापानमै बसोबास गर्ने भवन भट्ट,हरि पाण्डे,मनोज घले,निमा लामा र दिपक शाहीको सक्रियतामा उक्त चलचित्र प्रदशन गर्न लागिएको हो भने अनिल थापा,चन्द्र उपाध्याय र आशिष रावलले कार्यक्रमको संयोजन गर्नु भएको छ I साथै संयोजन पक्षले उक्त दिन चलचित्र हेर्न आई सहयोग गरिदिनु हुन सम्पूर्ण जापानबासी नेपालीहरुलाई अपिल गरिएको छ I
No comments:
Post a Comment