Monday, July 28, 2014

जापान को Mc donald ले आफ़्नो फ़ास्ट फ़ूड मा प्रयोग गर्ने चीन को कुखुरा को मासु को आयात मा रोक लगाएको छ ....

संसार कै प्रख्यात फ़ास्ट फ़ूड बिक्रेता जापान को  Mc donald  ले आफ़्नो फ़ास्ट फ़ूड मा प्रयोग गर्ने चीन को कुखुरा को मासु को आयात मा रोक लगाएको छ |

चीन को  शाङ्घाई मा उत्पादन हुँने  कुखुरा को मासु को गुडस्तर ख़राब भएकै कारण गत हप्ता देखि जापान को  Mc Donald बिवाद मा आएको थियो |

अब   देखि जापान को   Mc Donald ले आफ़्नो फ़ास्ट फ़ूड मा प्रयोग हुँने कुखुरा को मासु थैइलन्द बाट आयत गर्न्ने भएको  छ 

Sunday, July 27, 2014

१८ औ रोंधी साँझ कार्यक्रम आउँदो अगस्त १० तारिखका गरिने.......

"संस्कृति हराए संस्कार हराउँछ , संस्कार हराए परंपरा हराउँछ ,परंपरा हराए मान्छे हराउँछ" भन्ने मूल नाराका साथ आउदो अगस्त १० तरिकका दिन १८ औ रोधी साज सम्पन्न गरिने जानकारी आयोजक तमु धी जापान ले जनाएका छन | साथै  तमु जातिहरुको सांस्कृतिक धरोहरको रुपमा रहेको रोंधी प्रथालाइ बचाई राख्न हरेक बर्ष तमु धीं जापानले यो कार्यक्रम को आयोजन गर्दै आएका छन  ।
१८ औ रोंधी साँझ कार्यक्रमका लागि अमेरिका देखि चर्चित आधुनिक गायक नरेंद्र प्याशी आउने भएका छन|कार्यक्रम  मा लोकल ब्याण्ड "दुम्ब्स स्किल " र लोकल कलाकार "सुदिन गुरुंग " का साथै अन्य संस्कृति झलकने कार्यक्रम देखाउने हाम्रा श्रोत ले बताएका छन|

१८ औ रोधी साँझ हेर्ने नछुटाउनु होला !!!
मिति  : २०१४ , अगस्त १० (आइतबार)
समय : ४ भजे देखि 
स्थान : मेगुरो कुनमिन सेंटर हल, मेगुरो 
आयोजक : तमु धिं जापान 

Thursday, July 24, 2014

भर्खर समाप्त भएको बिश्वकपको आधारमा फिफा द्वारा ड्रिम टिमको घोषणा

 

  ब्राजिलमा सम्पन्न विश्वकप फुटवलको प्रदर्शनको आधारमा विश्व फुटवल महासंघ फिफाको वेवसाइट फिफा डटकमका क्लब सदस्यहरुले जुन महिनाको २७ देखि जुलाईको १३ तारिखसम्मको खेलको आधारमा छनोट गरिएको फिफा ड्रिम टिमको उत्कृष्ट ११ जना खेलाडीमा जर्मनी र ब्राजिलका ४/४ सहित अर्जेन्टिनाका २ र कोलम्बियाका १ जना खेलाडी परेका छन् ।

फिफाका सबै क्लब सदस्यहरुको रोजाईलाई एकीकृत गरी ड्रिम टिम सार्वजनिक गरिएको हो । ड्रिम टिममा जर्मन गोलकिपर म्यानुअल निउर, डिफेन्डर म्याट्स ह्युमेल्स, मिडफिल्डर टोनी क्रुस र स्ट्राइकर थोमस मुलर परेका छन् । ड्रिम टिममा ब्राजिलका कप्तान डिफेन्डर थिएगो सिल्भा, डेविड लुइज, मार्सेलो र चर्चित युवा स्ट्राइकर नेयमार परेका छन् ।

त्यस्तै, अर्जेन्टिनाका स्ट्राइकर लियोनेल मेसी र मिडफिल्डर एन्जेल डि मारिया पनि ड्रिम टिममा परेका छन् । गोल्डेन बुट विजेता कोलम्बियाका जेम्स रोड्रिगेज पनि ड्रिम टिममा छन् । ड्रिम टिममा पर्न सफल खेलाडीलाई बिभिन्न पुरस्कारको पनि ब्यवस्था गरिएको छ । यस्तै,प्रशिक्षक जर्मन प्रशिक्षक जोचिम लो छानिएका छन् ।

Tuesday, July 22, 2014

China's rotten meat scandal spreads to Japan.....

The recent food scandal in China is spreading fast, dragging in U.S. coffee chain Starbucks, Burger King Worldwide Inc and others, as well as McDonald's products as far away as Japan.

McDonald's Corp and KFC's parent Yum Brands Inc apologized to Chinese customers on Monday after it emerged that Shanghai Husi Food Co Ltd, a unit of U.S.-based OSI Group LLC, had supplied expired meat to the two chains.


In Tokyo, McDonald’s Holdings Japan said Tuesday it gets 20 percent of the chicken it uses for Chicken Mc Nuggets from Shanghai Husi but stopped selling nuggets made with meat purchased from the Chinese firm on Monday.
McDonald’s Japan apologized to its customers and said it has switched to another chicken meat supplier.The scandal went viral when a TV report showed staff using expired meat and picking up meat from the floor to add to the mix.
Heidi Barker, a U.S. spokeswoman for McDonald’s, said in an email that Mc Nuggets were the only product affected in Japan.

Monday, July 21, 2014

जापानको टीबी प्रोग्रामले २०२० सम्म बिदेशी भाषा को सबटाइटल्स पाउने.......

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले नया प्रभिधी को बिकाश गर्नेभएका छन, जस्ले जापानीज भाषामा आउने सबै टी.बी प्रोग्राम बिदेशी भाषाको सबटाइटल्स  देखाउनेछ |  बिदेशी भाषा को सबटाइटल्स मा मुख्यगरी अंग्रेजी र चाइनीज भाषा हुँनेछ |

जापान मा बढ्दो बिदेशी को क्रम लाई मध्य नज़र गारी यस्तो नया प्रबिधी को प्रयोग गरिने सोर्सले बताएका छन | मुख्यत २०२० को टोक्यो मा आयोजन हुँने ओलिंपिक लाई लक्षित गारी २०२० सम्म यो प्रबिधी को बिकाश गरिसकिने सोर्स को दाबी छ |
जापानीज भाषा मा आउने केहि प्रोग्राम हरु मा राखिएको अंग्रेजी सबटाइटल्स को झलक हरु वीडियो मा हेर्नुहोस |

Samba in Kawasaki Daishi

Kawasaki Daishi July 21:Samba is a lively, rhythmical dance of Brazilian origin in 2/4 time danced under the Samba music. However, there are three steps to every bar, making the Samba feel like a 3/4 timed dance. Its origins include the Maxixe.
The Samba music rhythm has been danced in Brazil since its inception in the late 19th century. There is actually a set of dances, rather than a single dance, that define the Samba dancing scene in Brazil; thus, no one dance can be claimed with certainty as the "original" Samba style.Like wise in japan samba is being celebrate every year thus here it is pic of samba being celebrated in Kawasaki Daishi.

Samba dance was held two times in Daishi [kawasaki] and over all it bring happiness and smile to every person who participate and came to see the samba dance .

Saturday, July 19, 2014

अब जर्मनीको टिमलाई स्वेन्सटिगरले कप्तानी गर्ने सम्भावना

 

कप्तान फिलिप ल्ह्यामले संन्यास लिएसँगै विश्वकप विजेता जर्मनीलाई अब कसले नेतृत्व गर्छ भन्ने जिज्ञासा बढेको छ। वर्तमान उपकप्तान बास्टियन स्वेन्सटिगरको सम्भावना बलियो छ। प्रशिक्षक जोचिम लोयले नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गर्नेमा ध्यान दिए थोमस मुलर र मेट्स ह्युमेल्समध्ये एकको सम्भावना बढी रहने जनाइएको छ।

एक साता अघिमात्र जर्मनीलाई विश्वविजेता बनाएर कप्तान र खेलाडी दुवै रूपमा चर्चा पाएका ३० वर्षीय ल्ह्यामले शुक्रबार अन्तर्राष्ट्रिय फुटबलबाटै संन्यासको घोषणा गरेर धेरैलाई आश्चर्यमा पारेका थिए। जर्मनीले फाइनलमा अर्जेन्टिनालाई १-० गोलले हराएर २४ वर्षपछि र समग्रमा चौथोपटक विश्व विजेता भएको थियो।


मिडफिल्डर स्वेन्सटिगर यस यात्रामा अभिन्न अंग बनेका थिए। उनको प्रदर्शन उच्च रहेको थियो। ल्ह्याम र स्वेन्सटिगर उमेरले पनि समान खेलाडी थिए। ल्ह्यामपछि टोलीको नेतृत्व गर्ने जिम्मा यिनै मिडफिल्डरले पाउने गरेकाले स्वेन्सटिगर कप्तानको निर्विकल्प दाबेदार रहेको पूर्वकप्तान लोथार म्याथुस बताउँछन्। 'धेरै लामो समयका लागि सोचिरहन पर्दैन। स्वेन्सटिगर टोलीको दोस्रो रोजाइका कप्तान थिए। अब ल्ह्यामले छाडेपछि उनी निर्विकल्प भएका छन्', सन् १९९० को विश्वकप जर्मनीले जित्दा कप्तान रहेका म्याथुस भन्छन्।

आगामी अगस्त १ देखि उमेरले ३० वर्ष टेक्न लागेको स्वेन्सटिगरले जर्मनीका लागि एक सय आठवटा अन्तर्राष्ट्रिय खेलमा प्रतिनिधित्व गरेका थिए। पछिल्ला केही वर्ष उनी चोटग्रस्त भएकाले स्वाभाविक लयमा नदेखिए पनि उनको मेहनत भने कम थिएन। जर्मनीका चर्चित खेलाडी कार्ल हैन्ज रुम्मेनिज ल्ह्यामका उत्तराधिकारी हुन सजिलो नभएको बताउँछन्। 'खेलाडी र कप्तान दुवै जिम्मेवारीमा ल्ह्यामले जसरी आफूलाई प्रस्तुत गरे, ठिक त्यस्तै चरित्र निर्वाह गर्न अन्य खेलाडीलाई सजिलो हुनेछैन। ल्ह्याम एक सामान्य व्यक्तिका रूपमा राम्रा थिए', रुम्मेनिजले भने।

'टोलीमा तिमीलाई सधैं सम्झिरहनेछौं, साथी। तिमीसँग बिताएको समय कहिल्यैं बिर्सने छैन', फिलिपले संन्यास घोषणा गरेपछि स्वेन्सटिगरले ट्विटरमार्फत उनलाई आगामी जीवनको सफलताका लागि शुभकामना दिए। स्वेन्सटिगर र ल्ह्यामले राष्ट्रिय टोलीमा एकै वर्ष डेब्यु गरेका थिए। स्वेन्सटिगरले राष्ट्रिय टिमका लागि एक सय आठ खेलमा २३ गोल गरेका छन्।

प्रशिक्षक लोयले आगामी सेप्टेम्बरमा सुरु हुने युरोकप छनोटअघि नै कप्तानको घोषणा गर्नेछन्। युवा खेलाडीद्वय मुलर र ह्युमेल्सको प्रदर्शन पनि उच्चस्तरको भएकाले लामो समयका लागि नेतृत्व तयार गर्न लोयले कम उमेरका खेलाडीलाई पनि छान्न सक्ने सम्भावना रहेको बताइन्छ। मुलर, स्वेन्सटिगर र ल्ह्याम व्यावसायिक फुटबलमा एउटै क्लब बायर्न म्युनिखबाट खेल्ने गर्छन्।


२० वर्षपछि फिफा वरीयताक्रममा शीर्षस्थानमा पुगेको जर्मनीसामु यसलाई जोगाई राख्नुपर्ने चुनौती छ, तर नेतृत्व परिवर्तनसँगै यो चुनौतीपूर्ण बनेको छ। सन् २०१० को विश्वकप पूर्वसन्ध्यामा प्रशिक्षक लोयले ल्ह्यामलाई कप्तानको जिम्मेवारी दिएका थिए। ल्ह्यामले संन्यासका लागि उपयुक्त समय आएको भन्दै अन्तर्राष्ट्रिय फुटबल नखेल्ने निर्णय गरेका हुन्। सन् २००४ मा उनलाई राष्ट्रिय टिममा डेब्यु गराएका प्रशिक्षक रुडी भोलरले ल्ह्यामले कम्तीमा सन् २०१८ को विश्वकपसम्म टोलीको कप्तानी गर्नुपर्ने बताउनुले पनि ल्ह्याम जर्मनीका लागि कत्ति महत्त्वपूर्ण छन् भन्ने प्रस्ट हुन्छ। -एजेन्सी


    Thursday, July 17, 2014

    जापान को क्योटो मा रथ तान्ने पर्व ....( गिओं पर्व )

    क्योटो बासिन्दा ले  जापानको पुरानो राजधानी क्योटोमा एक  महिना
    लामो गिओं  (गर्मी महीना मा  मनाहीने पर्व ) पर्व को  एक उजागर सडकमा रंगी बिरंगी ध्वजा ले  सजाई महोत्सव को सुरुवात गरेकाछन । २३ टोली ले सहबागिता जनउने भएका छन| यो ऐतिहासिक पर्व, रथ मा बसेका बालक ले (परंपरागत पोसक मा सजिएका बालक ) रथ बाटा गंतव्य को बाटो देखाउदछ |

    परंपरागत आफ्नो जँन्म थलो को  धुनमा  झुमेर मनीषहरु यस रथ ले तान्ने गर्दा छ |

    यो वर्षको तिहार 50 वर्ष मा पहिलो पटक 2 प्रमुख परेड यो पर्व मा  हुनेछन्न|

    बृस्तित जानकारी वीडियो मा हेर्नुहोस .....


    Wednesday, July 16, 2014

    उत्तरी जापान मा धान कला प्रदर्शन महोत्सव सम्पन्न

    आओमोरी   प्रान्त, उत्तरपूर्वी जापान को  एक गाँउ मा धानको बोट प्रयोग गारी  धान माउन्ट फुजी चित्रण गरिएको छ।
    यस बर्ष को आकर्षण भने गत वर्ष  युनेस्को विश्व सांस्कृतिक सम्पदा साइट मा पर्न सफल माउंट फुजि थियो |
    धानको लम्बाई 140 मिटर लामो र 100 मिटर चौडा थियो | यस महोत्सव मा १० थॉरिका भिंदा भिन्दै रंग का धान रोपिएको थियो |
    वीडियो हेर्ने को लगी यो लिंक मा जनुहोस् |

    बिश्वकप फाईनलका हिरो मारिओ गोट्ज़ेको नेपालमा सहयोग

     हालै सम्पन्न विश्वकप फुटबलमा जर्मनीलाई जिताउने खेलाडी मारियो गोएट्ज अहिले संसारभर चर्चित छन्। विश्वकप फाइनलको अतिरिक्त समयमा उनले निर्णायक गोल गरेका थिए। यो गोलले उनलाई एकाएक 'हिरो' बनायो। यिनै मारियोले नेपालमा पढ्न नपाएका बालिकाका लागि गरिरहेको लगानीबारे भने धेरैलाई थाहा छैन।

    मारियोले तीन महिनायता पश्चिम नेपालका मुक्त कमलरी बालिकालाई पढ्न सहयोग गरिरहेका छन्। दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका मुक्त कमलरीलाई पढाउने र सीप सिकाउने प्लान नेपालको परियोजनामा उनले सघाइरहेका छन्।

    कमलरीका बारेमा सुनेपछि मारियोले आफू सहयोगका लागि उत्साहित भएको प्रतिक्रिया दिएका थिए। 'कमलरीको समस्या सुनेपछि उहाँ प्लानमार्फत नेपालमा बालबालिकाका लागि सहयोग गर्न तयार हुनुभएको हो', प्लान नेपालका सञ्चार संयोजक श्रीराम केसीले भने।

    प्लान नेपालले सञ्चालन गर्ने परियोजनालाई धेरै जर्मन नागरिकले सहयोग गरिरहेका छन्। जर्मनीमा आयोजित छलफलमा प्लानका अधिकारीले मारियोसहित धेरै सहयोगीसमक्ष कमलरीका समस्या सुनाएका थिए। त्यसैबेला मारियोले सहयोग गर्न इच्छा देखाएका हुन्।

    मारियोसहित अन्य जर्मन दाताको सहयोगमा मुक्त कमलरी बालिकालाई स्कुल पठाउने, बढी उमेरकालाई सीप सिकाउने तथा टुहुराका लागि होस्टेलमै राखेर पढाउने कार्यक्रम सञ्चालन गरिएको छ। पाँचवर्षे यो परियोजनामा कमलरीलाई शिक्षा र सीप सिकाउँदै आत्मनिर्भर बनाउने लक्ष्य राखिएको छ।

    मारियोले भियतनाम, कम्बोडिया र सेनेगलका तीन बालिकालाई आफ्नै खर्चमा पढाउँदै आएका छन्। प्लान इन्टरनेसनल जर्मनीका अनुसार फिलिपिन्स, ब्राजिल र बुक्रिनाफासोका बालिकालाई उनको सहयोग छ। ब्राजिलमा भने बालिकाको फुटबल सीपमा उनले सहयोग पुर्याइरहेका छन्। नेपालबाट सुरु भएको 'चिल्ड्रेन निड फ्रेन्ड' (बालबालिका साथी चाहन्छन्) अभियान संसारका ८२ देशमा छ।

    केसीका अनुसार प्लान इन्टरनेसनल जर्मनीका प्रतिनिधि नेपाल भ्रमणमा आउँदा बालिकामाथि विभेद देखेपछि यस्तो अभियान संसारभर थालिएको हो। प्लानले त्यही नारालाई आफ्नो आधिकारिक नाराका रूपमा प्रयोग गर्दै आएको छ।

    प्लान नेपालका अधिकारीले मारियोले आफ्नो सहयोगका कार्यक्रम हेर्ने इच्छा देखाए तत्काल नेपाल आउने व्यवस्था मिलाउन सकिने बताए। पहिलोपटक विश्वकपमा खेलेका २२ वर्षीय मारियो बायर्न म्युनिख क्लबबाट फुटबल खेल्छन्।

    मेस्सीलाई गोल्डेन बल दिनु अनुचित : म्याराडोना

     अर्जेन्टिनाका पूर्व फुटबल स्टार डिएगो म्याराडोनाले लियोनेल मेसीलाई विश्वकप फूटबलमा उत्कृष्ट खेलाडीका रुपमा गोल्डेन बल दिनु अनुचित भएको टिप्पणी गरेका छन् ।

    मेसी निकै राम्रा खेलाडी भएपनि चालु विश्वकपमा मेसीको प्रदर्शनपछि गोल्डेन बल दिनु अनुचित रहेको भन्दै उनले फिफाको आलोचना गरेका हुन् । विश्वकपको फाइनलमा जर्मनीसंग १–० ले पराजित भएको अर्जेन्टिनी टिमका कप्तान तथा फरवार्ड मेसीलाई उत्कृष्ट खेलाडी घोषित गर्दै फिफाले गोल्डेन बल प्रदान गरेको थियो । विश्वकपमा गोल्डेन बल र गोल्डेन ग्लोभ्स पाउने खेलाडीको अवार्ड छनोटको जिम्मा फिफाको प्राविधिक अध्ययन समूहले गर्छ ।

    म्याराडोनाले सात खेलमा चार गोल गरेका मेसीले नकआउट चरणमा राम्रो प्रदर्शन नगरेको भन्दै उनलाई गोल्डेन बल दिने निर्णय फिफाको बजारीकरण योजना मात्रै भएको टिप्पणी गरेका छन् । गोल्डेन बुट प्राप्त गरेका कोलम्बियाका जेम्स रोड्रिगेज नै गोल्डेन बलका पनि हकदार रहेको उनको भनाई छ ।

    यस्तै फिफाका अध्यक्ष सेप ब्लाटरले पनि उत्कृष्ट खेलाडीको अवार्ड मेसीले पाउँछन् भन्ने आफूले अपेक्षा नगरेको भन्दै उनले पुरस्कार पाउँदा आफू आश्चर्यचकित भएको प्रतिक्रिया दिएका छन् । ‘मेसी उत्कृष्ट खेलाडीको पुरस्कार लिन आएको देखेर म अचम्ममा परेँ’ उनले भनेका छन् । मेसीले समूह चरणमा ४ गोल गरेका कारण उनलाई गोल्डेन बल दिइएको हुन सक्ने ब्लाटरले बताए ।

    बार्सिलोनाका २७ वर्षिय स्टार मेसी आफैले पनि विश्वकप फुटबलको फाइनलमा जर्मनीसँग हारेपछि गोल्डेन बलको कुनै अर्थ नरहेको प्रतिक्रिया दिएका छन् । विश्वकपको उपाधी जित्ने मौकाका रुपमा पेनाल्टीको एकदम नजिक पुगेर पनि हारेकोमा आफू निकै चिन्तित रहेको भन्दै उनले गोल्डेन बलका बारेमा आफूलाई कुनै वास्ता नरहेको बरु मौका खेर फालेकोमा निकै दुखी रहेको बताए ।


    Tuesday, July 15, 2014

    जापानको नागोयामा बहुचर्चित नेपाली चलचित्र "कबड्डी" प्रदशन हुदै

        नेपालमा अत्यधिक सफलता प्राप्त गरेको,दर्शकको अपार  माया पाएको तथा नेपाल बाहिर पनि दर्शकले अत्यन्त मन 
    पराएको र अत्यधिक माग भएको चलचित्र "कबड्डी"टोकियोको अपार सफलता पश्चात 
    अब तपाईहरुको सुन्दर शहर नागोयामा पनि प्रदशन हुदैछ I 
     टोकियोमा जुन २९ र जुलाई १३ मा प्रदशन गरिएको कबड्डीलाइ अन्य ठाउको जसरि टोकियोको दर्शकहरुले पनि खुबै मन पराए हास्य प्रदान चलचित्र भएकोले टोकियोबासीले भरपुर  मनोरंजन लिए I साथै नागोया बस्नु हुने नेपाली दाजु भाई तथा दिदि बहिनीहरुको कबड्डीको माग र नेपाली चलचित्र प्रतिको मोहलाई ध्यानमा राखेर २७ जुलाई आइतबारका दिन साँझ ६ बजे नागोयाको नागोया डोम माए याद स्टेशन नजिक को हिगाशी बुन्का स्योउगेकिज्योउ को ४ तला मा बहु चर्चित चलचित्र "कबड्डी" प्रर्दशन गर्दैछौ I 
    आशा छ तपाइहरु समयमै आइ नागोया कबड्डी प्रदशनी सफल बनाइदिनु हुन्छ I 

    (नोट: बिद्दार्थीलाई बिशेष छुटको व्यवस्था )

    सम्पर्क:
    अन्जु:   07013253415 
    अनिल: 08012080800 
    बिक्रम: 08035754061 
    बिनोद: 090 6020 5510 ( नागोया )
    मिति ः २७ जुलाई आईतबार
    समय ः साँझ ६ बजे 
    टिकट: ¥२५०० ( िबद्यार्थी: ¥२००० )
    स्थान ःहिगाशी बुन्का स्योउगेकिज्योउ 
    फोन: 052-719-0430 ( Navi OK!!! ) 
    स्टेशन: Nagoya Dome-mae Yada 
    ( स्टेशन बाट हिडेर ५ मिनेट ) 
    ( Meijo line Exit no. 1 ) 
    ठेगाना: Nagoya-Shi, Higashi-ku, Daiko Minami, 1-1-10, Karupoto Higashi

    बिश्वकप फाईनलका हिरो गोट्जे र उनले प्राप्त गरेको कठिन अवस्थाको सफलता


              जर्मनीका मारियो गोट्जेले विश्वकप   फाइनलमा विजयी गोल गर्नुलाई बायर्न म्युनिख सरुवापछिको कठिन पहिलो सिजन बिर्साउने मीठो स्मरणमा बयान गरेका छन्। कलिलो अनुहारका २२ वर्षे फरवार्डले १ सय १३औं मिनेटमा आन्द्रे सुरलको क्रस छातीले नियन्त्रणमा लिएर बायाँ खुट्टाले भलीमार्फत उत्कृष्ट पारामा गोल गरेका थिए। 

    'अहिले आफैलाई अपत्यारिलो अनुभव भइरहेको छ,' माराकाना रंगशालामा विजयी गोल ठोकेका गोट्जेले भने, 'के भन्ने मलाई नै थाहा छैन। गोल गरेँ, त्यसपछि के भयो, के भयो। विश्वकप जित्ने पूरा देशको सपना थियो। अझ ब्राजिलमा जित्नुको खास अर्थ रहन्छ।'


    अतिरिक्त समय सुरु हुन दुई मिनेट बाँकीमा कीर्तिमानी भेट्रान स्ट्राइकर मिरोक्लाभ क्लोजलाई स्थानान्तरण गर्दै गोट्जे मैदान छिरेका थिए। जर्मनीका लागि ३५औं खेलमा उनको त्यो ११औं गोल हो। अमेरिकी भूमिमा आठौं पटकको प्रयासमा जर्मनीलाई उपाधि जित्ने पहिलो युरोपेली टोली बनाउँदाका नायक फाइनलको म्यान अफ द म्याच भए। 
    बायर्नका खेलाडीमा देशलाई उपाधि जिताउनेमा उनी ग्रेड मुलरको समकक्षमा पुगेका छन्। मुलरले १९७४ को विश्वकप फाइनलमा पश्चिम जर्मनीका लागि विजयी गोल गरेका थिए। तर गोट्जे भने पेप ग्वार्डिओलाको स्टार खेलाडीले भरिपूर्ण बायर्नको टोलीमा पहिलो रोजाइका लागि पूरा सिजन संघर्ष गरेर ब्राजिल आएका हुन्।
    आठ वर्षको उमेरदेखि आबद्ध बोरुसिया डर्टमन्डबाट दुईपटक जर्मन बुन्डेसलिगा जितेका गोट्जे २०१३ को अप्रिलमा ३ करोड ७० लाख युरोमा बायर्नतिर लागेपछि बोरुसिया समर्थकमाझ निकै अलोकप्रिय छन्। 
    बायर्नमा पनि पहिलो सिजनमा नियमित पहिलो रोजाइ नपाएका कारण उनको करिअरले गति लिन सकेको छैन। तथापि उनले टोलीका लागि बितेको सिजनमा १५ गोल गर्नुका साथै १४ गोललाई अवसर मिलाएका थिए। 'बितेको सिजन र यो प्रतियोगिता मेरा लागि सहज थिएन। तर म अहिले आफ्नो परिवार र प्रेमिका (मोडल एन क्याथरिन ब्रोमेल) लाई सफलताको जस दिन चाहन्छु। उनीहरूले ममाथि सधैं विश्वास गरे,' गोट्जेले भने, 'कठिन अवस्थामा आएको सफलताको स्वाद झन विशेष हुँदोरहेछ। अहिले हामी विश्व च्याम्पियन बनेका छौं। अब अझै मिहिनेत गर्न यसले प्रेरणा पनि दिएको छ।'


    जर्मनीको जर्सीमा उनी पहिलोपल्ट २०११ अगस्टमा ब्राजिलविरुद्धको मैत्रीपूर्ण खेलमार्फत चम्किएका थिए। जर्मनीले ३–२ को विजय पाएको खेलमा ब्राजिली स्टार नेइमारलाई छायाँमा पार्दै गोट्जेले ६७औं मिनेटमा गोल गरेका थिए। सोमबार फाइनलमा गोल गरेपछि ब्राजिलमा उनको औसत प्रदर्शन छायाँमा पर्योम। सेमिफाइनलमा ब्राजिललाई ७–१ ले हराउँदा उनी बेन्चमा थिए। पोर्चुगलमाथि ४–० को जित पाउँदा उनको प्रदर्शन सामान्य थियो। घानासँग २–२ को बराबरी नतिजा निकाल्दाको अर्को समूह चरण खेलमा जर्मनीलाई पहिलो गोल गरेर अग्रता दिलाएका उनी ६९औं मिनेटमा चोटका कारण मैदान बाहिर निकालिए। अमेरिकालाई १–० ले हराएको समूह चरणको अन्तिम खेलमा पनि प्रशिक्षक जोचिम लोउले अन्तिम १४ मिनेटमात्र उनलाई वैकल्पिक खेलाडीको जर्सीमा मैदान छिराए। अन्तिम १६ मा अतिरिक्त समयसम्म मिहिनेत गर्दै अल्जेरियामाथि २–१ को विजय पाउँदा पहिलो हाफमात्र खेलेका उनी क्वार्टरफाइनलमा फ्रान्सलाई हराउँदा पनि अन्तिम ७ मिनेटमात्र मैदानमा थिए।


    Monday, July 14, 2014

    भर्खरै सम्पन्न भएको बिश्वकप २०१४ मा चम्केका फुटबलका हस्तीहरु

    विश्वकपमा सर्वोत्कृष्ट प्रदर्शन गरेका अर्जेन्टिनी कप्तान लियोनल मेसीले गोल्डेन बल जितेका छन् । टीमले जितेका चार खेलमा लगातार म्यान अफ दी म्याच भएका मेसीले ४ गोल गरेका थिए । उनको नाममा एक एसिष्ट पनि छ ।
    मेसीले बोस्निया हर्जगोभिना र इरानविरुद्ध १/१ नाइजेरियाविरुद्ध २ गोल गरेका थिए । हरेक खेलमा उनले गरेको प्रदर्शनले टीमको बनोबल बढाएको थियो ।उत्कृष्ट गोलकिपरलाई दिइने गोल्डेन ग्लोबको पुरस्कार जर्मनीका म्यानुयल नेयुरले जिते । बायर्न म्युनिखका गोलकिपर नेयुरले ७ खेलमा ४ गोल मात्र खाए । बेलाबखत डिफेण्डरले गर्ने भुमिका पनि निभाएका २८ वर्षीय नेयुरले धेरैको मन जिते ।
    विश्वकपमा उत्कृष्ट युवा खेलाडीको अवार्ड भने फ्रान्सका २१ बर्षीय मिडफिल्डर पाउल पोग्वाले पाएका छन् । टीमलाई क्वाटरफाइनलसम्म पुर्याउन महत्वपूर्ण भुमिका खेलेका पोग्वाले रिक्वाटरफाइनलमा नाजेरियाविरुद्ध गोलको खडेरी तोड्दै फ्रान्सलाई जीततर्फ धकेलेका थिए । फ्रान्सले खेलेका सबै खेलमा प्रभाव जमाएका पोग्वाले स्वीट्जरल्याण्डविरुद्ध एसिष्ट गरेका थिए ।

    सर्वाधिक गोल गरेका २२ बर्षीय कोलम्बियन स्टार जेम्स रेड्रिग्वेजले गोल्डेन बुट हात पारेका छन् । उनले हरेक खेलमा गोल गर्ने क्रममा ६ गोल गरेका थिए भने २ गोलमा सहयोगीको भुमिका निभाए । उनले जापान, आइभरी कोष्ट, ग्रीस, उरुग्वे र ब्राजिलविरुद्ध गोल गरेका थिए ।
    जेम्स रेड्रिग्वेजको टीम कोलम्बियाले ‘फेयर प्ले’को अवार्ड हात पारेको छ । ५ खेल खेल्ने क्रममा कोलम्बियाले ५ वटा मात्र पहेलो कार्ड बेहोेरेको थियो ।
    जर्मनीमा थोमस मुलरले सिल्भर र नेदरल्याण्ड्सका आर्जेन रोबेनले ब्रोन्ज बल प्राप्त गरे । त्यस्तै, ५ गोल र ३ असिष्ट गरेका मुलरले नै सिल्भर बुट प्राप्त गर्दा आयोजक टोली ब्राजिलका नेयमारले ४ गोल र १ एसिष्ट गर्दै ब्रोन्ज बुट हात पारे ।

    Sunday, July 13, 2014

    बिश्वकप फुटबल फाईनलको पूर्व सन्ध्यामा साकिराले धुम मच्चाईन

       

    विश्वकप फुटबल २०१४ को फाइनल खेल सकिने पूर्वसन्ध्यामा ब्राजिलको रियो दि जेनिरीयोमा रहेको माराकान रंगशाला संगीतमय भयो । चर्चित कोलम्बियन गायिका साकिराले सिङ्गो रंगशाला गुञ्जायमान पारिन ।

    विश्वकप फुटबलकै लागि भनेर तयार पारेको ‘ला ला ला’ बोलको गीतका साथमा साकिराले अघिल्लो विश्वकपमा पनि ‘वाका वाका’ बोलको गीतले विश्व गुञ्जाएकी थिइन । वार्सिलोनामा अनुबन्धित भएका स्पेनिश डिफेन्डर जेरार्ड पिक्केकी प्रेमिका समेत रहेकी साकिरा फुटबलकी क्रेजी हुन् ।

    आइतबार राती फाइनल खेल सुरु हुनु करिब आधाघण्टा अघिदेखि नै माराकाना परिसरमा साकिरा लगायतको टिमले संगतमय बनाएको थियो । साकिराका साथमा मेक्सिकन गिटारिष्ट सान्टाना, ब्राजिलका ग्रामी अवार्ड गायक लभेट सांग्लो साथै साम्बा नृत्यले हजारौं दर्शकले मनोरञ्जन लिएका थिए । फाइनल खेलकै अवसरमा विभिन्न रमाइला खेलहरु पनि देखाइयो । ब्राजिलको संस्कृती झल्काउने नृत्यहरु पनि  प्रस्तुत गरिएको थियो ।



    जारी बिश्वकपमा उपाधि जित्नेले पाउने पुरुस्कार कति र अन्य राष्ट्रहरुले पाउने रकमको विवरण

     अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले यो विश्वकपमा ५७ करोड ६० लाख अमेरिकी डलर नगद पुरस्कार बाड्दै छ ।

    विश्वकप विजेता टिमले ३ करोड ५० लाख अमेरिकी डलर पाउने छ ।

    दोश्रो हुने टिमले २ करोड ५० लाख अमेरिकी डलर पाउने छ भने चौथो भएको आयोजक ब्राजिलले २ करोड अमेरिकी डलर तथा तेश्रो भएको नेदरल्याण्ड्सले २ करोड २० लाख अमेरिकी डलर पाउने छन् । विश्वकपको पुरस्कार रकम सम्बन्धित देशका फुटबल संघले आफू खुसी खर्च गर्न पाउने छन् ।

    यस्तै विश्वकप खेलेर समूह चरणबाटै बाहिरिएका १६ टिमले समान ८० लाख अमेरिकी डलर पाउने छन् । प्रिक्वाटर फाइनलबाट बाहिरिएका ८ टिमले भने ९०–९० लाख अमेरिकी डलर पाउने छन् । यस्तै क्वाटर फाइनलबाट बाहिरिएका ४ टिमले समान १ करोड ४० लाख पाएका छन् । यस्तै विश्वकपमा सहभागी ३२ वटै टिमले सुरुमा तयारी खर्च वापत १५–१५ लाख अमेरिकी डलर पाएका थिए । यो रकम सन् २०१० को तुलनामा तीन गुणा बढी हो ।

    ५७ करोड ६० लाख अमेरिकी डलर मध्येबाट फिफाले विश्वकपमा सहभागी भएका सबै ७ सय ३६ जना खेलाडी आवद्ध क्लवलाई पनि रकम दिएको छ । ४ वर्षअघिको विश्वकपमा क्लवका लागि ४ करोड अमेरिकी डलर छुटएको फिफाले यो विश्वकपमा भने क्लवका लागि ७ करोड अमेरिकी डलर छुट्याएको छ ।

    कुन क्लवका कतिजना खेलाडी कति दिन विश्वकपमा व्यस्त भए त्यो अनुपातमा फिफाले क्लवहरुलाई रकम दिएको छ (एउटा क्लवले आफ्ना १ जना खेलाडीले विश्वकपमा व्यस्त भएको एक दिनको २८ सय अमेरिकी डलर पाउँछ । यो रकम क्लव र खेलाडीबीच बाँडिन्छ ।)

         क्लवहरुले पाएको रकमलाई पनि पुरस्कार रकममा जोड्दा फिफाले विश्वकपमा वितरण गर्ने रकम भने ५७ करोड ६० लाख हुन आएको हो । र यो सन् २०१० को विश्वकपको तुलनामा ३७ प्रतिशत बढी हो I 

    ब्राजिलले फाईनलमा २५ हजार सुरक्षाकर्मी परिचालन गरिने

        विश्वकपको फाइनलका लागि ब्राजिलमा २५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने भएको छ। ब्राजिलको इतिहासमा कुनै पनि गतिविधि हुँदा परिचालन गरिएको यो सबैभन्दा बढी सुरक्षाकर्मीको संख्या हो। विश्वकपको फाइनल खेल हुने रियो दे जेनेरियोका सुरक्षा सचिव जोसे मारियानो बेल्ट्रान्सले फाइनल खेलका क्रममा कम्तीमा १० हजार सेना पनि परिचालन गरिने भएको छ।

    'हामीले फाइनललाई ध्यानमा राखी ब्राजिलको इतिहासमै सबैभन्दा बढी सुरक्षाकर्मी परिचालन गर्न लागेका छौं', उनले भने। अर्जेन्टिना र जर्मनीबीच हुने विश्वकपको फाइनल खेल हेर्न करिब ७५ हजार दर्शक रंगशालामा उपस्थित हुने अनुमान गरिएको छ। विश्वकपको समापन समारोह पनि हुने भएकाले रंगशालामा विभिन्न राष्ट्रका विशिष्ट पाहुनाको पनि उपस्थिति रहनेछ। -एजेन्सी

    - See more at: http://annapurnapost.com/en/news/WorldCup2014/10330/%E0%A4%AC%E0%A5%8D%E0%A4%B0%E0%A4%BE%E0%A4%9C%E0%A4%BF%E0%A4%B2%E0%A4%95%E0%A5%8B-%E0%A4%87%E0%A4%A4%E0%A4%BF%E0%A4%B9%E0%A4%BE%E0%A4%B8%E0%A4%AE%E0%A5%88-%E0%A4%B8%E0%A4%B0%E0%A5%8D%E0%A4%B5%E0%A4%BE%E0%A4%A7%E0%A4%BF%E0%A4%95-%E0%A4%B8%E0%A5%81%E0%A4%B0%E0%A4%95%E0%A5%8D%E0%A4%B7%E0%A4%BE%E0%A4%95%E0%A4%B0%E0%A5%8D%E0%A4%AE%E0%A5%80.htm#sthash.afZs50C7.dpuf

    Friday, July 11, 2014

    बिश्वकपमा नियम तोडे बापत फिफा द्वारा अर्जेन्टिना कारबाहीमा


    प्रतियोगिताका क्रममा देखाएको व्यवहारको भ्रत्सना गर्दै फिफाले अर्जेन्टिनालाई ३ लाख स्वीस फ्र्याँक अर्थात झण्डै ३ करोड २५ लाख नेपाली रुपैयाँ बराबरको आर्थिक जरिवाना गरेको छ ।

    विश्वकप फुटबलका नीति नियम तोडेको भन्दै फिफाको अनुशासन समितिले अर्जेन्टिनाको फुटबल संघलाई ३ लाख स्वीस फ्र्याँक जरिवाना गर्ने निर्णय गरेको हो । खेलपछिको पत्रकार सम्मेलनमा टिमका मुख्य प्रशिक्षक र एक जना खेलाडी उपस्थित हुनु पर्नेमा मुख्य प्रशिक्षक मात्र उपस्थित भएर अर्जेन्टिनाले नियम तोडेको फिफाको दावी छ ।

    समूह चरणमा अर्जेन्टिनाले नाइजेरिया, स्वीट्जरल्याण्ड र बेल्जियमसँगको खेलपछिको पत्रकार सम्मेलनमा अर्जेन्टिनाका प्रशिक्षक अलेजेन्द्रो साबेला मात्र उपस्थित थिए  । यस्तै सेमिफाइनलमा नेदरल्याण्डलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराएपछि पनि कुनै खेलाडी पत्रकार सम्मेलनमा उपस्थित भएका थिएनन् । खेलको पूर्वसन्ध्यामा र खेल लगत्तै हुने पत्रकार सम्मेलनमा प्रशिक्षकका साथमा टिमका एक जना खेलाडी पनि उपस्थित हुने पनि व्यवस्था छ । अर्जेन्टिनाले विश्वकपको फाइनलमा आइतबार राती जर्मनीसँग खेल्दै छ  ।

    क्रिकेटर नभएको भए आर्किटेक इन्जिनियर बन्थें हुँला : पारस खड्का

     'म क्रिकेटर नभएको भए आर्किटेक इन्जिनियर बन्थें हुँला', आफूसँग सोधिएको एक प्रश्नको जबाफमा नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले यस्तो जबाफ फर्काए। भारतीय राजदूतावास र बीपी कोइराला इन्डो-नेपाल फाउन्डेसनद्वारा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा एक सहभागीले 'तपाईं क्रिकेटर नभएको भए के बन्नुहुन्थ्यो होला?'' भनी सोधेको प्रश्नमा पारसले यस्तो जबाफ फर्काएका हुन्।

    नेपाल-भारत लाइब्रेरीमा आयोजित उक्त कार्यक्रममा कप्तान पारसले आफू सानो हुँदा एक दिन राष्ट्रिय क्रिकेटर बन्छु भनेर कल्पनासम्म नगरेको बताए। 'मसँग ठूलो सपना थियो तर सानो हुँदा मैले एक दिन राष्ट्रको जर्सी लगाएर क्रिकेट खेल्छु र राष्ट्रिय टोलीको कप्तान बन्छु भनेर कल्पनासम्म गरेको थिइनँ', उनले भने। उनले आफूलाई अहिलेको स्थितिसम्म पुग्न शुभेक्षा दिने सबै नेपालीप्रति अभार पनि प्रकट गरे।

    नेपालमा क्रिकेट खेल निकै लोकप्रिय बन्दै गएको बताउँदै उनले भर्खरै बंगलादेशमा नेपालले टीट्वेन्टी विश्वकप खेल्नु यसको उदाहरण भएको धारणा राखे। नेपालले क्रिकेटमा राम्रो प्रगति गरिरहे पनि ठूला अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि तयारी गर्न आफूहरूले अझ धेरै कुरा सिक्न बाँकी रहेको उनले बताए। 'हामीले भर्खरै टीट्वेन्टी विश्वकप खेल्यौं। यो प्रतियोगिताले नेपाली क्रिकेटमा चुनौती पनि थपेको छ', उनले भने।

    पारसले नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेटमा महत्त्वपूर्ण उपलब्धि दिलाउने प्रशिक्षक पुबुदु दासानायकेको पदावधि थप्ने निर्णयको स्वागत गर्दै यसका लागि सरकारलाई धन्यवाद पनि दिए। उनले नेपाल क्रिकेट संघ (क्यान) को कार्यशैलीप्रति भने असन्तुष्टि व्यक्त गरे। क्रिकेटको विकास गर्न सरकारसँगै अन्य क्षेत्रको सहयोग पनि आवश्यक रहेको धारणा उनले व्यक्त गरे।


    बिश्वकप फुटबल २०१४को फाईनल खेल्ने दुई राष्ट्रहरुको इतिहास यस्तो छ

     विश्वकप फुटबलको अर्को एउटा संस्करणको फाइनल खेल युरोपियन र लेटिन अमेरिकी राष्ट्रबीच हुने भएको छ । ब्राजिलमा जारी विश्वकप फुटबको २०औं संस्करणको फाइनलमा जर्मनी र अर्जेन्टिना पुगेपछि विश्व फुटबलमा महादेशीय टक्कर फेरि बढेको हो ।

    जर्मनी र अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा एक–आपसमा भिड्न लागेको यो तेस्रो पटक हो । यी
     दुई टोली यसअघि विश्वकपको फाइनलमा दुई पटक भिडिसकेका छन् । जसमध्ये एउटामा अर्जेन्टिना र अर्कोमा जर्मनी विजयी हुँदै उपाधि उचालेका थिए ।

    सन् १९८६ मा मेक्सिकोमा भएको फाइनलमा जर्मनीलाई ३–२ ले हराउँदै अर्जेन्टिनाले उपाधि जितेको थियो भने यसको ४ वर्षपछि सन् १९९० मा इटालीको रोममा भएको फाइनल खेलमा अर्जेन्टिनालाई १–० ले हराउँदै जर्मनीले उपाधि उचालेको थियो ।

    विश्वकपका हालसम्मका १९ संस्करणमध्ये युरोपले १० उपाधि जितेको छ भने दक्षिण अमेरिकाले ९ पटक उपाधि जितेको छ । यसपटक आफ्नै महादेशमा उपाधि जित्दै लेटिन अमेरिका युरोपसँग बराबरी गर्न चाहन्छ भने युरोप विश्व फुटबलमा आफू सबैभन्दा शक्तिशाली भएको अझै प्रष्ट्याउन चाहन्छ ।


    यस्तोमा आइतबार राती रियो दि जेनेरियोमा हुने फाइनल खेललाई दुई देशको भन्दापनि दुई महादेशको भिडन्तको रुपमा हेरिनेछ । फाइनल खेलले विश्व फुटबलका दुई परम्परागत प्रतिद्धन्द्धी अर्जेन्टिना र जर्मनीबीचको सदावहार दुश्मनीलाई नवीकरण गर्नेछ । ब्राजिलमा हुने फाइनल खेलमा अर्जेन्टिनालाई क्षेत्रीय समर्थन र मौसमको साथ मिल्नेछ ।

    उता, जर्मनी भने दक्षिण अमेरिकी माटोमा विश्वकप जित्ने पहिलो युरोपियन राष्ट्र बन्ने अभियानमा छ । आठौं पटक विश्वकपको फाइनलमा प्रवेश गरेको जर्मनी चौथो पटक उपाधि जित्ने लक्ष्यमा छ भने पाँचौ पटक फाइनलमा पुगेको अर्जेन्टिना तेस्रो उपाधिको खोजीमा छ ।


    फाइनल खेलमा जर्मनीका थोमस मुलर र अर्जेन्टिनाका लियोनल मेसी प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडी बन्ने प्रयासमा समेत हुनेछन् । मुलरले ५ गोल गरेका छन् भने मेसीको नाममा ४ गोल रहेको छ । प्रतियोगितामा सर्वाधिक ६ गोल गरेका कोलम्बियाका जेम्स रोड्रिग्वेज गोल्डेन बुटमा मुख्य दावेदार हुन् । 

    लोकप्रिय समाचार