Monday, November 17, 2014

जापानमा नेपालीहरुको लगी सबै भन्दा ठूलो धन राशिको फूटबाल प्रतियोगिता हुने ....

आउँदो  डिसेम्बर १४ तारिकका दिन टोचिगि केन, ओयामा सी ,ओयामा मा नेवारी किचन  द्वारा आयोजित एक ठुलो फुटसल टुर्नामेन्ट हुन गैरहेको तपाईहरु समक्ष सहयात्री जापान जानकारी गराउदछौ|  " यु एफ येन रनिंग कप " नामांकरण गरिएको उक्त टुर्नामेन्ट  टोचिगि केन, ओयामा सी ,ओयामा  मा हुन गैरहेको छ |
जापानमा बेला बेलामा भैरहने फुटबल टुर्नामेन्टहरुमा नेपाली फुटबलर हरुको ठुलो जमात नै लाग्ने हुनाले , सोहि कुरालाई मध्यनज़र गर्दै , नेवारी किचन  द्वारा जापानमा   नेपालीहरु को लगी सबै भन्दा ठूलो धन राशिको फूटबाल प्रतियोगिता  गर्न लागेको आयोजकले बताएका छन |

सो प्रत्योगितामा सहभागी हुन्न चाहने टीम ले  दर्ता शुल्क  जापानी ३०,००० येन दिनु पर्नेछ | प्रत्योगितामा प्रथम हुँने टीम लाई नगद २० मान येन (दुइ  लाख येन ) पदक र प्रमाणपत्र दिइनेछ भने प्रत्योगितामा दोस्रो हुँने टीम ले ८ मान येन (असी हजार येन )पदक र प्रमाणपत्र दिइनेछ | त्यस्तै प्रत्योगितामा  बेस्ट प्लेयर ,बेस्ट गोल कीपर  र हाई स्कोरर लाई पनि पुरस्कार रहेको आयोजक पक्ष्यले जनाएका छन |


थप जानकारी को लगी  सम्पर्क नम्बर
०९०८५६९७७४५ सुरेन्द्र लाल श्रेष्ठ 
०९०१८१६४७६७ सचिन श्रेष्ठ 

No comments:

Post a Comment

लोकप्रिय समाचार