Tuesday, January 27, 2015

फुकुओकामा पनि "जेरी"को भब्य प्रदशन


    गत आइतबार जनवरी २५ तारि
को दिन फुकुओकाको आकासाका स्थित च्युओ 
सिमिन सेन्टरमा "जेरी"को प्रदशन भव्यताका 
साथ सम्पन्न भयो Iटोकियोबासीले अत्यधिक 
मन पराएको नेपाली सुपर हिट चलचित्र "जेरी" फुकूओकाबासीहरुको पनि मन छुन सफल रह्यो I 
"जेरी" हेर्न अन्य पेसामा संलग्न भन्दा  पढाईको शिलशिलामा जापान आउनुभएको युवापुस्ताको 
बढी शहभागीता रह्यो I नेपाली चलचित्र माया गर्ने दर्शकहरु टाढा टाढा बाट पनि उपस्थित भएका थिए साथै विभिन्न संस्था संग आबद्द व्यक्तिहरु पनि उपस्थित भएका थिए I
"
चलचित्र हेर्न दर्शकको उल्लेख्य सहभागिता रह्यो" आयोजक मध्येका  एक सदस्य चन्द्रमान थकालीले हामीलाई जानकारी गराउनु भयो साथै उहाले भन्नु भयोकि "सायद फुकुओकामा नेपाली चलचित्र हेर्न यतिधेरै दर्शकको सहभागिता भएको यो नै पहिलो रेकर्ड हो"I 
टिनएज रोमान्स ड्रामा जेनरमा बनेको जेरीको निर्देशक हेमराज बिसी हुन् भने निर्माता मनोज कुमार शेरचन I चलचित्रमा अनमोल केसी र आना शर्माको मुख्य भूमिका रहेको छ I 


Monday, January 26, 2015

जापानी पत्रकार केन्जी गोतोको सकुसल रिहाईको लागि सामाजिक संजाल फेसबुकमा नौलो अभियान ....

संसारभरि सामाजिक मिडिया प्रयोगकर्ताले जापानी पत्रकार केन्जी गोतोको सकुसल रिहाईको लागि "म केन्जी हूँ" ( I AM KENJI ) नामकको सेल्फ़ी फोटो खिची सामाजिक संजाल फेसबुकमा नौलो अभियान चलाएको छ |
गत हप्ता इस्लामी स्टेट समूह (IS- Islamic State) ले दुई जापानीलाई अपहरण गारी , मार्ने धमकी दिइएको एक वीडियो सार्वजनिक भएको थियो | उक्त वीडियोमा अपहरणकर्ताले २००  मिलियन डलर फिरौतीको माग गरेका थिए|
यो नौलो अभियान को थप जानकारी को लागि
https://www.facebook.com/IAmKenjiGoto


Saturday, January 24, 2015

राष्ट्रपति ओबामा संग यूट्युब अन्तर्वार्ता...


आफ्नो छोराको सकुसल रिहाई को लागि एक प्रेस बिज्ञप्ति...

शुक्रबार बिहान एक जापानी पत्रकार को चिन्तित आमाले  इस्लामी स्टेट समूहमा कैद रहेका आफ्नो छोराको सकुसल  रिहाई को लागि एक प्रेस बिज्ञप्ति जारी गरेका छन |
मंगलबार देखि जारी हुँने गारी दिइएको ७२ घण्टा को समय हिजो शुक्रबार समाप्त भइसकेको छ |
केहि दिन यता इस्लामी स्टेट समूह (IS- Islamic State) ले दुई जापानीलाई अपहरण गारी , मार्ने धमकी दिइएको एक वीडियो सार्वजनिक भएको थियो | उक्त वीडियोमा अपहरणकर्ताले २००  मिलियन डलर फिरौतीको माग गरेका थिए र उक्त फिरौतीको रकम ७२ घण्टा भित्र पूरा हुँनु पर्ने सो समूहले वीडियोमा बताएका थिए |
थप जानकरी वीडियो मा हेर्नुहोस |

Thursday, January 22, 2015

आज नेपाली क्रिकेट टिमले महत्वपूर्ण खेल्ने,आज केन्यालाई हराउन सके डिभिजन एकमा उक्लने

 
नेपाली राष्ट्रिय क्रिकेट टोली यतिबेला ऐतिहासिक सफलताको सँघारमा छ। नामिबियामा जारी आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन दुईमा शुक्रबार केन्यालाई पराजित गरे नेपाल डिभिजन एकमा पुग्ने छ। केन्यासँग हारे पनि नेपाल अगाडि बढ्ने सम्भावना छ, तर त्यसमा ढुक्क हुने अवस्था भने छैन। 
 
शुक्रबार हुने अन्य खेलमा युगान्डाले नेदरल्यान्ड्सलाई र नामिबियाले क्यानडालाई पराजित गर्न सके केन्यासँग हारे पनि नेपाल अगाडि बढ्ने छ। 
 
तर नेपाल केन्यासँग पराजित भए तथा नेदरल्यान्ड्स र क्यानडाले आ-आफ्ना खेल जिते शीर्ष चार टोलीको समान अंक हुनेछ। यस्तो स्थितिमा डिभिजन एकमा उक्लने टोलीको टुंगो नेट रनरेटका आधारमा लगाइने छ। 
 
एक खेल खेल्न बाँकी रहँदा नेट रनरेटमा नामिबिया पहिलो, नेपाल दोस्रो, क्यानडा तेस्रो र नेदरल्यान्ड्स चौथो स्थानमा छन्। राउन्ड रोबिन लिग चरणको समाप्तिपछि शीर्ष दुई स्थानमा आउने टोली डिभिजन एकमा उक्लने प्रावधान छ। 
 
डिभिजन एकमा उक्लने टोलीले आइसिसी वल्र्ड क्रिकेट लिग डिभिजन च्याम्पियनसिप र चार दिवसीय स्वरूपको इन्टर कन्टिनेन्टल कप खेल्न पाउने छन्। एकदिवसीय विश्वकप र एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताको बाटो पनि यही हो। 
 
नेपाल हालसम्म डिभिजन एकमा पुग्न सकेको छैन। नेपाली टोलीका प्रशिक्षक पुबुदु दासानायकेले केन्यासँगको खेल महत्त्वपूर्ण रहेको बताए। 'अन्तिम खेलको नतिजापछि मात्र अगाडि बढ्ने/नबढ्ने निश्चित हुने भएकाले केन्यासँग पनि हामी जितका लागि प्रयास गर्नेछौं', अनलाइन सम्पर्कमा दासानायकेले अन्नपूर्णसँग भने। 
 
 
नेपाल पहिलो खेलमा युगान्डासँग पराजित भए पनि त्यसपछि लगातार तीन खेलमा बलिया प्रतिद्वन्द्वीलाई हराउँदै अगाडि बढ्ने दौडमा फर्किएको हो। नेपाली टोलीले विश्वकप खेलिसकेका नेदरल्यान्ड्स, क्यानडा र नामिबियामाथि ऐतिहासिक जित हात पारेको थियो। 
 
नेपालले जारी प्रतियोगितामा खेलेका सबै चार खेलमा उत्कृष्ट बलिङ प्रदर्शन गरेको थियो। त्यसैले राउन्ड रोबिन लिगको अन्तिम खेलमा केन्याविरुद्ध पनि नेपालको बलियो हतियार बलिङ नै बन्ने सम्भावना छ। 
 
बलिङमा नेपालका सोमपाल कामी र करन केसीको प्रारम्भिक जोडीले टोलीलाई उत्कृष्ट सुरुआत दिलाएका छन्। तीव्रगतिका बलरद्वय सोमपाल र करन दुवैले आठआठ विकेट लिइसकेका छन्।
 
स्पिनरद्वय वसन्त रेग्मी र शक्ति गौचनसहित मिडियम पेस बलर पारस खड्काले पनि कसिलो बलिङ गरिरहेका छन्। यी तीनैजना खेलाडीले जारी प्रतियोगितामा ६/६ विकेट लिएका छन्। 
 
नेपालको ब्याटिङ भने सन्तोषजनक देखिएको छैन। नेपालले सुरुआत राम्रो गर्न सकिरहेको छैन। कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ल भने लयमा देखिएका छन्। पारस जारी प्रतियोगितामा सर्वाधिक रन जोड्ने खेलाडीको सूचीमा तेस्रो स्थानमा छन्। 
 
नेपालभन्दा ठिक विपरीत केन्या भने रेलिगेसनबाट जोडिगन संघर्षरत देखिएको छ। केन्याले पछिल्ला तीन संस्करणसहित चारपटक विश्वकपमा सहभागिता जनाएको छ। केन्या हालसम्म डिभिजन तीनमा झरेको छैन।
 
जारी प्रतियोगितामा केन्याको बलिङ त्यति प्रभावी देखिएको छैन। हुनत केन्याका नेल्सन ओडियाम्बो १० विकेट लिएर सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा शीर्ष स्थानमा छन्। उनको बलिङ इकोनोमी ५.१७ रहेको छ। 
 
केन्याका अन्य बलर भने जम्न सकेका छैनन्। केन्याको ब्याटिङ पनि कमजोर देखिएको छ। सुरुका दुई खेलमा पराजित भएको केन्याले युगान्डालाई भने हराएको थियो। 
 
एकदिवसीय क्रिकेटमा केन्या र नेपालबीच प्रतिस्पर्धा नभए पनि यी दुई टोलीबीचको सम्बन्ध भने स्मरणीय छ। 
 
सन् २०१३ मा भएको टीट्वेन्टी विश्वकपको विश्वस्तरको छनोटमा केन्यालाई नै हराएर नेपालले विश्वकप खेल्ने सम्भावनाको आधार तयार गरेको थियो। त्यतिबेला अन्तिम ओभरका जितका लागि १६ रन आवश्यक हुँदा शरद भेषावकरले नेपाललाई सफलता दिलाएका थिए। 
 
शुक्रबार नै नेदरल्यान्ड्स र युगान्डा तथा नामिबिया र क्यानडाबीच पनि खेल हुनेछ। पहिलो खेलमा नेपाललाई पराजित गरे पनि त्यसपछि लगातार तीन खेलमा पराजित भएको युगान्डा रेलिगेसनमा पर्नबाट जोगिने प्रयासमा छ। 
 
नेदरल्यान्ड्स भने युगान्डामाथि सानदार जित हात पारेर डिभिजन एकमा उक्लने दाउमा हुनेछ। यसैगरी क्यानडाको प्रयास पनि नामिबियालाई हराउँदै अगाडि बढ्ने सम्भावना कायम राख्नु नै हुनेछ। 

Wednesday, January 21, 2015

दुई जापानी पत्रकार मध्य एक पत्रकार बन्धक हुँनु अगाडिको एक वीडियो सार्वजनिक भएको छ....

इस्लामी स्टेट समूह  (IS- Islamic State) द्वारा  बन्धक  बनाइएका  दुई जापानी पत्रकार मध्य एक जापानी पत्रकार  बन्धक हुँनु अगाडिको एक वीडियो सार्वजनिक भएको छ |

सो वीडियोमा "आफूलाई केहि भएमा पूर्णतया  जिम्मेवार म स्वयम हुँनेछु " भनिएको छ |


थप जानकरी वीडियो मा हेर्नुहोस |

Tuesday, January 20, 2015

दुई जापानी इस्लामी स्टेट समूहको अपहरण परे ...

इस्लामी स्टेट समूह (IS- Islamic State) ले दुई जापानीलाई अपहरण गारी , मार्ने धमकी दिइएको एक वीडियो सार्वजनिक भएको छ  |

उक्त वीडियोमा अपहरणकर्ताले २००  मिलियन डलर फिरौतीको माग गरेका छन  |उक्त फिरौतीको रकम ७२ घण्टा भित्र पूरा हुँनु पर्ने सो समूहले वीडियो मा बताएका छन |
थप जानकरी वीडियो मा हेर्नुहोस |

Sunday, January 18, 2015

नेपाली चलचित्र "जेरी" फुकुओकामा प्रदशन हुदै

 
   टोकियोको सफल प्रदशन पश्चात नेपाली सुपर हिट चलचित्र "जेरी" अब तपाईको शहर फुकूओका पनि पर्दशन हुदैछ I यहि आउदो जनवरी २५ तारिक आइतबारको दिन फुकुओकाको आकासाका स्थित च्युओ सिमिन सेन्टरमा 
साँझ ६:३० बजे बाट प्रदशन गरिदैछ I 
    पछिल्लो समयमा नेपाली चलचित्र उधोगमा धेरै चलचित्रहरु बन्ने गरे पनि अपबाद मात्रमा सफल हुने गरेको छ यी अपबाद चलचित्र मध्ये "जेरी" को नाम अग्रणी स्थानमा आउछ युवा पुस्ताले अत्याधिक मन पराएको यो चलचित्र बक्स अफिस करोड क्लबमा पर्न सजिलै सफल रहयो निर्देशक हेमराज बिसी र मनोज शेरचन निर्माता रहेको "जेरी" टिनएज रोमान्स ड्रामा जेनरमा बनेको चलचित्र हो I
"जेरि"मा युवतीहरुको ढुकढुकी अनमोल केसी र आना शर्माको मुख्य भूमिका रहेको छ भने अन्य कलाकारहरुको पनि बेजोड अभिनय रहेको छ I "जेरी" नेपालको उत्कृष्ट गन्तब्य मध्ये एक हिमाल पारीको जिल्ला मुस्ताङ्मा छायांकन गरिएको चलचित्र हो I कलाकारहरुको प्रस्तुति,कला,अभिनय र कथाका बाबजुत मुस्तांङ्का प्राकृतिक सम्पदाहरुको मनोरम दृश्यहरुले चलचित्र झन् उत्कृस्ट बनेको छ I

   समय : जनवरी २५ साँझ ६:३० बजे 
   स्थान : च्युओ सिमिन सेन्टर (Fukuoka Shi 
            Chyuo Ku, Akasaka 2-5-8)
       福岡市中央区赤坂2丁目5番8号   
      (आकासका स्टेसन गेट न.२ बाट १०मिनेट)

थप जानकारीको लागि सम्पर्क नम्बरहरु :-
Chandraman :-080 4280 4467
Vikas:-090 3417 4315
Manoj:-080 9101 4454 

Thursday, January 15, 2015

होण्डा मोटर कम्पनी को अहिले सम्म को महंगो कार..

होण्डा मोटर कम्पनी ले सोमबार त्तर अमेरिकी अन्तर्राष्ट्रिय ओटो शो मा आफ्नो एकुरा  येन एक्स यस   सुपरकार (Acura NSX supercar)प्रदर्शन गरेको छ |
होण्डा मोटर कम्पनी ले जनाए अनुसार यसको बाहिरी संरचना कार्बन फाइबर, एल्यूमीनियम र स्टील ले बनेको छ | उक्त कार को न्यूनतम मूल्य  १५० ,००० अमेरिकी डलर तोकिएको छ |

होण्डा मोटर कम्पनी को यो नया कार तपाईहरु पनी वीडियो मा हेर्नुहोस |

Tuesday, January 13, 2015

Anna and Elsa`s frozen fantasy in Tokyo Disney Land.

Last year, the japan box office record was all frozen by the Disney film "Frozen".Disney's animated film Frozen has become the fifth highest-grossing film in box office history.It is the third most successful Western movie in Japan, behind James Cameron's Titanic and Harry Potter .

The US animate film has also became the first movie in 12 years to break the 20-billion Yen(200-million dollar) in Japan.Only 3 other films have topped the mark in Japan. They are "Titanic" in 1997, and "Spirited Away" and "Harry Potter and the Philosopher's Stone," both in 2001.

Even though the 2014 box office was all frozen by Disney animated film but however the frozen movie has not yet melted down in 2015. At the beginning of this year, the Frozen movie has not melted yet, The characters now feature in their own parade which kicked off at Tokyo Disneyland in Chiba Prefecture on Tuesday.As a part of the winter theme park ,the Tokyo Disney Land in Chiba will run "Anna and Elsa`s frozen fantasy till March 20.So, don`t miss your chance to visit Tokyo Disney Land before the frozen movie melts down.

वी फर अल जापानद्वारा चेपांगबस्तीलाई आर्थिक सहयोग

 
बदेशी भूमि जापानमा रहेरपनि समाजकाे हरेक क्षेत्र वर्ग र समूहसँग हातेमालाे गर्दै जापानकाे नेपाली समाज र िबदेशबाटै स्वदेशकाे लागि िवभिन्न सामाजिक  र जनचेतनामूलक कार्य गर्दै आएकाे संस्था ' वी फर अल' ले हालै नेपालकाे लक्ष्मी प्रतिष्ठानले चितवन जिल्लाको लोथर गाविस  9 स्थित कान्दा भन्ने ठाउमा र कोराक गाविसको वडा नं ४ मा सिमान्तकृत गरिब चेपांगहरुको जीवनस्तर रुपान्तरण हेतु संचालन गरिरहेको "कान्दा रुपान्तरण अभियान" मा समावेश गरीचेपाङ्गहरुकोलागि निर्माण गरिरहेकोमा 'घर कार्यक्रम'' मार्फत त्यहाँ निर्माण गरिने २ वटा घर निर्माण गर्नकालागि आवश्यक रकम We For All Japan का सदश्यहरु मिलेर रु ८३,३००/ उपलब्ध गराउनु भएको छ । जापानमा संकलित उक्त रकमलाई  प्रतिष्ठान कार्यालयमा उपस्थित हुनुभै  संस्थाका कोषाध्यक्ष श्री अभिषेक सुबेदीले प्रतिष्ठानकी संरक्षक लक्ष्मी गौतमलाई हस्तान्तरण गर्नुभयो भने प्रतिष्ठानलाई यसरी सहयोग उपलब्ध  गराईएकोमा अध्यक्ष श्री बिष्णु गौतमले We For All Japan का  सदश्यहरु  र जापानबासी अन्य सहयाेगी महानुभाबहरु प्रति आभार व्यक्त गर्नुभयो । अत्यन्तै विषम परिस्थितिमा एकै  बाबुआमाका  २ जना जवान छोराहरुको फरक - फरक देश र  फरक फरक  समयमा दुर्घटनामा परि आल्पायुमा देहावसान  भएपछि  स्थापित यस प्रतिष्ठानले  सडक, शिक्षा ,स्वास्थ्य, सिप, विकाश, महिला सशक्तिकरण तथा सडक दूर्घटना न्यूनिकरणकालागि काम गर्दै आएकोमा  हाल आएर चितवनको लोथर गाविस र  कोराक गाविसमा सिमान्तकृत चेपांगहरुको जीवन उकास्ने उदेश्यले उनीहरुलाई बसोबासकोलागि घर  , बाख्रा पालन , मौरी पालन ,फलफूलखेति तथा तरकारीरोपनकालागि बस्तु, बिउ र सिप तालिम दिईरहेको छ भने  गाउँभरिका बालबालिकाहरुलाई शिक्षामा पहुँच गराउन  १०० भन्दा बढी  सिट क्षमताको नि:शुल्क खान - बस्ने सुबिधा सहितको  छात्रबास समेत बनाइरहेको छ। प्रतिष्ठानका महासचिब अजय रानाभाट, सगरमाथा टेलिभिजनकाबाट प्रशारण हुने  कार्यक्रमका सदश्य श्री राजकुमार थापा तथा अन्य  व्यक्तिहरुको उपस्थितिमा गरिएको उक्त  रकम हस्तान्तरणको अवसरमा भावुक हुदै संरक्षक लक्ष्मीले भन्नु भयो  "तपाईहरुको सहयोगले हामीले २ छोराहरुको बिछोडमा हजारौं छोरा छोरीहरुको  माया पाउने छौ । त्यसकोलागि तपाईहरुलाई मेरो हृदयदेखिनै धन्यवाद छ"।  उक्त कार्यक्रमकैबिचमा We For All Japan का अभिषेक सुबेदीज्युले लक्ष्मी प्रतिष्ठानको कार्यदेखि We For All प्रभावित भएको छ  र उहाँले जापानमा रहेता पनी हामीहरु सधैँ तपाईहरुको साथमा छौ भन्नु भयो ।
We For All ,Tokyo,japan काे यो सहयोग अभियानमा एक्यबध्यता जनाउदै जापानमा बस्नुहुने निम्नलिखित महानुभावहरुले पनि आर्थिक सहयोग गर्नुभएको थियो ।
विनोद श्रेष्ठ  
दिल ब.खड्का
दिनेश गुरूङ 
प्रकास निउरे 
मनोज श्रेष्ठ 
राजीव उप्रेति 
निर्मल प्रसाद गौतम
सन्तोष सिग्देल 
दिपेश आचार्य
दिलिप नेपाल  
माईकल गौचन ज्यु ।
धेरै-धेरै धन्यवाद सहयोगी हातहरुलाई 😊✌️र भविष्यमा पनि यसरी नै यहाँहरुको साथ पाउने कुरामा हामी विश्वस्त छौ ।
वी फर अल परिवार ।

Monday, January 12, 2015

नेपाली चलचित्र "जेरी" जापानबासी नेपालीहरुले पनि अत्याधिक मन पराए

     हिजो जनवरी ११ तारिक आइतबारका दिन टोकियोमा नेपाली चलचित्र "जेरी "को प्रदशन भव्यताका साथ सम्पन्न भयो I 
टोकियोको मेगुरो स्थित मेगुरो कुमिन सेन्टर हलमा साँझ ६बजे बाट प्रदशन गरिएको थियो चलचित्र हेर्न दर्शकको सहभागिता उल्लेख्य रह्यो I साँझ टोकियोको चिसो निकै बढे पनि चिसोको वास्ता नगरी नेपाली चलचित्र माया गर्ने दर्शकहरु टाढा टाढा बाट पनि उपस्थित भएका थिए साथै विभिन्न संस्था संग आबद्द ब्यतिहरु पनि उपस्थित भएका थिए I 
"कला र प्रतिभाको सम्मान गरौ,नेपाली चलचित्रलाई माया गरौ" भन्ने मूल उद्देश्यका साथ 'सहयात्री जापान समूह'द्वारा प्रदशन गरिएको "जेरी" हेर्न युवापुस्ताको बढी शहभागीता थियो I टिनएज रोमान्स ड्रामा जेनरमा बनेको जेरीको निर्देशक हेमराज बिसी हुन् भने निर्माता मनोज कुमार शेरचन I चलचित्रमा अनमोल केसी र आना शर्माको मुख्य भूमिका रहेको छ I 
चलचित्रलाई जापान बासी नेपालीहरुले पनि अत्याधिक मन पराए चलचित्र हेरेर हलबाट बाहिरिदा सहयात्री जापान युनिटले दर्शकहरुको पर्तिक्रिया बुज्दा सबै दर्शकहरुले जेरिको खुलेर प्रसंशा गरे चलचित्रको सिनेम्याटोग्राफी, मुस्तांङ्का प्राकृतिक द्रूश्यहरु अझ बढी मन पराए I कतिले त नेपाली चलचित्रको स्तर धेरै बढी सकेछ अब आईन्दा प्रतेक नेपाली चलचित्र नछुटाई हेर्छु भन्न सम्म भ्याए I 

Note:टोकियोको प्रदशन पश्चात जेरिको प्रदशन फुकउकामा पनि हुदैछ 
समय: २५ जनवरी साँझ ६:३० बजे 
स्थान:च्युवो सिमिन सेन्टर (आकसाका स्टेशन बाट १० मिनेट )Fukuoka Shi Chyuo Ku Akasaka 2-5-8

Saturday, January 10, 2015

टोकियोमा बहुचर्चित नेपाली चलचित्र "जेरी" प्रदशन हुदै

    पछिल्लो समयमा नेपाली चलचित्र उधोगमा धेरै चलचित्रहरु बन्ने गरे पनि अपबाद मात्रमा 
सफल हुने गरेको छ यी अपबाद चलचित्र मध्ये "जेरी" को नाम अग्रणी स्थानमा आउछ युवा पुस्ताले अत्याधिक मन पराएको यो चलचित्र बक्स अफिस करोड क्लबमा पर्न सजिलै सफल रहयो निर्देशक हेमराज बिसी र मनोज शेरचन निर्माता रहेको "जेरी" टिनएज रोमान्स ड्रामा जेनरमा बनेको चलचित्र हो I 
   नेपालमा सुपरहिट बनेको "जेरी" नेपाल बाहिर बिदेशमा पनि अत्याधिक माग भएको चलचित्र हो जापानमा पनि नेपालीहरुको चाहना र अत्याधिक मागको आधारमा मध्यनजर गरि 'सहयात्री जापान'समूह द्वारा "कला र प्रतिभाको सम्मान गरौं,नेपाली चलचित्रलाई माया गरौं" भन्ने मूल उदेश्यका साथ जनवरी ११ तारिक आइतबार मेगुरो कुमिन सेन्टर हलमा साँझ ६ बजे बाट "जेरी" पर्दशन हुन गैरहेको हजुरहरु समक्ष जानकारी गराउदछौ I 
जापानबासी सम्पूर्ण नेपाली, बुवाआमा  दाजुभाई तथा दिदीबहिनीहरु सम्पूर्ण मित्रजनहरु बहुचर्चित नेपाली चलचित्र "जेरी"हेर्न आइदिनु हुन् 'सहयात्री जापान' परिवार हार्दिक अनुरोध गर्दछौ I 
जेरिमा युवतीहरुको ढुकढुकी अनमोल केसी र आना शर्माको मुख्य भूमिका रहेको छ भने अन्य कलाकारहरुको पनि बेजोड अभिनय रहेको छ I 
"जेरी" नेपालको उत्कृष्ट गन्तब्य मध्ये एक हिमाल पारीको जिल्ला मुस्ताङ्मा छायांकन गरिएको चलचित्र हो I कलाकारहरुको प्रस्तुति,कला,अभिनय र कथाका बाबजुत मुस्तांङ्का प्राकृतिक सम्पदाहरुको मनोरम दृश्यहरुले चलचित्र झन् उत्कृस्ट बनेको छ I 

Note:टोकियोको प्रदशन पश्चात जेरिको प्रदशन फुकउकामा पनि हुदैछ I 
समय: २५ जनवरी साँझ ६:३० बजे 
स्थान:च्युवो सिमिन सेन्टर (आकासाका स्टेशन बाट १० मिनेट )Fukuoka Shi Chyuo Ku Akasaka 2-5-8

Thursday, January 8, 2015

वातामी खाद्य वितरण सेवा को भोजन बक्स मा मेटल पेच भेटीयो...

जापान को एक प्रख्यात  रेस्टुरेन्ट संचालक वातामी खाद्य वितरण सेवा को भोजन बक्स मा मेटल पेच पाइएको बिहीबार जनाएको छ। सो घटना जापान को यमागुची प्रान्त मा भएको स्थानीय मिडिया ले जनाएको छ।

Wondering about what Facebook phone is all about??

Wanted to know but didn't know whom to ask??
Many of us haven't realized the promotional video on Facebook home page before we log in. Either we are too connected or we have forgotten where the log out button is. Yap, Facebook now finally shows what the Facebook Phone is about!! The  video that was posted by Facebook on the launch day shows how your next phone (i.e.. Facebook Phone )will look like.Replacing the old perspective from "connecting people" to "putting people first and then apps " seems to be the main theme of the Facebook Phone. 

Facebook phone is not really a phone and Facebook user really don't have to buy a new phone.Instead, the Facebook phone is an application called Facebook home,which runs in android operating system in which the Facebook home becomes the main way to use a phone as shown in the video. But the Facebook user from apple iPhone have no any signal of getting this application in their apple store. Facebook home is  available in the Google play mobile store.
Take a look at this video.

फ्रान्सको राजधानी पेरिसमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाए...

Monday, January 5, 2015

AMITABH or "Shamitabh".

AMITABH or "Shamitabh" .Yes, how it sounds when Amitabh bachchan  turns out his name as Shamitabh. The key note is that the letter "SH" is added before the legend's name . R Balik next movie title will be "Shamitabh". Big B had also described the title as "unique and different" on his Twitter account.
Amitabh Bachchan began shooting for the film this year, in Goa. The actor had posted on social networking site about being nervous about the new project, which will reportedly see him in a different look.

Kemari(ancient game),a prayer for people's wellbeing.

Kemari game(The Kemari (蹴鞠) is one of the traditional type of football game in Japan. Eight or six players wearing a unique costume form a circle on the court. They kick a deerskin ball to one another cooperatively without touching the ground.
This game can be played by all age group irrespective of their gender and social rank.) was played at a shrine in Japan's ancient capital of Kyoto to pray for people's wellbeing.

Watch the video here.

जापानको टोक्यो शहरमा प्रदशन गरिने चलचित्र जेरी (JERRY) को संपूर्ण तयारी पूरा ..

नया बर्ष २०१५ को अवसर पारेर जनवरी ११ तारिक आइतबार मेगुरो कुमिन सेन्टर हलमा साँझ ६ बजे बाट "जेरी" पर्दशन हुने चलचित्र जेरी (JERRY) को संपूर्ण तयारी पूरा  भएको कुरा  हजुरहरु समक्ष जानकारी गराउदछौ  I
जापानबासी युवा युवतीहरुको अत्यधिक रोजाई र मागलाई मध्य नजर गरि "कला र प्रतिभाको सम्मान गरौं,नेपाली चलचित्रलाई माया गरौं" भन्ने मूल उदेश्य लिएर यस 'सहयात्री जापान' समुह तपाईहरु समक्ष "जेरी" लिएर उपस्थित हुदैछौ I जापानबासी सम्पूर्ण नेपाली, बुवाआमा  दाजुभाई तथा दिदीबहिनीहरु सम्पूर्ण मित्रजनहरु बहुचर्चित नेपाली चलचित्र "जेरी"हेर्न आइदिनु हुन् 'सहयात्री जापान' परिवार हार्दिक अनुरोध गर्दछौ I

नेपालमा नोबेम्बर १४ बाट भब्य प्रदशन भैरहेको उक्त चलचित्र बिशेषगरि युवायुवतीहरुले अत्यधिक रुचाईएको पाईन्छ I जेरिमा युवतीहरुको ढुकढुकी अनमोल केसी र आना शर्माको मुख्य भूमिका रहेको छ भने अन्य कलाकारहरुको पनि बेजोड अभिनय रहेको छ I निर्देशक हेमराज बिसी र मनोज शेरचन निर्माता रहेको "जेरी" नेपालको उत्कृष्ट गन्तब्य मध्ये एक,हिमाल पारीको जिल्ला मुस्ताङ्मा छायांकन गरिएको चलचित्र हो  I

 मिति : २०१५ जनवरी ११ तारिक आइतबार

समय :  साँझ ६ बजे बाट 

स्थान :  मेगुरो कुमिन सेन्टर हल 

Sunday, January 4, 2015

पूर्वी भारतमा एक जापानी महिलाको बलात्कारको आरोपमा ५ पुरुषलाई भारतीय प्रहरीले पक्राउ गरेका छन....

पूर्वी भारतमा प्रहरीले  एक जापानी महिलाको बलात्कारको आरोपमा ५  पुरुषलाई भारतीय प्रहरीले पक्राउ गरेको छ।
कोलकाता प्रहरीले जनाए अनुसार एक भारतीय, जापानी भाषा बोल्न सक्ने टूर गाइडले उक्त जापानी महिलालाई नोभेम्बर महिनामा बोध गयाको  बौद्ध तीर्थ केन्द्रमा लगी बलात्कार गरेका थिए  ।
सोहि घटनामा अन्य बन्दुक धारी मानिसहरूले पनि बन्दुक देखाई बलात्कार गरेको प्रहरीले जनाएका छन
सोहि घटनामा  आरोपिहरुले महिलाको १,२०० डॉलर चोरिगरेको र सोहि महिलालाई एक महीना सम्म बन्धक बनाएको प्रहरीले जनाएका छन।
थप जानकारी वीडियो मा हनुहोस् ।

लोकप्रिय समाचार