Tuesday, June 30, 2015

बिहान उठ्नासाथ पानी पिउने बानीले शरीर लाई फाईदै फाईदा

ओछ्यानबाट उठ्नासाथ पानी पिउनाले हुने फाइदाहरु:-
बिहान उठ्नासाथ पानी पिउने हामी मध्य धेरैको बानी हुन सक्छ यसलाई धेरैजसोले आफ्नो स्वास्थ्यलाई तन्द्रुस्त बनाई राख्न आफ्नो नियमित रुटिनमा राख्ने गरेको पाइन्छ । बैज्ञानिकहरुले समेत बिहान उठनासाथ पानी पिउनाले स्वास्थका लागि लाभदायक छ भनेर सावित गरिसकेका छन् । अध्ययन तथा अनुसन्धानले साबित गरिसकेको छ बिहान उठ्नासाथ पानी पिउनाले शरीरका कतिपय रोगहरु जस्तै शरीर दुख्ने, मुटुजन्य समस्या, छारे रोग, टाउको दुख्ने समस्या, शरीर तथा जोर्नी सुनिने र दुख्ने समस्या, चिनी रोग, कब्जियत, अनावश्यक मोटो पना, टिबी, मेनिनजाईटिस, किडनी संबद्ध रोगहरु, वाकवाकी, पाठेघर संबन्धी रोगहरु, ग्यास्ट्रिक, कान दुखेको समस्या र घांटी संबन्धी समस्याहरु समाधान हुन्छ । पानी पिउने तरिका
 १. बिहान उठ्ने बितिक्कै (ओछ्यान छोड्नासाथ) एक ग्लास पानी पिउनुहोस् । सुरुसुरुमा बिहान उठ्नासाथ एक ग्लास पानी खालि पेटमा सेवन गर्न गाह्रो भएको खण्डमा जति सकिन्छ त्यति मात्र पिउनुहोस् । तर बिस्तारै बानी बस्छ ।
 २. दाँत ब्रस गरेपछि र ट्वालेट गैसकेपछि, ४५ मिनट सम्म केही पनि नखाइ र नपिइ बस्नुहोस् । ४५ मिनेट पछि, आफ्नो नियमित खाजा खानुहोस् र अर्को एकघन्टा सम्म केही पनि खाने र पिउने नगर्नुहोस्। यो बिधि नियमित पालन गर्नाले केही विशेष प्रकारका खतरनाक रोगहरुबाट सहजै छुटकारा पाउन सकिन्छ अनुसन्धानले के देखाएको छ भने, विभिन्न प्रकारका रोग निदानमा माथी उल्लेखित तरिका अपनाउँदा पानीको मात्रा रोगको प्रक्रिति अनुसार सेवन गर्नुपर्ने हुन्छ । र यसो गर्दा उक्त रोगबाट निश्चित समयमा आपसेआप छुटकारा प्राप्त हुन्छ ।
 कुन रोगका लागि कति दिन सम्म पानी पिउने:
 १. क्यान्सर रोगका लागि : १८० दिन सम्म
 २ चिनी रोगका लागि : ३० दिन सम्म
 ३. कब्जियतका लागि : १० दिन
 ४. ग्यास्ट्रिक रोगका लागि : १० दिन
 ५. उच्च रक्तचापका लागि : ३० दिन
 यो उपचार पद्धती अपनाउँदा सुरुका दिनमा पिसाप धेरै लाग्न सक्ने हुन सक्छ । तर यस बाहेक यसले कुनै पनि साइड इफेक्ट गर्दैन । पानी पिउनु र सक्रिय जिवन यापन गर्नु स्वस्थ जिवन यापनका लागि गोप्या मन्त्र हो । अर्को रोचक कुरा के छ भने जापानी र चाइनीज नागरीकहरु आफ्नो खाना सँग चिसो पानी पिउनुको सट्टा तातो चिया पिउँछन् । तपाईले खाएको चिल्लो खानालाई चिसो पानीले ठोस बनाइदिन्छ र पाचन प्रक्रियालाई ढिलो बनाई दिन्छ । जब यो कठोर तेल र पेटमा भएको एसिडबीच प्रतिक्रिया हुन थाल्छ, आन्द्राले यसलाई चाँडो चाँडो ग्रहण गर्न थाल्छ । र यसरी दैनिक रुपमा तेलको मात्रा सेवन गर्नाले शरीमा क्यान्सरले घर बनाउन सक्ने संभावना अत्यधिक मात्रामा बढेर जान्छ । तसर्थ हामी सबैले खाना पछि मनतातो पानी तथा चिया पिउने बानी बसालौं । यसले कुनै प्रकारको साइड इफेक्ट गर्दैन । बरु शरीरलाई फाइदै फाइदा मिल्छ ।

Saturday, June 27, 2015

थाइराइड के हो ? यो रोग लाग्नुको प्रमुख कारण र यस रोग बाट बच्ने उपाएहरु जानिराखौ

थाइराइड भनेको एउटा ग्रन्थी हो । यो हाम्रो घाँटीको अगाडीको भागमा हुन्छ । रुद्रघण्टीको ठिक तल रहेको यो ग्रन्थीले थाइरोक्सिन (टी–३) र ट्राइआयोडो थाइरोनीन (टी–४) हर्मोन उत्पादन गर्छ ।
सोही हर्मोनलेनै हाम्रो शरिरको अंगको क्रियाकलापलाई नियन्त्रण गर्छ ।  थाइराइडको खास काम भनेको शरीरको गति नियन्त्रण (मेटाबोलिजम) गर्ने हो । त्यसैले यसलाई शरीरको एक्सिलेटर पनि भन्ने गरिन्छ ।
तर जब थाइराईड ग्रन्थीको प्रणालीमा बाधा उत्पन्न हुँदा विभिन्न स्वास्थ्य समस्या आउने गर्दछन् । तथ्यांकले लाखौं मानिस थाइराईडले प्रभावित भएको देखाउँछ ।
'समस्या के छ भने धेरैलाई आफूलाई थाइराईड भएको पत्तै पाउँदैनन्।'
यदि थोरै खाना खाँने गर्दा पनि ताैल बढिरहेको छ, साना साना कुराले पनि तनाव दिईरहेको , सन्तान प्राप्तिको लागि समस्या छ र पटक पटक गर्भ तुहिने समस्या छ भने हामीलाई थाइराइड पनि भएको हुनसक्छ ।
थाइराइड ग्रन्थीको काममा गडबडी भएमा यसले अनावश्यक हर्मोन बढी र आवश्यक हर्मोन कम मात्रामा उत्पादन गर्छ । हर्मोन बढी उत्पादन हुनुलाई हाइपर थाइरोइडिज्म् भनिन्छ भने कम हर्मोन उत्पादन गर्ने कामलाई हाइपो थाइरोडिज्म् भनिन्छ ।
यो शरीरको आफ्नै कारण (अटो इम्युन) ले हुने रोग हो । यसमा शरीरले एन्टिबडी बनाएर थाइराइडलाई काम गर्न दिँदैन ।
अथवा बढी काम गर्न दिँदैन । कहिलेकाहिं रुघाखोकी वा घाँटी दुख्ने भएमा र कतिपय अवस्थामा सुत्केरी समयमा पनि थाइराइड हर्मोनको गडबडी देखिन्छ । तर, केही समयपछि यो समस्या आफै निको भएर जान्छ । कसैलाई मुटु र डिप्रेशनको औषधिका कारण पनि थाइराइडको समस्या हुनसक्छ ।
थाइराइड रोग जो सुकैलाई र जुनसुकै उमेरमा पनि हुनसक्छ । तर महिलामा बढी देखिन्छ । रोगको अनुपात हेर्दा १० जना महिलामा देखिएमा एक जना पुरुषमा देखिन्छ । महिलामा रोग प्रतिरोधात्मक क्षमतामा हुने गडबडीले यो रोग बढी भएको हो ।  बालबालिकामा वंशाणुगत कारणले हाइपो थाइरोडिज्म् रोग लाग्नसक्छ । यसले सबैभन्दा बढी प्रभाव बालबालिकामा पार्छ ।
यो रोग लागेमा बालबालिकाको दिमागको बृद्धिविकास रोकिन जान्छ र उनीहरु सुस्त मनस्थितिका हुन पुग्छन् ।
यदि महिलालाई गर्भावस्था वा सो भन्दा अघि थाइराइडको समस्या भएमा बच्चामा सर्ने जोखिम बढी हुन्छ । त्यसैले जन्मेको एक हप्ताभित्र बच्चाको थाइराइड परीक्षण गराउनु पर्छ । अर्को कुरा १३ देखि १४ बर्षका युवतीमा महिनावारी गडबड भएमा एकपटक थाइराइड परीक्षण गराउनु पर्छ । गर्भावस्थामा थाइराइडको समस्या देखिएमा औषधि सेवन गर्नुपर्छ ।
थाइराइडका लक्षण:-
-अस्वाभाविक रूपमा ताैल बढ्नु
-गलगाँड आउनु
-तनाव
-छिटो छिटो महिनावारी हुनु र अत्यधिक रक्तश्राव
-कपाल झर्नु
-छाला फुस्रो हुनु
-मुटुको गति सुस्त हुनु
-चाँडो थकाई लाग्नु
-मुड छिनछिनमा परिवर्तन भईरहनु र कमजोर --- -स्मरणक्षमता
-चिसो लाग्नु
-आवाजमा भारीपन बढ्नु
युवाहरुमा थाइराइडको समस्या भएमा केही समयका लागि खुट्टा नचल्ने लक्षण देखिन सक्छ । शरीरमा पोटासियम कम भएर यस्तो अवस्था देखिएको हो । तर यस्तो समस्या थाइराइडका कारण पनि हुन्छ भनेर बिचार पुर्याउनु पर्छ ।  रोगको समयमा पहिचान हुन नसक्दा धेरै समस्या भोग्नुपर्छ ।
थाइराइडका कारण बाँझोपनको समस्या पनि आउन सक्छ । थाइराइडले पुरुषमा यौनइच्छामा कमी र वीर्यमा कमी देखिन्छ भने महिलामा अण्डा उत्पादन गर्नमा कठिनाई र छिटो रजनोवृत्ति हुन सक्छ ।
   
 थाइराइड हुनबाट बच्न कस्तो भोजन लिने ?
हाइपोथाइरोडिजम भएकालाई भर्जिन नरिवलको तेल लाभदायक हुन्छ । यसमा चेन फ्याटी एसिड हुन्छ जसले मेटाबोलेटिज्मलाई बढाएर वजन घटाउन मद्दत गर्छ ।
१. कृत्रिम चीनीको प्रयोगबाट बच्ने
२. बदाम लगायतका चिल्ला ड्राइफुट नखाने, धुमपानबाट बच्ने र पोषणका औषधीहरु नखाने
३. आवश्यक मात्रामा आयोडिन र भिटामिन ए को सेवन गर्ने । एक वयस्क व्यक्तिका लागि १ सय ५० माइक्रोग्राम आयोडिन प्रतिदिन लिन आवश्यक छ ।
४. बन्दा, काउली, ब्रोकोली जस्ता तरकारीबाट बनेका काँचो सलाद नखाने । यी तरकारीमा पाइने गोट्रोजेन्स नामको तत्वले थाइराइडलाई प्रभाव पार्छ । बरु पकाएर खानाले खासै असर गर्दैन ।
५. सामुद्रिक माछा प्रशस्त खाने । त्यस्तै हरियो पत्तेदार तरकारी र दुग्धजन्य पदार्थमा पनि प्रशस्त आयोडिन पाउन सकिन्छ ।
६. अण्डा, पहेलो पाकेको फलफूल र हरिया सागसब्जीले भिटामिन ए को मात्र परिपूर्ति गर्छ ।
७. गर्भवती महिलालाई प्रतिदिन २ सय २० माइक्रोग्राम आयोडिन आवश्यक पर्ने हुनाले यसमा विशेष विचार पुर्याउने ।
 
नियमित अाैषधी सेवनबाट थाइराइड निको हुन्छ ।
(स्रोत:स्वास्थ्य सम्बन्धि  पत्रिका)

जानी राखौ उमेर नपुग्दै कपाल फुल्ने कारणहरु र रोकथाम गर्ने उपायहरु

हिजो आज मानिसहरु आफनो स्वास्थ्यमा, बाहिरी आवरणमा देखिएको रोग तथा बिभिन्न समस्याले तनावग्रस्त देखिन्छन् । त्यस्ता तनाव दिने मध्येको एक कारण उमेर नपुग्दै कपाल फुल्नु पनि हो । बूढेसकालमा फुल्ने कपाल अल्पायुमै पनि फुलेको देखिन्छ । कपाल मुख्य चार कारणले फुल्ने गर्दछ ।

पहिलो कारण वंशाणुगत हो अर्थात परिवारका सदस्यको कम उमेरमा नै कपाल फुल्दै आएको छ भने पनि अल्पायुमै कपाल फुल्ने गर्दछ । दोश्रो कारण भने बाल्यकालमा चाहिने पौष्टिक आहारको कमि हो । कपाललाई चाहिने पौष्टिक आहार पुगेन भने पनि उमेर भन्दा पहिले नै कपाल फुल्ने सम्भावना हुन्छ । तेस्रो कारणमा कपालमा प्रयोग गरिने केमिकल हो । केमिकलको  कारण पनि उमेर भन्दा पहिले नै कपाल फुल्ने हुन्छ ।  चौथो कारण हो, कपालमा लाग्ने रोग अथवा शरीरमा लाग्ने रोग । कपाललाई चाहिने भिटामिनहरु पुगेन भने वा खाना पचेन भने पनि कपाल फुल्न सक्छ ।

यदि कपाल फुल्ने कारण वंशाणुगत हो भने यसलाई रोक्न सकिदैन । पौष्टिक आहारको कारणले गर्दा हो भने बच्चालाई सन्तुलित भोजन गराउनु पर्छ । पौष्टिक आहारले मात्र हँुदैन, सन्तुलित भोजनको पनि त्यत्ति नै जरुरी हुन्छ । कुनैकुनै बच्चाले खाना खान रुचाउदैनन् जसको कारण आइरनको कमि हुन जान्छ । बच्चा मात्र होइन, युवाले पनि हरियो साग सब्जीहरु रुचाउदैनन् । त्यस्तो समयमा आइरनको अभाव हुन जान्छ र कपाल फुल्ने हुन्छ । तसर्थ सन्तुलित पौष्टिक आहारको व्यवस्था हुन सकेमा कम उमेरमा कपाल फुल्ने समस्याको रोकथाम गर्न सकिन्छ ।

त्यसैगरी केमिकल्सहरु अनावश्यक रुपमा कपालमा लगाउन रोकेमा पनि कपाललाई फुल्नबाट बचाउन सकिन्छ । जन्डीस, क्षयरोग अथवा अन्य दीर्घ रोगले गर्दा पनि शरीरमा भिटामिनको कमि हुन्छ र कपाल फुल्छ । त्यसैले कुनै पनि रोगको समयमै उपचार गर्न सकियो भने पनि अल्पायुमै कपाल फुल्ने समस्याबाट बच्न सकिन्छ ।

अहिलेसम्म कपाललाई फुल्नबाट रोक्ने ठोस उपचार एलोपेथिकमा छैन । तर पनि कपाल फुल्ने कारण पत्ता लगाई निवारण भने गर्न सकिन्छ । यसका लागि वायोटिन या भिटामिन ‘ई’ को प्रयोग अथवा क्याल्सीयम प्यान्थोनेट भन्ने पदार्थ९जुन ‘बी’ कम्प्लेक्समा पाइन्छ०को प्रयोग गर्न सकेमा केही न केही सुधार हुन्छ । सेतो दुबी भएको समयमा पनि कपाल फुल्ने सम्भावना धेरै हुन्छ । यदि सेतो दुबी टाउकोमा आयो वा शरीरमा आएको छ भने त्यस ठाँउमा भएका कपाल फुल्ने सम्भावना बढी हुन्छ ।

        (स्वास्थ्य खबर बाट साभार)

Wednesday, June 24, 2015

कप्तान पारस खड्का र प्रशिक्षक पुबुदु दसानायकेको लक्ष्य उपाधि जितेर आउने

नेपाल लगातार दोस्रोपटक ट्वान्टी–२० विश्वकपमा छनोट हुने तयारी गरिरहेको अवस्थामा कप्तान पारस खड्का र प्रशिक्षक पुबुदु दसानायकेको लक्ष्य उपाधि जितेर आउनेछ । 

नेपाली टिम अभ्यासका लागि मंगलबार राति इंग्ल्यान्ड उडेको छ । एक साता इंग्ल्यान्ड भ्रमणका क्रममा नेपालले चार अभ्यास खेल खेल्नेछ । नेपाली टिम त्यसपछि चार ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल्न नेदरल्यान्ड्स जानेछ । जुलाई ९ बाट सुरु हुने विश्व ट्वान्टी–२० छनोटका लागि नेपालले यो सबै तयारी गरेको हो । 

गत वर्ष यही प्रतियोगितामा नेपाल तेस्रो हुँदै पहिलोपटक ट्वान्टी–२० विश्वकपका लागि छानिएको थियो । यसपटक पनि शीर्ष ६ मा परेमा नेपाल अर्को वर्ष भारतमा हुने विश्वकपमा छानिनेछ । ‘सबैले विश्वकपमा छनोट हुनुपर्छ भनेर भनिरहेका छन्, तर हामी छनोट प्रतियोगिता नै जित्ने लक्ष्यका साथ गइरहेका छौं,’ मंगलबार बिदाइ कार्यक्रममा पारसले भने । ट्वान्टी–२० विश्वकप छनोटमा नेपालको यो तेस्रो सहभागिता हो । ‘पहिलो पटक यो प्रतियोगितामा खेल्दा हामी सातौं भएका थियौं, अघिल्लो पटक तेस्रो भयौं, अब हाम्रो लक्ष्य उपाधि जित्नु हो । हाम्रो टिममा त्यो क्षमता पनि छ,’ पारसले भने । 

भारतीय क्रिकेट बोर्डको हिमाचल प्रदेशमा नेपालले राम्रो तयारी गरेकाले दसानायके पनि विश्व ट्वान्टी–२० छनोटको लक्ष्यमा आफ्ना कप्तानसँग सहमत थिए । ‘भारतमा हाम्रो तयारी राम्रो भयो, हामी बिस्तारै लयमा आइरहेका छौं,’ दसानायकेले भने, ‘हामी निश्चय पनि यो प्रतियोगिता जित्ने आशामा बसिरहेका छौं । केही राम्रा प्रतिद्वन्द्वीहरू पनि छन् तर हामी जुन स्तरमा खेलिरहेका छौं, त्यो अनुसार हामी समूहमा शीर्ष स्थान रहँदै फाइनलतर्फ बढ्ने छौं ।’ यस्ता प्रतियोगिता खेल्दा दबाब सधैं हुने उनले बताए । दसानायकेले अगाडि भने, ‘एउटा सकारात्मक पक्ष के हो भने यो सफलताका लागि भोकाएको छ र त्यसका लागि अगाडि बढ्न चाहन्छ । पछिल्ला ६ देखि ८ महिनामा युवा खेलाडीले आफ्नो खेलमा निकै राम्रो सुधार गरिरहेकाले म खुसी छु । यो टिमले आफ्नो स्तर उचाइमा पुर्याएको छ । हामी एउटा अन्तर्राष्ट्रिय टोलीजस्तै देखिएका छौं, त्यसैले हामीबाट धेरै आशा गरिएको छ ।’

जुलाई ६ र ७ मा ओमान र यूएईसँग अभ्यास खेल खेलेपछि नेपालले विश्व ट्वान्टी–२० छनोट प्रतियोगिताको समूह चरणमा अमेरिका, नामिबिया, आयोजक आयरल्यान्ड, हङकङ, जर्सी र पपुवा न्यु गिनीसँग खेल्नेछ । अर्को समूहमा सहआयोजक स्कटल्यान्ड, अफगानिस्तान, नेदरल्यान्ड्स, यूएई, ओमान, केन्या र क्यानडा छन् । प्रतियोगिता जुलाई २६ सम्म चल्नेछ ।

Monday, June 22, 2015

दाता सम्मेलन कार्यक्रममा भाग लिन हलिवउड नायक लियो नार्दो डिक्याप्रियो र हलिउडका चर्चित बेलायती नायिका जोहना लुम्ले नेपाल आउने

टाइटेनिक फिल्मका नायक लियो नार्दो डिक्याप्रियो र हलिउडका चर्चित बेलायती नायिका जोहना लुम्ले नेपाल आउने भएका छन् । सम्मेलनमा भाग लिन अमेरिकी पूर्व राष्ट्रपति जिम्मी कार्टर पनि नेपाल आउने निश्चित भएको छ । 
 
भूकम्पपछिको पुर्ननिर्माणमा सहयोग जुटाउन असार १० गते सरकारले आयोजना गरेका दाता सम्मेलन कार्यक्रममा भाग लिनउ उनिहरु नेपाल आउन लागेका हुन् । एक दिने सो सम्मेलनमा नेपाल र विदेशका गरी ३०० जना सहभागी हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । 
 
सम्मेलनमा चीन र भारतका विदेश मामिला मन्त्रीहरु क्रमशः वाङ वी र सुष्मा स्वराज सहभागी हुने निश्चित भएको सरकारले जनाएको छ । अर्थमन्त्रालयले दिएको जानकारीअनुसार बङ्गलादेशका अर्थमन्त्री अबुल माल अब्दुल महिथ र नर्वेका अन्तर्राष्ट्रिय विकास मन्त्री हेक्की होलाम्स सहभागी हुने निश्चित भएको छ । 
 
त्यसैगरी, एसियाली विकास बैंकका अध्यक्ष, विश्व बैंकका उपाध्यक्ष र जापानका राज्यमन्त्रीले सम्मेलनमा भाग लिने बताइएको छ । त्यस्तै, युरोपेली सङ्घबाट उच्च अधिकारीले सम्मेलनमा सहभागिता जनाउन छन् ।  
 
महाविपत्तिबाट भौतिक संरचनामा पुगेको क्षतिलाई पूर्ववत् अवस्थामा फर्काउन आफ्नै साधन स्रोतले सम्भव नहुने भएपछि अन्तर्राष्ट्रिय दातृ निकायको सम्मेलन गर्नु परेको सरकारको भनाइ छ । सरकारले सम्मेलनको तयारीका लागि अर्थमन्त्री डा रामशरण महतको संयोजकत्वमा सम्मेलन तयारी समिति गठन गरेको छ । सम्मेलन तयारी लगभग अन्तिम चरण पुगेको छ । 
 
सरकारले निमन्त्रणा पठाएका द्विपक्षीय दातृ निकाय तथा मुलुकहरु अस्ट्रेलिया, अस्ट्रिया, बङ्गलादेश, बेल्जियम, भुटान, ब्राजिल, चीन, डेनमार्क, संयुक्त अधिराज्य, फिनल्यान्ड, फ्रान्स, जर्मनी, इजरायल, जापान, नर्वे, विकासका लागि साउदी कोष, श्रीलङ्का, स्विडेन, स्विट्जरल्यान्ड, थाइल्यान्ड, नेदरल्यान्ड, संयुक्त राज्य अमेरिका, पोल्यान्ड, भारत, न्युजिल्यान्डले आजसम्म आफ्नो सहभागिता हुने निश्चित गरिसकेका छन् । 
 
त्यसैगरी, मलेसिया, कतार, अफगानिस्तान, क्यानाडा, चेक रिपब्लिक, इन्डोनेसिया, अरब आर्थिक विकासका लागि कुवेती कोष, लग्जम्बर्ग, माल्दिभ्स, पाकिस्तान, रुस, स्पेन, टर्की, युनाइटेड अरब इमिरेट्सलगायतका द्विपक्षीय मुलुकको सहभागिता भने केही दिनभित्रै निश्चित हुनेछ । 
 
युरोपेली सङ्घ, अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ), अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन, राष्ट्र सङ्घीय महिला सङ्गठन (युएन ओमन), राष्ट्र सङ्घीय विकास कोष (युएनडिपी), राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को), राष्ट्र सङ्घीय जनसङ्ख्या कोष (युएनएफपिए), शरणार्थीका राष्ट्र सङ्घीय उच्चायोग, राष्ट्र सङ्घीय बाल कोष, संयुक्त राष्ट्र सङ्घ, संयुक्त राष्ट्र सङ्घ बसोबास केन्द्र (युएन ह्याभिट्याट), विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ), विश्व बैंक, एसियाली विकास बैंक, विश्व खाद्य सङ्गठन (एफएओ) लगायत बहुपक्षीय निकायले सम्मेलनमा सहभागी हुने प्रतिनिधिको टुङ्गो लगाइसकेका छन् । 
 
सम्मेलनमा प्रधानमन्त्री सुशील कोइरालाले मन्तव्यसहित उद्घाटन गरेपछि सहभागीहरुलाई भूकम्प अघि र पछिको नेपालका प्रमुख गन्तव्यस्थलको दृश्य समेटिएको वृत्तचित्र देखाइनेछ । सम्मेलनको उद्घाटनभन्दा कार्यसत्रलाई जोड दिइने र नेपालको तर्फबाट प्रस्ताव गरिने कार्ययोजना प्रस्तुत गर्दै दाताको सुझाव लिने प्रयास गरिनेछ । सरकारले सहभागी हुने अतिथिको बसोबास तथा सुरक्षाको पूर्ण प्रबन्ध भइसकेको जनाएको छ । 
 
त्यस्तै, विकासका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका), विकासका लागि अमेरिकी सहयोग नियोग (युएसआइडी), अन्तर्राष्ट्रिय विकासका लागि कोरियाली सहयोग नियोग (कोइका), अन्तर्राष्ट्रिय रेडक्रसजस्ता एजेन्सीहरुले पनि सम्मेलनमा सहभागी हुने प्रतिनिधिको टुङ्गो लगाइसकेका छन् । 
 
भूकम्पबाट मुलुकका प्रमुख पर्यटकीय गन्तव्य र त्यसका भौतिक पूर्वाधार सुरक्षित रहेका सन्देश प्रवाह गर्नु पनि सम्मेलनको अर्को उद्देश्य हो । सम्मेलनका सहभागीलाई भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक संरचना, विश्वसम्पदा सूचीमा सूचीकृत मठमन्दिर, दरबार र प्रभावित केही जिल्लाको स्थलगत अवलोकन गराइने अर्थ मन्त्रालयले जनाएको छ । दातासमक्ष प्रस्तुत गरिने विपद्पछिको आवश्यकता मूल्याङ्कन (पिडिएनए) प्रतिवेदन तयार भइसकेको छ ।   

मैले पनि त धेरै मेहेनत गरेर पहिलो गाडी किन्दा, खुशी महसुस हुन्छ : प्रियंका कार्की

मेरो गाडीको बिषयमा धेरै ना-ना थरी कुराहरु सुन्दै छु, पडदै छु। एक्दम चित्त दुखेर आयो। मेरो सबै फ्यान र शुभचिन्तकहरुलाई मेरा केही कुरा हरु राख्दै छु। पहिलो कुरा, भुकम्प जानू दुई दिन अगाडि गाडी घर भित्राइ सकेकी थिए। गडि किनेर घरमा पुजाको तयारी मात्र के गर्दै थियौ, २ दिन भित्रै बिनाशकारी भुकम्प आयो। त्यस पछि धेरै रात म त्यही गाडीमै सुतेकी पनि छु।

अब आयो UK को च्यारिटीको पैसा, त्यो पैसा अहिले सम्म हाम्रो UK को कार्यक्रम organiser हरुले नेपाल पठाउनु भएको छैन। हामी त्यहा हुदा, ५ कार्यक्रमबाट ५ लाख उठाउन सफल भयौ। तर त्यो ५ लाखमा अझै अरु पनि स-साना कार्यक्रमहरु गरेर अझै रकम थपेर अनि नेपाल पठाउने भनेर त्यो पैसा अझै UK मा, त्यहाको organizers सङै छ। र रहयो कुरा मेरो UK को कार्यक्रमको पारिश्रमिकको, UK को कार्यक्रम भुकम्प जानू २ महिना अगडी फाइनल गरिएको थियो। ५ शो गरे बापत यति पारिश्रमिक भनेर नि तोकिसकेको थियो, तर जब परिस्थिति त्येस्तो भयो, म, अन्जु पन्त दिदी र शिव परियार जि ले लिनु पर्ने हाम्रो पारिश्रमिक पनि लिएनौ।

आज निकै दुख साथ यी कुरा हरु लेख्दै छु म। जती जे गर्न खोजे पनि हामी सधै नराम्रो हुदो रहेछौ। UK बाट फर्के देखि मैले धेरै पटक गर्भ साथ शेर गरे कि हामिले ५ लाख उठायौ। के त्यो ५ लाख मा मेरो गाडी आयो होला त?? अलि अलि तपाईंहरु पनि बुद्धि लगाउनुस न। हुनै नसक्ने कुरामा येतिकै औला उठाउने, आरोप लगाउने?

म पनि त सामान्य घर कि सामान्य चेली हु नि। मैले पनि त धेरै मेहेनत गरेर पहिलो गाडी किन्दा, खुशी महसुस हुन्छ, साथी- भाइसंग, आफन्तहरुसंग, शुभचिन्तकहरु संग खुशी शेर गर्न मन हुन्छ। सायद यहाँहरुले मेरो खुशीमा साथ दिनु हुन्छ, मलाइ बधाई दिनु हुन्छ भनेर सोच्नु नै मेरो मुर्खता रहेछ।

जुन दिन UK मा गरेको च्यारिटिको पैसा नेपाल आइ पुग्छ, त्यो पैसा बोकेर "charity money" एउटा कागजमा ठूलो ठूलो अक्षरले लेखेर, फोटो खिचेर हाल्ने छु। सबैलाइ बिश्वास गराउन त्येही गर्नु पर्ने रहेछ। यहाको चलन येहि नै रहेछ।

र अब अन्तिममा मेरा असलि शुभचिन्तकहरुलाई, अहिले जहाँ त्यहा मलाई गलत आरोप लागि रहेको बेलामा यहाँहरुको जुन साथ पाइरहेकी छु, त्येसले शिर कहिले न झुकाउने प्रेरणा मिल्छ मलाइ, आत्मबिश्वास मिल्छ मलाइ, म एक्लै छुइन भन्ने आभास हुन्छ। तपाइहरुको बिश्वासलाई चोट पुराउने काम कहिले पनि गर्दिन। यो कसम खान्छु आज म। 

प्रीयंका कार्की

स्रोत :- प्रियंका कार्कीको फेसबुक वाल बाट जस्ता को तेस्तै 

Saturday, June 20, 2015

वाई फाईको राउटर कस्तो ठाउँमा राख्दा उचित हुन्छ जानी राखौ

  
कहिलेकाहिँ कोठामा बसेर वाइ-फाइ चलाइराखेको बेला वाइ-फाइ सिग्नल कमजोर देखाउँछ? अनि राउटर नै बिग्रियो कि भनेर शङ्का पनि गर्नुहुन्छ होला हैन?

तर ढुक्क हुनुहोस्, तपाईँको राउटरलाई केहि भएको छैन, समस्या केमा छ त भन्दा राउटर राख्ने ठाउँमा! राउटर तपाईँकै कोठामा छ र त्यहिँ बस्दा पनि सिग्नल कमजोर देखाउँछ भने एकचोटि राउटरको ठाउँ परिवर्तन गर्नुहोस् त!

‘विज्ञान-प्रविधीको युगमा विध्युत्तिय तरङ्ग (Electromagnetic wave) भनेको जुनसुकै पनि इलेक्ट्रोनिक यन्त्रहरूमा प्रयोग हुने कुरा हो। तपाईँ मोबाइल चलाउनुहुन्छ, कसैलाई कल गर्नुहुन्छ वा वाइ-फाइ चलाउनुहुन्छ, हरेक काम गर्दा तपाईँलाई विध्युत्तिय तरङ्गले घेरेको हुन्छ। यी तरङ्गहरूलाई पृथ्वीको वायुमण्डलको माथिल्लो भागले प्रतिबिम्बित गर्दछ र प्लाज्मामा परिवर्तन गर्दछ। प्लाज्मा (Plasma) भनेको त्यस्तो पदार्थको अवस्था हो जसको भिन्नै गुणहरू हुन्छन् र विध्युत्तिय तरङ्गहरूप्रति विशेष प्रतिक्रिया गर्दछ। प्लाज्माको उक्त गुणलाई प्रयोग गरेर रेडियो अथवा विध्युत्तिय तरङ्गहरूलाई प्रतिबिम्बित गरेर सिग्नलको सीमा बढाउन सकिन्छ।’

राउटर कस्तो ठाउँमा राख्दा उचित हुन्छ त?

घरमा प्रयोग हुने राउटरको एन्टिनाले २.४ गिगाहर्जको फ्रिक्वेन्सीमा विध्युत्तिय तरङ्ग फालिरहेको हुन्छ।
त्यसैले राउटर राख्ने उचित ठाउँ भनेको खुल्ला ठाउँ हुनुपर्छ, जहाँबाट सिग्नल जताततै सजिलै फैलिन पाओस्। अर्को कुरा भनेको कहिलेकाहिँ राउटर राखेकै कोठामा बस्दा पनि सिग्नल कमजोर आउन सक्छ, त्यस्तो अवस्थामा तपाईँले आफ्नो राउटरको स्थितिलाई परिवर्तन गरेर विचार गर्न सक्नुहुन्छ। यसले गर्दा राउटरबाट निस्केको विध्युत्तिय तरङ्गहरू सबैतिर फैलिन मद्धत गर्दछ।

Friday, June 19, 2015

"सहयात्री जापान" समुह द्वारा काभ्रेका भुकम्प पिडितहरुलाई करिब एक लाख बाउन्न हजार रुपैयाँ बराबरको राहत सामग्री वितरण


बैशाख १२ गते नेपालमा आएको विनासकारी महाभूकम्पले हामी नेपालीहरुलाई कहिलै बिर्सन नसक्ने गरि पिडा दिएको छ उक्त महाभूकम्प बाट नेपालीहरुले ठुलो मात्रमा जन धनको नोक्सानी बेहोर्नु पर्यो भने हजारौ परिवारलाई घरबार बिहिन बनायो I 
प्राकृतिक बिपत्तिमा भत्केका संरचनाहरुको पुन निर्माण गर्नु दुखेका घाउहरुलाई मलम पट्टि गर्नु र पिडितहरुको ओठमा फेरि मुस्कान ल्याउनु हामी सब नेपालीको दायित्व र कर्तब्य हो I 

नेपाल बाहेकका अन्य राष्ट्रहरुका व्यक्तिहरुले मानवताको हिसाबले धेरै सहयोग गरिरहेका छन् भने हामी त झन् नेपाली,एक नेपालीलाई दुख पर्दा अर्को नेपालीले आफुले सक्ने सहयोग गर्नै पर्ने हुन्छ र गरिरहेका पनि छन् र अझै गर्ने क्रम जारी पनि छ र  यसै क्रममा जापानमा रहेका "सहयात्री जापान" समुहले पनि महाभूकम्पमा परेका पिडित हरुलाई थोरै भए पनि सहयोग गरेको छ I 

यस सहयात्री जापान समुहले काभ्रेको सारस्युङ्खर्क वडा नम्बर ९ मा रहेको ५० घर धुरीलाई करिब १,९७,२९७¥ (उन्नाइस मान सात हजार दुई सय सन्तानब्बे येन) जापानी येन अर्थात् नेपाली रुपैया करिब १,५२,४२७ (एक लाख बाउन्न हजार चार सय सत्ताईस रुपैया)बराबरको राहत सामग्री गत सोमबार वितरण गरेको छ I 
राहत बितरणमा बाईरोलिङ्ग मोनेस्ट्री तीनचुली र फ्रिडम क्याम्पिङ् फ्रेन्ड्सका मित्रहरुले स्वयम् सेवकको भूमिका निर्वाह गर्नुभएको थियो I काभ्रेका अत्यधिक भुकम्प प्रभावित क्षेत्र मध्ये एक उक्त वडाको पचास धुरीको प्रतेक घरपरिवारलाई १ बोरा चामल (२५ किलो),२ किलो दाल, २ किलो चिनी,१ कार्टुन चाउ चाउ, १ किलो नुन, १ पोका तेल, एक प्याक बिस्कुट, ५  किलो चिउरा, एक प्याकेट चियापति,साबुन एक डल्लो,प्रतेक व्यक्तिलाई एउटा एउटा कोकाकोला र साना बालबालिका हरुलाई चकलेट वितरण गरेको थियो I 

सहयात्री जापान समुहले राहत वितरणका लागि पठाएका रकम को बिवरण :
एक दिन करिब साढे २ घण्टा कावासाकी ट्रेन स्टेसन अगाडी बसेर 64297¥ (छ मान चार हजार दुई सय सन्तानब्बे येन) संकलन गर्न सफल भएको थियो भने सहयात्री जापनको आफ्नै कोर्स बाट ५०००० जापानी येन (५ मान) र अन्य रकम चै सहयात्री जापानका सदस्यहरु बाट चन्दा  स्वरुप उठाइएको थियो I 

राहत वितरणका लागि रकम सहयोग गर्नुहुने सदस्यहरुको नामावली :-
Manoj Nepali Gurung/Minnie Chyan-10000¥
Prabin Hirachan/Sarbina Lalchan -10000¥
Som Thakali Nepali - 10000¥
Hawa Ka Jhoka/Pratiksya Hirachan-8000¥
Shivu Tulachan/Punam Tulachan- 5000¥
Tenji Phurba/Sonam Minkyi-5000¥
Kuisang Lama/Bhumo Taktse Tsang-5000¥
Raymus Grg/Maya Grg - 5000¥
Praveen Hirachan/Meww Rat-5000¥ 
Arun Thakali - 5000¥
Amar Syangne Thakali - 5000¥
Nitesh Tulachan - 5000¥
Narendra Thakali - 5000¥

Note:-सहयोग गर्नुहुने सम्पूर्ण सदस्यहरुको नाम फेसबुक अकाउन्टमा प्रयोग गरिएको युजर नेम उल्लेख गरिएको छ I 




Thursday, June 11, 2015

जापानको टोकियो शहर बस्नको लागि विश्वको सबै भन्दा उत्तम शहर


एजेन्सी:बेलायतको जीवनशैली सम्वन्धि अध्ययन गर्ने पत्रिका मोनोकलले जापानको टोकियो शहर वस्नकोलागि विश्वको सबै भन्दा उत्तम शहर भएको जनाएको छ ।
बार्षिक रुपमा अध्ययन गर्दै आएको उक्त संस्थाले विभिन्न देशका जीवन शैलीलाई आधार मानेर यो तथ्य सार्वजनिक गरेको हो । ९ बर्ष अघिबाट सुरु गरिएको बर्गीकरणमा टोकियो पहिलोपटक एक नम्वरमा परेको बेलायती पत्रिका मोनोकललाई उदृत गर्दे जापान टाइम्सले जनाएको छ ।
गत बर्ष मोनोकलको टोकियो दोस्रो नम्वरमा रहेको जनाएको थियो ।
अध्ययनमा टोकियोले शान्त र शान्तिपूर्वक रहन मिल्ने शहर भएका कारण बढि नंम्वर पाएको थियो । जापानका अन्य शहरहरु फुकोका र क्योतो बस्न योग्य शहरका २५ भित्र परेका छन् ।
यी शहरहरु क्रमश १२ र १४ नंवरमा परेका छन् । गत बर्ष छैठौ नंवरमा रहेको भियन यस बर्ष बस्न योग्य शहरको दोस्रो नम्वरमा उक्लिएको छ । त्यस्तै बर्लिन १४ स्थानबाट तेस्रो स्थानमा उक्लिएको छ भने सिड्नी ५ स्थानबाट ११ स्थानमा झरेको छ ।
त्यस्तै गतबर्ष बस्नकोलागि उत्कृष्ठ देशहरुको सूचीको १० भित्र परेका हिलसिन्कि, म्युनिख तथा ज्युरिचको जीवन शैलीमा आएको परिवर्तन शहरको अवस्था आदिका कारण बस्न योग्यबाट तल झरेका छन् । मोनकेलले शहरको अवस्था सर्वेक्षणको लागि २२नयाँ मापदण्ड बनाएको थियो । जस अनुसार तीन बेडरुम सहितको घरको मूल्य, एक कप कफीको लागत, रक्सी र सभ्य भोजको आयोजनालगायतलाई आधार बनाएको थियो । त्यस्तै पहिलेका मापदण्डहरु अपराध दर , स्वास्थ्य पूर्वाधार, शैक्षिक तथा पर्यावरणीय अवस्था लगायत पनि समावेश गरिएको बिहिबार जारी विज्ञप्तिमा भनिएको छ ।
पत्रिकाले आफूहरुले कुनै पनि शहरको स्वतन्त्रता, धैर्य, जीवन बाच्नुको आनन्द र त्यस ठाँउको महत्वका कारण त्यस्ता शहरलाई महत्व दिएको जनाएको छ । हरेक बर्ष जीवनको सर्भेको नतिजा जुलाई अगष्टमा जारी गर्ने गरिएको छ ।

युनिभर्सिटि अफ ईकोनमिक्स, जापानका विद्यार्थीहरु द्वारा भूकम्प पीडितको सहयोगार्थ रकम हस्तान्तरण

जापानमा युनिभर्सिटि अफ ईकोनमिक्सका विद्यार्थीहरु द्वारा सोमवार टोकियो स्थित नेपाली दूतावासमा  एक समारोहवीच नेपाली राजदूत डा. मदनकुमार भट्टराईलाई ३३लाख ९८ हजार ४०६ जापानी येन हस्तान्तरण गरेका छन |

 नेपालका भुकम्प पिडीतहरुको   सहयोगार्थको  लागि विश्वविद्यालयमा अध्ययनरत नेपाली प्राध्यापक तथा विद्यार्थीहरुको पहलमा टोकियोको सिवुया, फुकुओका तथा कोवेका विद्यार्थीहरुले सहयोग रकम संकलन गरेको प्राध्यापक सोममाया गुरुङले बताउनुभयो ।


रकम हस्तान्तरण समारोहमा विश्वविद्यालयका जापानी प्रतिनिधि सहित नेपाली विद्यार्थीहरुको समेत सहभागिता रहेको थियो ।

सो समारोहका केहि झलकहरु ..

Sunday, June 7, 2015

Saturday, June 6, 2015

बार्सिलोना पाँचौ पटक च्याम्पियन्स लिगको उपाधी जित्न सफल

एजेन्सी :-स्पेनिस च्याम्पियन  बार्सिलोनाले च्याम्पियन्स लिग फुटबल प्रतियोगिता २०१४/१५ को उपाधी जितेको छ । 
प्रतियोगिता अन्तर्गत शनिबार राती भएको खेलमा युभेन्टसलाई ३–१ ले हराउँदै बार्सिलोनाले पाँचौ पटक च्याम्पियन्स लिगको उपाधी रक्षा गरेको हो । बार्सिलोनाले पछिल्लो ६ वर्षमा तेस्रो पटक र १० वर्षमा चौथो पटक च्याम्पियन्स लिगको उपाधी जितेको हो । प्रतिस्पर्धात्मक भएको खेलमा निकै उत्कृष्ट खेल प्रदर्शन गरेको इटालिनयन च्याम्पियन युभेन्टसलाई बार्सिलोना विरुद्ध नेइमार, लुइस सुआरेज र लियोनेल मेसीको प्रदर्शनका अगाडि केही लागेन ।
१२ वर्षपछि च्याम्पियन्स लिगको उपाधी जित्ने लक्ष्यका साथ मैदान उत्रेको युभेन्टसको सपना अधुरै रह्यो । यस सिजन इटालियन सिरिए र इटालियन कोपा डेल रे को समेत उपाधी जितेर निकै फर्ममा रहेको युभेन्टस उपविजेतामै सीमित भयो ।

खेलकोे ४ मिनेटमै इवान रेकिटिकले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमो १–० ले पछि परेको युभेन्टसका लागि दोश्रो हाफको १० औ मिनेटमा अल्भारो मोराटाले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । तर दोश्रो हाफको २३ औं मिनेटमा लुइस सोरेज र अन्तिम मिनेटमा नेइमरले गोल गरेपछि बार्सिलोनाले सहज जित निकाल्यो । 
च्याम्पियन्स लिगको समेत उपाधी जितेको बार्सिलोनाले यस सिजन उपाधीमा ह्याट्रिक गरेको छ । बार्सिलोनाले अघिल्लो सातामा कोपा डेल रे र त्यसभन्दा अघि स्पेनिस ला लिगाको उपाधी जितेको थियो । 

Thursday, June 4, 2015

काठमाडौंका केही हलहरुमा भूकम्पले क्षति पुर्‍याए पनि मोफसलका धेरै ठाउँमा सिनेमा हललाई कुनै असर पुगेको छैन तर असर नपुगेका क्षेत्रमा नयाँ फिल्म रिलिज नहुँदा सिनेमा हलहरु मारमा परेका छन्,’ नेपाल चलचित्र संघले ‘निर्माताहरुलाई यस्तो बेलामा फिल्म रिलिज गर्न प्रेरित गर्ने उद्देश्यले आकर्षक प्याकेज दिने तयारी


काठमाडौंका सिनेमा हल सुचारु भएको दुई साताभन्दा बढी भइसक्दा पनि नेपाली फिल्म निर्माताहरुले नयाँ फिल्म नचलाउँदा मोफसलका सिनेमा हल मारमा परेका छन्। वैशाख १२ यता कुनै पनि नयाँ फिल्म सार्वजनिक नभएपछि मोफसलका हलहरु बन्द हुने अवस्थामा पुगेका हुन्।

यो समस्या काठमाडौंकै सिनेमा हलहरुमा पनि देखिएपछि बुधबार नेपाल चलचित्र संघले आकस्मिक बैठक डाकी नयाँ रणनीति बनाएको छ। जसअन्तर्गत नयाँ फिल्म रिलिज गरे सिनेमा हल, निर्माता र वितरकले बाँडफाँट गर्ने रकममा पुनरावलोकन गर्ने निर्णय गरिएको छ।

‘काठमाडौंका केही हलहरुमा भूकम्पले क्षति पुर्याए पनि मोफसलका धेरै ठाउँमा सिनेमा हललाई कुनै असर पुगेको छैन तर असर नपुगेका क्षेत्रमा नयाँ फिल्म रिलिज नहुँदा सिनेमा हलहरु मारमा परेका छन्,’ नेपाल चलचित्र संघका अध्यक्ष नकिम उद्दिनले भने, ‘निर्माताहरुलाई यस्तो बेलामा फिल्म रिलिज गर्न प्रेरित गर्ने उद्देश्यले आकर्षक प्याकेज दिन सकिन्छ कि भन्ने हामीले पहल गरिरहेका छौं।’
पालमा सुतेका जनताहरु घर फर्किसकेको अवस्थामा पनि सिनेमा हलमा दर्शक नफर्किनु आश्चर्यको कुरा भएको भन्दै संघले नयाँ फिल्म लगाउने पहल गर्न थालेको हो। 
भूकम्पका कारण नुवाकोट, सिन्धुपाल्चोक, धादिङजस्ता जिल्लामा ठूलो क्षति पुगेको भए पनि ती क्षेत्रबाट फिल्म उद्योगलाई आउने रकम निकै न्यून छ तर भूकम्पले क्षति नपुर्याुएको ८० प्रतिशत क्षेत्रमा नयाँ फिल्म रिलिज नहुँदा दर्शक भड्किन सक्ने भन्दै संघले आकर्षक प्याकेजको लोभ देखाएको छ।
प्याकेजअनुसार असार र साउन महिनामा फिल्म रिलिज गरे फिल्म निर्माता र वितरकहरुलाई दिइँदै आएको रकम बढाउन हलहरु राजी भएका छन्। तर रकमको प्रतिशत कति हुने भन्ने विषयमा भने अझै विवाद रहेको देखिएको छ।


यो बेला नेपाली फिल्म रिलिज गरे निर्माता र वितरकहरुले कम्तिमा ६० देखि ८० प्रतिशत रकमसम्म पाउने केहीको दाबी छ। ‘६० प्रतिशत मात्रै हो भने त यो बेला कसले पो फिल्म चलाउला?’ चलचित्र निर्माता संघका महासचिव केशव भट्टराईले भने, ‘५५ प्रतिशत त यसअघि नै निर्माताहरुले पाउँथे! त्यसैले पाँच प्रतिशतका लागि मात्रै यतिबेला कसले पो जोखिम मोल्थे होला र?’
यता नेपाल चलचित्र संघ, काठमाडौं उपत्यका हल संयोजक गोपाल कायस्थले भने निर्माताहरुले बढी रकमको अपेक्षा गर्न नहुने बताए। उनले भने, ‘मानौं सबैभन्दा कम फिल्म चल्ने हलले ९० प्रतिशत नै दियो भने पनि उनीहरुले कति पाउँछन् र? तर राम्रोसँग चल्ने हलले ६० प्रतिशत दियो भने पनि ठूलो रकम हुन्छ। त्यसैले उचित प्रतिशतमा फिल्म निर्माता र हल मिल्नु आवश्यक छ।’
‘तत्कालका लागि मिलेर फिल्म रिलिज गर्यौंत भने काठमाडौंबाहिरका हलमा देखिएको समस्या समाधान हुने थियो,’ संघका नकिम उद्दिनले भने, ‘यसका लागि केही दिन तोकेर त्यो दिनभित्र रिलिज गर्ने फिल्मलाई बेटर डिल दिन सकेको खण्डमा निर्माता तातिन सक्थे।’ यो ‘सम्झौतामा हात मिलाउन तीन फिल्महरु ‘अधकट्टी’, ‘भैरव’ र ‘लभसब’ अघि सरेको जानकारी पनि उनले दिए।
फिल्मलाई दिने सुविधाका बारेमा नेपाल चलचित्र संघका तीन सदस्य मधुसूदन प्रधान, गोपालकाजी कायस्थ र देवेन्द्र खड्गी तथा चलचित्र निर्माता संघका तीन प्रतिनिधि केशव भट्टराई, सुनील मानन्धर र सुरेशदर्पण पोखरेल सम्मिलित कार्यदलले निर्णय गर्ने बताइएको छ। यो कार्यदल २०७१ को असोजमा नेपाली फिल्म प्रदर्शनको मेसो मिलाउन गठन गरिएको थियो।
नेपाली फिल्म चलाउने तीन तरिका छन्। पहिलो, न्यूनतम रकममा चलाउने। जसअन्तर्गत तोकिएको न्यूनतम रकम निर्मातालाई दिने र बढी कमाए आधा–आधा बाँड्ने, जसलाई (एमजी) भन्ने चलन छ। दोस्रो, ‘आउटराइट’ रकममा दिने। फिल्म चले पनि नचले पनि ‘आउटराइट’ रकम पाएपछि निर्माताले बढी अपेक्षा गर्न सक्तैन। तेस्रो, प्रतिशतको आधारमा। जसअन्तर्गत फिल्म जति चल्छ, फिल्म हलका लागि आवश्यक दर्शकसंख्या ‘होल्डओभर’ नघटुञ्जेल ५५ प्रतिशत निर्माता वा वितरकले पाउने र दर्शकसंख्या घटेपछि ४५ प्रतिशत दिने गरिएको छ। यस्तो प्रतिशत सिनेमा हलपिच्छे फरक हुन सक्छ।
यतिबेला नेपाली फिल्म निर्माताले नयाँ फिल्मका लागि बढी प्रतिशतको अपेक्षा गर्नु जायज भएको भट्टराईले बताए। यदि सबैथोक सही भयो भने नयाँ फिल्म रिलिज हुने र देशैभर चहलपहल बढ्ने भट्टराईले अपेक्षा गरे।
यता दमक र नारायणघाटमा सिनेमा हल सञ्चालन गरिरहेका विक्रम पराजुलीले पनि दर्शकलाई हलसम्म फर्काउन सम्भावना बोकेका फिल्महरुलाई अलि बढी प्रतिशत दिँदा पनि फरक नपर्ने बताए। ‘हाम्रो मुख्य आधार नै नेपाली फिल्म भएकाले काठमाडौंमा सिनेमा नचल्ने अवस्थामा काठमाडौंबाट आउने पैसामध्ये केही बाहिरैबाट दिन सके उनीहरुले फिल्म चलाउलान् कि भन्ने हाम्रो अपेक्षा हो र यसमा निर्माताहरु सकारात्मक देखिनु भएको छ,’ पराजुलीले भने, ‘अबका केही दिनमा निर्माताहरुलाई ढुक्क हुने गरी सम्झौता भएपछि फिल्म रिलिज हुने सम्भावना देखिरहेको छु।’
नेपाली फिल्मको सबैभन्दा ठूलो बजार काठमाडौं हो। यहाँबाट राम्रा फिल्मले ५० प्रतिशत नाफा सुरक्षित गर्ने गरेका छन्। काठमाडौंबाहिरको व्यापारले बाँकी ५० प्रतिशत रकम उठाउने गरेका छन्। पराजुलीका अनुसार, यदि यतिबेला काठमाडौंभन्दा बढी रकम बाहिरले दिन सक्यो भने निर्माताहरु फिल्म रिलिजका लागि तयार हुन सक्छन्।
वैशाख १२ को भूकम्पपछि देशभर प्रदर्शनमा रहेका नयाँ फिल्म ‘रेशम फिलिली’ले हात झिकेपछि असार पहिलो सातामा ‘अधकट्टी’ रिलिज हुने सम्भावना बढेको छ। रिलिज मितिका बारेमा बुझ्न खोज्दा निर्माता प्रदीप उदयसँग सम्पर्क हुन सकेन।

भुकम्प पिडितहरुको निम्ति राहत संकलनको लागि नेता र कलाकारहरु बीच फुटबल प्रतियोगिता

प्रधानमन्त्री सुशिल कोइराला, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई लगायतका नेताले कलाकारसँग फुटबल खेल्ने भएका छन् । 

नयाँ पत्रिका दैनिकको आयोजनामा भूकम्प पीडित नेपालीका लागि राहत संकलन गर्ने उद्देश्यले जेठ २३ गते शनिबार नेता र कलाकार फुटबल प्रतियोगिता आयोजना गरिएको छ । 

‘आयोजकले मलाई आमन्त्रित गर्नुभएको छ । अरु नेतालाई पनि गर्नुभएको छ’ प्रधानमन्त्री कोइरालाले भने, ‘म अवश्य आउँछु ।’

प्रधानमन्त्री कार्यालयद्धारा शनिबार जारी विज्ञप्तीअनुसार कोइरालाले मुलुकमा आकस्मिकरुपमा भूकम्पले ल्याएको बिपतका बारेमा कलाकारसँग दुःखको साझेदारी गरे ।

लोकप्रिय समाचार