Friday, February 5, 2016

राजु लामाको सांगेतिक यात्रा "मायाको साँघु" अब जापानमा

गायक राजु लामा "मायाको साँघु" भन्ने मूल नाराका साथ सांगेतिक यात्रामा निस्किएका छन् l संगीत मार्फत भुकम्प पिडितहरुको सहयोग गर्ने हेतुले सुरुवात गरेका 
उक्त सांगेतिक यात्रा देश भित्र मात्रै नभई अन्तराष्ट्रिय स्तरमा गर्दै आइरहेका गायक लामाको सांगेतिक यात्रा विभिन्न देश हुदै अब जापानमा पनि यहि  फेब्रुवरी महिनाको २८ तारिक जापानको टोकियोमा  "मायाको साँघु राजु लामा लाईभ विथ नमस्ते ब्याण्ड" सांगेतिक कार्यक्रम हुने भएको छ l
बैशाख १२ गते आएको बिनाशकारी भुकम्पले देशका अन्य भेगमा जस्तै सिन्धुपाल्चोकको बरुवा सुनचौरमा भएका ग्रामिण बस्तीहरु जोड्ने साँघु(झोलुङ्गे पुल) पूर्ण रुपमा क्षति भएका कारण उक्त बस्तिहरुमा साँघुको पुन निर्माणको निमित्त "मायाको साँघु" नामक परोपकारी उदेश्यका साथ आउँदो फेब्रुवरी २८ तारिक आईतबार साँझ ५ बजे बाट जापानको मुटु टोकियो स्थित सिन्जुकुको युनिभर्सल हलमा राजु लामा(मंगोलियन हार्ट)को सांगेतिक प्रस्तुति हुन गैरहेको कुरा आयोजक पक्षले जानकारी गराए l

कार्यक्रमको आयोजना किरण मगर र सुदिन गुरुङले गरेका हुन् भने कार्यक्रमको संयोजन ईश्वर गुरुङ (नमस्ते ब्याण्ड)ले गरेका छन् l उक्त सांगेतिक कार्यक्रममा राजु लामाको साथमा गायक ईश्वर गुरुङ,अमर गुरुङ,सुदिन गुरुङ,शितल योञ्जन,रामकृष्ण बम मल्ल ,इलुजन ब्याण्ड, हिमाली कार्की र साथमा अन्य स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने कुरा किरण मगर ज्युले हामीलाई जानकारी गराए l साथै उहाँले उक्त दिन कार्यक्रम हेर्न आइ परोपकारी कामको निमित्त सहयोग गरिदिनु हुन् सम्पूर्ण जापानबासीहरुलाई यसै सूचना मार्फत बिनम्र अनुरोध गर्नुभयो l

Friday, January 15, 2016

जनवरी १७ तारिक आईतबार टोकियोमा "कबड्डी कबड्डी" प्रदशन हुदै


टोकियोबासीको नेपाली चलचित्र प्रतिको माया मोह र चाहनालाइ मध्य नजर गर्दै र जापानमा रहेका नेपालीहरु माझ आकस्मिक आईपर्ने समस्या समाधानको निमित्त NRNA जापानद्वारा खडा गरिएको 'आकस्मिक आपतकालीन कोष'मा सहयोग गर्ने उदेस्यका साथ 'टोक्यो ड्रिम्स इन्टरटेन्टमेन्ट'ले आउदो जनवरी १७ तारिक आईतबार साँझ ५:३० बजे बाट टोकियोको मेगुरो स्थित मेगुरो कुमिन सेन्टर हलमा हालको अत्यधिक सफल नेपाली चलचित्र "कबड्डी कबड्डी"को दोस्रो प्रदर्शन गर्दैछ l

गत डिसेम्बर २७ तारिकमा पहिलो प्रदर्शन गरिएको उक्त चलचित्रले जापानमा एतिहासिक सफलता हासिल गर्न सफल भएको थियो lपहिलो शोमा सिमित सिटका कारण कतिपय दर्शक टिकेट नपाएर निरास भएर घर फर्किनु परेको थियो भने हल भित्र प्रवेश गर्न पाएका कयौं दर्शक सिट नपाएर भुइमा बसेर पनि चलचित्रमा रमाएका थिए l

पहिलो शोमा हलको क्षमता भन्दा बढी दर्शक ओइरिएका कारण उक्त दिन दर्शकहरुमा पर्न गएको असुविधा प्रति क्षमा याचना गर्दै टोक्यो ड्रिम्स इन्टरटेनमेन्टका अन्जु श्रेष्ठ ज्यु भन्नु हुन्छ "उक्त दिन हेर्न नपाएका र समय नमिलेर छुटाउनु भएका साथै नेपाली चलचित्रलाई माया गर्नु हुने सम्पूर्ण जापानबासि नेपाली हरुलाई आउदो आइतबार १७ तारिक मेगुरो कुमिन सेन्टरमा आइ नेपाली चलचित्रलाइ माया गरिदिनु हुन बिनम्र अनुरोध  
गर्दछु" l साथै उक्त दोस्रो शो बाट उठेको रकमको १०%रकम NRNA जापानको आपतकालीन कोषमा हस्तान्तरण गरिने कुरा सहयात्री जापानलाई उहाँले जानकारी गराए l

लोकप्रिय समाचार