Friday, November 6, 2015

भाग्यले ठगेपछि गायक जापानको सडकपेटीमा भौतारिदै....

जापान सहर आफैमा ब्यस्त सहर, त्यो ब्यस्त सहरमा रहर पुरा गर्ने आशा बोग्दै भौतारिरहेको एउटा कलाकार "बिनोद भण्डारी" | केहि समय अगाडी जापानमै  छायांकन अनि जापानमै सम्पादन गरेको भिडिओ आज रिलीज भएको छ  |
लोक संगीत क्षेत्रको होनहार सर्जक शिव हमालको लय सब्दमा तयार पारिएको गायक दीपक भण्डारीको दोश्रो एल्बम (किन मलाई भाग्यले  खाली यस्तो गर्छ...) बजारमा आएको छ |
निक्कै आशा बोकेको गीतमा दीपक भण्डारी र देवी घर्तिको आवाज रहेको छ | गीतलाई जापनामै सिँगारिएको छ | मार्फा इन्टरटेनमेन्टको सम्पादन रहेको गीतमा इन्द्र भण्डारी (प्रकाश) को छायांकन रहेको छ भने निर्देशन बिनोद भण्डारीको रहेको छ | "येस्तै छ कहानी परदेशी" को भिडिओ बाट निर्देश क्षेत्रमा पसेका  बिनोद भण्डारी भने स्वयेम आफैमा गायक पनि हुन् | तिर्सना म्युजिक प्रा.लि बाट बजार मा आएको गीत तलको लिंक गाएर हेर्नसक्नु हुनेछ....
 

Thursday, November 5, 2015

डेबिट बेकह्‍याम काठमाडौंमा

चर्चित फुटबल खेलाडी डेबिट बेकह्याम काठमाडौंमा आएका छन्। 
 
 बिबीसीले बनाउन लागेको  'सेभेन सेभेन सेभेन' डकुमेन्ट्री सुटिङका लागि उनी (त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल) काठमाडौं ओर्लिएका हुन्।  
एयसपोर्टबाट उनी सिधै भक्तरपुर दरबार स्कवायरमा जाने छन्। भक्तपुरको अवलोकन पछि डेबिटले त्यहाँका बालबालिकाहरुसँग टोकन म्याच खेल्ने छन्। 
 
सात वटा महादेशमा फुटबल खेलेर बनाउने डकुमेन्ट्री क्रममा उनी पपुवायुगीनीबाट सिधै नेपाल ओर्लिएका हुन्। 
 
उनी भक्तपुरबाट द्वारिका होटेल फर्किने र शनिबार भोली फर्किने कार्यतालिका रहेको
(अन्नपुर्ण पोष्ट)

Tuesday, October 27, 2015

जापानमै छायान्कांन र सम्पादन गरिएको म्युजिक भिडियो जापानमा एक कार्यक्रम बिच बिमोचन

जापानको सेरोफेरोमा छायान्कांन गरी जापान मै सम्पादन गरिएको म्युजिक भिडियो “फुजी त हिमाल हेर्नलाई” जापानमा एक कार्यक्रम बिच बिमोचन गरिएको छ | ब्रेज मेश्रों साँझ -२०१५ बिबिध सांस्कृतिक कार्यक्रममा  नेपल अधिवासी जनजाती महासंघ जापानका अध्यक्ष पासाङ शेर्पा ज्यु द्वारा सो म्युजिक भिडियोको बिमोचन भएको थियो |

सो म्युजिक भिडियोका क्यामेरा म्यान र निर्देशक , गुरुङ चलचित्रका बरिस्ठ निर्देशक श्री ओम प्रकाश गुरुङ ज्युले गर्नु भएको थियो भने मोडेलमा टेक गुरुङ र रिना लामाले अभिनय  गरेका छन् |गीतको बोल "फुजी त हिमाल हेर्नलाई" रहेको छ भने सो गीतमा स्वर गायक टाशी लामाको रहेको छ | सो गीतका नृत्य निर्देशक नेपाली चलचित्रका  कोरियोग्राफर अर्मन गुरुङ ज्युले दिनुभएको छ |म्युजिक भिडियोका सम्पादक प्रबिन हिराचन हुन्|

 

Monday, October 26, 2015

ब्रेज मेश्रों साँझ -२०१५ बिबिध सांस्कृतिक कार्यक्रम भब्य रूपमा सम्पन्न...

ब्रेज मेश्रों घान्द्रुक समाज जापानको आयोजनामा यही अक्टुबर -२५ तारिक आईतबारको दिन ईकीगामी खाइकन हलमा  "ब्रेज मेश्रों साँझ -२०१५ बिबिध सांस्कृतिक कार्यक्रम भब्य रूपमा सम्पन्न भएको छ  । कार्यक्रमका सभापति बुद्धी बहादुर गुरुङ, बिशेष अथिति नेपल अधिवासी जनजाती महासंघ जापानका अध्यक्ष पासाङ शेर्पा,थकाली सेवा समिति जापानका अधक्ष्य  बुद्धि बहादुर गौचन  र तमु धिं जापान का बरिस्ठ उपादक्ष्य श्री भक्त गुरुङ ज्युहरु बाट संयुक्त रुपमा कार्यक्रम उद्घाटन भएको थियो ।
औपचारिक कार्यक्रम सोहि समाजका सचिव उक्तामन गुरुङले संचालन गरेका थिए भने कार्यक्रमका उद्घोषक ओमप्रकाश गुरुङ र पूनम गुरुङ रहेका थिए | कार्यक्रमका प्रमुख आकर्षणका रूपमा  नेपालबाट आमन्त्रित कलाकार अनिल सिंह र बिमल परियार थिए भने अर्को कार्यक्रमकै सिलसिलामा जापान आएकी  गायिका भिमु गुरुङले पनि दर्शकहरु लाई  निक्कै मनोरञ्जन दिएका थिए र साथमा स्थानीय कलाकारहरुले (अमर गुरुङ,बिनोद भण्डारी,टाशी लामा,अम्बिका गुरुङ,सुमा,अनिशा,सर्मिला,मन गुरुङ,बबिता र रिना लिम्बु)  पनि दर्शकहरु लाई निक्कै नचाएका थिए |
समाजको बार्षिकउत्सब सँगै दसैं तिहारको शुभ अब्सरमा बाढी पहिरो सहयोगार्थत "ब्रेज मेश्रों साँझ" नामकरण गरेको उक्त कार्यक्रमबाट उठेको सबै रकम खर्च कटाएर बाढी पहिरोले क्षेतीग्रस्त भएको कोल्टेभाटी पुल र मत्क्यु पुल निर्माणको लागी सहयोग गर्ने कुरा आयोजक कमिटिका प्रचार बिभागका संयोजक युक्तमान गुरुङले बताउनुभयो थियो।

Friday, October 16, 2015

डि सिने अवार्ड २०७२मा मनोनयनमा पर्न सफल भएका पाँच उत्कृष्ट चलचित्रहरु

बिगत सात वर्षदेखी नियमित रुपमा आयोजना हुँदै आएको ‘डि सिने एवार्ड’को उत्कृष्ट ५ मनोनयन सार्वजनिक गरिएको छ ।’ डी सिने एवार्ड ०७२’ मंसीरमा आयोजना गरीने आयोजक संस्था छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले वताएका छन् ।प्रविधिको उच्चतम मापदण्डलाई प्रोत्साहीत गर्दै डिजीटल फर्म्याटमा बनेका चलचित्रहरुको प्रवद्र्धनमा शुरु भएको यो एवार्ड सातौं संस्करण सम्म आइपुग्दा नेपाली चलचित्र उद्योग केही अघिनै देखी पूर्णत डिजीटल भइसकेको छ । प्रविधि एवं स्रष्टाहरुलाई प्रोत्साहित गरी राम्रा भन्दा राम्रा चलचित्र बनुन र चलचित्र उद्योगको प्रवद्र्धन, सम्बर्धन एवं विकासमा टेवा पुग्न सक्यो भने एवार्डको सार्थकता समेत झल्कने विश्वास आयोजक पक्षले लिएको छ । ०७१ सालभरी प्रदर्शनमा आएका चलचित्रहरु प्रतिस्पर्धा गर्न पाइने यो एवार्डमा प्रत्यक्ष तथा अप्रत्यक्ष गरी करीव ३५ विधामा एवार्ड प्रदान गरीने छ । साथै सो अवसरमा चलचित्र पत्रकारीता पुरस्कार, इनकरेजमेन्ट एवार्ड, पब्लिक च्वाइस एवार्ड लगायतका सम्मान सहितका पुरस्कार एवं सम्मानहरु हुनेछन् । कार्यक्रममा क्रिटिक्स अवार्डको रुपमा उत्कृष्ट अभिनेत्री, उत्कृष्ट अभिनेता एवं उत्कृष्ट चलचित्रलाई पनि एवार्ड प्रदान गरीनेछ । ‘डी सिने एवार्ड ०७२’मा २०७१ सालभरी प्रदर्शनमा आएका ८२ चलचित्र मध्ये अधिकांश चलचित्रले भाग लिएको एवार्डका अध्यक्ष शान्तिप्रियले बताए । यसपटकको एवार्डको जुरीमा लेखक तथा निर्देशक मोहन निरौला, संचारकर्मी एवं निर्देशक विजयरत्न तुलाधर, संगीतकार सन्तोष श्रेष्ठ, नेपालकै पहिलो महिला सिनेमाटोग्राफर सवनम मुखिया रहेका छन् । 

डी सिने अवार्ड ०७२ को उत्कृष्ट ५ सुचि 
यसप्रकार छ :

एनिमेशन+ग्राफिक्स 
१. अक्की शर्मा ÷ सत्यम राणा — माला २. अच्यूत गजुरेल — भीमदत्त 
३. अनुपम शाह÷अक्की शर्मा — हँसीया ४. राजेश शाह — आवरण 
५. सिमोस सुनुवार — मिसन पैसा रिलोडेड 

उत्कृष्ट श्रृंगार :-
 १. अमृत मरहठ्ठा — टलकजंग भर्सेज टुल्के 
२. दीपु पौडेल — माला 
३. शंकर थापा — सेतोबाघ 
४. श्याम लामा – झीग्राना 
५. सरोज पाण्डे — कोहीनुर 

उत्कृष्ट ध्वनी मिश्रण :-
 १. अमित श्रेष्ठ — लभ यू बाबा 
२. उत्तम न्यौपाने — कबड्डी 
३. दीप तुलाधर — नोभेम्वर रेन 
४. मुकेश शाह — सेतोबाघ 
५. मुकेश शाह — हवल्दार सुन्तली 

उत्कृष्ट पाश्र्व संगीत :-
 १. एलिश कार्कि — भिमदत्त 
२. एलिस कार्कि — सेतो बाघ 
३. जुगल डंगोल — वल्र्ड कप इन नेपाल ४. झलक संगीतम् — सुनपानी 
५. मोहित मुनाल — बिर्खेलाई चिन्छस् 

उत्कृष्ट द्वन्द्व निर्देशक :-
१. अष्ट महर्जन — टलकजंग भर्सेज टुल्के २. चन्द्र पन्त — हवल्दार सुन्तली 
३. राजकुमार उप्रेति — हँसिया 
४. राजेन्द्र खड्की — कोहीनुर 
५. हिमाल के.सी. — किल्ला 

उत्कृष्ट नृत्य निर्देशक :-
१. कविराज गहतराज — घण्टी बज्यो — हवल्दार सुन्तली 
२. गम्भिर विष्ट — विर्खेलाई चिन्छस् — विर्खेलाई चिन्छस् 
३. गम्भिर विष्ट — सुन्दर छ यो दुनियाँ — लभ यू बाबा 
४. बसन्त श्रेष्ठ — के म तिम्रो हैन र — कोहिनुर 
५. हिमग्याप लामा टासी — वारी डाडा कुहिरो — भिमदत्त 

उत्कृष्ट गीतकार :-
१. अर्जुन पोखरेल — तिम्रो आँखामा — स्टूपिड मन 
२. किरण खरेल — मान्छेले मान्छेलाई — लज्जा 
३. कृष्णहरी बराल — के म तिम्रो हैन र — कोहीनुर 
४. बिकाश आचार्य — यो मन बरु— नाइ नभन्नु ल –३ 
५. रवि कार्की — टुट्यो मुटु — यो कथा हो तिम्रो मेरो 

उत्कृष्ट गायिका :-
१. अञ्जु पन्त — हे लोग्ने मान्छे — लोग्नेमान्छे 
२. माण्डवी त्रिपाठी — मात लाग्यो — लज्जा 
३. मेलीना राई — कम्मर माथी पटुकी—नाइ नभन्नु ल –३ 
४. रजनी रीमाल — यो मन बरु — नाइ नभन्नु ल –३ 
५. सहिमा श्रेष्ठ — तिम्रो डोला — हवल्दार सुन्तली 

उत्कृष्ट गायक :-
१. युवराज चौलागाई —नोवेम्वर रेन —तिमीलाई के भनु 
२. राजेशपायल राई — ठूली — मत मर्छुकी क्याहो ठूली 
३. शिव परीयार — लज्जा — मान्छेले मान्छेलाई 
४. सन्तोष लामा — आभाष — तिम्रो तस्वीर मलाई 
५. स्वरुपराज आचार्य —स्टुपीड मन— तिम्रो आँखामा 

उत्कृष्ट संगीतकार :-
 १. अर्जुन पोखरेल — तिम्रो आँखामा — स्टुपिड मन 
२. चेतन सापकोटा — मात लाग्यो — लज्जा 
३. दीपक शर्मा— तिम्रो डोला डोला — हवल्दार सुन्तली 
४. बसन्त सापकोटा—कम्मरमाथी पटुकी—नाइ नभन्नु ल –३ 
५. शम्भुजित बास्कोटा — के म तिम्रो हैनर — कोहिनुर 

बालकलाकार :-
 १. अनुभव रेग्मी — नाइ नभन्नु ल – ३ 
२. कञ्चन ठकुरी — ठूली 
३. संगम विष्ट — लभ यू बाबा 
४. सफला भट्टराई — नाइ नभन्नु ल – ३ ५. संयुक्त श्रेष्ठ — पुनर्जन्म 

उत्कृष्ट नव–नायिका :-
१. अकेशा विष्ट — जिन्दगी रक्स् 
२. आना शर्मा — जेरी 
३. आश्मा डिसी — आभाष 
४. रिश्मा गुरुङ्ग — कवड्डी 
५. शिल्पा पोखरेल — लज्जा 

उत्कृष्ट नव–नायक :-
१. प्रदीप खड्का — स्केप 
२. रवि कार्की — यो कथा हो तिम्रो मेरो ३. संजोग कोइराला — उत्सब 
४. सुदर्शन थापा — अझै पनि 
५. सौरमराज तुलाधर — जिन्दगी रक्स 

उत्कृष्ट नव–निर्देशक :-
१. अराजकेशव गीरी — विर्खेलाई चिन्छस् 
२. भुपाल सिंह वबी — माला 
३. मुस्कान ढकाल — नाइ नभन्नु ल –३ ४. सजन श्रेष्ठ — पुनर्जन्म 
५. सुरेन्द्र पौडेल — आभाष 

उत्कृष्ट खलपात्र :-
१. अनुप विक्रम शाही — हँसिया 
२. आमिर गौतम — मिसन पैसा रिलोडेड ३. ध्रुव कोइराला — हवल्दार सुन्तली 
४. प्रिंयका कार्की — षडङ्ग 
५. रमेश बुढाथोकी — भीमदत्त 

चरित्र अभिनेत्री :-
१. तारा केसी — सुनपानी 
२. मिथीला शर्मा — कोहीनुर 
३. रुपा राना —यो कथा हो तिम्रो मेरो 
४. लक्ष्मी गीरी — भुलभुलैया 
५. सुर्यमाला खनाल — सुन्तली 

उत्कृष्ट चरित्र अभिनेता :-
१. अमितेष शाह — नोभेम्बर रेन 
२. ओम प्रतिक — यो कथा हो तिम्रो मेरो ३. नारायण पुरी — एउटा साथी 
४. विजय लामा — अझै पनि 
५. सविन बास्तोला — सुनपानी 

उत्कृष्ट सह–अभिनेत्री:-
 १. करीष्मा श्रेष्ठ — एउटा साथी 
२. छुल्ठीम डोल्मा गुरुङ्ग — नोभेम्वर रेन ३. निशा अधिकारी — आभाष 
४. सुमिना घिमिरे — माला 
५. सुरक्षा पन्त — अझैपनि 

उत्कृष्ट सह–अभिनेता :-
१. गजीत विष्ट — पुनर्जन्म 
२. निरज बराल — स्टूपिड मन 
३. सलोन बस्नेत — आभाष 
४. सुमन सिंह — यो कथा हो तिम्रो मेरो ५. सोहित मानन्धर — भुल भुलैया 

उत्कृष्ट कथा :-
१. आकाश अधिकारी — कोहीनुर 
२. गजित विष्ट — लभ यू बाबा 
३. रामशरण पाठक — वल्र्ड कप इन नेपाल 
४. विकाश आचार्य — नाई नभन्नु ल –३ ५. सविन बास्तोला — सुनपानी 

उत्कृष्ट पटकथा :-
१. छेतेन गुरुङ्ग — नोभेम्बर रेन 
२. यम सुब्बा+विशाल सुब्बा — कोहीनुर ३. रामबाबु गुरुङ्ग+उपेन्द्र सुब्बा — कबड्डी 
४. रामशरण पाठक — वल्र्ड कप इन नेपाल 
५. विकाश आचार्य — नाइ नभन्नु ल –३ 

उत्कृष्ट सम्वाद :-
१. जगदीश्वर थापा — विर्खेलाई तिन्छस् २. रामबाबु गुरुङ्ग — कबड्डी 
३. रामशरण पाठक — वल्र्ड कप इन नेपाल 
४. विकाश आचार्य — नाइ नभन्नु ल –३ ५. सामिप्य तिमील्सीना — नोभेम्वर रेन 
उत्कृष्ट सम्पादन :-
१. अर्जुन जी सी — नाई नभन्नु ल –३ 
२. निमेश श्रेष्ठ — कबड्डी 
३. राजु भण्डारी — वल्र्ड कप इन नेपाल ४. वनिष शाह — कोहिनुर 
५. सुरेन्द्र शाह — नोभेम्वर रेन 
उत्कृष्ट छायाँकार :-
१. पुरुषोत्तम प्रधान — नाइ नभन्नु ल –३ २. राजेश श्रेष्ठ — नोभेम्वर रेन 
३.शेर बहादुर लामा - टलकजंग भर्सेज टुल्के 
४. शैलेन्द्र डी कार्की — जेरी 
५. संजय लामा — सेतोबाघ 
उत्कृष्ट अभिनेत्री 
१. नम्रता श्रेष्ठ — नोभेम्वर रेन 
२. नीता ढुंगाना — भुलभुलैया 
३. प्रियंका कार्की — नाइ नभन्नु ल –३ 
४. प्रियंका कार्की — सुन्तली 
५. सुमिना घिमिरे — भीमदत्त 
उत्कृष्ट अभिनेता :-
१. आर्यन सिग्देल — नाइके 
२. आर्यन सिग्देल — नोभेम्वर रेन 
३. जीवन लुइटेल — स्टुपीड मन 
४. दयाहाङ राई — कबड्डी 
५. सविन श्रेष्ठ — हवल्दार सुन्तली उत्कृष्ट निर्देशक :-
१. आकाश अधिकारी — कोहीनुर 
२. दीनेश राउत — नोभेम्वर रेन 
३. निश्चल बस्नेत — टुल्के 
४. रामबाबु गुरुङ — कबड्डी 
५.रामशरण पाठक - वल्र्डकप ईन नेपाल 

उत्कृष्ट चलचित्र 
१. कवड्डी – ब्याकहर्स पिक्चर्स 
२. कोहीनुर – नेपा मूभिज 
३. टलकजंग भर्सेज टुल्के – षटकोण फिल्म्स 
४. नाई नभन्नु ल – ३ – वान टाइम सिनेमा ५. नोभेम्वर रेन – सुवास इन्टरटेन्टमेन्ट÷आर्यन सिग्देल इन्टरटेन्टमेन्ट
(Filmy Bazar)

Monday, October 5, 2015

तामाङ समाज जापानको ५ औ अधिबेशन सम्पन्न ,कर्म लामा वाङगेलको अध्यक्षतामा २२ सदसिय कार्यसमिती गठन...

जापानको राजाधनी टोक्योमा आइतवार नेपाल तामाङ समाज जापानको ५ औ अधिबेशन टोक्योको आसागयमा सम्पन्न भएको थियो । कार्यक्रममा  सामाजका अध्यक्ष सुकुमान थिङ तामाङको सभापतित्वमा र सामाजको सस्थापक अध्यक्ष रेख तामाङको उपस्थितिमा सम्पन्न भएको थियो ।

 उक्त अधिबेशनबाट कर्म लामा वाङगेलको अध्यक्षतामा २२ सदसिय कार्यसमिती गठन गरिएको छ । जस अनुसार अध्यक्षमा कर्म सहित उपाध्याक्ष सन्जिब (स्यङ्तान्) तामाङ ,मेख ब लामा , आधी मोक्तन , मर्म थोकर ,महसचिब : कुमार मोक्तन , सचिब्: अनिता तामाङ (थोकर्) , कोषाध्यक्ष : तारा तामाङ (गोले) , सह- कोषाध्यक्ष: सोनी तामाङ रुबीना दोङ र सदस्य हरु हरिचन्द्र लामा ,सुश्मा लामा ,धर्म लामा ,पासाङ लामा ,तेन्जिङ योन्जन ,राजेन्द्र तामाङ ,बलराम थिङ तामाङ ,तेज बहादुर थिङ ,अश्मिता वाइबा ‘निर बहादुर तामाङ ,कुमार गाङ्बो ,समिर तामाङ ,टासी लामा ,पूर्ण पाख्रिन रहेको छ ।

Thursday, October 1, 2015

पारस खड्कालाई कारबाही

क्रिकेट:-
 नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालाई पदबाट हटाउने निर्णय गरेको छ। क्यानको बोर्ड बैठकले बिहीबार अनुशासनविपरीत गतिविधि गरेको आरोप लगाउँदै कारबाहीस्वरूप पारसलाई कप्तानबाट हटाएको बैठकमा सहभागी एक पदाधिकारीले बताए।स्रोतका अनुसार पारसले क्यानविरुद्ध राजनीति गरेको भन्दै बैठकमा चर्को आलोचना भएको थियो।

क्यानको अनुशासन समितिले समेत पारसले अनुशासनविपरीत काम गरेको निष्कर्ष निकालेको थियो। पारसले पटकपटक क्रिकेट व्यवस्थापनप्रति असन्तुष्टि व्यक्त गर्दै आएका छन् । क्रिकेटको विकासमा क्यान बोर्ड जिम्मेवार नभएको आरोप पनि पारसले लगाउँदै आएका छन्। पारस सन् २००९ देखि सिनियर टोलीका कप्तान थिए । 
 
क्यानका कार्यवाहक महासचिव उत्तम कर्माचार्यले पारसलाई कप्तानबाट हटाउने निर्णय गरिएको बारे केही बताउन चाहेनन्। उनले भने, 'पछिल्लो समयमा खेलाडीहरू क्यानविरुद्ध राजनीति गरिरहेका छन् । खेलाडीको अनुशासनविपरीत गतिविधिलाई लिएर क्यान गम्भीरचाहिँ भएको छ।'

 खेलाडीले आफ्नो कमजोरी ढाकछोप गर्न पनि क्यानलाई दोषी देखाउने गरेको कर्माचार्यले बताए।'नेपाली टोलीले टीट्वेन्टी विश्वकप छनोटमा राम्रो खेल्न सकेन तर त्यसको सम्पूर्ण दोष खेलाडीले क्यानलाई लगाए।

हामीले सक्नेजति सबै सुविधा दिएकै थियौं', कर्माचार्यले भने। उनले क्यानबाट तलब खाएर क्यानकै विरुद्ध बोल्नु अशोभनीय भएको बताए।
 
खेलाडी सधैं क्यानप्रति 'बायस' भएको आरोप पनि उनले लगाए। 'खेलाडीहरू सधैं क्यानविरुद्ध खनिने गरेका छन्। खेलाडीले वर्तमान क्यान बोर्डबाट पाउनुपर्ने सबै पाइसकेका छन्। त्यसैले उनीहरू अर्को क्यान नेतृत्वको कुरा गरिरहेका छन्। भोलि आउने क्यानको कार्यसमितिलाई पनि उनीहरूले टिक्न दिने छैनन्', कर्माचार्यले भने।
 
क्रिकेट खेलाडीले प्रशिक्षक पुबुदु दासानायकेलाई नेपालमा नराखे आफूहरूले नखेल्ने चेतावनी पनि दिएका थिए। कप्तान पारससहित खेलाडीहरूको उक्त रबैयाबाट क्यान बोर्ड निकै असन्तुष्ट बनेको थियो। 

 
पारसकै कप्तानीमा नेपालले केही वर्षयता अन्तर्राष्ट्रिय क्रिकेटमा महत्वपूर्ण उपलब्धि हासिल गर्दै आएको छ। नयाँ कप्तानका विषयमा विनोद भण्डारी र शरद भेषावकरको चर्चा रहेको स्रोतले जनाएको छ। नेपालले आगामी नोभेम्बरमा वल्र्ड क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत पपुआन्युगिनीसँग यूएईमा खेल्दैछ।

(अन्नपुर्ण पोष्ट बाट)

जापानवासी नेपालीहरुले भारतीय दूतावासमा विरोध प्रर्दशन गर्दै ज्ञापनपत्र बुझाए

भारत सरकारले नेपालमा गरेको अघोषित नाकाबन्दिको बिरोधमा जापानवासी नेपालीहरुले विहिवार विहान टोकियो स्थित भारतीय दूतावासमा विरोध प्रर्दशन गर्दै ज्ञापनपत्र बुझाएका छन ।

गैरआवासीय नेपाली संघ जापानको आयोजनामा गैरआवासीय नेपाली संघ एनआरएनए आइसिसी उपाध्यक्ष भवन भट्टको संयोजनमा जापानवासी नेपालीहरुको  टोलीले दूतावासमा विरोध पत्र बुझाएको हो ।

कार्यक्रमको संयोजकत्व एनआरएनए आइसिसी उपाध्यक्ष भवन भट्टले गर्नु भएको थियो ।


कार्यक्रमका केहि झलकहरु
/


Wednesday, September 30, 2015

जापानमा घान्द्रुक साँझ हुने ..

ब्रेज मेश्रों घान्द्रुक समाज जापानको आयोजनामा यही आउदो अक्टुबर -२५ तारिक आईतबारको दिन ईकीगामी खाइकन हलमा "ब्रेज मेश्रों साँझ -२०१५ बिबिध सांस्कृतिक कार्यक्रम हुने भएको छ । 
समाजको बार्षिकउत्सब सँगै दसैं तिहारको शुभ अब्सरमा बाढी पहिरो सहयोगार्थत "ब्रेज मेश्रों साँझ नामकरण गरेको उक्त कार्यक्रममा नेपालबाट अमन्त्रित चर्चित पप गायक अनिल सिंह र नव चर्चित लोक दोहोरी गायक बिमल परीयार आउने भएको छ भने नेपालबाटै अर्को कार्यक्रमको लागी आउनु भएको चर्चित लोक दोहोरी गायिका भिमु गुरुङ पनि सो कार्यक्रममा सहभागी हुनेछ साथमा स्थानिया कलाकारहरुको बेजोड प्रस्तुती रहनेछ । 

जापानको ब्यस्त समयको बाबजुत पनि नेपालबाट कलाकारहरु झिकाएर गरिएको समाजको जापानमा यो पहिलो कार्यक्रम हो | कार्यक्रमबाट उठेको सबै रकम खर्च कटाएर बाढी पहिरोले क्षेतीग्रस्त भएको कोल्टेभाटी पुल र मत्क्यु पुल निर्माणको लागी सहयोग गर्ने कुरा आयोजक कमिटिका प्रचार बिभागका संयोजक युक्तमान गुरुङले बताउनुभयो । उक्त कार्यक्रमलाई सफल बनाइदिनुहुन जापान स्थित बिभिन्न संघ सस्था, समाज ब्यबासायी नेपाली दाजुभाइ दिदी बहिनीहरुलाई अनुरोध गर्दै कार्यक्रममा उपस्थिति जनाइदिनुहुन ब्रेज मेश्रों घान्द्रुक समाज जापान परिवार तथा आयोजक कमिटिको तर्फबाट हार्दिक निमन्त्रणा गर्दछौं बिज्ञप्तीमा भनिएको छ । 


मिती - २०१५ -अक्टुबर - २५ तारिक आईतबार समय - दिउसो ठीक ४ बजे स्थान- ईकिगामी खाईकन हल ईकिगामी स्टेशनबाट ७ मिनट

Saturday, September 26, 2015

भारतीय संञ्चारकर्मीहरुलाइ नेपाल प्रवेशमा रोक

१० असोज ।
 भारतीय संचारकर्मीले नेपालको सन्र्दभमा गलत समाचार सम्प्रेसण गरेको भन्दै उनीहरुलाई नेपाल प्रवेशमा रोक लगाइएको छ ।

तराइमा जारी आन्दोलन र संविधान जारी भइसकेको अवस्थामा पनि भारतीय मिडियाले अफवाह फैलाएको भन्दै जिल्ला प्रशासन कार्यालय मोरंगका प्रमुख जिल्ला अधिकारी गणेश राज कार्किको निर्देशनमा नेपाल प्रहरीले प्रवेशमा रोक लागाएको मोरंगका संचारकर्मी विरेन्द्र झाले जनाएका छन् ।

झाका अनुसार भारतको जीन्यूज टेलिभिजन , आजतक टेलीभिजन , इन्डिया टेलिभिजन , एण्डी टेलिभिजन, इटिभि बिहार टेलिभिजन, हिन्दुस्तान टाइमस् लगायतका दुइ दर्जन बढि संञ्चारकर्मीहरुले प्रत्यक्ष प्रसारणका लागी ओभि भ्यानसहित बिराटनगर प्रवेश गर्न खोज्दा उनीहरुलाइ नेपालका ससस्त्र प्रहरीहरुले रोकेका थिए ।

जसरी भारतमा तेल भर्न गएका नेपाली ट्यांकरलाई माथिको आदेश भन्दै हिस्स पारीएको थियो त्यही शैलीमा नेपाली प्रहरीले पनि माथिको आदेश भन्दै नेपाल छिर्न नदिएपछि भारतीय संचारकर्मीहरु जिल्ल परेर नाकामा नै उभिइरहे ।

Thursday, September 24, 2015

सेप्टेम्बर २७ तारिक टोकियोमा "होस्टेल रिटन्स"प्रदर्शन हुने

आउँदो आईतबार अर्थात् सेप्टेम्बर २७ तारिक साँझ ५:३० बजे बाट टोकियोको मेगुरोमा अवस्थित मेगुरो कुमिन सेन्टर हलमा बहुचर्चित नेपाली चलचित्र "होस्टेल 
रिटन्स" प्रदर्शन  हुने भएको छ l मिनामी डाईनिङ् एण्ड बारले प्रदशन गर्न लागिएको उक्त चलचित्र नेपालमा भदौ ४ गते बाट प्रदर्शनमा आएर सुपरहिट बनेको चलचित्र हो र अझै पनि नेपालमा भव्यताका साथ प्रदशन भईरहेको छ I  

सायद र होस्टेल जस्ता सुपरहिट चलचित्र निर्माण गरेका निर्माता सुनिल रावलको यस चलचित्रलाई पनि नेपालका दर्शकहरुले अत्यधिक मन पराएका छन् साथै टोकियोमा हुने उक्त सोको लागि निर्माता सुनिल रावलको समेत उपस्थिति हुनेछ  भन्ने कुरा आयोजक पक्ष मध्यका एक इशोर श्रेष्ठ ज्युले सहयात्री जापानलाई जानकारी गराए I साथै उहाँले उक्त दिन बहुप्रतिक्षित चलचित्र होस्टेल रिटनर्स हेर्न आइदिनुहुन सम्पूर्ण जापानबासी नेपालीहरुलाई अनुरोध पनि गर्नुभयो I 

दुर्गिश फिलिम्सको व्यानरमा निर्माण भएको ,सुरज भुषालले निर्देशन गरेको होस्टेल रिर्टनसमा होस्टेलमा बसेर इञ्जिनियरिङ पढ्ने विद्यार्थीहरुको कथाबस्तुलाई प्रस्तुत गरिएको छ भने फिल्ममा सुशिल श्रेष्ठ, शशी श्रेष्ठ, अभय बराल, नाजिर हुसेन पिके चौधरी, सुनिल रावल, निर्मल शर्मा, दिया मास्केलगायतको उत्कृष्ठ अभिनय रहेको छ I 

Saturday, September 19, 2015

चलचित्र "वडा नम्बर ६ " करोड क्लबमा

फिल्मीबजार नेपाल :- चलचित्र वितरक गोपाल कायस्थको भनाईलाई आधार मान्ने हो भने शुक्रबारबाट सार्वनिक प्रर्दशनमा आएको चलचित्र ‘वडा नम्बर ६’ले शनिवार साँझ सम्म करोड क्लबमा प्रवेश गरिसकेको छ ।उनका अनुसार राजधानीका २४ वटा पर्दाहरुबाट प्रर्दशनमा आएको ‘वडा नम्बर ६’ ले शनिवार ३१ व्टा पर्दा पाएको छ । चलचित्रले शुक्रबार मात्रै २७ लाख ३५ हजारको ग्रश कलेक्सन गरेको थियो । शनिवार झनै शुक्रबार भन्दा बढी मान्छेको फ्लो हलमा देखिएको थियो । शनिवार साँझ सम्म मोटामोटी चलचित्रले एक करोडको ग्रश कलेक्सन गरेको वितरक कायस्थले जानकारी गराएका छन् । त्यस्तै चलचित्र ‘वडा नम्बर ६’ले गोपी कृष्ण मुभिजमा पनि नयाँ इतिहास रचेको छ । अहिलेसम्म कहिल्यै पनि गोपीकृष्ण मुभिजका दुई ठुला हलहरु गोपी र कृष्णमा एकैपटक एउटै नेपाली सिनेमा लागेको रेकर्ड छैन । तर प्रथम पटक यही चलचित्रबाट दुबै ठुला हलहरुमा हिन्दी फिल्मलाई हटाएर ‘वडा नम्बर ६’प्रर्दशन गरिएको जानकारी छ । ति दुबै हल हाउसफुल रेहको वितरकले दाबी गरेका छन् । नेपाली चलचित्र क्षेत्रका लागि यो निकै सकारात्क संकेत भएको गोपीकृष्ण भुभिजका प्रबन्धक प्रदिप दहाल बताउछन् । यति धेरै मान्छे सिनेमा हेर्न एकैपटक आएको मैले अहिलेसम्म देखेको छैन्, उनले भने, जे होस् चलचित्रले हाम्रो हलमा नयाँ इतिहास कायम गर्यो । उज्जवल घिमिरे निर्देशित चलचित्र ‘वडा नम्बर ६’मा हाँस्यकलाकारहरुको बाहुल्यता रहेको छ । दिपकराज गिरी , दिपाश्री निरौला, प्रियंका कार्की, जितु नेपाल, सिताराम कट्टेल, केदार घिमिरे, निर शाह, राजाराम पौडेल लगायत कलाकारहरुको अभिनय रहेको छ ।

News:filmybazar

Tuesday, September 8, 2015

आईफोन ६ सक्कली र नक्कली छुट्टाउने सरल बिधि

एप्पलले आफ्नो नयाँ आईफोन सान फ्रान्सिस्कोमा चाडै सार्वजनिक गर्दैछ। यो नयाँ आईफोनको नाम आईफोन ६ एस वा आईफोन ७ हुनेछ। नयाँ आईफोन लञ्च हुनैलाग्दा पुराना आईफोनको मूल्यमा पनि केही कमी आउनेछ। मुल्य घटेको बेला आईफोन किन्दा केही सावधानी भने अपनाउनुपर्छ किनकी बजारमा नक्कली आईफोन पनि देखिने गरेका छन्। कसरी चिन्ने सक्कली र नक्कली आईफोन?

आईफोन किन्दा, बटनको ठाँउ, स्क्रिनको आकार, एप्पलको लोगो, अपरेटिङ सिस्टम, सिरियल नम्बर, बिल्ट-इन एप्स, मेमोरी क्यापासिटी, मोटाइ अनि तौल, वेलकम स्क्रिन अनि वारेन्टी राम्रोसंग याद गर्नुपर्छ।

१)बक्सः

आईफोन राख्ने बक्सबाट पनि सक्कली नक्कली छुट्याउन सकिन्छ। सक्कली बक्समा कालो अक्षरले iPhone लेखिएको छ भने नक्कलीमा सुनौलो वा सुन्तला रंगले iPhone लेखिएको भेटिन्छ। सक्कलीको बक्स अलि सानो अनि चिटिक्क परेको हुन्छ भने नक्कलीको बक्स अलि ठुलो अनि भद्दा हुन्छ। सक्कली बक्सको पछाडी फोनको बारेमा केही लेखेको हुन्छ भने नक्कली आफईफोनको बक्सको पछाडी केही लेखिएको भेटिदैन।

२)बक्स भित्रः

बक्स भित्र आईफोनकै आकारको प्लास्टिक कार्ड पहिला भेटिन्छ। नक्कली र सक्कली दुवैमा यस्तो कार्ड खासै फरक हुदैन। दुवैको बीचमा प्वाल हुन्छ। सक्कलीमा क्यामेराको ठाउँमा पनि प्वाल पारिएको हुन्छ यो कार्डमा। त्यसपछि फोनसंग सम्बन्धित कागजपत्र हु्न्छन। सक्कलीको कागपत्रको गुणस्तर निकै राम्रो हुन्छ।

३)उपकरणहरुः


कागजपत्रको तल प्यास्टिकको एक बक्समा फोनलाई आवश्यक पर्ने उपकरणहरु राखिएको हुन्छ। यो इयरफोन दुवै बक्समा उस्तै जस्तो देखिन्छ। जसको गुणस्तर केही सुने पछि पत्ता लाग्छ। सक्कलीको बक्समा चार्जर र डाटा केवलको लागि छुट्टा छुट्टै ठाउँ हुन्छन्, जुन नक्कलीको बक्समा हुदैन।

४)फोनको पछाडीः
फोन सक्कली की नक्कली छुट्याउने सजिलो तरिका फोनको पछाडीको भाग हो। सक्कलीमा फोनको बारेमा लेखिएको जानकारी सबैभन्दा तल हुन्छ भने नक्कलीमा केही माथी। त्यस्तै एप्पलको लोगो नक्कलीमा ऐना जस्तो टल्कन्छ। सक्कलीमा पनि लोगो टल्कन्छ तर ऐना जस्तो रिफेल्ट भने गर्दैन।

५)क्यामेराः
सक्कली र नक्कली आइफोनको क्यामेराको डिजाईन निकै फरक छ। नक्कली क्यामेराको वरिपरि सिल्भर रंगको एक घेरा हुन्छ, जुन सक्कलीमा हुदैन। सक्कली आईफोनको फ्याल्स लाइटको रंग पहेंलो छ, अनि भित्र फैलिएको जस्तो देखिन्छ। तर नक्कलीको पनि रंग पहेंलो नै देखिन्छ तर भित्र खुम्चेको हुन्छ।

६)मोटाइ र बटनः
सक्कली नक्कली दुवैको मोटाइ करिब करिब उस्तै भेटिन्छ। अलि नियालेर हेर्ने हो भने सक्कली नक्कली बन्दा थौरै पातलो छ। सक्कलीको तुलनामा नक्कलीको साइड बटन अलि साह्रो छ। भोलुम बटन सक्कलीको थिच्दा आवाज आउँछ जुन नक्कलीमा हुदैन।

७)डिस्प्ले र आईकन
सक्कली र नक्कली फोन लाई अन गर्ने बित्तिकै यी दुईको डिस्प्ले क्वालिटीको फरक थाह पाउन सकिन्छ। सक्कलीको डिस्प्ले नक्कलीको भन्दा चहकिलो अनि प्रष्ट छ। लक स्क्रिनमा देखिने क्यामेराको आइकन निकै फरक छ। Slide to unlock लेखेको नक्कलीमा सादा रंगमा छ भने सक्कलीमा केही एनिमेसन गरिएको भेटिन्छ।

नक्कली आईफोन ६ को एपस्टोर चीनियाँ भाषामा छ। सक्कली आईफोन एक पटक भएपनि चलाउनुभएको छ भने नक्कली आइफोन कुन हो भनी छुट्याउन गाह्रो पर्ने छैन।

यी सबै टिप्स आईफोन ६ को सक्कली र नक्कली छुट्याउनको लागि हो। सेट नै फरक हुने भएपछि डिजाइन, क्षमता सबै फरक नै हुने भइहाल्यो। तर किन्ने बखत यी कुरा ध्यान दिँदा नक्कली भएपनि चिन्न सकिन्छ।

Friday, September 4, 2015

"उपयुक्त प्रतिनिधि चयन गरौँ,साझा सबल र सुदृढ एनआरएनको निर्माण गरौँ I" : टाशी वाङ्दी लामा

जापानमा अहिले मौसमी गर्मि केहि कम भए पनि जापान बासी नेपालीहरुलाई एनआरएनए जापानको चुनाबी गर्मीले ह्वात्तै छोएको छ I उमेदवारी दिने व्यक्तिहरु आफुलाई सक्दो भोट माग्न सामाजिक संजालका भरपुर उपयोग , प्रतेक व्यक्तिलाई फोन गरि सहयोग माग्ने साथै मौखिक रुपमा कोठा कोठा चाहार्ने जस्ता विभिन्न उपायहरु अपनाई रहेका छन् I 

कसैको बढी बोल्ने र कसैको कम बोल्ने सबैको आ-आफ्नो छुट्टा छुट्टै  बानि हुन्छ तर आफुलाई चाहिने बेलामा जो कोहि बढी बोल्ने त गर्छन नै I बिशेष गरि चुनाबी माहौलमा सत प्रतिशत नेता हरु बोल्न,भाषण गर्न एकसा एक अगाडी बढ्ने गर्छन I स्टेजमा माइक देख्यो कि जनताको ध्यान आफूतिर आकर्षित गर्न ठुल ठुला गफ र भाषण गर्न तम्सिहाल्छन भलै सामाजिक कार्यमा हात एकचोटी पनि नहालेको किन नहोस I तर जापानमा एक नेपाली व्यक्ति यस्तो हुनुहुन्छ जो बोल्नमा भन्दा बढी कर्ममा बिश्वाश गर्छन I दशकौं देखि दिन रात नभनी लगातार समाजका लागि खटि रहेका छन् ! उहाँ हुनुहुन्छ आगामी एनआरएनए जापानका नया कार्यकाल(२०१५-२०१७सम्म)का लागि उपाध्यक्ष  पदका लागि उमेदवारी दिएका टाशी वाङ्दी लामा I 

टाशी वाङ्दी लामा एक यस्ता व्यक्ति हुनुहुन्छ जो एनआरएन जापानको आइसीसी २०१३ देखि २०१५सम्मका युवा प्रतिनिधी भएर धेरै अनुभब संगाली सक्नु भएका छन्,  तेस्तै जापानको टोकियोमा सामाजिक कार्यमा सधै सक्रिय रहने युवाहरुको संस्था नेपाल जापान युथ क्लबको अधयक्ष पदमा रहेर पनि धेरै सामाजिक कार्य गरिरहनु भएको छ I उदाहरणको लागि भगवान गौतम बुद्ध नेपालमा जन्मिएका हुन् भनेर जापानी र विश्व समुदायमा चिनाउने हेतुले गरिने र्याली होस् वा रक्तदान कार्यक्रम  होस् वा भुकम्प पिडित हरुको निम्ति राहत संकलन होस् या जापानमा भएका नेपालीहरु बीच आपसमा भाइचारा र सदभाव बढाउनको निम्ति खेलकुद आयोजना गरेर होस् या सांगेतिक कार्यक्रम गरेर होस् मेलमिलापको उपयुक्त बातावरण सृजना गर्ने गर्छन I साथै व्यक्तिगत रुपमा पनि जापानमा समस्यामा परेका नेपालीहरुको लागि आफै दौड धुप गर्ने गर्दछन एक अर्थमा भन्नु पर्दा उहाँले मन बचन र कर्म सधै दुखमा परेकाहरुको निम्ति खर्चिने गर्नु हुन्छ फलस्वरूप जापानमा नेपाली समुदायमा अत्याधिक चर्चामा पनि हुनुहुन्छ I 

हँसिला र मिजासिला स्वभावका टाशी लामा स्पष्टबक्ता पनि हुन्  'सहयात्री जापान'  संगको कुराकानीमा उहाँले भन्नु भयो " म बचनमा भन्दा कर्ममा बिश्वाश गर्ने मान्छे ! एक घण्टा भाषण गरेर समय बर्बाद गर्नु भन्दा दुइजनाको समस्या समाधान गर्न सके त्यो उपलब्धि हुन्छ र समयको सदुपयोग पनि I तेसैले अबको यो एनआरएनए जापानको चुनाबमा म तपाई सम्पुर्ण नेपालीहरुको आवाज लिएर उपाध्यक्ष पदको लागि प्रतिस्पर्धा गर्दैछु I  तपाईहरु सम्पूर्णको सहयोगको आवस्यकता छ र 
आशा गर्दछु  सम्पूर्ण नेपालीहरुले सहयोग गर्नु हुनेछ I भोट जस्लाई दिए पनि फरक पर्दैन  जे होस् तपाईहरुले दिएको भोट खेर नजावोस I हालसम्मको कामको मुल्यांकन पनि गर्नुहोस् र तपाईले चुनेका व्यक्तिले एनआरएन जापानलाई अझ सबल र सुदृढ बनाउन एक चित्त भएर सधैं  लागि रहोस र जापानमा समस्यामा पर्ने नेपालीहरुको आवाज सुनिदिओस, सम्बधित ठाउमा आवाज उठाईदिवोस र समस्याको समाधान गरिदिओस I  र अन्तमा 
   उपयुक्त प्रतिनिधि चयन गरौँ I 
  साझा सबल र सुदृढ एनआरएनको निर्माण गरौँ I"
भन्दै उहाँले सेप्टेम्बर ६ तारिक आईतबार समयमै भोट हाल्न आइदिनु हुन सम्पूर्ण जापानबासी नेपालीलाई अपिल गर्नु भयो I 


अब चिनेको बोलेको भरमा भोट दिने कि ?सामाजिक कार्यमा अग्रसर हुने ,एनआरएनए जापानलाई अझ सबल र सुदृढ बनाउने खुबी भएको अनि राष्ट्र निर्माणमा सहयोग पुराउन सक्नेलाइ दिने?यी दुइ मध्ये कस्तो खालको उमेदवारीलाई भोट दिएर उपयुक्त प्रतिनिधि छान्ने कर्तब्य  हजुरको I 
                        मतपत्र 


गिनिज बुक वर्ल्ड रेकर्डर चन्द्रबहादुर डाँगीको निधन

विश्वकै होचो मानिसका रुपमा गिनिज बुक वर्ल्ड रेकर्डमा नाम लेखाएका नेपाली नागरिक चन्द्रबहादुर डाँगीको निधन भएको छ ।

कार्यक्रमका क्रममा अमेरिकामा रहेका डाँगी अचानक अस्वस्थ भएपछि उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो ।

दाङ घर भएका उनको उपचारकै क्रममा अमेरिकाको ल्योन्डन बी जोहन्सन ट्रपिकल मेडिकल सेन्टरमा शुक्रबार मध्यान्ह निधन भएको हो ।

हालसम्मकै होचा जीवित मानिसका रुपमा गिनिज बुक वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल डाँगीको जन्म वि.सं. १९९६ साल मंसिर १५ गते भएको थियो ।

उनलार्इ २०६८ फागुन १४ गते गिनिज बुक अफ वर्ल्ड रेकर्डसले विश्वकै जीवित होचा व्यक्ति भएको पुष्टि गरेको थियो । लन्डनबाट आएका गिनिज बुक अफ वर्ल्ड रेकर्डसका प्रधान सम्पादक क्रेग ग्लिन्डेले डाँगीको उचाइ ५४.६ सेन्टीमिटर भएको प्रमाणित गरेका थिए ।

गिनिज बुकको आधिकारिक साइटमा उल्लेख भएअनुसार १२ किलोग्राम भएका उनी विश्वमा भेटिएकामध्ये सबैभन्दा होचा प्रमाणित भएका थिए ।

यो कीर्तिमान यसअघि भारतका गुल मोहम्मदको नाममा थियो । जसको उचाइ ५७ सेन्टिमिटर थियो। जीवित व्यक्तिमध्ये सबैभन्दा होचाको कीर्तिमान यसअघि फिलिपिन्सका जुन्रे वालाविङ को नाममा थियो। 

(अन्नपुर्ण पोष्ट बाट)

Thursday, September 3, 2015

के तपाईलाई थाहा छ ? लामखुट्टेले ओ ब्लड ग्रुप भएको मानिसलाई बढी मन पराउछ अर्थात् बढी टोक्ने गर्छ

कोही कोही मानिसले लामखुट्टेले आफुलाई अरुलाई भन्दा बढि टोक्ने गरेको गुनासो गर्छन् । अरु मानिसहरु सँगै हुँदापनि लामखुट्टेहरु आफ्नै जिउमा बढि झुम्मिने गरेको दाबी हुन्छ कसैकसैको । यस्तो दाबी गर्नेलाई हामीले जिस्काउने गर्छौँ प्रायः ।
अनि भन्ने गर्छौँ की तिमीलाई बढि मन पराएको होला नी लामखुट्टेले । साँच्ची उक्त साथीले नखरा पारेको हो, आखिर लामखुट्टेले टोक्ने त सबैलाई उस्तै त हो भन्ने हाम्रो बुझाइ रहँदै आएको छ । लामखुट्टेले धनी, गरीब, दुब्लो मोटो, कालो तथा गोरो भनेर विभेद गर्ने कुरा भएन । कोही मानिसको रगत बढि मीठो र कसैको नमीठो हुने कुरा पनि भएन ।
त्यसैले लामखुट्टेले जसलाई मौका पायो उसैको जिउबाट रगत चुस्ने हो नी भन्ने ठम्याइ हुन्छ हाम्रो । तर वास्तवमा हाम्रो यो ठम्याइ गलत रहेछ । हालैको एक अध्ययनले मानिसको रगतको प्रकारले उसलाई लामखुट्टेले कति सताउँछ भन्ने कुराको निधो हुने तथ्य पत्ता लगाएको छ ।

शोधकर्ताका अनुसार लामखुट्टेले मानिसको जिउबाट रगत चुस्न रुचाउने दर मानिसको रक्त समूह अर्थात् ब्लड ग्रुपमा निर्भर गर्दछ ।
अमेरिकाको पब्लिक लाइब्रेरी अफ साइन्सका शोधकर्ताहरुका अनुसार ओ ब्लड ग्रुप भएका मानिसहरुलाई लामखुट्टेले बढि मन पराउँछ । ओ ब्लड ग्रुप भएका मानिसको शरीरको रगत चुस्न लामखुट्टेले बढि रुचाउँछ ।
शोधकर्ताहरुका अनुसार हाम्रो रगतमा प्रोटिन हुन्छ र उक्त रक्तप्रोटिन ओ ग्रुपको रगतमा बढि हुन्छ । त्यसैले बी ब्लड ग्रुप भएका मानिसको तुलनामा ओ ब्लड ग्रुप भएका मानिसहरुलाई लामखुट्टेले टोक्ने दर दोब्बर हुन्छ । त्यस्तै ए ब्लड ग्रुपका मानिसलाई बी ब्लड ग्रुपका मानिसलाई भन्दा पनि लामखुट्टेले कम टोक्छ ।
शोधका अनुसार लामखुट्टे मानिसको पसिनाको गन्धबाट पनि आकषिर्त हुन्छ । बढि पसिना आउने मानिसप्रति लामखुट्टे बढि आकषिर्त हुने शोधकर्ताको ठम्याइ छ । पसिनामा ल्याक्टिक एसिड, युरिक एसिड तथा एमोनिया जस्ता तत्व हुन्छन् जसले लामखुट्टेलाई आकषिर्त गर्दछ ।
त्यस्तै एक शोधका अनुसार लामखुट्टेले हेर्ने तथा रंग छुट्टाउने क्षमता पनि हुन्छ । लामखुट्टेले रातो, निलो तथा कालो लगायतका रंग सजिलै सँग पहिचान गर्न सक्छ । त्यसैले यदि तपाइँले यस्ता रंगका कपडा पहिरिनुभयो भने लामखुट्टेले बढि सताउनेछ ।
शोधले अर्को रोचक कुराको खुलासा पनि गरेको छ । जस अनुसार बियर पिउने मानिसलाई नपिउने मानिसको तुलनामा लामखुट्टेले बढि सताउने गर्छ । बियर पिउने मानिसको शरीरमा इथानोलको मात्रा बढि हुन्छ । इथानोलले मानिसलाई बढि आकषिर्त गर्दछ ।

From Health magazine 

Sunday, August 30, 2015

नायिका नम्रता श्रेष्ठको ‘मलाई मनपर्छ/मनपर्दैन’ स्तम्भ

नेपाली चलचित्रमा सफल नायिका मानिन्छिन् नम्रता श्रेष्ठ । चलचित्र ‘सानो संसार’मा नेपाली चलचित्र बजारमा प्रवेश गरेकी यी नायिकाले अनलाइनखबरसँग आफूलाई ‘मनपर्ने र मननपर्ने’ कुरा साटेकी छिन् । अनलाइनखबरले सुरु गरेको ‘मलाई मनपर्छ/मनपर्दैन’ स्तम्भमा रहेर कुरा गर्दै उनले आफ्ना रोजाई साटेकी हुन् । हरेक आइतबार यो स्तभ्म प्रस्तुत हुनेछ :

मलाई मन पर्छ
१. पुस्तक : लाइफसँग जोडिएका सबै
२. खाना : स्पाइसी खाना
३. कलाकार : डेनिल डे लुइस
४. गहना : इयर रिङ
५. पहिरन : क्याजुअल
६. मौसम : चिसो
७. स्थान : लाङटाङ
८. सवारी साधन : बाइक
९. मोबाइल : आइफोन
१०. जनावर : कुकुर
११. बानी : सम्मान गर्ने
१२. चाडपर्व : तिहार
१३. गीत : राइज
१४. चलचित्र : माई लेफ्ट फुड

मलाई मन पर्दैन :
१. पुस्तक : नचाहिने पुस्तक पढ्दिन, त्यसैले छैन
२. खाना : सुप
३. कलाकार : रणवीर सिंह
४. गहना : खासै छैन
५. पहिरन : नसुहाउने
६. मौसम : गर्मी
७. स्थान : सबै मनर्छ, किनकी हरेकमा कथा भेट्छु
८. सवारी साधन : छैन
९. मोबाइल : सोनी
१०. जनावर : सुंगुर
११. बानी : नचाहिदो व्यवहार देखाउने
१२. चाडपर्व : छैन
१३. गीत : खासै छैन
१४. चलचित्र : गुन्डे
 
(अन्लाईन खबर बाट)

Friday, August 28, 2015

क्रिष्टियानो रोनाल्डोलाई पछारेर मेस्सी बने बर्षको उत्कृष्ठ खेलाडी

 

अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीले आफ्नो लोभलाग्दो फुटबल करियरमा अर्को एउटा सफलता थपेका छन् ।

स्पेनिस क्लब बार्सिलोनाबाट व्यावसायिक फुटबल खेल्दै आएका मेस्सी यो वर्ष पनि युरोपका उत्कृष्ट फुटबलर घोषित भए । यसअघि सन् २०११ मा पनि उनलाई यो अवार्ड दिइएको थियो ।

बार्सिलोनालाई च्याम्पियन्स लिग, ला लिगा र स्पेनिस किङ्स कपको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका मेस्सीले गत सिजनको उत्कृष्ट फुटबलरको अवार्ड जितेका हुन् ।

गएराती फ्रान्सको मोनाकोमा भएको एक समारोहका बीच मेस्सीलाई उक्त अवार्ड दिइएको हो । मेस्सीले रियल मड्रिडका क्रिष्टियानो रोनाल्डो र आफ्नै क्लव बार्सिलोनाका लुइस स्वारेजलाई पछि पारे ।

चार पटकका फिफा वर्ष खेलाडी मेस्सीले गएको सिजनमा कुल ५८ गोल गरेका थिए । रोनाल्डोले गएको सिजन सबै प्रतियोगितामा ६१ गोल गरे पनि रियल मड्रिडलाई उपाधि जिताउन भने सकेका थिएनन् ।

 (एजेन्सी)


Thursday, August 27, 2015

अफगानिस्तानलाई ३-२ को अन्तरले हराएर नेपाल अन्डर १९ च्याम्पियनशिप फुटबलको फाइनलमा

नेपाल पहिलो साफ अण्डर १९ च्याम्पियनसिप फुटवलको फाईनलमा प्रवेश गरेको छ । बलियो प्रतिद्वन्दी अफ्गानिस्तानलाई ३–२ गोल अन्तरले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको हो । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको पहिलो सेमिफाईनलमा नेपालले उत्कृष्ट खेल पस्किएको थियो । खेलको ३४ औं मिनेटमा सुनिल बलको कर्नर प्रहारमा हेडर मार्फत गोल गर्दै अन्जन बिष्टले नेपाललाई अग्रता दिलाएको थियो । तगत्तै नेपालले पेनाल्टी पायो र अन्जनले नै पोष्टको दिशा दिएपछि नेपाल पहिलो हाफमा २–० को अग्रता लिन सफल भएको थियो ।
 

दोस्रो हाफमा केही आक्रामक रुपमा मैदान उत्रिएको अफ्गानिस्तानले अनन्त तामाङ्गको आत्मघाती गोलबाट ५० औं मिनेटमा खाता खोलेको थियो । तर त्यसको तीन मिनेटपछि डिबक्स नजिक पाएको फ्रिकिकलाई सिधै पोष्टको दिशा दिदै सुनिल बलले नेपाललाई ३–१ को अग्रता दिलाए । ७३ औं मिनेटमा मेहदी रेजाईले नेपाली डिफेन्सको गल्तीको फाईदा उठाउदै गोल गर्न सफल भए । त्यसपछि थप आक्रामक बनेको अफ्गानिस्तानका एकपछि अर्को प्रहार नेपाली गोलकिपर सोजित गुरुङ्ग र डिफेन्स अनन्त तामाङ्गले बिफल बनाएपछि अफ्गानिस्तान सेमिफाईनल चरणबाटै बाहिरियो ।  

नेपालले उपाधिका लागि आजै हुने भारत र बंगलादेशबीचको दोस्रो सेमिफाईनलको विजेतासँग आगामी शनिवार प्रतिस्पर्धा गर्नेछ । भारत र बंगलादेश अपरान्ह साढे ३ बजे एन्फा कम्प्लेक्सको मैदानमा आमने सामने हुनेछन् ।   


लोकप्रिय समाचार