Sunday, June 29, 2014

जापानको टोक्योमा बहुचर्चित नेपाली चलचित्र "कबड्डी" को भब्य प्रदर्शन भयो |

टोकियो: हिजो जुन २९ तारिक टोकियोको मेगुरो कुमिन सेन्टर हलमा अहिलेको बहुचर्चित नेपाली कथानक चलचित्र "कबड्डी"को भब्य प्रदशन भयो टोकियोमा बसोबास गर्ने युवाहरु अनिल थापा बिक्रम खत्री र अन्जु श्रेष्ठको आयोजनामा प्रदशन गरिएको चलचित्र हेर्न मौसम गडबडीको कारणले अपेक्षाकृत नआए पनि दर्शकको राम्रै उपस्थिति देखिन्थ्यो I चलचित्र हेर्न टोकियो बाहिर कानागावा, तोचिगी,ईबरागी बाट पनि नेपाली चलचित्र प्रेमी दर्शकहरु आएका थिए I चलचित्र साँझ करिब ६:३०मा शुरुवात भएर ९:००बजे सकिएको थियो चलचित्र हेर्दा दर्शकहरु खुब मनोरंजन लिईरहेको प्रस्टै देखिन्थ्यो I हास्य प्रधान चलचित्र भएकोले चलचित्र अवधि भर हलमा हाँसोको गुन्जायमान चलिरह्यो र चलचित्र हेरिसकेर हलबाट निस्किदा सबै प्रफुल्ल देखिन्थे नेपाली चलचित्र यतिको उत्कृट बनिसके रैछ भनेर कति त दङ्ग पर्दै थिए I अन्तमा आयोजक टिमले चलचित्र हेर्न आइदिनु भएका सम्पूर्ण महानुभावलाई धन्यबाद टक्राउनु भयोI

No comments:

Post a Comment

लोकप्रिय समाचार